अब सेवामा पुरुष नर्स

अब सेवामा पुरुष नर्स

१०८६ दिन अगाडि

|

६ असोज २०७९

निसराउले असोज १५ गते देउखुरीको चैनपुर माविमा निःशुल्क स्वास्थ्य शिविर गर्ने

निसराउले असोज १५ गते देउखुरीको चैनपुर माविमा निःशुल्क स्वास्थ्य शिविर गर्ने

१०८७ दिन अगाडि

|

५ असोज २०७९

काठमाडौंस्थित देउखुरी निसराउ समूहले दाङदेउखुरीको गढवा गाउँपालिका–५ स्थित श्रीमावि चैनपुरमा आगामी असोज १५ गते निःशुल्क स्वास्थ्य शिविर गर्ने भएको छ । लामो समयदेखि तयारी हुँदै गरे पनि निसराउ कार्यसमितिको शनिबार बसेको बैठकले मिति तय गरेको हो । शिविरको सुमद्घाटन सहरी विकास मन्त्री मेटमणि चौधरीले गर्नेछन् । देउखुरी निसराउ समूहका अध्यक्ष शिव चौधरीले एक विज्ञप्ती जारी गर्दै उक्त निःशुल्क स्वास्थ्य शिविरबारे जानकारी दिएका हुन् ।  शिविरमा  हाड जोर्नी विशेषज्ञ डा राजेश कुमार चौधरी, इन्डोक्राइनोलोजिस्ट डा सुनिल चौधरी, स्त्री रोग विशेषज्ञ, जनरल फिजिसियन, आँखा विशेषज्ञ लगायतको सेवा उपलब्ध हुनेछ । साथै,  मेडिकल अफिसरहरु डा पुष्पा भुसाल, डा संगम सिंह, डा केदार अधिकारी, डा कौशल गिरी, डा रुविना चौधरी, डा सुदीप चौधरी लगायतले विरामी जाँच गर्नेछन् ।  गढवा गाउँपालिका, फ्लोरेन्स हस्पिटल, ट्रमा सेन्टर, लमही आँखा अस्पताल, नोभा केयर फिजियो थेरापीको सहकार्य तथा थारु कल्याणकारिणी सभा, गढवाको सहआयोजनामा कार्यक्रम भैरहेको देउखुरी निसराउ समूहको जारी विज्ञप्तीमा उल्लेख छ । शिविरलाई विभिन्न तवरबाट सहयोग गरिने लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत चौधरीले बताए ।  २०७० सालमा स्थापित निसराउ समूहले यसअघि देउखुरीमा हाफ म्याराथुनको आयोजना, थारु साहित्यिक कार्यक्रम, कोभिडको  समयमा राहत वितरण, बाढी पीडितहरुलाई सहयोग, लमहीमा अक्सिजन प्लान्ट स्थापनामा सहयोग लगायत सामाजिक कार्यमा सहभागिता जनाएको छ ।    

