हुम्लामा साउने पूर्णिमा महिमा र दैवी न्यायिक इजलास

हुम्लामा साउने पूर्णिमा महिमा र दैवी न्यायिक इजलास

६५६ दिन अगाडि

|

३२ साउन २०८१

पर्माकल्चर डायरीमा हुम्लाको पसिना

पर्माकल्चर डायरीमा हुम्लाको पसिना

६६३ दिन अगाडि

|

२५ साउन २०८१

खेतबारी ग–ह्रा कुना, बिउ बीजन सुधारौं  आत्मनिर्भर बन्दै, गृहस्थीको ढोका उघारौं  हो–पसिना बेचेर परचक्री र परजीवी बन्ने मान्छे ! होइन–पसिना बगाएर समय, श्रम र सम्पदाको सदुपयोग गरेर बाँच्ने मान्छे ! साँच्चै के हो मान्छे ! के होइन मान्छे !! तर त्यही हो मान्छे ! जो, जहाँ र जसरी स्वावलम्बी, आत्मनिर्भर र परिश्रमी भएर बाँच्ने मान्छे नै साँच्चै मान्छे हो ! ती देख्दै अचम्म लाग्ने पसिनाका भकारीहरू, मेहेनतका ढुकढुकीहरू र जोस जाँगरका सागरहरू साँच्चै ! पर्माकल्चर व्यावहारिक दर्शन अनुरुप उपयुक्त प्रविधिका संगोल नमुनाहरू हुन् । मान्छेले के गर्न सक्छ र ? भन्दा के गर्न सक्दैन र ? भन्ने उदाहरण हुन्–तीन्टी आँप मदन पोखरा पाल्पाका शान्ती घिमिरे, बेगनास पोखराका सूर्य अधिकारी, सीतापाइला काठमाडौका श्याम श्रेष्ठ, शान्तिबाटिका ककनीका गर्ड लेडरमन, भक्तपुर गाम्छाका रमेश खड्का, पातलेखेत हसेराका गोबिन्द शर्मा, लाङदुकका कार्साङ र गोविन्द लामा, डाडाँफयाका दीर्घबहादुर शाही, गुन्छाका आङ्गेल, रिमीका सज्जन बुढा, सिमकोटका, धर्मराज रोकाया, राना रावत र दन्त रावतहरू केही प्रतिनिधि पात्रहरू हुन् । यो दर्शनका एक प्रचारकर्तामध्येका एक हुन् – कृष एभान्स । उनी रोलीङ पर्माकल्चरका प्रारम्भकर्ता हुन् । यिनैको पहलमा हुम्लामा पर्माकल्चर कृषि शिक्षा लागु भएको हो । पर्माकल्चर सम्भावनाको सरोवर हो, विश्वासको धरोहर हो, श्रमको रहर हो र हो परिश्रमको आस्था पनि हो । यसैले पनि अब विभिन्न नाम र काममा जानी नजानी पर्माकल्चर, दिगो कृषि, जैविक कृषि, सबल कृषितिरका गतिविधिहरूको माग र प्रयोग बढ्न थाल्नु सत् प्रयास हो ।  प्राध्यापक वील मोलिसन  यस्तै तप्काका मान्छे हुन् । जसले युद्धको विभिषिकाबाट आक्रान्त भएर वनवासका निस्सार, निरास, निष्कलंक, निष्काम, निक्खर र पट्टयार लाग्ने दिनहरूमा पनि एक नौलो सिर्जना दिए, एक नौलो अनुभूति दिए र एक नौलो अनुभव दिए । त्यही सिर्जनाको सुन्दर फूल हो– पर्माकल्चर कृषि दर्शन । उनका सहयोगी थिए– डेभिड होल्मग्रेन । यी दुवै अष्टेलियाका नागरिक हुन् । बीसौं शताब्दीको सातौं दशकतिर कृषि क्षेत्रले पाएको नौलो दर्शन पर्माकल्चरले व्यावहारिक ज्ञानको महत्व बढाएको छ । यो कृषि दर्शनको सिद्धान्त, ज्ञान, सीप र प्रविधिको खुला पाठशाला हो, महाविश्वाविधालय हो, व्यावहारिक ज्ञानको महाआलय हो । यो भूगोलको काप काप फलेको फूलेको सकरात्मक सोचको बिउ हो । श्रमको राप रापमा प्रकम्पीत भएको जीवन आधारको एक लक्ष्य हो । कृषि दर्शनको दाप दापमा छचल्केको छत्ताछुल्ल भएको पसिनाको सागर हो । यो कृषि दर्शनले समय, सीप, जग्गा, माटो र जाँगर अनुसार सीप र प्रविधिको एकतामा विविधता र विविधतामा एकता प्रयोगको गर्दै माटोको उर्बर शक्तिको संरक्षण, जैविक खाद्य उत्पादन, वातावरण मैत्री, स्वस्थ र स्वच्छता लागि सहयोग गर्दछ । पर्माकल्चरको शाब्दिक दर्शन भनेकै परम्परागत ज्ञान, प्राकृतिक पद्दति र विज्ञानका नविनतम कुराहरूको समायोजन हो । यसबाट मानव जीवनलाई कसरी सबल बनाउने हो । यो सहकार्य, सद्भावना र समायोजनको त्रिकोणात्मक रुपरेखाको वृत्तमा आधारित छ । यसैले पर्माकल्चर भनेको नै हाम्रो संस्कृति र प्रकृतिको आधाररेखा हो ।  जहाँ कृषिका अनेकौं अवयवहरूसँग संस्कृति जोडिएको हुन्छ । संस्कृतिका अनेकौं रुपरेखाहरूसँग प्रकृति रमाएको हुन्छ । र त जीवनका आरोहअवारोहको डुङ्गामा मौसम, समय, ऋतु, हावापानी, जातजाति र पशुपन्छीहरूको पातपतकर, आखेटोपहार तथा अङ्गप्रत्याङ्गहरूसँग जोडिने भएकाले नै यो जीवन जगत्को आधार हो । पर्माकल्चर कृषि दर्शनको अवधारणाको विकास वि.सं. २०३१ सालमा प्रतिपादीत भएको हो । यो दर्शनले मुलतः प्राकृतिक प्रणाली, स्थायीत्व, विविधता, सर्वशुलभता, एकता, अनेकता र समन्ववाद जस्ता ढाँचायुक्त कुराहरूको अध्ययन, अनुसन्धान, निरिक्षण र मूल्याङ्कनका आधारमा मानव तथा पृथ्वीका सम्पूर्ण जीवहरूको दिगोपनको सुरक्षा गर्ने ढाँचायुक्त गतिविधिहरूमा सहयोग गर्ने काम गर्छ । यो कृषि दर्शन नै पर्माकल्चर हो ।  