Above News Title

मिलनको आशामा ....

मिलनको आशामा ....

हिमालको सिरेटोमा अस्तित्वमा आई

पहाडको काख र तराईको सम्म फाँटमा

बाँचिरहेको जीवन

धर्म र संस्कारका जञ्जालमा रुमलिइरहेर

सामाजिक अस्तित्वको खोजीमा होमिएको जीवन

जिन्दगी र समाजका चक्रमा बाँचिरहँदा

पर क्षितिजबाट तिमीले हेर्यौ

वल्लो क्षितिजबाट मैले नियालेँ

अनि,

समयको चक्रले हाम्रो अस्तित्व एकीकृत गरिदियो ...

प्रिय,

तिमीलाई थाहा छ –

शून्य आकाशमा डुलिरहेका

सबैभन्दा नजिकका मिल्कीवे आकाशगंगा र

एन्ड्रोमेडा आकाशगंगाका बीच

अस्तित्व एकीकृत हुँदै गर्दा

कुनै अदृश्य शक्तिले छुट्याइदियो

अहिले पुनः मिलनको आशामा

ब्रह्माण्डमा चक्कर लगाइरहेका

यी दुई अस्तित्व

पाँच अरब बर्षमा एक हुनेछन् ...

प्रिय,

हाम्रो अस्तित्व एकअर्कामा

अन्तरघुलित नहुँदै

समयको अर्को चक्रले

घर्षण गराएर

अनन्तकालसम्म मिलन नहुने गरी

अलग–अलग अस्तित्वमा हुत्याइदियो

हामी पनि यिनै दुई आकाशगंगाका

प्रतिनिधि पात्र थियौँ क्यारे

तिमीले पृथ्वी रहेकै मिल्कीवे आकाशगंगामै

बस्ने सौभाग्य पायौ

म एन्ड्रोमेडा आकाशगंगामा हुत्याइएँ ...

प्रिय,

एकाकार हुँदाहुँदै पनि

छुट्टिएका यी आकाशगंगा

पाँच अरब बर्षमा फेरि जोडिने आशामा

नजिक सर्दै आइरहेका छन्

हिजोको मिलनमा घर्षण भएर

उछिट्टिएका अस्तित्व

अबको मिलनमा

एकअर्कामा समाहित हुने तरंगमा

लम्किरहेका छन् बिशाल ब्रह्माण्डमा ...

प्रिय,

मिल्कीवेका दुई खरब तारा,

एक खरब ग्रहहरुका माझ

जीवन अस्तित्व बिद्यमान

सानो ग्रह पृथ्वीकी तिमी बासिन्दा

उछिट्टिएर दस खरब ग्रह र ताराहरु भएको

एन्ड्रोमेडामा पुगेको मेरो अस्तित्व

पुनर्मिलनको आशामा

पर्खेर बसिरहेको छु ...

मिल्कीवेबाट फैलिरहेका तिम्रा मुस्कान हेर्दै

तिमीलाई कुरिरहेछु –

अब मिलन हुँदा

तिम्रो प्रेमको अनुभव र अनुभूति पाउने

मलिनो आशामा ...

प्रिय,

पाँच अरब बर्षसम्म

तिमीलाई पर्खिरहँदा

अनन्तको मार्गमा डुलिरहन्छु

जहाँ शान्ति छ, प्रकृति छ

ईश्वरीय अस्तित्वसँग भलाकुसारी छ

यही अनन्त ब्रह्माण्डको

सानो कुनाबाट

तिमीलाई नियाल्दै

पुनर्मिलनको अभिलाषामा

पर्खिरहन्छु ... पर्खिरहन्छु ...

प्रकाशित:

१३६९ दिन अगाडि

|

२ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७४ दिन अगाडि

|

२७ मंसिर २०७९