स्कुल हिँड्दाको त्यो खुसी 

स्कुल हिँड्दाको त्यो खुसी 

१०८७ दिन अगाडि

|

५ असोज २०७९

                                                                      लेखक बुलबुल अध्ययनरत देउखुरीको श्री बाल जनता उच्च मावि बनगाउँ म स्कुल जाने उमेरमा गाई गोठालो थिएँ । बिहानको खाना खाएर मिझ्नी (खाजा) बोकेर देउखुरी बलरामपुरको खरकट्टीमा गोरु चराउन जान्थेँ । हिउँदमा बलरामपुर, सेमरहवाका खरकट्टी अनि बगरहरूमा गाई चर्थे । हामी दिनभरि बगरमा चराका गुँड खोज्ने, बचेरा समाउने अनि रमाउने गथ्र्याैं ।  दिउँसो मेरो मिझ्नी दिदीहरूले खाइदिन्थे । मिझ्नी खान नपाएर म रुन्थेँ । दिनभरि भोकै बस्न पथ्र्याे । घर गएर आमासँग भनिस् भने कुटाइ खान्छस् भन्थे । मैले भन्दैनथेँ । अति भएपछि एकदिन आमासँग भनिदिएँ । आमाले ती दिदीहरूलाई गाली गर्नुभयो ।  अर्को दिनदेखि मेरो मिझ्नी मैले खान पाएँ तर मलाई अर्को सजाय सुरु भयो । गाईहरू है चोर्न जान्थे । अब सबैका गाई घुमाउन मलाई मात्रै जानपर्ने भयो । बगालमा सबैभन्दा चोर गोरु मेरै थियोे । त्यसको नाम लामखोप्री थियोे ।  बगरमा रहर छरेको हुन्थ्यो । त्यस गोरुलाई हरियो देख्नै हुन्नथ्यो । है चोर्न दौडिहाल्थ्यो । त्यसले रहरबारीमा दौडाएर हैरान पाथ्र्याे । मैले फर्काउनै सक्दैनथेँ । फर्काउन नसकेपछि म रुँदै फर्किन्थेँ । अनि फर्काउन ठूलीआमा जानुहुन्थ्यो । ती दिदीहरूले मलाई सताएको सम्झिँदा अहिले बलियाले निर्धाेलाई दबाउने चलन पुरानै रहेछ जस्तो लाग्छ । बर्खा लागेपछि खेतमा धान रोपाइँ हुन्थ्यो । राप्ती बढेर बगरमा गाई चराउन लान सकिन्नथ्यो । गाई चराउने ठाउँ हुँदैनथ्यो अनि हामीले वस्तुलाई चराउन वन लान्थ्यौं । गाउँदेखि सातआठ किलोमिटर टाढा विश्वबैंकतिर कहिले करैयाकोटतिर लान्थ्यौं । वनमा पनि उस्तै उटपट्याङ मात्रै हुन्थ्यो ।  एकपटक रुखमा मौरीको घार फेला पार्याैं । भिमबहादुर दाइले मह काढ्नुभयो । मह, कुट्ठु खाएर म लट्ठ परेछु । वनमौरीको महले होला मलाई मात लागेछ । अर्जुनखोलापारि एक्लै बाँदर नाच्दैछ । यता वारि म नाच्दैछु । गाई गोरु कता छन् पत्तो छैन । तर, गाईवस्तु घर फर्किने बेला सबै ओरालो झर्थे । अनि घरतिर लाग्थे । त्यति टाढाबाट घर आइपुग्दासम्म गाईवस्तु भोकाइ सक्थे । लामखोप्री गोरु घर नपुग्दै मकैबारीमा छिरिहाल्थ्यो । त्यसलाई फर्काउनै गाह्रो । अरू गाईगोरु बाँधेर आमा आउनुहुन्थ्यो त्यसलाई फर्काउन । मान्छेले त मलाई सताए सताए लामखोप्री गोरुले पनि मलाई खुब सतायो । पहिलो वर्ष म फेल भएको थिएँ । रामबहादुर र मानबहादुर पनि फेल भए । उनीहरू रुँदै घर फर्किरहेका थिए । तर, म रोइनँ । आठ–नौ वर्षको भएपछि बल्ल म स्कुल जान थालेँ । पहिलो वर्षको नतिजा हेरेर फर्किने बेला मेरा साथीहरूका बुवा गल्लीमा कुरेर बसेका हुन्थे । पहिलो वर्ष म फेल भएको थिएँ । रामबहादुर र मानबहादुर पनि फेल भए । उनीहरू रुँदै घर फर्किरहेका थिए । तर, म रोइनँ । घर पुग्नै लाग्दा साथीहरूका बुवालाई देखेर उनीहरू अर्कै बाटो भएर घर पसे । म भने सरासर बुवा भएको ठाउँ गएको थिएँ । त्यस दिन बुवासँग के के कुरा भयो मलाई याद छैन तर लडेपछि उठ्नुपर्छ र अगाडि बढ्नुपर्छ भन्ने पाठ मैले त्यस दिन सिकेको हुँ । त्यसपछि मलाई फेल हुनु परेन ।  