छर्ने गरौं झोल मल, रोग पापी भागला पसिनाको मलबाट, फल मीठो लागला  माथिको देउडा गीतले परम्परागत कुराहरूलाई समय सुहाउँदो परिवर्तन गर्न आवश्यक भएकोले उद्गार गरेको छ । हुम्ला साधन र स्रोतले अत्यधिक धनी भईकन पनि उचित रुपमा परिचालन र व्यवस्थापन नहँुदा आम मानसिकता चामल फोविया, फास्टफुड फोयिबा, झिनीगीन्टी मेनिया, मैदा मेनिया र गैससको राहतमुखी भ्रमको भुमँरीमा झुमेको छ, रमाएको छ र काम भएर पनि बेकामको नाममा समय गुमाएका छन् । वनमा आगो लगाएर बहादुर नाममा घुमेका छन् । यसबाट माथि उठ्न पर्माकल्चर कृषि जस्तै व्यावहारिक कृषि शिक्षाको माध्यमबाट खेर गएका वस्तुहरूको समुचित प्रयोग गरी राम्रो आम्दानी लिई आत्मनिर्भर र व्यावसायिक बन्ने काममा लाग्ने आवश्यक भएको छ । यो जिल्लालाई नै नेपालको एक अनुपम जैविक क्षेत्र भएको जिल्लाको रुपमा पहिचान गर्न गराउन सक्छौं ।  वैधानिक रुपमा पर्माकल्चर, दिगो कृषि तथा जैविक कृषिलाई अँगालेर नमुना किसानहरूको उपाधी पाउने गाउँमा लाङदुक गाउँ हो । यहाँ किसानहरूले अरु पेशालाई छाडेर पर्माकल्चर कृषि दर्शनको वकालत गर्न देश विदेशमा पुगेका छन् ।  मनग्य आम्दानी गरेका छन् । यस जिल्लाका जैविक नमुना गाउँहरूमा माँसपुर, लिमी, चाला, नेप्का, राँती, निमागाउँ, लेख, याङ्गु, यारी, तम्मु अनेकौं गाउँहरू छन् । जहाँका किसानहरूले जानी नजानी जैविक कृषिलाई नै जीविकोपार्जनको पेशाको रुपमा अँगालेका छन् । तर वैधानिक रुपमा भने पर्माकल्चर, दिगोकृषि तथा जैविक कृषिलाई अँगालेर नमुना किसानहरूको उपाधी पाउने गाउँमा लाङदुक गाउँ हो । यहाँ किसानहरूले अरु पेशालाई छाडेर पर्माकल्चर कृषि दर्शनको वकालत गर्न देश विदेशमा पुगेका छन् । यही पेशामा रमाएका छन् । मनग्य आम्दानी गरेका छन् । कृषि पर्यटनको लागि हातेमालो गर्न प्रचारप्रसार लागि यहाँका अगुवाहरू छिरिङ लामाहरू र कार्साङ्गमा लामाहरू लागेका छन् । त्यसैले पर्माकल्चरले सीप र आम्दानीलाई बढाउँछ । आम्दानीले व्यावसायिता दिन्छ । व्यावसायिकताले प्रविधिको हस्तान्तरण गर्छ । प्रविधिले सचेतना बढाउँछ । सचेतनाले सञ्चार र सन्देश दिन्छ । सञ्चारले ज्ञानविज्ञानको खोजी गर्ने कार्यमा सहयोग गर्छ । खोज अनुसन्धानले जागरण ल्याउँछ । जागरण नै समयको परिवर्तन हो । परिवर्तनले नै समय, व्यक्ति, समाज र युगलाई नयाँ नयाँ रुपमा रुपान्तरण गर्छ, विकास गर्छ र निकास दिनका लागि पृष्ठपोषण गरेको हुन्छ । प्रस्तुत कवितांसले हुम्ला र हुम्लीको वर्तमान अवस्थाको बारेमा प्रकास गरेको छ ।  पीएचको फ्लोराइडयुक्त दाँतले ङिच्च हाँस्छ हुम्ला   चामलको बारेमा चुलिएको विकास  वस्तुविनियम गरेर  पर्माकल्चर कृषि दर्शन प्रयोग गर्ने ४९औं जिल्ला हुम्ला हो । यसको प्रयोगबाट ग्रामीण समुदायका लागि कम श्रम, कम मूल्य कम जग्गा र एकै स्थानमा एकीकृत प्रणालीबाट कृषिजन्य उत्पादनहरू प्राप्त गर्न गराउन सकिन्छ । यो एक एकीकृत ढाँचायुक्त प्रणाली भएकोले गरीवीको अभावले दुःख दिने हिमाली जिल्ला हुम्लाको विविधतापूर्ण भूगोल र पेशाको उत्तम कृषि प्रविधि हो । यो कृषि प्रणालीले मौसमी र बेमौसमी कृषि उत्पादनमा नयाँ नयाँ र विभिन्न प्रकारका सीप, प्रविधि, विधि विधानहरू प्रयोग गर्न सकिने मान्यता र ढाँचा हो । हाल हुम्लामा पनि यो विधि प्रयोग गरिन थालको छ । चाहे हिउँको खालमा होस् कि पानीको आहाल होस् । जैविक खेतीको उपयोग हुन थालेको छ । यसबाट स्वास्थ्यमा सकरात्मक सूचकहरू देखा पर्न थालको छन् । यो पर्माकल्चर कृषि दर्शनको एक उपलब्धी हो । यी क्रियाकलापहरूले लैङ्गिक समानता, सामूहिक भावना र कृषि सहकारीताको भावना जगाएको छ । दुई वर्षदेखि पाँच फिट हिउँभित्र पनि हरियो सागको उत्पादन गरेर उपयुक्त प्रविधिको राम्रो नमुना प्रस्तुत भएका छन् । ग्रीनहाउसको माध्यमबाट मौसमी र बेमौसमी तरकारी खेतीको प्रयोग गर्ने सीप प्रत्येकका घरदैलोमा पु–याई गृहस्थी बलियो बनाउनमा प्रयासरत छन् – हिमाली पर्माकल्चर केन्द लगायत केही गैससहरु । यसबाट अवश्य पनि केही मात्रामा दिगो र जैविक कृषि सूचकका सकारात्मक परिर्वतनका देखिन थालेका छन् । यसैले तलको कवितांसले हुम्लाको प्राकृतिक छटाको मनोदशा जग जाहेर गरेको छ । च्या छहरा चलमल चल्मलाउँदै जिस्की मस्की मुस्कुराउँदै दूरदृष्टिको दूरबीनमा बल्छिन् हर्दम धप धप धप !               — च्याछहरा/काजी रोसन हुम्लीहरूले पर्माकल्चरको सीप र प्रविधिबाट हिउँदे मौसममा पनि वनेलु र घेरेलु तरकारीहरूको उत्पादन गरी प्रयोग गर्न थालेका छन् । यसले गर्दा नजानिंदो रुपमा स्वास्थ्यमा सकरात्मक सूचकहरू देखा पर्न थालेका छन् । प्रत्येक घरका मान्छेहरू विभिन्न गैसस र जिल्ला कृषि विकास कार्यालयमा गएर तरकारीका बिउ बीजन र फलफूलका बिरुवाहरूको माग गर्न थालेका छन् । यसले केही वर्ष यता कृषिका बारेमा चेतना छाएको छ । बिउ बीजनका बारेमा छलफल हुन थालको छ । हिउँद र वर्षाको समयमा प्रत्येक हुम्लीहरूको घरका अगाडी प्लाष्टिक टनेल, तातो नर्सरी, आकासे नर्सरी, फलफूल नर्सरी, करेसाबारी र ग्रीन हाउसको आकर्षण बढेको छ । यो कृषि कामले एकातिर स्वास्थ्यमा सुधार र अर्कातिर आयमा टेवा पुगेको छ ।  पर्माकल्चर दिगो कृषिको नाम हो । यो समय आवश्यकता हो । जलवायु परिवर्तनको प्रभावबाट बच्ने उपाय हो । माटो सुधार्ने तरिका हो । खेर गएको जग्गालाई उपयोग गर्ने नीति हो । किसानलाई स्वालम्वी बनाउने प्रविधि हो । हुम्लाका गाउँघर वरपर छरिएर रहेका साधनहरूको प्रयोगबाट हरियो मल, झोल मल, गोठे मल, गीतिमल, घुरेनमल, जुडेल्नोमल जस्ता जैविक स्रोतबाट माटो सुधार भई उत्पादन बढ्ेर राम्रो आम्दानी गर्नसक्छौं । करेसाबारी, एयरलेरीङ, तातो नर्सरी, आकासे नर्सरी, घरेलु नर्सरी, एफ्रेम, हरियोबार फार्म फरेष्ट्री जस्ता विविध प्रविधिहरूको प्रयोगबाट विभिन्न जातका वनस्पतिको घरेलुकरण र व्यावसायिकरण गर्न सकिने सम्भावना रहेको छ । विभिन्न प्रकारका ग्राफ्टीङबाट विभिन्न प्रकारका फलफुलहरूलाई विकसित गर्न सकिने देखिन्छ । उदाहरणको लागि ग्रीनहाउस, फलफुल नर्सरी, बधुवा पशुपालन र पशु आहरामा समेत सुधार हुँदै छ । यो पर्माकल्चरको व्यावहारिक प्रयोग हो । लैङ्गिक असमानता, पैतृक अधिनायक, एकल सोच, जीविकोपार्जन खेती, अत्याधिक वन विनास, अत्यधिक मात्रामा अप्रमाणित र हाईब्रीड बीउ र प्लान्ट क्वारेन्टाइन नगरीएका बोटविरुवाहरूको आयात, क्षणिक कार्यक्रममुखी सोचलाई हटाएर लैगी¨क समानता र समुदायवादी, प्रमाणिकरण भएको बीउ विजनको प्रयोग, विषादी र रसायनिक मलमा न्यूनिकरण र कटौती गरी जैविक तथा प्राङ्गरिक मलको प्रयोग गरेर पर्माकल्चरमा आवद्ध समुदाय तथा आत्मनिर्भर कृषि शिक्षा भएकोले यो माटो, हावापानी, भूगोल, व्यक्ति, समाज र समय सुहाउँदो छ ।  मान्छे बगाई जग्गा भत्काई बिगारी दिस् घट्ट बाँझा गणा बुका खेतको को ल्याइदेला कट्टठ         — उठ ! अब हुम्ला कर्नाली  / सुझाव ढकाल पर्माकल्चर दिगो कृषिको नाम हो । यो समय आवश्यकता हो । जलवायु परिवर्तनको प्रभावबाट बच्ने उपाय हो । माटो सुधार्ने तरिका हो । खेर गएको जग्गालाई उपयोग गर्ने नीति हो । किसानलाई स्वालम्वी बनाउने प्रविधि हो । प्रकृतिको विविधतालाई अनेकतामा र अनेकतालाई विविधतामा बदल्ने कृषि दर्शन हो । संस्कृति, प्रकति र वैज्ञानिक तौरतरीकालाई समायोजन गर्ने एक नवीन कृषि दर्शन हो । यसलाई कुनै गैससको नाम, काम र दाम कमाउने प्रतीक रुपमा नभै २० बर्षे दिर्घकालीन कृषि विकास कार्यक्रम, राष्ट्रिय योजना तथा कृषि नीति नियमहरूको लागि मुख्य सवाल बन्नुपर्छ । तब मात्र राष्ट्रिय लक्ष्य र योजनाको कृषि नीति नियमको सफल गतिविधि बन्ने छ । यसलाई व्यापक बनाउन सबै क्षेत्रबाट आवश्यक सहयोग र सञ्जाल बढाउनु पर्छ ।  विश्व जैविक खेती प्रणाली र नीतिमा फर्केको मौकामा पर्माकल्चर कृषि शिक्षा गतिलो सवालको मार्ग बन्ने छ । यसको प्रतिनिधित्व गर्ने राष्ट्रिय सञ्जाल नेपाल पर्माकल्चर समुह हो । यसमा नेपालभरी पर्माकल्चर कृषि दर्शन अपनाउने व्यक्ति, समुह र संस्थाहरूको वार्षिक भेलामा अनुभव आदान प्रदान गर्ने मञ्च समेत हो । यसले पर्माकल्चर कृषकका अनुभव साँटफेर गर्दै क्षमता अभिवृद्धि र स्तरीकरणका लागि पहल गर्छ, गराउँछ । साथै पर्माकल्चर डिजाइन कोर्सको लागि प्रशिक्षण सममेत दिने काम गर्छ । यस्ता कामहरूले हिमाली भेगका उच्च भूभागीय धरातलको बाह्रै महिना प्रयोग गर्ने काममा सहयोग गर्ने देखिन्छ । माटोलाई पनि जस्वन्त बनाउन पहल गर्छ । वातावरणको संरणका लागि उर्जा थप्छ । हुम्ला जस्ता विविधतायुक्त तर पिछडिएको समाजको उठानमा यो व्यावहारिक कृषि प्रणाली उपयोगी बन्न सक्छ । जय गृहस्थी ! उठ उठ ! किसान दाजुभाइ, खेतीपाती गर्न  आयो पर्माकल्चर कृषि शिक्षा, उज्यालो छर्न  Karnarokaya994@gmail.com

