पुनः दृष्टि फर्किँदाको खुसी ...

पुनः दृष्टि फर्किँदाको खुसी ...

८२३ दिन अगाडि

|

२९ जेठ २०८०

लेखिका मुना चौधरीको प्रसव पीडाः  उफ् आमा बन्न कति गाह्रो....

लेखिका मुना चौधरीको प्रसव पीडाः उफ् आमा बन्न कति गाह्रो....

८३० दिन अगाडि

|

२२ जेठ २०८०

मोनिका वाइबा सिरहा जिल्लाको लहान, भोटियाटोलमा जन्मिएकी मुना चौधरी पेशाले अध्यापक हुन्।  इतर मातृभाषा र समुदायबाट आएर पनि नेपाली भाषामा उपन्यास लेखेकी उनलाई सफल महिला आख्यानकारका रुपमा समेत चिनिन्छ।  तेस्रो किताब प्रकाशित गर्ने अन्तिम तयारी गरिरहेकी उनका 'जयवर्धन सलहेश' र 'दुलारी' गरी दुई वटा किताब प्रकाशित छन्।  हाम्रो समाजमा छोरीलाई 'अलि राम्रो’ र 'जागिरे’को हातमा दिऊँ भन्ने छ। आफ्नो छोरी सक्षम भइसकेको होस् , या नहोस् ज्वाईं भने जागिरे हुनुपर्छ, छोरीलाई पाल्ने हुनुपर्छ भन्ने सोच नौलो होइन।  ​​​​​​मुनाको विवाहको कुरा चल्दा पनि यो यही कुरा उठ्यो। बिहेको कुरा चल्दा अहिलेका उनको श्रीमानको जागिर थिएन। गाउँकै जागिरेहरूले उनलाई माग्न आइरहेका थिए।  साथीभाइको बिहे हुन थाल्यो। उनले परिवारमा आफूले मन पराउने मान्छे छ भनेर भन्न करै लाग्यो। जागिर छैन भने त्यो केटा हुँदैन भनियो। तर, प्रेम विवाह नै भयो उनको। बिहे भए पनि जागिर नभएसम्म परिवार खुसी भने भएनन्।  उनै मुना अहिले श्रीमानसँग पोर्चुगलमा बस्दै आएकी छन्। नयाँ किताबकै लागि भनेर उनी अहिले नेपालमा आएकी छन्। उनको श्रीमानको काम र आम्दानी पनि राम्रै छ। त्यै भएर घरमा अरू सदस्य पनि खुशी छन्। बिहेपछि पनि लामो समयसम्म बच्चा नपाउँदा परिवार र स्वयं आफैले पनि सुन्नु परेको वचनसहित उनले आफ्नो प्रसव पीडा र खुशी उकेरासँग यसरी साटिन्।  ००० मेरा बुवा जमिन्दार। त्यै भएर बाल्यकाल राम्रैसँग बित्यो। स्नातकसम्म गाउँमै पढेँ अनि स्नातकोत्तर चाहिँ काठमाडौँमा पढेँ। स्नातक पढ्दै गर्दा मेरो विवाह भयो। लभ म्यारिज भयो। बच्चा भने १५ वर्षपछि भयो।  जागिर र सक्षमताको कुरा पहिल्यैदेखि आएकाले हामीले  जबसम्म आफै सक्षम हुँदैनौँ तबसम्म बच्चा नपाउने भनेरै हतार नगरेको हो।  त्यस बीचमा दुवैको घरबाट बच्चा पाउन दबाब नआएको हैन। गाउँमा पनि अहिलेसम्म किन बच्चा भएन ? भाकल गराइदेऊ, बाँझी छ कि क्या हो ? भन्नेसम्मका कुराहरू भएछ। कत्तिले त अहिले नपाए बुढेसकालमा पाउँछेस् समेत भने।  हामीले अझै केही वर्षपछि मात्र बच्चा पाउने योजना बनाएका थियौं। तर, यति धेरै दबाब आयो कि धान्न सकिएन।  कोरोनाकाल। लकडाउनको समय पनि थियो। त्यसै समयमा अब बच्चा पाउने योजना बनायौँ। योजनाअनुसारै म गर्भवती भएँ।  गर्भवती भएको सुरुको केही महिना त वान्ता हुने, खाना नरुच्ने, जे पनि गन्हाउने, जिउँ पनि यस्तो गल्ने कि जति खेर पनि सुतिराख्न मन लाग्ने भयो। ओहो ! आमा बन्न यति धेरै गाह्रो रहेछ कि हाम्रो आमाले कसरी त्यति धेरै बच्चा जन्माउनुभयो, हुर्काउनुभयो होला भन्ने लागिरह्यो। त्यतिबेलाको पीडा सम्झिँदा त आफ्नो आमाप्रति झन् माया र सम्मान बढेर आउने रहेछ।  गर्भ बसेको बेलामा यस्तो असजिलो भयो कसैले गर्भवती हुँदाको पीडा सुनाएको भए बच्चा नै पाउँदैनथेँ भन्नेसम्म भएको थियो। एकदम कमजोर अनुभव हुने। चार महिनासम्म त खान नरुच्ने, बान्ता मात्र हुने भयो।  त्यो बेला आइसक्रिम धेरै मन पर्ने। दिनमा एउटा आइसक्रिम अनि सुन्तलाको एक गिलास जुसबाहेक अरू केही नखाई बित्यो। त्यै भएर मेरो तौल पनि एकदम कम भएको थियो। त्यसपछिको दुई महिना चाहिँ फेरि खाना रुच्न थाल्यो। आफूलाई खान मन लागेको खाने कुरा पाएन भने पागल नै होलाजस्तो पनि भयो।  