Above News Title

कान्छो ज्वाईं 

बुढीको पारा देखेर तातेका नारायण बाजेले पनि तत्काल भनिदिए-  "तेरो बाउको  कान्छो ज्वाइँ मैं हुँ , छिटो पस्की भात ! "
कान्छो ज्वाईं 

शब्दसेना 
तुलसी बज्यै दैलो पोत्दै थिइन् । "घाम झुल्किन लागिसक्यो यतिखेर दैलो पोत्छे" भनेर भुत्भुताउँदै नारायणप्रसाद कोदालो काँधमा हालेर आँगनमा  निस्किए।  "कान्ले खेतमा छेउकुना खन्न जान्छु , हिजो जोतेको खेत आधा जति छेउकुना खन्न बाँकी नै छ। "  यति भनेर उनी डहरपट्टी लागे ।  

अलि पर पुगेपछी के सम्झे कुनी टक्क रोकिएर एकछिन् गम खाए। खोल्सानिर पुगेपछि फरक्क फर्केर घरै आए।  आँगनमा पनि नओर्लिएरै बाहुनीलाई बोलाए -

-- "तुलसे ! ओइ तुलसे!! सुनिस् !!"
-- "हैन खेताँ जान्छु भनेर हिंडेको मान्छे फेरि किन नि ?"

पोत्दा पोत्दैको पोतो हातमै लिएर बज्यै आँगनमा निस्किइन् र खसमको मुखमा हेरिरहिन्।

"आज कान्छो ज्वाइँ आउनुहुन्छ दाल अलि बाक्लो पकाएर राख्! तरकारीहरू मीठो बनाएर राख्! आलु उसिनेर एक थोक अनि छोपको अचार अर्कोथोक बना!!" जोइलाई यति अह्राइपराइ गरेर फेरि डहरतिर लागे उनी। 

हिजो जोत्नेबेला छेउकुना खनेर आधा मात्र भएको थियो। "सुर्क्यान खेतमा हलोले चार सियो जोत्छ, बाँकी जम्मै आफैले खन्नु पर्छ। यत्रो खेत खनेर घर जाँदा ठस्स गुन्द्रुक र भात पकाएर खान दिन्छे । बूढो खन्न गएको छ भनेर खाजा बनाएर ख्वाउन ल्याउनु त परै जावस। साँझको बत्ती बाल्ने बेलासम्म गाउँ चाहारेर गफ दोचार्छे। कस्ती स्वास्नी परिछ। हरे शिव!! जे होस् आज चैं जाँगर लाएर पकाउँछे कि!"  खेत खनिरहँदा नारायण बाजे यस्तै के के भुत्भुताइरहेका थिए।

यता घरमा तुलसी बज्यैले पनि आज आफ्नो कान्छो ज्वाईंलाई  मन पर्ने निकै परिकारहरू बनाइन् । आलु तारिन्। भिण्डी र करेलाको अचार ननाइन्। काउलीको तरकारी पकाइन्। जाँतोमा दलेको मासको बाक्लो दाल पकाइन् र त्यसमा जिम्मु झानिन्।  के के पकाइन् पकाइन्। ज्वाइंको थालको वरिपरि १४/१५ वटा कचौरा त हुनैपर्छ नि! यस्तै सोचेर  चोटाबाट चरेसको ठूलो थाल र पन्ध्रवटा जति साना ठूला बैठके कचौरा झिकेर सफा गरेर खरानीले माझिन्। उनको फुरफुर आज बेग्लै थियो।

झण्डै बाह्र बजेतिर खेत खनिसकेर भोक र प्यासले चूर भएका नारायण बाजे टुप्लुक्क आइपुगे अनि "भात पाक्यो ?" भनेर सोधे। 

"भात त पाक्यो नि, ज्वाइँ नआइ पुग्दै आफैं हस हस खाने होइन होला त!" तुलसी बज्यैले परक्क मुन्टो बटारेर भनिन्।

बुढीको पारा देखेर तातेका नारायण बाजेले पनि तत्काल भनिदिए-  "तेरो बाउको  कान्छो ज्वाइँ मैं हुँ , छिटो पस्की भात ! "
 
प्रकाशित:

१२८३ दिन अगाडि

|

२८ फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९