Above News Title

राजाले देश बनायो भन्नेहरूसँग...

राजाले देश बनायो भन्नेहरूसँग...

बलराम तिमिल्सिना

यो आकास कसले बनायो ?

यो धरती कसले बनायो ?

ग्रह नक्षत्र र तारा कसले बनायो ?

यी अनगिन्ती सारा कसले बनायो ?

तिमी भनौला - ईश्वरले !

सबै कुरा कसै न कसैले बनाउने रहेछन

अब भन - ईश्वर कसले बनायो ?

यो सहर कसले बनायो ?

यी गाउँ कसले बनायो ?

यी बाटा, यी नहर र पुल कसले बनायो ?

यी आलिसान महल

यी अत्याधुनिक विमान

भन कसले बनायो ?

भारत कसले बनायो ?

चीन कसले बनायो ?

अमेरिका रुस जापान कसले बनायो ?

भन भन भन यो देश कसले बनायो ?

सबैले भन्लान- हाम्रा पुर्खाले

कसैका पुर्खा ज्यामी

कसैका पुर्खा किसान

कसैका पुर्खा भान्से

कसैका पुर्खा भरिया

कसैका पुर्खा साहु महाजन

कसैका पुर्खा राजा महाराजा पनि

अब भन त यो देश कसले बनायो ?

एउटा ढुङ्गा पल्टाउन त एक्लै सकिदैन भने

यत्रो विशाल देश एक्लै कसले बनायो ?

जसले बनायो यो देश

ऊ खुरु खुरु देश बनाइरहेको छ

कुनै दाबी छैन उसको

दाबी गर्ने फुर्सद पनि छैन

जो दावी गरिरहेको छ डङ्का पिटेर

उसले बनाएकै होइन

बिगारेको हो यो देश

यो देशको नाक काटेर

यो देशको कान काटेर

यो देशको घाँटी रेटेर

यो देशको चित्र मेटेर

अनि त्यस उल्याहाले के देश बनायो ?

दाबी गर्नेको भीडमा

एउटा छुल्याहा निस्केको छ

यो देशको मुल्याहा निस्केको छ

ऊ भन्छ-

शून्य थियो पुण्य गरी

एक्लै वरा मरी मरी

यो देश राजाले बनायो !

राजाले बनायो भन्नेलाई पनि

गजबको एउटा प्रश्न छ नि

ए युवराज धिराज भन‌

राजाले देश बनाएकै हो भने

राजा चै कसले बनायो ?

देश बनाउने राजा भए

मान्छेलाई राजा कस्ले बनायो ?

यो देशलाई साझा कसले बनायो ?

खल्तीको बाजा कसले बनायो ?

राजाको खाजा कसले बनायो ?

प्रकाशित:

१२६७ दिन अगाडि

|

१४ चैत २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९