त्यो बेला छिनछिनमा पिसाब लाग्ने। बाथरूम पनि जान नपरे हुन्थ्यो, ओछ्यानमै ट्वाइलेट गरौ जस्तो हुने। पेट पनि एकदम भारी भएर आउने। हिँड्न मन नलाग्ने। खान खायो भने पनि पेट चर्किने। पेट नै फुट्लाजस्तो हुने।  धेरैजसो त फलफूल मात्र खाएर बित्यो नौ महिना। बिस्तारै ब्रेस्ट, पेट ठूलो हुन थालेपछि म फेरि पहिलाकै जस्तो हुन्छु कि हुदिनँ भन्ने पनि सोचाइ आयो। त्यै भएर गर्भवती समयमा पनि धेरै योगा गरेँ। योग गर्न नपाएको समयमा पार्क गएर एक घण्टाजति घुमेर बस्थे। त्यसबेलादेखि नै राति सुत्दा तेल लगाएर सुत्न थालेँ।  २० तारिखको मिति दिएको भए पनि एक तारिखतिरै मलाई व्यथा लाग्लाजस्तो भयो। धेरै व्यायाम गरेर पनि होला, पार्कमा हिँड्दा हिँड्दै मेरो 'वाटर ब्रेक’ भयो। धन्न त्यस समयमा श्रीमान् पनि साथमै हुनुहुन्थ्यो। अनि हस्पिटल गइहाल्यौं। तर डाक्टरले आज होइन भोलि बिहान हुन्छ भन्नुभयो। तर, मलाई व्यथाचाहिँ लागेको रहेनछ।  राति व्यथा लाग्ने सुई दिएको रहेछ। त्यसपछि त झन् छिनछिनमा पिसाब लाग्ने, दिसा लाग्ने भयो। ट्वाइलेटमै बसिराख्न मन लाग्ने। व्यथा धेरै भयो भने पछि फेरि ढाडमा सुइ हाल्ने भन्यो। मैले मानिनँ। त्यो सुइ लगायो भने धेरै समयसम्म ढाडमा समस्या हुन्छ, हड्डीमै असर गर्छ भन्ने सुनेको थिएँ।  व्यथा पनि अचम्म खालको हुने रहेछ। अर्कै खालको पेट दुख्ने। लास्टमा चै कन्ने खालको दुखाइ हुने रहेछ। यस्तो पीडा भयो कि पेट र घुँडा नै शरीरबाट छुट्टिएलाजस्तो भयो। त्यो चाहिँ सहन नसकेपछि मैले अब मलाई ढाडमा सुइ हाल्दिनु भने। तर, नर्सहरूले अब त लास्ट स्टेजमा हो भनेर सुइ हाल्न मानेनन्।  त्यतिबेला श्रीमानलाई पनि भित्र बोलाइदिनुभयो। अनि नर्सहरूले नै मेरो कपाल सुम्सुम्याउन लगाउनुभयो। उहाँको अनुहार देखेपछि अलिकति भए पनि सहज भयो।  बच्चा जन्मिने बित्तिकै मेरो छातीमा राखिदियो। अनि त एकदम भोक लाग्यो। तर, टाँका लगाएको भएर चार पाँच घण्टा नखाऊ भन्नुभयो। त्यो दिन केही अनुभव नभए पनि भोलिपल्ट त घाउ यस्तो दुख्यो कि !  त्यहाँ फेरि बच्चाको सबै स्याहार आमाले नै गर्नुपर्ने रहेछ। दिनभरि आफ्नो प्याड चेन्ज गर्नु, बच्चाको डाइपर चेन्ज गर्नु। ओहो कस्तो सकस ! साथमा कोही भइदिएको भए हुने भन्ने भयो। श्रीमान् आधा घण्टा आएर जानुहुन्थ्यो। हस्पिटलमा त्यो चार दिन सम्झिँदा अहिले पनि नराम्रो लाग्छ।  समय पुग्नु अगाडि नै जन्मिएको भएर मेरो त दूध पनि आएन। तर, जब आउन थाल्यो फेरि बच्चाले खानै मानेन। हरेक दुई घण्टामा त्यस्तो घाउ भएको शरीरले बच्चालाई दूध खुवाउन पर्दा एकदम गाह्रो भयो।  पहिलो पटक राति नसुतेको त्यसै समयमा हो। बच्चा फेरि दिउँसो सुत्ने। अनि रातभर नसुत्ने। बच्चालाई हेर्दाहेर्दै आफ्नो लागि त समय नै छुट्याउन पाइनँ। त्यो बेला चै मेरो अनुहारमा पनि पोतो आउने, रिंकलहरू आउने भएको थियो।  बच्चा देखेपछि अलग्गै किसिमको माया लाग्ने रहेछ। त्यै भएर आफूलाई भन्दा पनि बढी समय बच्चालाई दिन पाउँदा खुशी नै लाग्यो। बच्चा हिँड्दा, हाँस्दा, रुँदासमेत उसको गतिविधि देखेर आनन्द आउने रहेछ। घरमा पनि बच्चा भयो भनेपछि सबै जना खुशी हुनुभयो।  अहिले ६ महिनाका लागि यता नेपाल आएको छौँ। सबै जनाले मलाईभन्दा पनि बढी माया बच्चालाई गर्छन्। किताबको काम सकेपछि उतै पोर्चुगल फर्किन्छौँ। बाबुको पढाइ पनि उतै गर्ने हामीले प्लान गरेका छौं। उकेराबाट

