Above News Title

थारू पौराणिक नाच प्रतियोगितामा कठघोरी नाच पहिलो, झुम्रा नाचमा पचुहिया गाउँको नाच उत्कृष्ट

थारू पौराणिक नाच प्रतियोगितामा  कठघोरी नाच पहिलो,  झुम्रा नाचमा पचुहिया गाउँको नाच उत्कृष्ट

राष्ट्रिय थारू कलाकार मञ्चले दसैंको अवसरमा आयोजना गरेको दसैं बिशेष साँस्कृतिक कार्यक्रम तथा पौराणिक नाच प्रतियोगितामा शान्ति युवा क्लव लठ्ठहवाको कठघोरी नाच प्रथम भएको भएको छ । 

राष्ट्रिय थारू कलाकार मञ्च केन्द्रीय समितिले १५ असोजमा दाङ देउखुरीको गढवा गाउँपालिका–२ राप्ती रिसोर्ड एण्ड फन पार्कमा आयोजना गरेको कार्यक्रममा जम्मा १० वटा समूहले भाग लिएका थिए । सो कार्यक्रममा सखिया पैया समूह रामपुर पलासेको नाच दोस्रा तथा संघारी सांस्कृतिक मञ्च उत्तर मजगाउँको बड्का नाचले तेस्रो भए । 

विजय हुने समूहलाई क्रमशः १५ हजार, १२ हजार र ८ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियोे ।

कार्यक्रममा गायकहरु अन्नु चौधरी, समीक्षा चौधरी, रोशन रत्गैया, दोषहरण चौधरी, शालिकराम चौधरी, राजेन्द्र चौधरी, डिआर चौधरी, गायक तथा हाँस्यकलाकार गौतम चौधरी, गायक मोडल समु चौधरी लगायतको विशेष प्रस्तुति रहेको थियो । 
त्यस अघि उक्त कार्यक्रमको समुद्घाटन मन्तव्यमा शहरी विकास मन्त्री मेटमणि चौधरीले थारू समाजलाई अगाडि बढाउन संस्कारयुक्त शिक्षाको आवश्यकता रहेको धारणा राखे । 

थारू समुदायका पुराना नाचगान, संस्कार, संस्कृति हराउँदै जान थालेको र नयाँ युवा पिढीले आधुनिक गीतसंगीतमा मात्र रमाउन थालेकोमा मन्त्री चौधरीले चिन्ता व्यक्त गरे । साथै, थारू समुदायको पहिचानका लागि थारू कलाकार स्थापित हुन जरूरी रहेको पनि उनले बताए ।

मञ्चका दाङ अध्यक्ष वीरबहादुर चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत अञ्जु चौधरी र कार्यक्रमका बारेमा मञ्चका केन्द्रीय महासचिव रोशन रत्गैयाले जानकारी दिएका थिए ।

बृहत साँस्कृतिक झुम्रा नाच प्रतियोगिता

यसै गरी थारु कल्याणकारिणी सभा (थाकस) देउखरी गढवा इकाइ कमिटिको आयोजनामा असोज १६ गते गढवा गाउँकमिटि स्तरीय बृहत साँस्कृतिक झुम्रा नाच प्रतियोगिता गढवामा सम्पन्न भएको छ ।

नाच प्रतियोगिताका निर्णायक सुरेश चौधरीका अनुसार प्रतियोगितामा पचुहिया गाउँको नाच पहिलो, लोखरपुरवा गाउँको नाच दोस्रो तथा पर्नाहा गाउँको नाच तेस्रो, मक्नह्वा गाउँको नाचले सान्तवना स्थान प्राप्त गरेकको छ । 

कार्यक्रममा गढवा गाउँपालिकाबाट विभिन्न क्षेत्रमा योगदान पुर्याउनहरुलाई सम्मान पनि गरिएको थियो । जसमा समाजसेवी भगवती प्रसाद चौधरी, खेलाडी पद्मा चौधरी, गायक दोषहरण चौधरी, कमलरी अभियन्ता उर्मिला चौधरी लगायत थिए ।

कार्यक्रमका प्रमुख अतिथि थाकस देउखुरीका सभापति  प्रकाश चौधरी तथा गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा चौधरीले सम्मानित गरेका थिए । कार्यक्र थाकस गढवाका सभापति  संजिव चौधरीको सभापतित्वमा भएको थियो । 

प्रकाशित:

१४४३ दिन अगाडि

|

१७ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९