Above News Title

मातृभाषा दिवसको अवसरमा १६ भाषामा कविता वाचन

मातृभाषा दिवसको अवसरमा १६ भाषामा कविता वाचन

नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा दिवसको अवसरमा मातृभाषामा कविता वाचन कार्यक्रम राखेको छ । 

प्रतिष्ठानको हलमा मंगलबार भएको कविता वाचन कार्यक्रममा मगर, नेवार, माझी, शेर्पा, ताजपुरिया, जिरेल, थामी, कुमाल, सुनुवार, तामाङ, राई, उराँव, अवधी, भोजपुरीलगायत १६ भाषामा विभिन्न कविहरुले कविता वाचन गरेका थिए । 

कार्यक्रममा नेपालमा बोलिने संकटापन्न मातृभाषाहरुको अवस्था शीर्षकमा डा तारामणि राईले कार्यपत्र प्रस्तुत गर्दै लोपोन्मुख भाषाको संरक्षणमा प्रतिष्ठानको ठूलो भूमिका रहेको जिकिर गरे ।

प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले प्रतिष्ठानमा नयाँ पदाधिकारीहरुको आगमन यसै साता मात्रै भएकाले यस वर्ष मातृभाषा दिवस भव्य रुपमा मनाउन नसकिएको जानकारी दिए । 

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भने, पञ्चायतकालमा अन्य भाषाले फल्नेफुल्ने मौका पाएनन् । अबको लोकतन्त्रमा सबै भाषाको संरक्षणमा सरकार लागी पर्नेछ । सोही कार्यक्रममा मन्त्री किरातीले डा गोपाल ठाकुरको भोजपुरी भाषाको ब्याकरणीय पुस्तक ‘सहज बर्तनी’ पनि विमोचन गरेका थिए । 

कार्यक्रममा मातृभाषा विभागका प्रमुख राजन मुकारुङ तथा कुलपति भूपाल राईले प्रतिष्ठिानको अहिलेको टीमले मातृभाषाको संरक्षणलाई अभियानकै रुपमा लैजाने बताए । 

प्रकाशित:

१३०१ दिन अगाडि

|

९ फागुन २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९