पाठेघर क्यान्सरविरुद्धको २० हजार भाइल खोप असारमा आउने

पाठेघर क्यान्सरविरुद्धको २० हजार भाइल खोप असारमा आउने

८३४ दिन अगाडि

|

१८ जेठ २०८०

सरकारले पाठेघर क्यान्सरविरुद्धको ‘एचपीभी खोप’ कार्यक्रम विस्तार गर्ने योजना ल्याएको छ । स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरासियाले असार मसान्तसम्म २० हजार भाइल एचपीभी खोप नेपाल भित्रिने बताए । भन्छन्–‘यो चीनबाट खरिद गरेर ल्याइँदैछ । भविष्यमा यसलाई निःशुल्क पनि ल्याउन सकिन्छ । अहिलेको अवस्थामा भने खरिद गरिएको छ ।’ आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेटमा ९ देखि १४ वर्षका किशोरीहरूका लागि लक्षित गरी यो कार्यक्रमलाई विस्तार गरिने भनिएको छ । हुन त, यो कार्यक्रम सरकारले आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रममा नै घोषणा गरेको थियो तर हालसम्म पनि सञ्चालनमा आउन सकेको छैन । खोप शाखा प्रमुख डा अभियान गौतमले खोप असारसम्म आइसक्ने पुष्टि गर्दै भन्छन्–‘खोप गाइडलाइनका लागि काम गरिरहेका छौं । कुन ठाउँ र कसरी सुरु गर्ने भन्ने निर्णय मन्त्रालयको हुन्छ र कार्यक्रमको गाइडलाइन हामीले बनाउने हो । मन्त्रालयको स्वीकृति आउन बाँकी छ ।’ उनले अहिले थोरै संख्यामा मात्र खोप आउने भएकाले तत्काल राष्ट्रिय खोप तालिकामा समावेश गर्नेबारे सोचिनसकेको बताए । सरकारले सन् २०१६/२०१७ मा चितवन र कास्कीमा ११ देखि १३ वर्षसम्मका किशोरीमा एचपीभी खोप परीक्षण गरेको थियो । २०१९ मा स्वास्थ्य मन्त्रालयले यो खोप ल्याउन खोप शाखालाई २ करोड ७५ लाख र भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । प्राइभेटले फाट्टफुट्ट यो खोप दिइराखेका छन् । पूर्वस्वास्थ्य अधिकारीकाअनुसार यो खोप २०२२ मै दिने कुरा भए पनि दिन सकिएको छैन । भन्छन्–‘यो खोप महँगो पनि भयो त्यसमाथि खोप कम्पनीहरुले पनि समयमा उपलब्ध गराउन सकेनन् । त्यसैले पनि दिन नसकिएको हो । देशभर नै विस्तार गर्दै यो खोप राष्ट्रिय खोप तालिकामा पनि समावेश गर्नुपर्छ।’ एचपीभी खोप किन आवश्यक ? विश्व स्वास्थ्य संगठनकाअनुसार ९५ प्रतिशतभन्दा बढी पाठेघरको क्यान्सर एचपीभी भाइरसले हुने गरेको छ । एचपीभीविरुद्धको खोपले पाठेघरको मुखको क्यान्सर हुने जोखिमलाई उल्लेखनीय रूपमा कम गर्छ । अध्ययनले यो खोप सुरक्षित र प्रभावकारी रहेको देखाएका छन् । यो भाइरसले पाठेघरको क्यान्सर गराउनुका साथै यौनांग, टाउको, घाँटीमा पनि संक्रमण गराउन सक्छ । एचपीभीबाट क्यान्सर भएकाहरूमा कुनै पनि लक्षण नदेखिने पनि सक्ने हुनाले खोप र नियमित स्क्रिनिङ गराउनुपर्ने चिकित्सकहरुको सुझाव छ । क्यान्सर रोग विशेषज्ञ डा रीता महासेठ सरकारले यो