हुम्लाः संस्कृतिको घर, प्रकृतिको वर

हुम्लाः संस्कृतिको घर, प्रकृतिको वर

६७० दिन अगाडि

|

१८ साउन २०८१

                                                                                                                                                               हुम्लाको वसन्ते पर्व चैतलो । नया नया ह्युँ पड्याको, काँ कोरु कटुकी      खाई हाँलु कि खल्ती हालुँ, दूधको बटुकी  संस्कृति र प्रकृतिको धरातलीय रेखाचित्रका अनेकौं दस्तावेजहरूलाई हिमशिखरको काखमा जोडी नयनको रुपमा रहेका दूधेकुण्ड र लडेकुण्डहरू प्रकृतिमा भएका देवकीय अर्थात् सत् र आसुरी अर्थात् खराब आत्महरूलाई सन्तुलनमा राख्न प्राकृतिक तराजुको काम गरेको छ । जहाँको पबित्र जलले सिञ्चित जडिबुटीहरूले मानव तथा प्राकृतिक भूगोललाई प्रत्यक्ष र परोक्ष रुपमा प्रभाब पारेको छ ।  बदलिंदो विश्व परिवेशमा हुने खाने देशहरूको प्राकृतिक तथा मानवीय स्रोत संसाधनहरूको अति दोहनका कारण एकातिर विनासको लहर बढ्दो छ भने अर्कातिर त्यसको प्रभाब व्यापक रुपमा बढ्दै गएको छ । प्रकृति र संस्कृतिको संघारका रुपमा चिनिएको छ हुम्ला । यसैले पनि विविधतायुक्त छ यो जिल्ला । यहाँको गैरकाष्ठ वनपैदावारले जिल्लालाई प्राकृतिक स्रोत साधनको धनी भूगोलका रुपमा चिन्ने र चिनाउने गर्छ । तर पनि प्रकृतिमाथि मानवीय कलुषित भावनाका कारण हुम्लामा दिनप्रति दिन प्राकृतिक निधि र विधिहरू नाश हुँदै गएको छ ।  अमिवा आकारको हुम्लामा अनेकौं प्रकारका विविधता पाइन्छन् । नेपालको कुल क्षेत्रफल १,४७,१८१ वर्ग किमि क्षेत्रफलमध्ये हुम्ला ६,०१२ वर्ग किमि क्षेत्रफल रहेको छ । राष्ट्रिय भूगोलको ३.८५ प्रतिशत भूभाग हुम्लाले ओगटेर देशकै दोस्रो जिल्लाको स्थान पाएको छ । यो जिल्ला समुद्र सतहबाट ४ हजार फिटदेखि २४ हजार ६४ फिटसम्मको उचाईमा रहेको छ । सदरमुकाम सिमकोटको उचाई ९५०० फिट छ । यो जिल्ला पृथ्वीको २९०३५’ देखि ३००३५’ उत्तरी अक्षांस र ८१०१५’ देखि ८२०३०’ पूर्वी देशान्तरका बीचमा रहेको छ । यो जिल्ला साविक २७ गाविस, ९ इलाका र १ निर्वाचन क्षेत्रमा विभाजित थियो भने हाल एक संघीय निर्वाचन क्षेत्र, दुई प्रादेशिक निर्वाचन क्षेत्र, ७ गापा, ४४ वडा र जिल्ला समन्वय समिति सहितको राजनीतिक विभाजन रहेको छ ।   यो जिल्लाको भूबनोट तथा हावापानी तीन प्रकारको छ । हिमालय तथा उच्च पहाड क्षेत्र ११००० देखि २४०६४ फिट, होचो तथा पहाडी क्षेत्र ५००० देखि ११००० फिट र नदीको वेँसी क्षेत्र ४००० देखि ५००० फिटसम्मको उचाईमा रहेको छ । यहाँ शितोष्ण, समशितोष्ण र उपोष्ण हावापानी रहेको छ । यस जिल्लाका प्रख्यात नदीनाला, छहरा, ताल, कुण्ड र तप्पनहरू छन् । हुम्ला कर्नाली नदी कैलाश मानसरोवरको समीपमा रहेको च्छोलङकारी तालबाट उद्भव भएर माप्चा नदीको नाममा प्रख्याति पाएको छ । हुम्ला कर्नाली नदी जिल्लाको मध्य वक्षस्थलमा नागवेली भएर बगेको छ ।  हुम्ला जिल्लाको ऐतिहासिकतालाई केलाउँदा विसं ६६३ देखि विसं २०८१ सम्म १४१८ वर्षको कालखण्डमा कर्नाली प्रदेशको इतिहासलाई केलाउँदा धेरै उथलपुथल भएको पाउँछौं । ग्याल्बु गेसरको विशालकाय लोकगाथा, राजा नोर्जाङका लोककथाहरू, चार्ची, फाक, धमारी, माँगल र देउडा गीत हुम्ली जनजीवनको आवाज बनेको छ ।  राज्यले उपेक्षा गरे पनि विभिन्न समयमा विभिन्न विद्वानहरूको अथक योगदानस्वरुप कर्नालीको ऐतिहासिकताका बारेमा अध्ययन गर्नेहरूमा युरोपमा पादरी एन्टोनियो आन्डडा, विलियम मुरक्रोफ्ट, ह्यामिल्टन, राहुल साँस्कृत्यायन, कर्कपेट्रिक, स्वामी प्रभावानन्द, प्रो।रामरुहल, कोर्नेल जेष्ठ, टोनी हेगन, दितरे शुद्धु, जोसेप टुची, टेरी व्याग, बेरीबिसप, योगी नरहरीनाथ, रामनिवास पाण्डे, डा।राजाराम सुवेदी, डा।सूर्यमणि अधिकारी, रत्नाकर देवकोटा, पूर्णप्रकाश नेपाल यात्री, सत्यमोहन जोशी, चुडामणि बन्धू, प्रदिप रिमाल, स्थीरजङ्गबहादुर सिंह, डोरबहादुर बिष्ट, मोहनप्रसाद खनाल, श्रीकृष्ण गौतम, रमेश खड्का, हुमकान्त पाण्डे लगायतका धेरैको लगानी रहेको छ ।  स्थानीय लेखक, पत्रकार तथा साहित्यकारहरूमा छक्कबहादुर लामा, गोरखबहादुर बोगटी, जयबहादुर रोकाया, कर्णबहादुर रोकाया, डा मानबहादुर रोकाया, डा दिनेश रोकाया, डा बिनु रोकाया, कन्जोक लामा, लक्ष्मी ऐडी, जिग्मे लामा, डबलबहादुर महतारा, भिमबहादुर फडेरा,  डा दीपेन्द्र रोकाय, दीपक बुढा, माधुरी शाही, बसन्ती शाही, बखतबहादुर शाही, बसन्त रोकाया, कर्णबहादुर रावल, जनक महतारा संकेत, मनप्रसाद काफ्ले, गोरखबहादुर बुढा लगायतको उल्लेख्य योगदान रहेको छ ।  ॐ मत्रिमुदे सालेदु हुँ, ॐ मणि पदमे हुँ, ॐ चन्द सूर्य मरुत् जस्ता समन्वयात्मक सांकेतिक मन्त्रहरूमा छरिएर रहेका ताम्रपत्र, कनकपत्र, शिलापत्र, ताडपत्र, भोजपत्र र स्मृतिपत्रहरू पनि प्राकृतिक साधान स्रोतहरूको बाहुल्यता रहेको छ । ॐ मत्रिमुदे सालेदु हुँ, ॐ मणि पदमे हुँ, ॐ चन्द सूर्य मरुत् जस्ता समन्वयात्मक सांकेतिक मन्त्रहरूमा छरिएर रहेका ताम्रपत्र, कनकपत्र, शिलापत्र, ताडपत्र, भोजपत्र र स्मृतिपत्रहरू पनि प्राकृतिक साधान स्रोतहरूको बाहुल्यता रहेको छ । जहाँ कोरिएका, लेखिएका तथा संग्रह गरिएका कथा, व्थथा र गाथाहरूमा उल्लेख भएको छत्तीस कर प्रणाली रहेको थियो । कर्नाली साम्राज्यको आर्थिक मेरुदण्डलाई बलियो बनाउने काममा प्राकृतिक स्रोत साधनहरू भएका, रहेका र छरिएका खानी, पानी, जडिबुटी, पात, पतकर, घाँस, दाउरा, स्याउला, सोतर, झ्याउ, च्याउ, ल्याग्रु, ईरु, ऐंजेरु तथा अन्य विभिन्न प्रकारका वनस्पतिहरूले सम्पन्न बनाएका प्रमाणहरू छन् । यसैले भनिन्छ “आकासको इगडी, पातालको निध” भन्ने कुरा नै यसकै प्रमाण हो । पुस हिउँ शिला, माघ हिउँ बिला नाम अनेक भए पनि एरोमाथेरापी, हाइड्रोथेरापी, एपीथेरापी, ग्रेनथेरापी, स्टोनथेरापी, फायरथेरापी, सनथेरापी, मडथेरापी, नेचुरलथेरापी र रेजीनथेरापी जस्ता विभिन्न प्रकारका उपचार विधि र विधानको प्रयोग गरेर जीवनलाई स्वस्थ, स्वच्छ र निर्मल बनाउने काम गरेको पाइन्छ । यसैले त हाम्रा अग्रजहरूको आयु दीर्घजीवी भएको अनेकौं उदाहरण पाइन्छन् । यसैकारण पनि हिउँलाई एक प्राकृतिक औषधीका रुपमा मान्ने र जान्ने हुम्ली संस्कृति भएकोले नै “पुस हिउँ शिला, माघ हिउँ बिला” भन्ने वैज्ञानिक कथ्य र तथ्यको झड्को दिन्छ । त्यसैले पनि हिउँ खाएको जौ धेरै रोगको उपचारका लागि प्रयोग गरिन्छ ।   