आजभोलिका विद्यार्थी स्कुल पनि पढ्छन् । त्यतिले नपुगेर ट्युसन पनि पढ्छन् सानै कक्षादेखि । मलाई स्कुलकै पढाइले पुग्थ्यो । कक्षामा शिक्षकले पढाएको ध्यानपूर्वक सुन्ने हो भने र घर आएर पनि त्यसलाई दोहो¥याएर पढ्ने हो भने स्कुलकै पढाइ काफी छ । ट्युसनको जरुरत नै पर्दैन ।  मैले ट्युसन भनेको के हो धेरैपछि मात्रै थाहा पाएँ । एसएलसीको परीक्षा दिने बेलामा अंग्रेजी विषयको एक महिना र गणित विषयको आधा महिना ट्युसन पढेको थिएँ, त्यो पनि रहरले । सबै ट्युसन जान्थे । एसएलसी त फलामे ढोका हो भनेर डर देखाउँथे । ट्युसन बिना पास हुन सकिन्न भन्ने हल्ला थियोे ।  मेहनती विद्यार्थीलाई जुनसुकै परीक्षा सजिलो हुन सक्छ । कुनै ट्युसन वा चीटको आवश्यकता पर्दैन । अरू साथीहरू प्राविदेखि नै चीट चोर्थे । छुट्की घुम्नाका एकजना विद्यार्थी थिए, उनी मभन्दा जेठो अनि हट्टाकट्टा थिए । परीक्षक बाहिर गएको मौका छोपेर मेरो उत्तरपुस्तिका खोसेर सार्थे । मेहनती विद्यार्थीलाई जुनसुकै परीक्षा सजिलो हुन सक्छ । कुनै ट्युसन वा चीटको आवश्यकता पर्दैन । अरू साथीहरू प्राविदेखि नै चीट चोर्थे । छुट्की घुम्नाका एकजना विद्यार्थी थिए, उनी मभन्दा जेठो अनि हट्टाकट्टा थिए । परीक्षक बाहिर गएको मौका छोपेर मेरो उत्तरपुस्तिका खोसेर सार्थे । मैले उनले सारुन्जेल लेख्न पाउँदैनथेँ । तर, मेरो नम्बर राम्रै आउँथ्यो । उनी प्रथम हुन्थे ।  यसरी मेरो मनमा एक खालको घमण्ड हुन्थ्यो । मेरो सारेर त प्रथम भएको हो । चिट चोरेर त प्रथम भएको हो । माथिल्लो कक्षामा पनि यस्तै हुन्थ्यो । साथीहरू चीट चोरेरै प्रथम हुन्थे ।  एकपटक मैले पनि चीट चोर्ने आँट गरेँ । सायद कक्षा आठको गणित विषयको परीक्षा थियोे । जुन चीट लगेको थिएँ । ठ्याक्कै त्यही प्रश्न पर्यो । मेडमले चुप लागेर लेख कोही दायाँ–बायाँ गर्ने हैन भन्नुभएको थियो ।  मैले बडो आँट गरेर गोजीबाट चीट निकालेर लेख्न के लागेको थिएँ । अगाडि राजेन्द्र सर आएर हात थाप्नुभयो । हेडसरले चीट देखेर मागिसकेपछि दिनै प¥यो । मैले पनि चुप लागेर सरको हातमा चीट राखिदिएँ । सर नबोली फर्केर जानुभयो । त्यस दिनदेखि चीट चोर्न बन्द भयो ।  ‘प्लस टु’ पढ्नेबेला फेरि एकपटक चीट चोर्ने प्रयास गरेँ । प्लस टु पढ्दा चीट लेख्ने दिन गइसकेको थियोे । साथीहरू गाइड, गेस पेपर बोकेर परीक्षा हल छिर्थे । परीक्षाको तयारी पनि राम्रोसँग गर्न पाएको थिएन । गेसपेपर बोकेर परीक्षा हल छिरेँ ।  “बाहिरबाट निरीक्षक आउँदैछ । तिमीहरूको चीट भेटियो भने सिधै निष्कासित हुन्छौ । जे जे ल्याएका छौ । यहाँ अगाडि ल्याएर राख । पछि फेरि भेटियो भने तिमीहरूको खैरियत छैन ।” परीक्षकले भनेपछि सबै विद्यार्थी थुरथुर भए । गाइड, गेसपेपर के के थियोे सबैले अगाडि लगेर राखे ।  