कार्यक्रम कार्यान्वयनमा ल्याउन सके धेरै किशोरी तथा महिलाहरु रोगको जोखिमबाट बच्न सक्ने बताउँछिन् । उनकाअनुसार पाठेघरको क्यान्सर धेरै कारणले हुने भए पनि हृयुमन प्यापिलोमा (एचपीभी) भाइरस प्रमुख कारण हो । भन्छिन्–‘हृयुमन प्यापिलोमा भाइरसको धेरै स्ट्रेन (प्रकार) हुन्छ । १६ र १८ ले पाठेघरको मुखको क्यान्सर गराउन सक्छन् । पाठेघर क्यान्सरविरुद्ध यो खोपले एकदमै ठूलो भूमिका खेल्छ । विदेशमा यो क्यान्सर कम हुनु खोपकै कारणले हो ।’ उनले यो खोप यौनसम्पर्कमा आउनुभन्दा पहिले नै किशोरीहरुलाई दिइएको खण्डमा भाइरसविरुद्ध एन्टिबडी बन्ने र यसले रोगबाट बचाउने बताउँछिन् । डा महासेठकाअनुसार पाठेघरको मुखको क्यान्सरको स्क्रीनिङ क्यान्सरको अन्तिम स्टेजसम्म पुग्न रोक्न मद्दत गर्छ । ‘दुर्गममा स्क्रीनिङमा आउने धेरै महिलाहरु अन्तिम स्टेजमा पुगिसकेका हुन्छन् । परीक्षण गराउनुपर्छ भन्ने जनचेतना दिन आवश्यक छ,’ उनले भनिन् । नेपालमा महिलामा हुने प्रमुख क्यान्सरमा पाठेघर क्यान्सर पर्छ भने विश्वमै चौथो प्रमुख क्यान्सरको रुपमा । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० मा ६ लाख ४ हजार वटा नयाँ केस पुष्टि भएका थिए । जसमध्ये ३ लाख ४२ हजार जनाले ज्यान गुमाएका छन् । एचपीभी इन्फर्मेसन सेन्टरका अनुसार नेपालमा सन् २०२१ मा २ हजार २४४ महिलामा पाठेघरको क्यान्सर पुष्टि भएकोमा १ हजार ४९३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठनले यौनसम्पर्क भइनसकेका ९ देखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि एचपीभीको खोप सिफारिस गरेको छ । यो उमेर समूहमा खोप नलगाएकाले २६ वर्षको उमेरसम्म लगाउन सक्छन् । १५ वर्षमुनिका बालबालिकालाई पहिलो डोज लगाएपछि ६ महिनामा दोस्रो डोज लगाउनुपर्ने भनिएको छ । यसैगरी १५ वर्षमाथिकालाई ३ डोज भनिएको छ । जुन पहिलो डोज लगाएको २ महिनामा दोस्रो डोज र अर्को ६ महिनामा तेस्रो डोज लगाउनुपर्ने भनिएको छ । यो खोप लगाएपछि क्यान्सर नै हुँदैन भन्ने नभए पनि जोखिमलाई धेरै हदसम्म घटाउँछ । यसका लागि नियमित स्क्रिनिङ आवश्यक छ । विश्व स्वास्थ्य संगठनसँग सम्बन्धित १२५ राष्ट्रले एचपीभी खोप हालसम्म भित्र्याइसकेका छन् । स्त्री रोग विशेषज्ञ डा जागेश्वर गौतम यो खोप निकै उपयोगी भएको भन्दै सरकारले यसमा लगानी गर्दा खेर नजाने बताउँछन् । भन्छन्–‘पाठेघरको मुखको क्यान्सरबाट बचाउनका लागि यसले सहयोग गर्छ । यसले झण्डै ९५ प्रतिशतभन्दा बढी पाठेघर क्यान्सरलाई रोकथाम गर्न सक्छ । यो पहिलादेखि नै उठ्दै आएको कुरा हो यसको कार्यन्वयन हुनुपर्छ । क्यान्सर लाग्न नदिनु छँदैछ खोपमा लगानी गर्दा खर्च पनि कम हुन्छ ।’ कान्तिपुरबाट

