Above News Title

'म रेशम चौधरी'

'म रेशम चौधरी'

-बलराम तिमल्सिना

म रेशम चौधरी

तपाईले सोच्नु भयो

म केवल हलियाको बच्चा !

तपाईले खटाएको खेतमा

खुरु खुरु जोत्न जानु पर्ने मैले

तपाईले दिएको बाली

खुरुखुरु थाप्नु पर्ने मैले

कसले उकास्यो खै मलाई

मैले त तिम्रो खेत अब जोत्दिन भनिदिएँ

मैले त मलाई थरुवान चाहियो भनिदिएँ

म रेशम चौधरी

कस्तो अनाडी मान्छे त है मालिक ?

दोश्रा ठूला एकीकरणकर्ता

श्री ३ जङ्गबहादुरले

अङ्ग्रेजको गुलामी गरे वापत

थुक विर्ता पाएको

म नयाँ मुलुकको हलिया

मैले अलि होस गर्न पर्थ्यो कि

जोशमा होस गुमाएँ सायद

र मैले टेकेको

पुरानै मुलुकको यो जमीन

मेरो पनि हो भनिदिएँ !

म त जाँड खाएर सुत्नु पर्ने

भाइ भाइ मारामार गर्नु पर्ने

भाइ भाइको किचलो मिलाउन

हजुरलाई ठेकी कोसेली बुझाउनु पर्ने

मैले त थारु थारु एक होऔं भनि दिएँ

मैले त आफ्नो निसाफ आफै गर्छु भनि दिएँ

मालिकको रबाफ पनि नचिनी

मुखै मुख जबाफ फर्काउने

म रेशम चौधरी मालिक !

मान्छेहरूले भने

देशमा गणतन्त्र आयो रेशम

अब दिल खोलेर बोल्नु पर्छ

मान्छेहरूले भने

सङ्घीयता पनि पो आएको छ रेशम

अब थरुवान पनि माग्नु पर्छ

समावेशिताका पनि कुरा छन

अब राज्यका हरेक निकायमा

थारुहरूले पनि भाग खोज्नु पर्छ

आफू त इमान्दार थारुको बच्चा

होला होलाझैं लाग्यो

नलागोस पनि कसरी

सङ्घीय गणतन्त्र नेपाल भनिएकै छ

यो ठग्नलाई गरिएको

ठग घोषणा हो भनेर

कहिलै ठग्न नजानेको

म थारुको सन्तानले कसरी मानौं मालिक ?

थरुवान पनि मागेकै हो

हाम्रो भाग पनि खोजेकै हो

तपाईकै कानून अनुसार चुनाव लडेर

भव्य मतले सभासद भएकै हो

तर म सभासद बनेको

तपाईलाई चित्त बुझेन मालिक

मलाई के थाहा

तपाईभित्र जङ्गबहादुर छ भनेर ?

म रेशम चौधरी

जेलको चिसो छिंडीमा बसेर

देखिरहेछु नयाँ सपना

म बस्ने कोठरीमा हजुर हुनुहुदो रैछ रे

म हजुरलाई भेट्न

हातमा फलफूल बोकेर

गेटमा रहेछु रे मालिक

सपना पनि कस्तो डरलाग्दो है ?

माफ गर्नु होला मालिक

सपना भनेको सपनै त हो

कतै सपनै देखेको कारणले

अर्को मुध्दा नलागोस है मालिक !

                कविता संग्रह 'मामुली मान्छे' बाट

प्रकाशित:

१३७३ दिन अगाडि

|

२६ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९