हुम्ली संस्कृतिको सम्बन्धसँग जैविक विविधताका उर्बर सम्भावनाहरूले आय आर्जनको अवसर प्रदान गरेको छ । जसरी हुम्ला प्राकृतिक तथा सांस्कृतिक रुपमा विविधतामा चित्रित छ । त्यसरी नै सामाजिक संस्कारहरूको विविधतालाई एकतामा अनेकता र अनेकतालाई एकताको मालामा गाँसेको छ ।  त्यसको उदाहरणहरूमा स्याँडाको लसुन, खगालगाउँ र बराईँको रातो चिनु, बरागाउँ र तोर्पाको खिस्से फापर, बुराउँसेको चोती कोइरा, पुमाको गहुँ, सिमकोट र रिमीको जौ, रायाको कोदो, थालीको उवा, दार्मा मिमीको धान, दुल्ली र पिप्लाङको मकैहरूको चर्चा परिचर्चा हुन थालेको छ । लेख, दोजाम, हेप्का, तांगिन, यांगुगाउँहरू महका घारहरूका उपमा भएका छन् ।                                                                                                                                                              हुम्लाको बहुउपयोगी अन्न चिनु । जब जंगलमा खेर गएका चुली, खाम्बु, आरु, धुपी, रिगा, तारुचुक, भाँगाविलो, डिम्बर, वनजीरा, वनलसुन, लौठौ, ढँडेलो, चुत्रो, दारिम, च्याउ, स्याउ र झ्याउ जस्ता विभिन्न किसिमका फलफुल, पातपति¨र सबै आम्दानीका स्रोत बन्दैछन् । यसबाट घरेलुदेखि व्यवसायी उद्योगका रुपमा स्थापना हुन थालेका छन् ।  अहिले यी कुराहरूसँग समायोजन गरी दिगो, सस्तो र सरल प्रविधिको हस्तान्तरणका उदाहरणहरू स्वरुप आधुनिक घट्ट, सोलार ड्रायर, डोकेचुलो, सुधारिएको चुलो, झोल विषादी, झोल मल, आलु चिप्स, रष्टिक स्टोर, ग्रीनहाउस, गँडयौला मल, बीउ विकास बैक, जैविक चिया, खामुको तेल, ढँटेलाको पीना, हरियो बार, महको प्रशोधन, जडिबुटी खेती र यस्ता विभिन्न किसिमका गतिविधिहरूले गर्दा ब्यापार, व्यवसाय र रोजगारीका अवसरहरूको पनि सिर्जना गर्ने काममा सकारात्मक सूचकहरू देखा परेका छन् ।  वनस्पतिको बास्नादार सुवासको लाभा छाउँछ । कितपतङको सांगीतिक जाभा चल्मलाउँछ । वर्षको एक बाली पाक्ने यी गाउँ ठाउँहरूमा वैशाखदेखि जेठसम्म नाफल, फापर, उवा, जौ, तोरी, चोती, कोइरा, कला, चिनो र कागुनो छरेर असोज कार्तिकमा मात्र पाकेर थन्क्याउने गरिन्छ । यी दुई महिनाले बाँकी ७, ८ महिनाका लागि मान्छे र पशुवस्तुहरूको गाँस, बास र कपासको व्यवस्था गर्नैपर्छ ।                                                                                                                                                                          तिलखुरो बनेलु फल छ्याङमा राखिएका विभिन्न जडिबुटीबाट बनाइएको मदिरा औषधीको रुपमा प्रयोग गरिन्छ । चीरु र फुरुलाई सम्पन्नता र विपन्नताको रेखा मानिन्छ । यो पनि पछिल्लो समय संक्रमित छ । बचाउने कि नयाँ स्वीकार गर्ने ? यसैले पनि हाम्रो समाज परसंस्कृतिकरण र आत्मीकरणको दोधारमा अल्झेको छ । यसैले पशुपालन जीवनको आधार बनेको छ । चौरीका लस्करहरूले जीवित स्पन्दनको आभा दिन्छ । हुम्लाको भाषिक पुरात्तत्व, सांस्कृतिक मानवशास्त्र, पर्यावरणीय संस्कृति, जातीय निधि र विधिहरूको अथाह स्रोत र साधनहरूको धरातलमा प्रकृतिको व्यापक प्रभाव परेकाले पर्यावरणीय भूगोललाई एक खुला विश्वविद्यालयको अर्थशास्त्र मान्न सकिन्छ ।  भनिन्छ कि हुम्ला सम्भावना र अवसरहरूको मेल्टीङ पट, माइल स्टोन, हर्बेरीया, फूलबारी र सप्तरङ्गी क्यानभास हो । र, त जैविक नमुनाका गाउँहरूमा माँसपुर, लिमी, चाला, नेप्का, राँती, निमागाउँ, लेख, याङ्गु, यारी र तम्मु अनेकौं छन् । जहाँका किसानहरूले जानी नजानी जैविक कृषिलाई नै जीविकोपार्जनको उत्तम पेशाको रुपमा अँगालेका छन् । तर पनि वैधानिक रुपमा जैविक कृषिलाई अँगालेर नमुना किसानहरूको उपाधि पाउने गाउँ लाङदुक हो । यहाँको सांस्कृतिक धरातलमा प्रकृतिको उपस्थितिलाई सहअस्तित्व, सहकार्य र सहकारीको रुपमा हुम्लीहरूले अँगालेका छन् । कामहरू सँगालेका छन् । दामहरू जम्मा गरेका छन् ।  नेपालमा सामुदायिक वन उपभोक्ताहरूको हक अधिकारको स्थापना, संरक्षण र सम्बद्र्धन गर्ने अभिप्रायले २०५२ जेठ १८ गते सामुदायिक वन उपभोक्ता महासंघको स्थापना भई हालसम्म विभिन्न सामुदायिक वन उपभोक्ता समुहहरूको सवाललाई स्थानिय तहदेखि राष्ट्रिय, अन्तराष्ट्रिय तहसम्म पैरवी र वकालत गर्दै आएको छ । यसले वन र वन व्यवस्थापनको कामका बारेमा व्यापक जानकारी र सन्देश दिन सफल भएको छ । यो विश्वको लागि एक नमुना अभ्यास पनि हो ।  नेपालमा सामुदायिक वनको नीति लागु भइसकेपछि यसका सकारात्मक तथा नकारात्मक कुराहरूको प्रभाव व्यापक रुपमा देखिन थाल्यो । यसले कर्नाली क्षेत्रको अर्थ सामाजिक क्षेत्रका भूइँचालो ल्याइदियो । एकातिर परम्परागत पशुपालन व्यवसाय लोप हुन थाल्यो भने अर्कातिर प्राकृतिक स्रोत साधनहरूमा स्थानीय समुदायको सहभागिता, उपयोगिता तथा व्यवस्थापनमा प्रत्यक्ष संलग्नता बढेर लोकतान्त्रिक अभ्यास हुन थाल्यो । यो कामले परेको दरार अझैसम्म पनि पुरिन सकेको छैन ।  यसले एकातिर वर्षौदेखि खेर गइरहेका प्राकृतिक स्रोत साधनहरू आय आर्जनको माध्यमका रुपमा रुपान्तरण भए भने अर्कातिर विकासका लागि स्थानीय स्रोत साधनको माध्यमबाट उपयुक्त प्रविधिको विकास विस्तार र हस्तान्तरणले समुदायको जीवनस्तर उकास्ने काममा सहयोग गर्ने कुरा प्रमाणित भयो ।  