मलेरियाको सबैभन्दा जोखिममा सुदूरपश्चिम

मलेरियाको सबैभन्दा जोखिममा सुदूरपश्चिम

८५४ दिन अगाडि

|

२९ वैशाख २०८०

नेपालमा पछिल्लो समय मलेरिया अर्थात् औलोको आयातित केसहरु बढी देखिएको देखिएको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडिसिडी) का अनुसार सबैभन्दा धेरै आयातित केसहरुको स्रोत भारत हो । विशेष गरी यसको असर सुदूरपश्चिम प्रदेशमा बढी परेको देखिएको छ । महाराष्ट्र, गुजरात, उत्तर प्रदेश, दिल्ली , बिहार, राजस्थान, पञ्जाब आदि राष्ट्रबाट औलोको केस आएका देखिन्छन् । ८७ प्रतिशत भारतबाट र बाँकी १३ प्रतिशत अफ्रिकन मुलुकबाट केसहरु भित्रिएका देखिन्छन् । सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा विशेषगरी भारतबाट फर्किनेको संख्या धेरै हुँदा त्यहाँ औलोका बिरामी बढी रहेको विज्ञहरूको भनाइ छ । यससँगै यस प्रदेशका अधिकांश युवाहरू जोखिमयुक्त तथा शारीरिक श्रमका लागि भारतका विभिन्न प्रदेश जाने गर्दा उनीहरूलाई औलोको संक्रमण पनि बढी रहने स्वास्थ्य अधिकारीहरू बताउँछन् । यद्यपि ६ वर्षयताको तथ्यांक हेर्ने हो भने केसहरु घट्दै गइरहेको देखिन्छ । आर्थिक वर्ष २०७३–७४ मा ६३६ आयातित केसहरु रहेका थिए भने ४९२ स्थानीय केसहरु थिए । त्यसैगरी २०७४–७५ मा स्थानीय केसहरु ५५७ थिए भने ६३० वटा आयातित केसहरु रहेको इडिसिडीको तथ्यांकमा छ । आर्थिक वर्ष २०७७–७८ मा ६६ वटा स्थानीय केसहरु रहेकोमा आयातित केसहरु ३११ थिए । त्यसैगरी आव २०७८–७९ मा ३८ वटा स्थानीय केसहरु रहेकोमा ४५३ वटा आयातित केस गरी ४९१ वटा केसहरु पाइएका छन् । यस आर्थिक वर्ष २०७९–८० को वैशाख ५ सम्म ५ सय ३७३ बिरामी देखिएका छन् । जसमा २४ स्थानीय तथा ३४९ आयातितको निदान तथा उपचार भएको छ । ईडिसिडीका अनुसार सन् २०२२ को औलोको सुक्ष्म स्तरीकरणको आधारमा उच्च जोखिम क्षेत्र( ८ जिल्लाका ९ पालिका अन्तर्गतको १४ वटा वडाहरु रहेका छन् । त्यसैगरी मध्यम जोखिम क्षेत्र (१० जिल्लाका २४ पालिका अन्तर्गतका ३९ वटा वडाहरु ) रहेका छन् भने कम जोखिम क्षेत्र (६७ जिल्लाका ४१४ पालिका अन्तर्गतका २ हजार ३१८ वटा वडाहरुमा बसोबास गर्ने एक करोड १ लाख ४० हजार ४५० जनसंख्या यसको जोखिममा रहेका छन् । औलोबाट विशेषगरी गर्भवती महिला तथा ५ वर्षमुनिका बालबालिकाहरु बढी जोखिममा रहने विज्ञहरुको भनाइ छ । सबैभन्दा धेरै जोखिम सुदूरपश्चिम प्रदेश रहेको छ । सुदूरपश्चिम प्रदेशमा १०३, कर्णाली प्रदेहशमा ३०, लुम्बिनी प्रदेशमा १३९, वाग्मती प्रदेशमा २७, मधेश प्रदेशमा ४३ र कोशी प्रदेशमा १२ वटा केसहरु यो वर्ष देखिएको छ । ईडिसिडीका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्ण दाहाल समुदायमा जोखिमयुक्त क्षेत्रमा निरन्तर निगरानी तथा स्क्रीनिङ गरिरहेको बताउँछन् । उनका अनुसार औलो पोजिटिभ पुष्टी भएमा २४ घण्टाभित्र औषधि पाउने व्यवस्था गरिएको छ भने स्वास्थ्य शाखामा अनिवार्य औषधिहरु हुनुपर्ने भनिएको छ । हरेक वर्ष २५ अप्रिलमा विश्व औलो दिवस मनाइन्छ । यो वर्षको नारा ‘शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यन्वयनमा लगानी’ रहेको छ । नेपालमा सन् १९५४ मा कीटजन्य रोग नियन्त्रण कार्यक्रम मार्फत औलो नियन्त्रण कार्यक्रम सुरुवात भएको थियो । नेपाल औलो रणनीतिक योजना (२०१४–२०२५) अनुसार नेपाललाई सन् २०२५ सम्म औलोमुक्त राष्ट्र बनाउने परिकल्पना गरिएको छ । जस अनुसार सन् २०२३, २०२४ र २०२५ मा स्थानीय औलो बिरामीको संख्या शून्य कायम गरी त्यसलाई निरन्तरता दिनु रहेको छ । सन् २०१६ मा ३ जनाको मृत्यु भएको र सन् २०२१ मा १ जनाको मृत्यु भएको रेकर्ड छ । किटजन्य रोग शाखाका प्रमुख डा. दाहाल सन् २०२५ सम्ममा स्थानीय औलोको संख्यालाई शून्यमा पुर्‍याउने लक्ष्य रहेको भन्दै उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा औलोका बिरामी देखिनु तथा आवश्यक प्रतिकारात्मक क्रियाकलाप जस्तै खोजपड्ताल तथा विषादी छर्न कठिनाइ भइरहेको, स्वास्थ्यकर्मीमा औलो प्राथमिकतामा नपर्नु आदिले निवारणमा चुनौती थपेको बताउँछन् । उनी भन्छन्,‘ औलो निवारणका लागि औलोको गुणस्तरीय सेवामा समुदायको पहुँच अभिवृद्धि, औलोको रोकथाम तथा महामारीमा तत्काल प्रतिकारात्मक कार्य गर्ने, शून्यमा मृत्युलाई कायम राख्ने नै हाम्रो उद्देश्य हो ।' के हो औलो ? औलो रोग संक्रमित ‘एनोफेलिज’ जातको पोथी लामखुट्टेको टोकाइबाट सर्छ । यसका ४ प्रकार छन् । नेपालमा मुख्यत: औलोका दुई किसिमका परजीविहरु ‘प्लाज्मोडियम फाल्सिपारम’ र 'प्लाज्मोडियम भाइभेक्स’ पाइने गरेका छन् । गत वर्षदेखि शान्ति सेनाबाट फर्किएका सुरक्षाकर्मीहरुमा अर्को प्रकारको ‘प्लाज्मोडियम ओभली’ समेत भेटिएको छ । यीमध्ये ‘प्लाज्मोडियम फाल्सिपारम’ले गराउने औलो रोग बढी जटिल र जोखिमयुक्त हुन्छ । ज्वरो आउनु, मांशसपेशीहरु दुख्नु, जाडो लागेर कम्पन हुनु, वाकवाकी लाग्नु, थकान महसुस हुनु आदि यसका लक्षणहरु हुन् । घरवरिपरि लामखुट्टे बस्ने बासस्थान खोजी खोजी नष्ट गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा झुलको प्रयोग गर्ने, शंकास्पद लक्षण देखिए चिकित्सकलाई सम्पर्क गर्नुपर्ने विज्ञहरु बताउँछन् ।

