आख्यानकार डा ध्रुवचन्द्र गौतम ‘आविष्कारी आख्यानकार’को उपाधिबाट सम्मानित भएका छन् । उनको ८० औं जन्मोत्सवको अवसरमा आइतबार सो उपाधिबाट सम्मानित गरिएको हो ।
‘लुनकरणदास–गंगादेवी चौधरी साहित्यकला मन्दिर’ तथा ‘बसन्त चौधरी फाउण्डेसन’ले डा गौतमलाई ‘आविष्कारी आख्यानकार’को उपाधिले सम्मान गरेको हो । साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष बसन्त चौधरीले डा गौतमलाई उपहार प्रदान गरेका थिए भने वर्तमान अध्यक्ष मेघा चौधरीले ढाकाटोपी लगाइदिएर अभिनन्दन गरेकी थिइन् ।
कार्यक्रममा वरिष्ठ रंगकर्मी हरिहर शर्माले सामूहिक हस्ताक्षरित अभिनन्दनपत्र डा गौतमलाई अर्पण गरेका थिए । सो अवसरमा उनले भने, आफ्ना कृतिमार्फत् डा गौतम नेपाली साहित्यमा सदैव अमर रहनेछन् ।’ सो अवसरमा डा गौतमको ८० औं जन्मोत्सव पनि मनाइएको थियो ।
कमलादीमा आयोजित कार्यक्रममा डा गौतमले आविष्कारी आख्यानकारको उपाधिबाट सम्मानित हुन पाएकोमा आफूलाई खुशी लागेको बताए । उनले भने, ‘मलाई ८० वर्ष टेक्दा मामुली लागेको छ । जो कोही पनि ८० वर्ष बाँच्न सक्छन् । अबको केही वर्षमै म लेखनको आठौं दशकमा प्रवेश गर्नेछु । मेरा लागि त्यो नै ठुलो कुरा हो जस्तो लाग्छ ।’ डा गौतम १० वर्षको उमेरमै साहित्य लेखनमा प्रवेश गरेका हुन् ।
डा गौतमले विज्ञानमा मात्रै आविष्कार नहुने, लेखनमा पनि नयाँ प्रयोग आविष्कार हुने जिकिर गरे । उनले भने, म जहिले पनि अलग लेखक हुन चाहें । नयाँ प्रयोग गर्न रुचाएँ । त्यसैले पनि आविष्कारी आख्यानकारको उपाधिबाट सम्मानित गरिएको होला ।’
सो अवसरमा ‘डा ध्रुवचन्द्र गौतमः ‘आविष्कारी आख्यानका दशकहरू’ पुस्तक समेत विमोचन गरिएको थियो । यो पुस्तकको सम्पादन डा खुमनारायण पौडेल तथा डा ईशान गौतमले गरेका हुन् । यसमा ४१ जना लेखकहरुको लेख समेटिएको छ । साथै, डा गौतमसँग ८० वटा प्रश्नोत्तर गरिएको छ ।
‘डा गौतमसँग मेरो चार दशकभन्दा बढी सहकार्य भएको छ । तर बढी घनिष्टता उहाँको लेखनमा बनेको वासुदेव चलचित्र दाजु विनोद चौधरीले निर्माण गरेपछि भएको हो,’ लुनकरणदास गंंगादेवी चौधरी साहित्यकला मन्दिरका संस्थापक अध्यक्ष बसन्त चौधरीले भने, ‘उनी यस उमेरमा पनि सिर्जनामा उत्तिकै सक्रिय छन् । यही प्रेरणाले मलाई पनि लेखनमा उर्जा मिल्छ । उनी साहित्यका एक महान तपस्वी हुन् ।’
हालसम्म ३२ वटा उपन्यास लेखेका डा गौतमका सबै विधामा गरी हालसम्म ५३ वटा कृति प्रकाशित छन् । ‘ह्याङ्गरमा झुण्डिएको आकाश’ कविता कृति नै उनको पछिल्लो नविनतम कृति हो ।
प्रकाशित:
१३६८ दिन अगाडि
|
४ पुष २०७९
३ दिन अगाडि
|
२९ भदौ २०८३
४ दिन अगाडि
|
२८ भदौ २०८३
१७ दिन अगाडि
|
१५ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
१९ दिन अगाडि
|
१३ भदौ २०८३
२४ दिन अगाडि
|
७ भदौ २०८३
३३ दिन अगाडि
|
२९ साउन २०८३
१४३७ दिन अगाडि
|
२५ असोज २०७९
१४७१ दिन अगाडि
|
२१ भदौ २०७९
१४८१ दिन अगाडि
|
१२ भदौ २०७९
१४३६ दिन अगाडि
|
२६ असोज २०७९
१३८५ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४१ दिन अगाडि
|
२० असोज २०७९
१३७४ दिन अगाडि
|
२७ मंसिर २०७९