Above News Title

रातोघर फाउण्डेशनले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस

रातोघर फाउण्डेशनले मनायो अन्तर्राष्ट्रिय मातृभाषा दिवस

नेपाल  प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ लक्ष्मी माली एवं बुढानीलकण्ठ नगरपालिकाका उपमेयर अनिता लामा बुढानीलकण्ठको एक कोठामा आ आफ्ना परम्परागत जातिगत लुगा र गहना बोकेर आइसकेका थिए ।

एउटा पोकामा हाकु पटासी र तायो थियो भने अर्को पोकामा  थियो आङ्ग्रे र हारी ।

त्यही बेला दुबैको फोन तारन्तार बजिरहेको थियो । फोन गर्नेहरुले सोधिरहेका थिए

दिदी हामी कहाँ आउने ? दुबै जनाले जवाफ दिइरहेका थिए,  ‘बुढानीलकण्ठ मन्दिरको  चौतारा ।’

–त्यहाँ पनि चौतार छ र ?

–छ छ ।

यसरी कवि कलाकारहरु जम्मा भइरहेका थिए ।

सन्दर्भ थियो फागुन ९ को अन्तर्राष्ट्रिय मातृभाषा दिवस । रातोघर फाउण्डेसनले यही अवसर पारेर नेपालका बिविध भाषाका कविहरुलाई कविता वाचनका लागि निम्तो दिइसकेको थियो ।

बुढानीलकण्ठ मन्दिर परिसर पुगेपछि  कवि कलाकारहरुलाई जम्मा गरी त्यो भन्दा माथि तौलुङ चौतारा लानु थियो । एक बजे जम्मा भएर तौलुङ पुग्दा डेढ बजिसकेको थियो ।

त्यहाँ पुग्दा स्थानीय कलाकारहरु आफ्नो परम्परागत भेषमा बाहिर चौतारामा माइक सिस्टमसहित तुङ्ना बजाएर स्वागत गरिरहेको थिए । अगाडि तामाङ्ग सांस्कृतिक परम्परा अनुसार फूल फलफुल, पानी भरेको माटोको घैला छयुमी बालेर राखिएको थियो ।

अतिथि एक समूहले कवि कलाकारहरुलाई टोटलाको फूल निधारमा टाँसेर खादा ओढाएर स्वागत गरिरहेका थिए भने अर्को समूह टुङ्ना र डम्फु बजाएर स्वागत धून बजाइरहेका थिए । न्यानो घाम, सरसरी हावा चलेको रमणीय प्राकृतिक वातावरणमा एकछिन स्वागत कार्यक्रम सकिसकेपछि माथि हलमा कविता वाचनको औपचारिक कार्यकम शुरु भयो ।

काठमाडौं उपत्यकाको उत्तरी भेग बुढानीलकण्ठ नगरपालिका–१ स्थित तौलुंग चौतारा र स्थानीय सामुदायिक भवनमा सञ्चालित कार्यक्रम सोही वडाका वडाध्यक्ष सुरेन्द्र लामाको व्यवस्थापन तथा स्थानीय जनताको सहभागितामा भएको थियो ।

उक्त कार्यक्रममा खारुमी राईले बान्तवा भाषामा, भूमिका थारूले थारू भाषामा, बुङातुङ चाम्लिङले चाम्लिङ भाषामा, राकेश बुढा मगरले मगर भाषामा, हेमन्ती केवरतले केवरत भाषामा, शोभा सुनुवारले सुनुवार भाषामा, कवि अनिता लामा र फुल कुमार बम्जनले तामाङ भाषामा कविता वाचन गरे । कविता वाचनपछि विभिन्न भाषाका सांस्कतिक गायन, वाद्यवादन, नृत्य समेत प्रस्तुत भएको थियो ।

त्यस्तै, इन्द्रमान महर्जन, प्रशान्त डंगोल र लक्ष्मी माली, स्नेह सायमीले नेपाल भाषामा, विना थिङ तामाङ, गीता त्रिपाठी र आरएम डंगोलले खस नेपाली भाषामा कविता वाचन गरे । अनौपचारिक रुपमा संचालन गरिएको  कार्यक्रममा  वडाध्यक्ष सुरेन्द्र लामाले स्वागत गरे ।

 

 

प्रकाशित:

१३०० दिन अगाडि

|

१० फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९