फैलिँदै डेंगुः माघदेखि चैत्र १५ सम्म ३ सय जनामा पुष्टि

फैलिँदै डेंगुः माघदेखि चैत्र १५ सम्म ३ सय जनामा पुष्टि

८९३ दिन अगाडि

|

२० चैत २०७९

माया श्रेष्ठ  गर्मी सुरु भएसँगै डेंगुको केश पुनः देखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष नेपालमा डेंगुको प्रकोप फैलिएपछि हालसम्म डेंगुको केश शून्य भएको छैन ।  सामान्यतया डेंगुको सङ्क्रमण दर जेठ महिनाबाट बढ्ने गर्छ । तर माघदेखि चैत्र १५ गतेसम्म ३ सय जनामा डेंगु पुष्टि भएको रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहाल बताउँछन् ।  साढे दुई महिनाको अवधिमा ४५ जिल्लाको ११५ वटा पलिकामा डेंगुको केश देखिएको छ । जसमध्ये काठमाडौँ उपत्यकामा ५० जनामा सङ्क्रमित पुष्टि भएको छ ।  गर्मी मौसम सुरु भएसँगै डेंगुका केश बढ्न सक्ने भएकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । शाखा प्रमुख दाहालका अनुसार डेंगुका केश बढ्न सक्ने सम्भावना कायमै रहेकाले प्रदेशका स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताललगायत सबै स्वास्थ्य संस्थालाई डेंगु फैलिन नदिन सावधानी अपनाउन निर्देशन दिइसकिएको छ ।  काठमाडौँ उपत्यकालगायत देशको जहाँ डेंगुको केश देखिएको छ, त्यहाँ ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाउन स्थानीय तहलाई निर्देशन दिइएको उनले बताए ।  डेंगु सङ्क्रमण हुँदा शरीरमा विभिन्न किसिम लक्षण देखापर्ने गर्छ । जस्तै अधिक ज्वरो आउने, टाउको, आँखा, मांसपेशी र जोर्नीलगायत पुरै शरीर दुख्ने, छालामा रातो दाग आउने, बान्ता हुने लगायतका लक्षणहरू लगातार ४ देखि ६ दिनसम्म देखिन सक्छ । यस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्था जानुपर्छ । नेपालमा डेंगु देखिन थालेको १९ वर्ष भयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाअनुसार यस बीचमा सबैभन्दा बढी २०७९ सालमा मृत्यु तथा सङ्क्रमित भएको छ । यस वर्ष साउन, भदौ, असोज, कार्तिक मङ्सिर सम्ममा ७७ वटै जिल्लामा डेंगु फैलिएको थियो । जसमा ५० जनाको ज्यान गएको थियो भने ४० हजार भन्दा धेरै जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।  कीटजन्य शाखाका अनुसार सन् २००४ मा पहिलो पटक एक जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । सन् २००५ मा भने सङ्क्रमण देखिएन । त्यसपछि क्रमशः २००६ देखि २००९ सम्म वर्षेनी सरदर १० देखि ३२ जना सङ्क्रमित भए ।  सन् २०१० मा सङ्क्रमण दर ह्वात्तै बढेर ९१७ जना सङ्क्रमित भएका थिए । त्यसको ९ वर्षको अवधिमा सङ्क्रमण दर निरन्तर देखिए पनि सन् २०१९ मा डेंगु प्रकोपको रूपमा फैलिएको थियो । त्यस वर्ष १७ हजार ९९२ जना सङ्क्रमित भएका थिए ।  यसो गरौँ  डेंगुबाट जोगिन  –पुरा बाहुला भएको लुगा लगाउने । –झुलभित्र मात्र सुत्ने । –घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने । –घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने । –खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने । –गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने । –साँझ, बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा वा पार्कमा जाँदा बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने ।