यसका केही उदाहरणहरूमा मेखालागाउँमा गठित रोचा सावउसको वनबाट संकलन गरी बेचिएको रकमले पेल्टिक सेटबाट बिजुली उत्पादन गरियो । यसपछि साविक मिमि गाविसको ऐडीबाडा, साविक दार्मा गाविसको रिमी, बोहराबाडा, साविक बरगाउँ गाविसको लाङदुक, साविक मेल्छाम गाविसको मेल्छाम, साविक खार्पुनाथ गाविसको दुर्पा, साविक सिमकोट गाविसको खाद्दक र पाँवाडा गाउँमा आधुनिक घट्ट निर्माण गरिने काम भएको थियो ।  पछिल्लो समय विकाससंगै विनाश पनि आउँछ भने झैँ केही मात्रामा भ्रष्टाचार, विनाश, विकृति पनि मौलाउन थाल्यो ।  यसका अलावा विभिन्न गैससहरूले बिजुली, आधुनिक घट्ट, सोलार, ग्रीनहाउस, फलफुल बगैंचा, नर्सरी, जडिबुटी खेती, पशुपालन, सहकारी र उपयुक्त प्रविधि प्रयोग र हस्तान्तरणमा सहयोग पुर्याई नयाँ आयाम थप्ने काम गरेका थिए । यसबाट सामुदायिक काम कार्यहरूका लागि महिला, दलित, जनजाति तथा विपन्न वर्ग तथा समुदायहरूको सहभागिता पहुँचको कुरामा बहसका साथै जनसहभागिता, पारदर्शिता र प्रतिबद्धताका सवालहरू बहसमा आएका हुन्, भलै लामो समयसम्म लागु नभए पनि । पछिल्लो समय विकाससंगै विनाश पनि आउँछ भने झैँ केही मात्रामा भ्रष्टाचार, विनाश, विकृति पनि मौलाउन थाल्यो ।  हुम्ला जिल्ला सम्भावनाहरूको सरोवर भएको हुनाले यहाँका प्राकृतिक तथा सांस्कृतिक साधन स्रोतहरूको समुचित रुपमा प्रयोग हुने सकेको खण्डमा यहाँको अर्थतन्त्रलाई व्यापक रुपमा सहयोग पुग्ने देखिन्छ । यसका लागि विभिन्न क्षेत्र, विषय, रुचि, चाहना र स्तरका समुदायहरू माझ समतामुलक विकासस, चेतनालाई प्रत्येक व्यक्ति, घरदैलो र समुदायको स्तरमा पुर्याउने कुरा नै पहिलो चुनौती हो ।  के काठका औजारहरू ? के स्थानीय हस्तकलाका प्रशाधनहरू ? के खानाका परिकारहरू ? के उपयुक्त सीप र प्रविधिका प्रचलनहरू हुन् ? के विभिन्न प्रकारका जडिबुटीहरूको प्रयोग र व्यापार ? यस्ता सम्पदाहरूको समुचित रुपमा खोज, संरक्षण, विकास र विस्तार गर्ने समय आइपुगेको छैन र ? त्यसले नै सम्भावनाहरूले अवसरहरूको खोजी गर्छ । अवसरहरूले रोजगारीको सिर्जना गर्छ । रोजगारीले आयमा सबलता ल्याउँछ । आयले व्यक्ति, घर, गाउँ, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म बढाउनमा सहयोग गर्छ । सहयोग नै सामुहिक भावनाको आधार हो । यो आधार नै सद्भावको सदाचार हो । सदाचारले सीप, प्रविधि र प्रवृत्तिको प्रचार प्रसार गर्ने काममा टेवा गर्छ । यसैले हुम्ला सुनको थालीभित्रको मिठो परिकार मात्रै नभएर अवसरको स्रोत पनि हो ।  आम मानसिकता चामल फोविया हुम्ला साधन र स्रोतले अत्यधिक धनी भईकन पनि उचित रुपमा परिचालन र व्यवस्थापन नहँुदा आम मानसिकता चामल फोविया, फास्टफुड फोबिया, झिनीगिन्टी मेनिया, मैदा मेनिया र गैससको राहतमा रुमलिएको छ । वनमा आगो लगाउने बहादुर नाममा चिनिन्छ । कालोधन्दा गर्ने धनीमानीको अग्रपंक्तिमा गनिन्छ । तर प्रकृति र संस्कृतिको समुचित प्रयोग गर्नु नै आजको आवश्यकता हो । यसैले, कुनै पनि कुराहरूका लागि जानकारी, बहस, छलफल र सन्देश प्रवाह गर्नु अति आवश्यक पर्छ । त्यसका लागि सीप र आम्दानी आवश्यकता पर्छ । आम्दानीले व्यावसायिता दिन्छ । व्यावसायिकताले प्रविधिको हस्तान्तरण गर्छ । प्रविधिले सचेतना बढाउँछ । सचेतनाले सञ्चार र सन्देश दिन्छ । सञ्चारले ज्ञानविज्ञानको खोजी गर्ने कार्यमा सहयोग गर्छ । खोज अनुसन्धानले जागरण ल्याउँछ । जागरण नै समयको परिवर्तन हो । परिवर्तनले नै समय, व्यक्ति, समाज र युगलाई नयाँ नयाँ रुपमा रुपान्तरण गर्छ, विकास गर्छ र निकास दिन्छ ।         पछिल्लो समय देखिएको वायोपाइरेसीको समस्या हो । यसका बारेमा जानकारी दिन आवश्यक रहेको छ । यदि कुनै पनि जैविक स्रोतहरू जस्तै वनस्पति, जीवजन्तु, सूक्ष्म जीवाणु, आनुवाशिंक वा वंशाणुगत श्रोतहरू वा तिनका कुनै अंश वा कुनैपनि स्थानीय ज्ञान, सीप, सूचना आदिको संकलन, अध्ययन तथा व्यवसायीकरण सम्बन्धित स्रोत–समुदाय वा स्रोत–राष्ट्रसँग पूर्वसूचना तथा पूर्वस्वीकृति नलिइकन कसैले हासिल गरी एकाधिकार जमाउदँछ अथवा चोरी गर्दछ भने त्यसलाई वायोपाइरेसी भनिन्छ ।  यो शब्द बायो  अर्थात् ‘सजीव’ वा ‘जीव’ र पाइरेसी अर्थात ‘चोरी’ शब्दहरू मिलेर बनेको हो । यसरी उक्त बाहिरी व्यक्ति वा संस्थाले उक्त जैविक विविधता वा ज्ञान सीपमा एकाधिकार प्राप्त गरेपछि त्यही ज्ञान सीप तथा सम्पदाको प्रयोगलाई रोक लगाउन सक्छन् । यसरी एकाधिकार प्राप्त गरेपछि कृषक, समुदाय, राष्ट्रले आफ्नै परम्परागत ज्ञान, सीप र सम्पदाको पनि त्यसै उपभोग गर्न पाउँदैनन्, उपभोग गरेवापत कर, सलामी तिर्नुपर्ने हुन्छ ।  हाल सालैको एक प्रतिवेदनले केही अफ्रिकी मुलुक  लगायतका विश्व विभिन्न देशहरूमा सयौं वायोपाइरेसीका घटनाहरू घटेको जानकारीमा आएको छ । खास गरी विकासोन्मुख मुलुकहरूबाट यसका जैविक विविधताहरू दिनानु दिन ह्रास हुँदै गइरहेको छ । यसैले पनि समुदायस्तरमा बायोपाइरेसीका बारेमा व्यापक सचेतना जगाउनु पर्ने आजको आवश्यकता हो ।  हाम्रो ज्ञान, सीप र सम्पदाको लेखाजोखा राखी भविष्यमा आइपर्ने यस्ता वायोपाइरेसीको रोकथामका लागि हामीले तुरुन्तै उचित कदमहरू चाल्नुपर्ने हुन्छ । वायोपाइरेसीको रोकथाम गर्न र स्थानीय संघ संस्थाहरूले स्थानीय जैविक रैथाने ज्ञानको पञ्जीकरण गरेर त्यसका विविधताको अनुसन्धान गर्दै सदुपयोग गर्न अग्रसर हुनुपर्छ । यसबाट वायोपाइरेसीलाई नियन्त्रण गर्न सकिन्छ ।  हुम्ला डायरीका स्तम्भकार कर्णबहादुर रोकाया, ग्रामीण पत्रकारितालाई आधार बनाएर कर्नाली प्रदेशको हुम्ला जिल्लाबाट साढे दुई दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहनु भएको छ । 