मलाई पनि डर लाग्यो । मैले पनि अगाडि लगेर राखेँ । निरीक्षण कहाँबाट आउनु, आएन तर अरू साथीहरूले दुइ दुइ, तीन तीनवटा बोकेर जाने रहेछन् । उनीहरू खुरुखुरु सारेर उत्तरपुस्तिका बुझाएर हिँड्थे । मैले कहिल्यै चीट चोर्न सकेन । चीट चोरेर राम्रो अंक ल्याइएला । पछि राम्रो जागिर पाइएला तर आफ्नो मनलाई जीवनभर चीट चोर बनाउनु हुँदैन । परीक्षाको अघिल्लो दिनसम्म म कुलो लाग्न झराली जान्थें । परीक्षाको पूर्व तयारी कहिल्यै गर्न पाइएन । ठूलो हुँदै गएँ । जिम्मेवारी पनि बढ्दै गयो । घरको आर्थिक स्थिति कमजोर थियो । पाँच कक्षा पास भएपछि नयाँ स्कुलमा भर्ना हुनलाई प्रमाणपत्र निकाल्ने आमासँग पैसा थिएन । परीक्षाको अघिल्लो दिनसम्म म कुलो लाग्न झराली जान्थें । परीक्षाको पूर्व तयारी कहिल्यै गर्न पाइएन । ठूलो हुँदै गएँ । जिम्मेवारी पनि बढ्दै गयो । घरको आर्थिक स्थिति कमजोर थियो । पाँच कक्षा पास भएपछि नयाँ स्कुलमा भर्ना हुनलाई प्रमाणपत्र निकाल्ने आमासँग पैसा थिएन । बुवा कालीकोटको बाटो खन्न जानुभएको थियो । त्यस वर्ष नाम लेखाउन ढिलो भयो । चौध वर्षको बालखा म अनि दाजुहरू घोराही बजार लेबर काममा हिँड्यौँ ।  छिमेकी दाइले घोराहीमा घर बनाउने ठेक्का लिनु भएको थियो । हामीले उहाँको काम गथ्र्याैँ । केही समय काम गरिसकेपछि उहाँलाई घाटा हुने देखियो । दाइहरू भाग्ने सल्लाह गर्नुभयो । हामी रातारात घोराही बजारबाट भागेर पनौरा गाउँ पुग्यौं । त्यस रात आर्मीले भेटेको भए हामी सबैको एउटै चिहान हुन्थ्यो । संकटकाल थियो । हरेक रात कफ्र्यु लाग्थ्यो । राज्य पक्षको नजरमा सबै माओवादी हुन्थे, सबै देशद्रोही हुन्थे । बिहानपख रेडियोले समाचार भन्थ्यो होला । गए रातिको भीडन्तमा यति जना माओवादी छापामारको मृत्यु ।   पनौरा गएपछि हामी अर्को ठेकेदारकोमा काम गर्न थाल्यौँ । म सानै भएर होला । ठेकेदारले मलाई गाह्रो काममा लगाउँदैनथ्यो । ठेकेदार थारू समुदायका थिए । अहिले उनको नाम बिर्सेँ ।  एकपटक घरको प्लास्टर गर्दा खटको तल म मसला उठाउँदै थिएँ । खट भाँचिएर दुइजना मिस्त्रीसहित ममाथि खसे । मेरो ढाडमा चोट लाग्यो । त्यो चोटले अझैपनि दुःख दिन्छ ।  एकपटक ढलानको दिन मेरो टाउकोमा दुइ तला माथिबाट कराही खस्यो । काम गर्ने क्रममा यस्ता धेरै दुर्घटना हुन्छन् । ठेकेदार कम्पनीले कामदारको दुर्घटना वीमा गरेका हुँदैनन् । ठेकेदार कम्पनीले यस्ता जोखिमका काममा लगाउनु पूर्व कामदारको वीमा गर्नुपर्ने खाँचो अहिले पनि छ तर बोल्ने को ?  केही महिना काम गरेपछि मेरो स्वास्थ्य बिग्रियो । म घर फर्केँ । कमाएको थोरै पैसा पनि उपचार अनि घर खर्चमा सकियो ।  उता स्कुलमा नयाँ भर्ना सुरु हुँदै थियोे । मसँग पैसा थिएन । म साथीहरूसँग गहुँ काट्न भैरहवा गएँ । चैत मासको गर्मीमा पसिना बगाएर कमाएको पैसाले स्कुलबाट सर्टिफिकेट निकालेँ अनि देउखुरीको श्री बाल जनता उच्च मावि बनगाउँ स्कुलमा भर्ना भएँ ।  रोकिएको मेरो पढाइ सुरु भयो । पुराना स्कुलका पोशाक धोइधाइ पारेर शरीरमा धारण गरेर पुनः स्कुल जान पाउँदाको त्यो दिन, आहा !! ठूलै युद्ध जितेजस्तै असीम खुसी लाग्यो । नयाँ दसैं आएजस्तो लाग्यो । नयाँ स्कुलको नयाँ पोशाकको ठेगान थिएन, तैपनि मन हावामा कावा खाँदै सधैं स्कुलको बाटो दगुरिरहन्थ्यो ।  अहिले पनि मेरो ऊ बेलाको जस्तै धेरै बाबुनानी शिक्षाबाट बञ्चित छन् । निःशुल्क शिक्षा त भनिन्छ तर त्यो नीतिनियम भन्न र देखाउनलाई मात्रै हो । हामीजस्ता निम्नवर्गका केटाकेटी अझै पनि इट्टा भट्टामा काम गर्दैछन् । ठूलाठूला महल बनाउन पिठ्युँमा इट्टा अनि बालुवा बोकिरहेका छन् । मजदुरी गरिरहेका छन् ।  उनीहरूको स्कुले झोला बोकेर खुसी हुँदै स्कुल हिँड्ने दिन कहिले पो आउला... ?