 बढ्दै छ फेरि कोरोना संक्रमणः एकै दिन ६९ जना संक्रमित

 बढ्दै छ फेरि कोरोना संक्रमणः एकै दिन ६९ जना संक्रमित

९०० दिन अगाडि

|

१३ चैत २०७९

नेपालमा कोरोना  संक्रमण पुनः बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार एक हजार २ सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा कोरोना संक्रमण देखिएको हो । यसअघि चैत १२ गते १६ जना र चैत ९ गते १७ जनामा देखिएको संक्रमण देखिएको थियो। संक्रमित बढेसँगै ६६ जना सक्रिय संक्रमित पनि बढेको पाइएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा संक्रमण बढिरहेको र खुला सिमानाका कारणले नेपाल संक्रमण भित्रिएको जनाए ।  

आगलागीमा जलेर बढी घाइते भए खर्चै धान्न गाह्रो

आगलागीमा जलेर बढी घाइते भए खर्चै धान्न गाह्रो

९३८ दिन अगाडि

|

५ फागुन २०७९

                                                                                               सांसद चन्द्र भण्डारीलाई उपचारका लागि भारत लगिदै माया श्रेष्ठ नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी ग्यास सिलिण्डर विस्फोटमा बुधवार आफ्नै निवास बुद्धनगरमा जलेर घाइते भए । उनलाई थप उपचारका लागि बिहीबार भारतको मुम्बई लगिएको छ ।  बर्न अस्पताल कीर्तिपुरमा उपचार सम्भव नभएपछि नेता चन्द्र भण्डारीलाई रिफर गरिएको अस्पतालका निर्देशक डा. नतिजा ताम्राकारले बताइन् ।  अस्पताल स्रोतका अनुसार नेता भण्डारीको करिब ३१ प्रतिशत शरीरका विभिन्न भाग जलेको छ ।  सोही दुर्घटनामा सांसद चन्द्र भण्डारीको आमको निधन हुन गएको छ । उता विहीवार दाङमा पनि ग्यास सिलिण्डर विस्फोट भएर २ जना घाइते भएका छन् ।  सिलिन्डर आगलागी तथा विष्फोट, आगो ताप्दा, दाउराले खाना पकाउने क्रममा कीर्तिपुर अस्पतालमा यस वर्ष मात्रै जलनका बिरामी ६६१ जना उपचारका लागि आएका थिए । त्यसमध्ये४० जना जलनका बिरामीलाई भर्नै गरी उपचार गरिएको सो अस्पतालका डा. किरण नकर्मीले बताए ।  उता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जलनका साना ठूला समस्या भएका सातामा आठ जना बिरामी उपचारका लागि आउने डा. प्रयास चन्दले जानकारी दिए । सिलिन्डर आगलागी तथा विष्फोटबाट तीन वर्षयता ९ जनाको मृत्यु भएको छ भने ४२ जना घाइते भएको नेपाल प्रहरीको आँकडाले देखाउँछ ।  डा.नकर्मीका अनुसार कीर्तिपुर अस्पताल भर्ना भई उपचार गराउने बिरामी सबैभन्दा धेरै आगो ताप्दा पोल्ने र दाउरामा खाना पकाउँदा, तातो झोलले पोलिएकाहरुरहेका छन् ।   उनी भन्छन्, ‘ग्यासविष्फोट तथा आगलागीमा परेका बिरामी अस्पतालमा उपचार गराउन आक्कलझुलक मात्रै आउँछन् ।’  ‘कति गहिराईसम्म शरीर जलेको हो, त्यही आधारमा खर्च हुन्छ,’ डा चन्द भन्छन्,  कतिको शरीरको भाग १० प्रतिशत जलेर पनि ड्रेसिङ गरेर मात्रै निको हुन सक्छ । कुनै बिरामीलाई छाला तथा कुनैलाई मासुसहितको छाला लगाउनुपर्ने हुन सक्छ  ।’   कस्तो अवस्थामा आउँछन् बिरामी ? कीर्तिपुर अस्पतालमा भर्ना हुने बिरामी धेरैजसो रिफर गरिएका हुने अस्पतालले जनाएको छ ।