Above News Title

अक्षर

अक्षर

अक्षर

स–साना बच्चा–बच्चीहरूको

भाँडाकुडी खेल्ने सामग्री होइन

यो मदशालाभित्रको पेयवस्तु पनि होइन

त्यसैले,

यो कुनै तानाशाह

अथवा कुनै बिलासी शासकको गिलासमा झ¥यो भने

र, गिलासभित्रै अन्तर घुलन भयो भने या

ककटेल भयो भने

त्यसभित्रका झिल्काहरू

उछिट्टिएर पत्करहरुमा पुग्यो भने

देशैभरि डढेलो लाग्न सक्छ ।

बिजुलीको चमक जस्तै

अथवा बिजुलीको तार जस्तै

जब अक्षरहरू कुनै बौलाहाको खोपडीमा

बेपर्वाह प्रसारण भयो भने

त्यतिबेला,

गिजोलिन्छन् तिमी हामी बसेको बस्ती

र, बन्दछन् रणसंग्राम ।

होसियार रहनू

अक्षरहरू जैविक हतियारभन्दा कैयौं घातक हुन सक्छन्

आतङ्कका अहम् सामाज्यका किल्लाहरू

हिंसक युद्धहरू

सुरक्षार्थ तैनाथ सुरक्षा टुकडी र सुरक्षा घेरा

त्रासदीपूर्ण कफ्र्यू डकार्ने तिम्रो जङ्गी आदेश

अनि, तिमीसँग भए भरका शक्ति र अहम्

तिमी जुन सुकै हर्कत गर

अक्षर बौरियो भने

आँधीको तीव्र आवेग

मिसाइलभन्दा विध्वंश

र आगो भन्दा उच्चतम रापले

छिनभरमै खरानी बनाउन सक्छ ।

अन्याय, अत्याचार, दमनको सिंहासनमा बसेर

जब शासकहरू भत्काउँछन् मानवताका आलीहरू

र, फैलाउँछन् असंख्य भ्रम हुइचीलहरूले

यो पीडा र परिबन्ध एक कविको आँसु पोखियो भने

अक्षरहरूका अक्ष्यम्मे तीरहरूले

दलाल, क्रूर शासकहरूको शीर छेदन गर्न सक्छ ।

जब मक्किनै लागेका घर

बाढी पहिरोले बगाएको खेतबारी

मृत्यु पर्खेर बसेका कैयौ जीवनहरूसँगै

अभाव, गरीबी र भोकको लोहरोले घण्टा ठोक्छ

अंगालेर यी वीभत्स आयामहरू

समस्याका ती अग्ला–अग्ला पहाडहरू उछिन्छन्

र क्षितिजको पारिलो घाम भेटाउन पुग्छन् अक्षरहरू ।

कहिलेकाही अक्षरहरू

यो धर्ती र आकाश नारेर

क्षितिज जोत्छन्,

बादलको डल्ला फुटाउँछन्

र, ताराहरूको बीउ छडेर

जूनको उज्यालो फलाउँछन् ।

प्रकाशित:

१३३६ दिन अगाडि

|

१६ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२६ दिन अगाडि

|

२७ मंसिर २०७९