बन्ने भो सिकलसेल अस्पताल 

बन्ने भो सिकलसेल अस्पताल 

१०९९ दिन अगाडि

|

२४ भदौ २०७९

सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र भवनको शहरी विकास मन्त्री मेटमणि चौधरीले एक कार्यक्रमबिच विहीबार शिलान्यास गरेका छन् । बाँकेको जानकी गाउँपालिका–३ नहरपुर्वामा उक्त अस्पताल बन्दैछ । सो अवसरमा मन्त्री चौधरीले सिकलसेल एनिमिया रोग अधिकांश थारु समुदायमा देखिए पनि अन्य समुदायको पनि जनस्वास्थ्य समस्या भएको बताए । उनले सिकलसेल अस्पताल नाम दिइए पनि मल्टिहेल्थ सर्भिस दिने अस्पतालको रुपमा विकास गरिनुपर्ने सुझाव दिए ।  मन्त्री चौधरीले सिकलसेल अस्पताल तथा अनुसन्धान केन्द्र भवन निर्माण गर्न शहरी विकास मन्त्रालयले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । साथै सिकलसेल एउटा समुदाय विशेषको मात्र समस्या नभएकाले यो अस्पतालको जवाफदेहिता सरकारले बहन गर्र्नुपर्ने जिकिर गरे ।  उक्त कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सिकलसेल अस्पताल निर्माण तथा संचालनका लागि उपमहानगरले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।  थारु स्वास्थ्यकर्मी समाजका अध्यक्ष तथा सिकलसेल सामुदायिक अस्पतालका अध्यक्ष जिवराज चौधरीले भेरी अस्पतालले सिकलसेलका विरामीको उपचार गर्दै आए पनि उचित ब्यवस्थापन नहुँदा विरामीले दुःख पाएको बताए । उनले पश्चिम नेपालका करिव एकलाख थारुलाई सिकलसेल भएको अनुमान रहेको जनाए ।  उक्त सिकलसेल एनिमिया रोग पहिचान गरेका भेरी अस्पतालका मेडिकल विभाग प्रमुख समेत रहेका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेलाई सम्मान गर्ने कार्यक्रम रहे पनि उनी अनुपस्थित रहे । कार्यक्रममा डा सुरेन्द्र चौधरीले सिकलसेल र यसले पार्ने प्रभाव तथा न्यूनीकरणका उपायबारे मन्तव्य राखेका थिए । अस्पताल निर्माण हुने स्थलमा सिभिल होम र होमस्टे संचालन गर्ने तयारी समेत गरिएको छ । अस्पताल बन्ने जग्गा १० कट्ठा मात्रै छुट्याइएकाले रियल स्टेटको चंगुलमा अस्पताल बनाउने समूह परेको कतिपयको भनाइ छ । 

कस्ता व्यक्तिले व्रत बस्नु हुँदैन ?

कस्ता व्यक्तिले व्रत बस्नु हुँदैन ?