काठमाडौं उपत्यका र पेरिफेरिका चाँडो आउँदा चाँडै उपचार पाउँछन् । उपत्यका बाहिरबाट कीर्तिपुर अस्पतालमा ल्याउन ढिलाइ हुँदा स्वास्थ्यमा झन् जटिलता उत्पन्नभईनिको हुन समय लाग्ने डा नकर्मीले बताए । केही बिरामी जलिसकेपछि विभिन्न ठाउँमा उपचार गराएर महिनौसम्म घरमै बसी निको नभएपछि मात्रै अस्पतालमा आइपुग्ने डा.नकर्मी सुनाउँछन् ।  जलन हुँदा कुन अवस्थामा खतरा हुन्छ ? डा. नकर्मीका अनुसार बच्चा र वृद्धवृद्धाको शरीरको भागमध्ये दश प्रतिशत जलन भएको अवस्थालाई खतरा मानिन्छ । दश प्रतिशतभन्दा धेरै जलेमा त्यसलाई गम्भीर जलन भनिन्छ ।  वयस्कहरुको शरीरको भाग बीसप्रतिशतभन्दा बढी जलेमा गम्भीर जलनभनिन्छ । यस्तो अवस्थामा छालाबाहेक शरीरका अन्य अंगलाई पनि असर पु¥याउने भएकाले गम्भीर भनिएको डा.नकर्मीको भनाइ छ । साना जलनहरुमा पोलेको ठाउँमा मात्रै असर देखिने उनले बताए । उपचार महँगो एसिड आक्रमणले जलनमा परेकाहरुलाई सरकारले निःशुल्क स्वास्थ्य उपचार गर्दै आएको कीर्तिपुर अस्पतालका डा. नकर्मीले बताए ।अन्य अवस्थाको जलेर घाइते हुनेमा भने विरामी स्वयम्ले उपचार गर्नुपर्छ ।  डा. नकर्मीका अनुसार बालबालिका, ज्येष्ठ नागरिक दश प्रतिशत अनि वयस्क २० प्रतिशत भन्दा धेरै जलेको खण्डमा कम आयस्रोत भएका व्यक्तिलाई अस्पतालको खर्च धान्न धौधौ हुन्छ । अस्पतालले अवस्था हेरेर गम्भीर खालको जलन भएकालाई विभिन्न फन्ट जुटाएर अप्रेसन र उपचार गर्ने गरेको उनले सुनाए । नेपाल सरकारले जलनसम्बन्धि स्वास्थ्य समस्या भएका व्यक्तिलाई औषधि निःशुल्क दिइने घोषणा गरेपनि घोषणामै सीमित भएको स्वास्थ्यकर्मीहरु बताउँछन् । कीर्तिपुर अस्पताललाई रकम अभाव एसिड आक्रमणमा परेका पीडितहरुको उपचारसम्बन्धि कार्यविधि २०७८ अनुसार पीडितहरुको आकस्मिक उपचारका लागि देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क सेवा लिन सक्छन् । सरकारले  त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, कीर्तिपुर अस्पतालमा उपचार गर्न सकिने जनाएको छ ।   पाटन अस्पतालका डा. प्रयास चन्दले कुनै वयस्क मानिसको शरीरको भाग बीस प्रतिशतभन्दा कम जलेको तर, श्वासनली नै जलेको खण्डमा उपचार मँहगोसँगै खतराजन्य हुने बताउँछन् ।  उनी भन्छन्, ‘बालबालिका वृद्धवृद्धाको शरीर पाँच प्रतिशत नै जलेको छ । तर, श्वासनली जलको छ भने भेन्टिलेटरमा राख्नुपर्ने हुन सक्छ ।’जलेर अस्पताल भर्ना भएका बिरामीको उपचार लामो समयसम्म गर्नुपर्ने भएकाले महँगो हसन्छ  ‘कति गहिराईसम्म शरीर जलेको हो, त्यही आधारमा खर्च हुन्छ,’ डा चन्द भन्छन्,  कतिको शरीरको भाग १० प्रतिशत जलेर पनि ड्रेसिङ गरेर मात्रै निको हुन सक्छ । कुनै बिरामीलाई छालातथा कुनैलाई मासुसहितको छाला लगाउनुपर्ने हुन सक्छ  ।’   जलनको प्रतिशत मात्रै नभएर गहिराइले पनि उपचार खर्च धेरै फरक पार्ने उनले सुनाए । पदमा बसेकाहरुको उपचार खर्च त सरकारले बहोर्छ  तर सर्वसाधारण आगलागीमा परी घाइते भए उपचार खर्च धान्नै गाह्रो छ ।