बनायौ विधान अनि भन्ने संविधान ?

बनायौ विधान अनि भन्ने संविधान ?

६७२ दिन अगाडि

|

१६ साउन २०८१

प्रारम्भः नेपालको संविधान लेखिएको हाते पुस्तक पढौं एकपटक । कभरमा संविधान लेखियो र कानुनका विद्यार्थीहरु समेतले यसलाई संविधान नै बुझे । म राजनीति शास्त्रको विद्यार्थी भने फरक ढंगले बुझ्ने कोशिश गर्दैछु, यो दुस्साहस पनि हुन सक्छ । तर मेरो अन्तरमनले यो विधान हो भन्छ श्री ३ जंगवहादुरले १९१० सालमा जारी गरेको मुलुकी ऐनजस्तै ।  हालसम्म ७ संविधान नेपालमा जारी गरेको कानुनी इतिहास पढाइए पनि ती सबै विधानको रुपमा थिए र एकल नश्लीय शासन कायम राख्न नेपाल राज्यको संरचना गरे । त्यसैले, विधानको संशोधन सनद जारी गरेर हुँदै आएको घटना यसपटक पनि संशोधनको सवालसंग जोडिएर आए आश्चर्य मान्नुपर्ने छैन । नयाँ सरकार बनाउन एमाले–काँग्रेसको गठबन्धन बन्यो । सहमति पत्रमा संविधान संशोधन उल्लेख भएको समाचारहरु पढ्न पाइयो । दलका नेतागणसमेत यसमा सहमत देखिए । उनीहरुको तर्क के छ भने अस्थिरता हाम्रो अनुभव हो र अब स्थिरताका लागि संविधान संशोधन गर्नुपरे पनि तयार हुनैपर्छ । रणनीतिक रुपमा उनीहरुको सहमतिको बुँदा यो पनि हो कि नेपालमा दुई दलको शासन हुनुपर्छ । सरकारको गठबन्धन दलका प्रमुख नेतागण पटक पटक यसबारे बोल्दै आएका पनि हुन् ।  हालको गठबन्धन सरकारको चरित्र लोकतन्त्रसंगत मान्न सकिन्न । लोकतन्त्रको आवरणमा पहिलो र दोश्रो ठूलो दल सरकार बनाउँदा सार्वभौम नेपाली जनताले कसरी पचाउने भए ? सवाल विचारणीय छ । तसर्थ, यो लोकतन्त्र नभएर दलतन्त्रमा रुपान्तरण हुँदै गरेको प्रष्टै छ । दलतन्त्रमा भ्रष्टाचारको कुरो अवश्यम्भावी छ, कारण वहुदलीय व्यवस्थामा हाल दलहरुको काम भ्रष्टाचारको एजेन्ट सरह हुँदा संसारभरि नै आलोचना हुँदै आएको छ । राज्यका सबै तह तथा अंगहरु दलतन्त्रको प्रभावमा निष्प्रभावी भएको सहजै अनुमान गर्न सकिन्छ । अझ स्थानीय तहको घिनलाग्दो कर्तुत नेपालमा कुरागरी साध्य छैन ।  त्यसो भए संविधान के होला ?  संसारभरि नै संविधान सभाबाट बनेका २२ देशका संविधान छन् । संविधानको स्प्रीट भनेकै समानता र समन्यायलाई लागु गर्ने राजनीतिक सहमति पत्र हो । तर पनि यसलाई देशको मूल कानुन भनि ठहर गर्छ । संविधानसभाबाट नेपालमा संविधान जारी गर्नुभन्दा अगाडि थुप्रै अन्तर्राष्ट्रिय महासन्धि, घोषणापत्रहरुमा हस्ताक्षर भए । तीमध्ये आइएलओ महासन्धि नं.१६९ अन्तरिम व्यवस्थापिका संसदबाट पास गरेको सर्वविदितै छ । यसको मर्म कहिंकतै यो संविधानमा प्रतिविम्बित भएको देखिन्न । सवाल यति मात्र होइन, शासक सम्भ्रान्तको गोर्खाली राज्यसत्ताको मनोदशा व्यवस्थित गरेको अनुभूति दिलाउँछ ।  त्यसो भए संविधान निर्माणबारे अरु देशको अनुभव के रह्यो त ? उनीहरुले आफ्नो देशको ल्याण्ड स्केप र सोसल स्केपको मिहिन ढंगले अध्ययन गरे । त्यसले पावर स्केपको म्याट्रीक्स र सिद्धान्त बनाउन सघायो । बुँदागत रुपमा उनीहरुले संविधानको विषयबस्तु तयार गरे । साथै, त्यसको सहमतिपूर्वक छिनोफानो गरे ।  संसदीय व्यवस्था नेपालको शासकीय स्वरुप ठहर गर्दा वहुलवादमा काँग्रेसले अडान लियो, त्यसलाई सम्बोधन नगरी धरै नपाउने । अर्को समाजवादउन्मुख अर्थतन्त्रमा माओवादी केन्द्रले अडान राख्यो, त्यसलाई पनि सम्बोधन गर्न कर लाग्यो । संविधान सेकुलर पोलिटिक्सको पक्षमा उभिन धर्मनिरपेक्ष राज्य घोषणा गरियो तर साँस्कृतिक अधिकार मौलिक हकमा लेखिएपश्चात फेरि धर्मनिरपेक्ष राज्य परिभाषित गर्नुपर्ने आवश्यकता किन पर्यो ? यी मेटाफिजिकल विषयवस्तुहरुले भ्रमहरु सिर्जना गर्न सघाए । यथार्थमा केन्द्रीयताको मनोदशाले ग्रस्त थिए दलका नेतागण र राजनैतिक सम्झौताको दस्तावेज भन्दै कानुनी र प्रशासनिक झमेला शासक सम्भ्रान्तको अभिष्ट थियो । किन विधान जस्तो संविधान ? नेपाली जनतालाई भ्रमित बनाउने र शासन गर्ने नीति अब स्वीकार्य छैन । अझ ग्राह्म ई.फुलरको मत सापटी लिने हो भने वर्तमान परिवेशमा संसारका आदिवासी जनता आफ्ना मालिकसंग शासन गर्ने शास्वत अधिकार छ भनि स्वीकार गर्न हदैसम्म अनिच्छुक देखिन्छन् । साथै, राष्ट्रवादी शक्ति तथा साँस्कृतिक पुनःउत्थानका शक्ति अब आफ्नो व्यवस्था आफैं दावी गर्न तयार देखिएका छन् । त्यस अर्थमा पुनर्जागरण कालका ज्ञान र त्यसमार्फत् अभ्यासमा आएको शासन व्यवस्था विस्तारै असान्दर्भिक हुँदै गएको छ । संविधान लोकतन्त्रको उपज हो । नेपालमा लोकतन्त्रको अभ्यास पुरानै हो । प्रथाजनित कानुनमार्फत् समुदायले लामो समय अभ्यास गरेको स्वशासन यहाँको सन्दर्भमा लोकतन्त्रको आधार बन्नुपर्छ । विकसित लोकतन्त्रको जग यसलाई मान्ने प्रचलन हालको सबै विकसित मुलुकमा छ । यसकारणले पार्टीहरुसमेत लोकतान्त्रिक मुल्य तथा राजनैतिक संस्कारयुक्त भएको दावी गरिआए ।  नेपालको सन्दर्भमा लोकतन्त्रको स्थापना समाजका एलिट र दोश्रो विश्वयुद्धपश्चात विश्व राजनीतिमा आएको उतार चढावले व्यवस्था परिवर्तन अकस्मात हुँदा त्यसका लागि यहाँका जनता अभ्यस्त हुनै सकेनन् । त्यसमा पनि उनीहरु आफ्नो बडीपोलिटिक कायम राख्न राज्य व्यवस्थासंग प्रतिरोध गरिरहे ।  संविधान संशोधनको विषय चर्चा गर्न लायक हुँदै होइन । अझ २०७२ सालमा जारी भएको विधान त यिनीहरुको लागि सर्वोत्कृष्ट ठहर हुँदै आयो । तर पनि एमाले–काँग्रेस गठबन्धन सरकार कृत्रिम रुपले संविधान संशोधन औचित्यपूर्ण सावित गर्न लागिपरेका छन् । संविधान संशोधनका लागि संविधान सुधार आयोग गठन गर्ने सम्बन्धमा इन्कार गर्दै सबै दलको सहमतिमा हुने बताउन थालेका छन् । यसमा विशेष छलफल चल्ने नै भयो र अलोकतान्त्रिक चरित्र बोकेका दलहरु समेतको सहयोगमा यसको संशोधन प्राविधिक रुपमा हुन्छ ।  अंकगणितको राजनीतिक हिसाब किताब मिल्दा यो गठबन्धनले रटान लगाउँदै आएको विश्वको उत्कृष्ट संविधान केन्द्रियतालाई बलियो बनाउने गरी मनपरी ढंगले काम गर्ला । विपक्षी आन्दोलनकारी कमजोर तथा उपायविहीन भएको वेला फास्ट ट्रयाकमा आफ्ना अवरोधहरु हटाउन कोसिस गर्लान् । तर, नेपाली जनतालाई थाहा भएकै कुरो हो कि संविधान राष्ट्रिय मुक्ति क्रान्तिको जगमा मात्र बन्ने अवस्था देखिन थालेको छ ।  यी शासन गर्न आतुर दलहरु विधान जारी गरे । हुकुम चलाउन तीन पार्टीका नेतागण जसरी संविधानको नाममा विधान ल्याए र संविधान संशोधनको नाममा सनद जारी गर्न लाजमान्ने छैनन्, त्यसले द्वन्द्व मात्र बढाउने काम गर्छ । त्यस अर्थमा संविधान संशोधनको नाममा समय खर्चिनुको अर्थ छैन । ज्ञान र हिम्मतको सम्मिश्रित रुप यदि सपना ठहर हुन्छ भने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान सैद्धान्तिक रुपमा शासनको लागि मार्गदर्शन गर्न सक्ने हुनुपर्छ । साथै, नेपाललाई बपौती (रियलस्टेट)को तहबाट राज्य (स्टेट)को तहमा रुपान्तरण गर्न हिम्मत देखाउने गरी हैसियत राख्नुपर्छ । त्यसको अर्थ साझा नेपाल निर्माणको लागि नयाँ राजनीतिक विचारधारामा स्टेटक्राफ्ट गर्न अग्रसर हुनैपर्छ । अन्त्यमा, नेपालमा राजनीतिक खेलको नियम बदल्न जरुरी छ । त्यसैले, विगतका लामो समयको वहिष्करण तथा सिमान्तीकरणमार्फत् भोगेका पीडामा मलहम लगाई उनीहरुको आत्मनिर्णयको हकलाई सम्मान गर्न सक्यौं भने संविधान संशोधनको लागि एक खालको वातावरण बन्न सक्छ । त्यसको लागि शेरवहादुर देउवाले कैलालीको एक इन्च सिमाना हेरफेर हुन सक्दैन भन्ने  मनोदशाबाट बाहिर आउनैपर्छ ।  त्यसैगरी प्रधानमन्त्री खडग प्रसाद शर्मा ओली जोखिम मोल लिएर भए पनि बहुलराष्ट्रिय राज्य नेपालको प्राकृतिक जगलाई स्वीकार गर्न सक्नुपर्छ । अबको संविधान यही बहुलराष्ट्रियताको जगमा व्यवस्थित गर्न सके वहिष्कृत तथा सिमान्तीकरणमा परेका जनताले अपनत्व ग्रहण गर्न सक्ने आधार दिन्छ ।  त्रिविबाट राजनीति शास्त्रमा एमफील लेखक हाल समान–नेपालको संयोजक हुनुहुन्छ ।  

