Above News Title

निसराउले असोज १५ गते देउखुरीको चैनपुर माविमा निःशुल्क स्वास्थ्य शिविर गर्ने

निसराउले असोज १५ गते देउखुरीको चैनपुर माविमा निःशुल्क स्वास्थ्य शिविर गर्ने

काठमाडौंस्थित देउखुरी निसराउ समूहले दाङदेउखुरीको गढवा गाउँपालिका–५ स्थित श्रीमावि चैनपुरमा आगामी असोज १५ गते निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ ।

लामो समयदेखि तयारी हुँदै गरे पनि निसराउ कार्यसमितिको शनिबार बसेको बैठकले मिति तय गरेको हो । शिविरको सुमद्घाटन सहरी विकास मन्त्री मेटमणि चौधरीले गर्नेछन् ।
देउखुरी निसराउ समूहका अध्यक्ष शिव चौधरीले एक विज्ञप्ती जारी गर्दै उक्त निःशुल्क स्वास्थ्य शिविरबारे जानकारी दिएका हुन् ।  शिविरमा  हाड जोर्नी विशेषज्ञ डा राजेश कुमार चौधरी, इन्डोक्राइनोलोजिस्ट डा सुनिल चौधरी, स्त्री रोग विशेषज्ञ, जनरल फिजिसियन, आँखा विशेषज्ञ लगायतको सेवा उपलब्ध हुनेछ । साथै,  मेडिकल अफिसरहरु डा पुष्पा भुसाल, डा संगम सिंह, डा केदार अधिकारी, डा कौशल गिरी, डा रुविना चौधरी, डा सुदीप चौधरी लगायतले विरामी जाँच गर्नेछन् । 
गढवा गाउँपालिका, फ्लोरेन्स हस्पिटल, ट्रमा सेन्टर, लमही आँखा अस्पताल, नोभा केयर फिजियो थेरापीको सहकार्य तथा थारु कल्याणकारिणी सभा, गढवाको सहआयोजनामा कार्यक्रम भैरहेको देउखुरी निसराउ समूहको जारी विज्ञप्तीमा उल्लेख छ ।
शिविरलाई विभिन्न तवरबाट सहयोग गरिने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत चौधरीले बताए । 
२०७० सालमा स्थापित निसराउ समूहले यसअघि देउखुरीमा हाफ म्याराथुनको आयोजना, थारु साहित्यिक कार्यक्रम, कोभिडको  समयमा राहत वितरण, बाढी पीडितहरुलाई सहयोग, लमहीमा अक्सिजन प्लान्ट स्थापनामा सहयोग लगायत सामाजिक कार्यमा सहभागिता जनाएको छ ।  


 

प्रकाशित:

१४९९ दिन अगाडि

|

५ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१६ दिन अगाडि

|

२७ मंसिर २०७९