१११० दिन अगाडि

|

१३ भदौ २०७९

काठमाडौँ  हरितालिका तीज नजिकिएसँगै महिलाहरू दर खाने चटारोमा छन्, व्रत बस्ने योजनामा छन् । परम्पराका पक्षपातीहरू तीजलाई निराहार र निर्जल व्रत बस्ने पर्वका रूपमा लिन्छन् । धार्मिक आस्थाका आधारमा व्रतलाई साधनाका रूपमा पनि लिइन्छ । तर, निराहार व्रत बस्दा र दिनभर नाचगानको थकाइले कतिपय महिलामा कमजोरीको समस्या पनि देखिने गरेको छ । विज्ञहरूका अनुसार आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएको छैन भने व्रत बस्नु हुँदैन । स्वस्थ मानिसले साता वा महिनाको एकचोटि व्रत बस्नु शरीरका लागि राम्रो मानिन्छ । तर, पर्वका नाममा निराहार व्रत बस्दा टाउको दुख्ने, चक्कर लाग्ने, थकान र कम रक्तचापजस्ता समस्या देखिन सक्छन् । नेपाल आयुर्वेद चिकित्सक संघका निवर्तमान अध्यक्ष डा. प्रकाश ज्ञवालीका अनुसार व्रत तीन किसिमका हुन्छन्, निर्जलहार (पानी नखाई बस्ने), फलाहार (फलफूल खाने तर अन्न नखाने) र दिनभर पानीमात्र पिउने, साँझ अन्न खाने । ‘तीजमा पानी पनि नखाई बस्ने चलन छ । सक्नेले गर्छन्, नसक्नेले गर्दैनन्,’ डा. ज्ञवालीले भने, ‘स्वस्थ व्यक्तिलाई फाइदा गरे पनि अशक्त, कमजोर, गर्भवती, उच्च रक्तचाप र मधुमेह भएकाले व्रत बस्नु हुँदैन ।’ साताको एक पटक बसिने व्रतले पेट सफा हुने, शरीरमा अनावश्यक रूपमा रहेका बोसो तथा हानिकारक तत्त्व हट्ने र सकारात्मक ऊर्जा दिने उनी बताउँछन् । ‘तीजमा त एक दिन मात्र व्रत बसिन्छ । यसले एकै दिनमा स्वास्थ्यमा फाइदा पुर्‍याउने काम त नगर्ला तर स्वस्थ व्यक्तिलाई राम्रै हुन्छ,’ उनले भने, ‘तीजमा मात्र होइन अरू बेला पनि शरीरलाई हानि नगर्ने खालका खाद्यवस्तु नखाने गरेर व्रत बस्दा फाइदा हुन्छ ।’ धार्मिक परम्पराअनुसार तीजको अघिल्लो दिन दर खाने चलन छ । पछिल्लो समय दरका नाममा बढी गुलियो, चिल्लो, पिरो परिकार खाने क्रम बढेको पोषणविद्हरू बताउँछन् । उनीहरूका अनुसार मसलेदार, गुलिया तथा चिल्ला खानेकुरा धेरै सेवन गर्नु हुँदैन । भरसक घरमै बनाइएका स्वस्थकर परिकार खानुपर्छ । ‘दर तीजको अघिल्लो दिन खाने चलन छ ताकि व्रतको दिन ऊर्जा प्राप्त भइराखोस्,’ पोषणविद् प्रा.डा. जया प्रधान भन्छिन्, ‘तर, यहाँ महिना दिनअघिदेखि भोजभतेर गर्ने चलन छ । जति पनि खाए हुन्छ भनेर दर खानुभएन । स्वास्थ्यलाई ख्यालमा राखेर सन्तुलित भोजन गर्नुपर्छ ।’ तीज नआउँदै सुरु हुने पार्टीका परिकारले पनि रोग बढाउन मद्दत गर्ने उनी बताउँछिन् । ‘गुलिया र चिल्ला खानेकुराले तौल बढ्न सक्छ, जसले थप अरू दीर्घरोगहरू निम्त्याउँछन्,’ उनले भनिन्, ‘खीरमा भने चामल, चिनी, ड्राई फ्रुट्स, घिउ आदिको मिश्रण हुन्छ, जसले सबै पोषक तत्त्वहरू प्रदान गर्छ । दरमा स्वस्थकर नै खानुपर्छ ।’ नेपाल मेडिसिटी अस्पतालका इमर्जेन्सी फिजिसियन डा. अभिजित अधिकारी जति नै कठोर व्रत भए पनि पानी पिउन छाड्न नहुने सुझाव दिन्छन् । नेपाल मेडिसिटी अस्पतालका इमर्जेन्सी फिजिसियन डा. अभिजित अधिकारी जति नै कठोर व्रत भए पनि पानी पिउन छाड्न नहुने सुझाव दिन्छन् । उच्च रक्तचाप, मधुमेह, मिर्गौलाका बिरामीहरूलाई व्रतले राम्रोभन्दा पनि बढी असर गर्ने उनको भनाइ छ । ‘शरीरमा पानीको निरन्तर सप्लाई भएन भने एक दिनमै पनि यसले मिर्गौलालाई खराब गर्न सक्छ,’ उनी भन्छन्, ‘व्रत बस्नु नराम्रो त होइन तर यसको फाइदा सबैलाई लागू हुँदैन । पानी नखाई धेरै पटक व्रत बस्दा मिर्गौला बिग्रिने प्रक्रिया बढ्न मद्दत पुग्छ ।’ नर्भिक अस्पतालकी पोषणविद् प्रनीति सिंह पहिले आफ्नो शरीरलाई ध्यान दिएर मात्रै व्रत बस्न सुझाउँछिन् । कमजोरी महसुस भएको अवस्थामा फलफूल, पानी वा जीवनजल लिन सकिने उनको भनाइ छ । उनका अनुसार अहिले ‘इन्टरमिटेन्ट फास्टिङ’ (१६ घण्टा नखाने र ८ घण्टा खाने) को चलन बढेको छ । यसखालको व्रत बस्दा शरीरमा पुरानो, नचल्ने तथा गलेको कोषिका मर्दै जान्छ र नयाँ कोषिका बनाउन सहयोग गर्छ । ‘यो व्रत अहिले धेरैले लिने गरेका छन्, यसले फाइदा पनि पुर्‍याउँछ,’ उनले भनिन्, ‘यो व्रतमा अभ्यस्तलाई तीजको व्रतले केही फरक नपर्ला तर बानी नबसेकालाई गाह्रो हुन सक्छ । पहिलो प्राथमिकता आफ्नो शरीर नै भएकाले सन्चो छैन वा सकिएन भने व्रत नबसेकै बेस ।’ व्रतले शरीरको तौल नियन्त्रणमा सहयोग गर्नुका साथै उच्च रक्तचाप रोक्न रगतमा ग्लुकोजको मात्रा सन्तुलित बनाउन थप मद्दत पुर्‍याउने विज्ञहरू बताउँछन् । मानसिक रूपमा पनि यसले फाइदा गर्छ । पोषणविद् सिंहका अनुसार हामीले खाइरहेको खानामा रहेको कतिपय विषाक्त पदार्थ जुन कोषिकामा गएर बसेको हुन्छ, व्रत बस्दा त्यो निस्किन्छ । ‘व्रत बस्नु भनेको शरीरलाई चाप दिएको हो । शरीरले खान पाएन भने शरीरको कोषिकाले कसरी अपडेट गर्ने भनेर सामना गर्ने क्षमता बढाउँछ,’ उनी भन्छिन्, ‘व्रत बस्दा शरीरमा रहेको ह्युमन ग्रोथ हर्मन बढ्छ जसले ‘मेटाबोलोजिम’ राम्रो हुन्छ । मांसपेशीले अक्सिजन पाएर फाइदा हुन्छ ।’ व्रत बस्नुभन्दा अगाडि खाइने चिल्लो तथा जंक फुडले शरीरलाई डिहाइड्रेट गराउन सक्ने भएकाले बढी प्यास लाग्ने उनी बताउँछिन् । ‘त्यसैले व्रत बस्दा पानी पिउन आवश्यक छ,’ उनले सुझाइन्, ‘कम तौल भएको र शरीर नै कमजोर महसुस छ भनेचाहिँ व्रत नलिनुस् ।’ पोषणविद् प्रा.डा. प्रधानले व्रतमा पानीसमेत नपिउँदा स्वास्थ्यमा नकारात्मक असर पर्ने र बेहोससमेत हुन सक्ने बताइन् । ‘शरीरमा पानी भएन भने डिहाइड्रेसन हुन्छ । शक्तिह्रासले कमजोरी बढ्छ र कतिपय बेहोस हुन सक्छन्,’ उनले भनिन्, ‘रमाइलो चाडमा शरीरलाई जोखिममा नपारी पनि व्रत बस्न सकिन्छ ।’ कस्ता व्यक्तिले व्रत बस्नु हुँदैन ? १३ वर्षमुनिका बालबालिका मधुमेहका समस्या भएका रक्तचाप कम भएका ग्यास्ट्रिकको समस्या भएका गर्भवती, स्तनपान गराइरहेका महिला इटिङ डिसअर्डर भएका धेरै औषधि सेवन गरिरहेका कान्तिपुरबाट

