Above News Title

लक्ष्मी चौधरीका दुई कविता

हे महादेव, म एक पात्र हुँ
लक्ष्मी चौधरीका दुई कविता

१. हे महादेव

                     लक्ष्मी चौधरी

मेरो पनि मन छ
तिम्रो पनि !
मेरो पनि दुख्छ
तिम्रो पनि
मलाई पनि दया माया छ
तिमलाई पनि
म मा पनि रिस दाहा छ
तिमीमा पनि
मलाई पनि जीवन जिउनु छ
तिमलाई पनि
मनुष्य हौं समस्याले
तिमलाइ पनि घेरेको छ
मलाई पनि
कसलाई दोष लगाउने
जे छ त्यसमा खुशी हुन बाहेक
केही उपाय छ र ?
म पनि तिम्रो
तिमी पनि मेरो
हैन र ?
महादेव ।

=====

                                                                                                                               कवियत्री लक्ष्मी चौधरी

२. एक पात्र हुँ 

जसलाइ सृष्टि कर्ता अनि

ममताको खानीको स्वरुप दिइन्छ

जसलाई पुज्ने पनि गरिन्छ

अनि कहिले कुट्ने पनि गरिन्छ ।

हो, त्यही पात्र भित्रको म एक पात्र हुँ ।

जीवन जिउन

म मा पनि केहि आधार

अनि आफ्नै शैली छ ।

कोमल हृदयमा आफ्नै चाहना

अनि इच्छा छ

तर

म छोरी हो

श्रीमती हो

बुहारी हो

आमा हो

सासू हो ,

हो, त्यही संयन्त्र भित्रको म एक पात्र हुँ ।

अरुलाइ खुसी बनाउन

आफ्नो खुशीलाई बलि चढाउने

जीवनको दौडानमा

आफू हारी अरुलाइ जिताउने

हो त्यही मनकारी भित्रको

म एक पात्र हुँ ।

                            राप्तीसोनारी, बाँके

प्रकाशित:

१२९२ दिन अगाडि

|

१९ फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९