सुनिता गाइसी
रंगले मनमा शान्तिको
लहर फैलाउँदछ ।
त्यो हाँसो खुसी र उमंगको
सञ्चार गराउँदछ ।
सद्भाव, मेलमिलाप
र, आपसी प्रेमको पर्व होली
वैमन्यस्ता, रिस र राग छोडी
मनाऊँ दिल खोली ।
मानव जीवन संघर्षमय
पाइलै पिच्छे विभिन्न अप्ठ्यारा
वाधा अवरोधलाई भुली
मनाऊँ रंगहरुको पर्व होली ।
विकृतिलाई पर सार्दै
संस्कृतिलाई मनैदेखि पुज्दै
अन्यायका विरुद्धमा
न्यायको दीप प्रज्वलन गर्ने
पर्व होली ।
रंग फरक भए सँगै
फरकै छ संस्कृति
आफ्नोपन, आफ्नो भाषा
त्यागौँ है विकृति ।
के पहाड, के तराई
अब सबै मुस्कुराई,
एकता र मेलमिलापको रंगमा
सबैलाई रंगाई ।
सुन्दर समाजको कल्पनासँगै
समानताको आवाज उठाई
अघि बढौँ सबै मिली
हाम्रो संस्कृति जोगाई
मनाऔँ होली ।
मनाऔँ होली ।।
प्रकाशित:
१२८८ दिन अगाडि
|
२२ फागुन २०७९
१७ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९