बा आमाजस्तै मेरा गुरुहरू 

बा आमाजस्तै मेरा गुरुहरू 

११११ दिन अगाडि

|

१२ भदौ २०७९

२०४५ सालमा मैले श्री वालजनता उच्च मावि दाङदेउखुरीबाट एसएलसी पास गरेको हुँ । प्राविको सुरुवातको तहमा म साह्रै कमजोर विद्यार्थी थिएँ । कारण हामीलाई ‘गाइड’ गर्ने मान्छे घरमा कोही थिएन । परिवार नै पहिलो पाठशाला हो । तर परिवारको पाठशालामा सिकाउने कोही थिएनन् । मेरा पिता टीकाराम चौधरी पहाडमा फरेष्टरको जागिर खानुहुन्थ्यो । आमा पढेकी थिइनन् (हाल साक्षर भएकी छिन्) । काका हामीभन्दा माथिल्लो तहको कक्षामा भएपनि हामीलाई पढाइमा डोर्याउने काम कहिल्यै गर्नुभएन ।     कक्षा २ मा म फेल भएँ । कारण मलाई ‘क’ लेख्न समेत आउँदैनथ्यो । १ कक्षा कसरी उकालिएको थिएँ, मलाई सम्झना छैन । ३ कक्षा म बडो मुश्किलले तेश्रो श्रेणीमा पास भएको थिएँ । त्यसवेला ३ कक्षा जिल्लास्तरीय हुन्थ्यो । जब कक्षा ४ मा पुगेँ, पढाई आफ्नै लागि हो भन्ने भावना केही ठूला लेखकहरुको जीवनी पढेर थाहा पाइसकेको थिएँ । त्यसैले पढाईमा जति सक्दो ध्यान दिने प्रयास गर्थेँ । तर मेरो टेक्ने आधार नै कमजोर थियो ।  कक्षा ४ मा म अँग्रेजी र गणितमा फेल भएँ । विद्यालयले २ विषयमा फेल हुनेलाई १ महिनाको कोचिङ कक्षाको व्यवस्था गर्यो र पुनः मौका परीक्षा दिने अवसर दियो । यो व्यवस्था ४ कक्षाबाटै सुरु गरिएको थियो । यो कोचिङ कक्षाले मलाई निकै उर्जाको काम गर्यो । जम्मा २ विषयमा मात्रै महिना दिन घोरिएर पढ्दा अँग्रेजी, गणित धेरै सुधार गर्ने मौका पाइयो । फलस्वरुप कक्षा ४ मा व्याक लागेर बल्लतल्ल पास भएको विद्यार्थी कक्षा ५ मा एकैपल्ट दोश्रा भएँ । उता दुई तह माथि हुनु भएको मेरो दाई ऋषिराज चौधरीलाई कक्षा ६ मा व्याक लागेकोमा कक्षा ७ मा एकैपल्ट पहिला हुनुभयो ।  विद्यालयका शिक्षकहरु हाम्रो पढाईमा सुधार भएको देखेर आश्चार्यचकित थिए । सबै शिक्षकको मुखमा एउटै कुरा झुन्डिएको थियो । यिनी दुई भाई अचानक यति तगडा कसरी भए ? जबकि घरमा छुट्टै शिक्षक पनि राखिएको थिएन ।  तर हाम्रो सफलता अचानक भएको थिएन । व्याक लागेपछि हामी दुई भाई साह्रै रन्थनिएका थियौँ । परीक्षाको समयमा मात्रै पढ्नुपर्छ भन्ने सोच त्यागेका थियौँ । वर्षे विदा र दसैं तिहार जस्ता लामो विदामा पढाई भएका सवै पाठ लेखेरै तयारी गर्ने बानीको विकास गरेका थियौँ, जो पछिसम्मै रह्यौ । कुशे औंसीका अवसरमा लेखिदै गरेको यस आलेखमा म मेरा पिताजी पछि मलाई प्रभाव पार्ने स्कुलका गुरुहरुप्रति केही सम्झनाको पोको खोल्ने प्रयास गरेको छु । व्याक परीक्षाको योजना ल्याउने तत्कालीन प्रधानाध्यापक राजेन्द्रप्रसाद चौधरीलाई आफूमा आएको परिवर्तनको श्रेय दिन चाहन्छु । वास्तवमा ब्याक परीक्षाको योजना नल्याएको भए म औसत विद्यार्थीको रुपमा मात्रै हुन्थेँ कि ?  प्रधानाध्यापक चौधरीका अरु पनि विशेषता थिए । उहाँ कक्षा कहिल्यै खाली हुन दिनु हुन्नथ्यौ । अँग्रेजीको शिक्षक भए पनि कक्षा खाली भएको बेला जुनकुनै कक्षामा के विषयको घण्टी खाली भएको हो पढाउन थाल्नु हुन्थ्यो । त्यो विषय कहिल्यै नपढाउनेले पढाउँदा विद्यार्थीमा अझ उत्सुकता, रुचि जाग्दोरहेछ ।  पछि हेडसरले कक्षा खाली भएको परिपूर्ति गर्न गज्जबको ‘आइडिया’ ल्याउनुभयो । कक्षाका उत्कृष्ट विद्यार्थीले नै घण्टी खाली भएकोमा पढाउन थाल्ने । ५ र ६ कक्षामा दोश्रा भएकोमा म ७ कक्षामा  पहिला भएको थिएँ । ७ कक्षामा पढ्दा त्यो योजना ल्याइएको थियो । निश्चय नै जुन विषयको घण्टी खाली भएको हो, कक्षा प्रथम विद्यार्थीको नाताले त्यो विषय पढाउनुपर्ने मेरो पहिलो दायित्व पथ्र्यौ । यसरी विद्यार्थी छँदै म शिक्षक भएको थिएँ । आफ्नै सहकर्मीहरुलाई ‘गाइड’ गर्न पाउँदा यो भन्दा खुशीको कुरा अरु कुन होला र ?  हेर्दाहेर्दै विद्यार्थीलाई त्यो तहसम्मको जिम्मेवारी सुम्पिने राजेन्द्र गुरुलाई म यो लेखनी मार्फत पनि प्रणाम गर्न चाहन्छु । जसले मलाई पढाइमा थप आत्माविश्वास दिलायो र परीक्षाको लागि कहिल्यै डराउनु नपर्ने स्टेजमा पुर्यायो । मेरा पिताजी पछि कसैले मलाई प्रभाव पार्यो भने त्यो राजेन्द्र गुरु नै हुन् ।                                   