नेपाल मगर महिला संघ तिलोत्तमा नगर समितिले शनिबार संघको २५औ स्थापना दिवस (रजत महोत्सव) को अवसर पारी एकदिने साइबर अपराध र कानुन विषयक अन्तर्क्रिया एवं प्रशिक्षण गरेको छ ।
योगीकुटीस्थित सगुन रिसोर्टमा भएको कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष गीता सारु मगरले कार्यक्रमको उद्घाटन गरिन् । सो अवसरमा उनले भनिन्, नेपाल मगर संघको दाङमा सम्पन्न १२औ राष्ट्रिय महाधिवेशनले राज्य संचालनका मतियारहरुले मगर समुदायको सभ्यता र पहिचानलाई जानी जानी ओझेलमा पारे । मगर सभ्यता, पहिचान र अधिकार संवैधानिक रुपमै सुनिश्चित गर्नका लागि मगर अगुवाहरुले सडक र सदनबाट आवाज उठाउनुपर्छ ।
उनले आगामी मंसिर ४ मा हुन गइरहेको प्रदेश एवं प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचन आयोगले समानुपातिकतर्फ बिभिन्न कलस्टर छुट्याए पनि प्रत्यक्षतर्फ त्यस्तो कुनै प्रावधान नरहेको कारण आयोगले महिलाहरुलाई विभेदमा पारेको जिकिर गरिन् ।
त्यस्तै कार्यक्रममा नेपाल मगर महिला संघ लुम्बिनी प्रदेश सदस्य केशरी तरामु मगरले संघले आफ्नो स्थापना दिवस पहिला असोज ३ गते मनाउँदै आएको तर सोही दिन देशका नश्लीय शासकहरुले मगर लगायतका उत्पीडित समुदायको अधिकार र पहिचानका मुद्दालाई बेवास्ता गर्दै एकपक्षीय ढंगबाट संविधान लागू गरेको हुँदा उक्त दिनलाई कालो दिनको रुपमा लिँदै आएको बताइन्।
त्यसैगरी नेपाल मगर संघ जिल्ला कार्यसमिति रुपन्देहीका अध्यक्ष अन बहादुर सोती मगरले महिलाहरुले राज्यले संवैधानिक रुपमा प्रावधान गरेको अधिकार पाएको छन् कि छैनन् भनी महिला मगर संघले राज्यसंग ताकेता गर्नुपर्ने जिकिर गरे ।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव निरीक्षक बेगम खनालले साइबर अपराध र कानुन विषयमा प्रशिक्षण दिएका थिए । राधिका श्रीस पुनको अध्यक्षतामा भएको कार्यक्रममा बहुजातीय साँस्कृतिक समूहबाट स्वागत गीत सहित बिभिन्न स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।
प्रकाशित:
१४५६ दिन अगाडि
|
२ असोज २०७९
९ घण्टा अगाडि
|
२८ भदौ २०८३
१३ दिन अगाडि
|
१५ भदौ २०८३
१५ दिन अगाडि
|
१३ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
७ भदौ २०८३
३० दिन अगाडि
|
२९ साउन २०८३
४१ दिन अगाडि
|
१८ साउन २०८३
१४३३ दिन अगाडि
|
२५ असोज २०७९
१४६८ दिन अगाडि
|
२१ भदौ २०७९
१४७७ दिन अगाडि
|
१२ भदौ २०७९
१४३२ दिन अगाडि
|
२६ असोज २०७९
१३८२ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३८ दिन अगाडि
|
२० असोज २०७९
१३७० दिन अगाडि
|
२७ मंसिर २०७९