Above News Title

प्रज्ञा प्रतिष्ठानमा नियुक्तिः आफू नपर्दैमा बाँकी सबै वाहियात !

प्रज्ञा प्रतिष्ठानमा नियुक्तिः आफू नपर्दैमा बाँकी सबै वाहियात   !

धीरेन्द्र प्रेमर्षि

कुरा गरौँ प्रज्ञा-प्रतिष्ठानहरूमा भएका नियुक्तिहरूको। 
यसपालि छानिएका प्राज्ञहरूबारे पनि नाँनाभाँति टिप्पणीहरू आइरहेका छन्—
"एकै समुदायका धेरै परे...
नामै नसुनिएकाहरू परे...
प्रज्ञा-प्रतिष्ठान पार्टीको भर्तीकेन्द्र बन्यो... आदि-इत्यादि।"
तर यसमा 'हाय-तौबा' मच्चाउनुपर्ने त्यस्तो के कारण छ, मैले बुझ्न सकिन।

राजनीतिक पार्टीहरूले आफ्नो विचार तथा दर्शन अनुरूपको साहित्य-कला-संस्कृति निर्माण तथा प्रवर्धन गर्न खोज्ने हुन्। यसका लागि आफू अनुकूलका व्यक्ति त्यस्ता निकायमा पुर्‍याउनु स्वाभाविक कुरा हो। राष्ट्रियताको सर्वव्यापी र सर्वस्वीकार्य

आधार तथा मापदण्ड तयार भई नसकेको परिप्रेक्ष्यमा यस परिपाटीलाई अन्यथा भन्नै मिल्दैन।
प्राज्ञ-परिषद् साधक-सर्जकहरूको शास्त्रार्थ गर्ने थलो होइन, उन्नत सिर्जना र साधनाका निम्ति वातावरण बनाउने र सोको समुचित व्यवस्थापन गर्ने समूह हो। तसर्थ प्राज्ञहरू साहित्यिक/सांस्कृतिक/साङ्गीतिक/रङ्गमञ्चीय/कलाकारीय दृष्टिले स्वयम् कहलिएका व्यक्ति हुनुपर्छ भन्ने छैन, विधागत रूपले आधारभूत बुझाइ र प्रतिबद्धता भएका व्यवस्थापकीय कौशलयुक्त व्यक्ति भए पुग्छ।

प्रज्ञाहरूमा गएका व्यक्तिहरूलाई यदि मैले चिन्दिन भने यो स्वयम् मेरो अज्ञानता वा अल्पज्ञता हो, उनीहरूको कमजोरी होइन। मूलधारका सञ्चार, समारोह, सङ्घ-संस्थाहरूद्वारा आलोकित व्यक्तिहरू मात्र अब्बल र अरू दोयम हुन् भन्ने मानसिकताबाट हामी मुक्त हुनु बढी जरूरी छ। जिम्मेवारीमा जो पुगेका छन् तिनीहरूप्रति हामीले आशापूर्ण औत्सुक्य राख्नुपर्छ, पूर्वाग्रही नैराश्यले नयाँ सम्भावनाको ढोका थुन्ने काम मात्र गर्दछ।

फलानो समुदायका धेरै परे भन्ने रोइलो देखिए पनि समुचित समावेशिता हुन नसकेको दिशामा कसैको दृष्टि गएको देखिएन। यदि सम्यक भावबाट हामीले  क्रियाकलाप र समीक्षा गर्‍यौँ भने भविष्यमा यो स्वतः अनुकूलनमा आउँदै जाने प्रक्रिया हो। हालका लागि के मात्र भन्न सकिन्छ भने जसरी पहिले एकै समुदायका सुयोग्य व्यक्तिहरू अधिसङ्ख्य रहने गर्थे त्यसैगरी अहिले अर्को कुनै समुदायको  सुयोग्य नै व्यक्तिहरू अपेक्षाकृत बढी सङ्ख्यामा आएका छन्। 

विगतमा अनेकौँ व्यक्तिलाई प्रज्ञा-प्रतिष्ठानका नियुक्तिहरूको निरन्तर आलोचना गरिरहेको देखिन्थ्यो। तर सोही प्रक्रियाबाट आफू प्रज्ञामा पुगेपछि तिनले हाम्रा कवि लक्ष्मण गाम्नागेको 'सिंहदरबार पसेपछि देशै झलल' कवितांश झैँ सबै राम्रैराम्रो भन्ने खालको अभिव्यक्ति दिन थाल्थे। तर आफू नपर्दैमा बाँकी सबै वाहियात भए भन्नु जस्तो अनर्गल केही हुँदैन। 

म पनि आकांक्षी थिएँ। युवापन बाँकी रहँदैमा विशेष केही गर्न सकिन्छ भन्ने खालको अलि हतार पनि थियो। तर म परिन। यसो भन्दैमा बाँकी सबै काम नलाग्ने भन्ने हुँदैन। ... अहिले जो-जो आएका छन्, अधिकांश राम्रा आएका छन्। बाँकी भविष्यले देखाइहाल्छ- उनीहरू कस्ता छन्। बरू समग्रमा प्रज्ञाको उन्नयन चाहनेले अहिले गएकै साथीहरूका माध्यमबाट आफ्ना रचनात्मक सोचहरूलाई पनि कार्यान्वयन गराई योगदान दिन अग्रसर हुनुपर्छ। 

म तीनवटै प्रज्ञा-प्रतिष्ठानका सम्पूर्ण प्राज्ञ-पदाधिकारीहरूलाई अनेकानेक बधाई तथा उल्लेख्य कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
 

प्रकाशित:

१३०० दिन अगाडि

|

१० फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९