तत्कालीन प्रधानाध्यापक राजेन्द्रप्रसाद चौधरी     अग्लो हृष्टपुष्ट खाइलाग्दो ज्यान, रवाफिलो वोली, हात्ती जस्तो लमक लमक हिँडाइले जो कोही विद्यार्थी राजेन्द्र सरसँग तर्सिन्थे । कारण घण्टी लागेपछि कक्षा वाहिर हुने जो कोही विद्यार्थी उहाँको कोपभाजनको शिकार हुन्थ्यो । उहाँको रवाफिलो वोलीले विद्यालयको वातावरण औधी शान्तमय थियो, विद्यालय अनुशासित थियो । उहाँको छोरा सुरेन्द्र चौधरीसँग हामी सहपाठी थियौं । गृहकार्य नगरेकोमा छोरालाई समेत कुट्नु हन्थ्यो । यसरी कसैलाई काखा, कसैलाई पाखाको व्यवहार कहिल्यै गर्नुभएन उहाँले । प्रशासनसमेत चलाउने प्रधानाध्यापकमा ओजपूर्ण आवाज हुनैपर्छ, जुन उहाँमा थियो । अमेरिकाबाट अँग्रेजी भाषाको तालिम लिएर आएपछि राजेन्द्र सर अझ खारिएर आउनु भएको थियो । त्यसको थप उपलब्धि अमेरीकी स्वयमसेवक शिक्षिका ‘एमी एकर’लाई विद्यालयमा भित्र्याउनु भयो । जसले गर्दा कक्षा पूर्ण रुपले अंग्रेजी वातावरण भएपछि सुरु सुरुमा गाह्रो लागे पनि पछि अंग्रेजी बुझाई सहज हुँदै गयो ।  एमीले ६ र ७ मा अंग्रेजी पढाउँथिन् । पाठयोजना घरबाटै बनाएर ल्याउने र कालोपाटीमा टेपले टाँसेर पढाउने उहाँको सैलीले थोरै समयमा सवैको मन जित्यो । त्यसरी पाठयोजना वनाएर सुरुका र पछिका कुनै शिक्षकले पढाएनन् ।  एकदिन राजेन्द्र सरले अंगे्रजी सिकाइको लागि थप योजना ल्याउनुभयो । उहाँले भन्नुभयो, अमेरीकी शिक्षकले पूर्ण रुपले अंग्रेजी पढाएको तिमीहरुले बुझेकै छौ । म पनि अब पुरै घण्टी अंग्रेजीमै बोल्छु । तिमीहरुले कुनै प्रश्न भए अंग्रेजीमै गर्नेछौ । कोही नेपाली बोल्न पाउनेछैन । बोलेमा प्रति वाक्य १० पैसा फाइन लाग्नेछ ।  अनि, नेपाली बोल्नेलाई अनुगमन गर्ने र जरिवाना रकम टिप्ने जिम्मेवारी मैमाथि पर्यो । म आफै पनि ‘फाइन’ तिर्नेमा परें । तर यसले अंग्रेजी सिक्ने वातावरणको भने धेरै विकास गर्यो । अर्को कुरा अक्षर विगार्छ भन्ने हेतुले डटपेनले लेख्न प्रतिबन्ध लगाउनु भएको थियो उहाँले । यसले ह्याण्डराइटिङमा धेरैको सुधार भएको थियो ।      विज्ञान शिक्षक प्रकाशकुमार चौधरीको कक्षाको वातावरण पनि मुग्ध पार्ने खालको हुन्थ्यो । नअड्किइ सरासर परिभाषा लेखाउने शैलीमा उहाँ पढाउनुहुन्थ्यो । म पहिलो बेन्चमा बस्थे । एकदिन पढाइरहेको समयमा मलाई वाहिर हेरेको देख्नुभयो र झपार्नु भयो–‘कक्षा वाहिर हेर्ने भए म तिमीलाई सवैभन्दा पछिल्लो वेन्चमा वसालिदिन्छु । विद्यार्थीको नजर सधैँ पढाउने शिक्षककै मुहारमा केन्द्रीत हुनुपर्छ, अनि मात्रै पाठ पढाएको राम्ररी वुझिन्छ ।’ त्यो घटनापछि पढाइरहेको समयमा कक्षा वाहिर हेर्ने धृष्टता कसरी गर्नु र ?  ९ र १० कक्षामा अनिवार्य र ऐच्छिक दुवै गणित पढाउने श्याम बहादुर त्रिपाठी सरको पढाईले भने मलाई कहिल्यै तान्न सकेन । सायद उनी गेस पेपर हेरेर पढाउन आउँथे । कालोपाटीमा प्रश्न हल नगर्दै पुछारमा उत्तर लेखिसकेका हुन्थे । त्यसैले राम्ररी बुझाएर यो कसरी भयो भन्ने नअथ्र्याइ ठ्याक्कै उत्तर मिलाउनमै उनको ध्यान केन्द्रीत हुन्थ्यो ।  कक्षा १, २, ३ मा पढ्दा पाएको सजाय म जिन्दगी भरी भुल्न सक्दिन । कुखुरा नबनेको कुनै दिनै हुन्नथ्यो । कुखुरा बन्न नसक्ने धेरै साथीहरुले उहिल्यै पढाई छाडे । कुखुरा बनाउँदै पिठ्युँमा झोला, त्यसमाथि ईंटा थपिदिँदै शिक्षक प्रेम चौधरीले भन्ने गर्थे– यो केटोले कहिल्यै उन्नति गर्न सक्दैन । मैले नेपालीमा एमए सक्दा उनी आश्चार्यचकित भएका थिए । चाँडै पो विते विचरा । न भए आज मैले पीएचडी सकाउँदा उनको भाव कस्तो पो हुँदो हो ?  माथि वर्णित मेरो अनुभवले के भन्छ भने पाठयोजना बनाएर कक्षामा प्रवेश गर्ने, विद्यार्थीको मनोभावना बुझ्ने, थरीथरीका अतिरिक्त क्रियाकलाप गराउने, घण्टी खाली हुन नदिने, सजायले मात्रै विद्यार्थीले सिक्न सक्छन् भन्ने भावना त्याग्ने गुण राम्रा शिक्षकका उदाहरण हुन् । विद्यार्थीलाई अनुशासित र सफा सुग्घर भएको देख्न चाहने शिक्षकले आफूमा पनि त्यो गुण खोज्नुपर्छ । सबै विद्यार्थीलाई आफ्नै छोराछोरी सम्झिनु पर्छ ।