युगले बिर्सेको जोधा कालीराम थारू

युगले बिर्सेको जोधा कालीराम थारू

७०३ दिन अगाडि

|

१६ असार २०८१

पोमराज शर्मा पञ्चायती कालमा जन्म भयो । पञ्चायती कालमै सारा बालाजोवन पुर्खाको बिर्तावाल नयाँ मुलुकमा रम्दै रमाउदै यहीकै धुलोमाटोमा साइनो गाँस्दै यौवन अवस्थाका झरिला र भरिला सपनाहरु यसैमाटोमा रोपियो। ती सपनाहरुमध्ये कति उम्रन नपाउदै यसै माटामा विलिन भए, कति उम्रेर पनि फुल्न फल्न नपाउदै अभाव,अनिकाल र अवसरविहिन मौसमले आफैसँग साथैमा लिएर गयो । अवस्था र व्यवस्था अनुकूलको अवसर अनि घरायसी वातावरणले साविकको मगरागाडी गाउँ पञ्चायतको जयनगरमा बसेर आफ्नो भविष्य खोज्ने प्रारम्भिक पढाइ अंशुवर्मा मा.वि.मा सुरुवात गरियो । कुरा वि.सं.२०३७ सालतिरको हो, जति खेर कक्षा १ को अनौपचारिक शिक्षा थालनी गरिएको थियोे । बर्दिया जिल्लामै राजनीतिक रुपले सुपरिचित क्षेत्र भएकाले सानैदेखि खुला तथा प्रतिवन्धित राजनीति नबुझी नबुझी नजिकबाट सुन्ने र देख्ने अवसर घरबाटै प्राप्त भयो । बहुदल निर्दलको जनमत सङ्ग्रह होस् वा ४० सालको वम विस्फोट घुर्मिलो घुर्मिलो आवाज सुनिएको थियोे । विद्यालयको रुग्ण भौतिक अवस्था सुधार गर्न मगरागाडीका तत्कालीन थारु जोधा श्री रामकिसुन थारु र कालीराम थारुले आफ्नो  बलबुताले प्रयास गरेका थिए । पञ्चायती व्यवस्थाका कट्टर समर्थक रामकिसुन थारु अनि बहुदलवादी कालीराम थारुबिच आपसी टकराब बढ्दै गयो । यसैबिच गाउँ पञ्चायतको आवधिक निर्वाचनको समय नजिकियो। त्यस बेलाका अंशुवर्मा मा.वि.का प्रधानाध्यापक बामदेव गौतम,स्व.शिक्षक देव रानालगायत बहुदलवादी नेता गोपाल गिरी, सर्जुप्रसाद राजी लगायतको आन्तरिक सल्लाहबमोजिम विद्यालयका सम्पूर्ण विद्यार्थी ,शिक्षक ,प्रजातन्त्रनावादी तथा वामपन्थी सम्पूर्ण जनसमुदाय कालीराम थारुको पक्षमा लागेर निर्वाचनको प्रचारप्रसार गरेको हिजो जस्तो लाग्छ । त्यसबेला कालीराम थारुलाई सबै मिलेर जिताउने अनि कालीराम थारुले आफ्नै लगानीमा विद्यालय भवन निर्माण गरिदिने आन्तरिक सहमति भए बमोजिम बाल्यकालमै उहाँको निर्वाचन चिन्ह माछा गाउँघरका भित्तामा मेरा कोमल हातले पनि बनाउन हौसिएका थिए । निर्वाचन भयो, थारु प्रजातन्त्रवादी जोधा कालीराम थारुले अत्यधिक मतले विजय हासिल गर्नु भयो र सम्झौता बमोजिम विद्यालय भवन निर्माण कार्य पनि प्रारम्भ भयो । तत्कालीन पञ्चायती शासनको दवाबमा कामलाई बिचैमा अर्धमृत बनाइयो तर कालीराम थारुको निडर स्वभावले कालान्तरमा उक्त भवनले पूर्णता पाइ छाड्यो। थारु जोधा स्व.कालीराम थारु शिक्षा क्षेत्रमा मात्र नभइ तत्कालीन अवस्थामा धधवार,मगरागाडी गाउँपञ्चायतका आम किसानका कृषक नेता पनि थिए । कृषि कर्मका लागि परम्परागत कुलापानी व्यवस्थापनका लागि पनि उहाँको नेतृत्वदायी भूमिका अविस्मरणीय रहेको छ। बबई सिचाइ आयोजना लागू नहुदा यस क्षेत्रमा कुलापानीको प्रमुख अर्थात् चौधरी भइ किसानलाई बबईबाट परम्परागत कुलो खनी बाह्रैमास सिचाइको व्यवस्थापनमा उहाँको ठूलो हात रहेको थियोे । सारा गाउँबासीको नेतृत्व गर्दै परेवा ओडारदेखि उत्तर बबई नदीमा परम्परागत शैलीमा बाँध बाँधेर ढुङ्गेबगरमा कुलो खनाइ  कुलापानी चलाउनु उहाँको वर्तमानको इन्जिनियरिङ भन्दा कम थिएन। सारा गाउँबासीको नेतृत्व गर्दै परेवा ओडारदेखि उत्तर बबई नदीमा परम्परागत शैलीमा बाँध बाँधेर ढुङ्गेबगरमा कुलो खनाइ  कुलापानी चलाउनु  कालीराम थारुको वर्तमानको इन्जिनियरिङ भन्दा कम थिएन। तीन चार दिनको रसद पानी लिएर घनघोर जङ्गलमा छाउनी बसाइँ सारा किसान कोर्तेवाहलाई नेतृत्व गर्नु कमता जोखिमपूर्ण थिएन । यस पङ्तिकार पनि वि.सं.४५/४६ सालतिर ३ ओसेरी कालीराम थारुको नेतृत्वमा बबईबाट परम्परागत रुपमा कुलो खनेर पानी ल्याउने महान कर्मको साक्षी हुने अवसर पाउने एक भाग्यमानी हो । पञ्चायतको प्रधानपञ्चको भूमिका मात्र नभइ दुईवटा पञ्चायतका सारा किसानलाई नेतृत्व गर्दै अदम्य सहासका साथ बबईको उर्लदो भेलमा आफू जहाँसम्म गएर नदीको मझधारमा उभिन सक्थे, उक्त स्थानसम्म बबई नदीलाई थुनेर पानी फर्काउनु उहाँको बयान गर्नै नसकिने आँट र सहास थियोे ।बर्दिया राष्ट्रिय निकुञ्जको बिचमा मध्यरातमा नै सारा किसानलाई उठाउनु अनि आफू अघि अघि सरी गाउँले किसानलाई परम्परागत शैलीमा आफ्नो  आवाजका भरमा नेतृत्व गर्दै कल्पनै गर्न नसकिने नदीको बगरलाइ एक हात लामो बेट र एक अगुलको भुत्ते फरुवाले ढुङ्गा खोस्रेर कुलामा पानी चलाउनु निलआर्मस्ट्रङले चन्द्रमा पाइला राख्नु र तेन्जिङले सगरमाथामा पाइला टेक्नु जत्तिकै कठिन अनि अगम्य कार्य थियो । स्व.कालीराम थारुको त्यो आँट अनि त्यो साहास अतुलनीय थियोे। ।                                                                                                                            लेखक पोमराज शर्मा यस क्षेत्रको विकास निर्माणका क्रममा मगरागाडी-तर्कापुर-खुन्तीपुर हुदै जब्दीघाट सम्मको बाटो खनाउदा होस् वा सोनापुर बुढी भवानीको मन्दिरदेखि औंरी कौवाकोरा सम्मको मूलबाटो खनाउदाको साहासिकता र व्यापक जनसहभागिता अविस्मरणीय अतुलनीय ऐतिहासिक थियोे त्यो क्षण। जुन उहाँको राजनीतिक र कुटनीतिक क्षमताको सदा साक्षी युग युगसम्म रहिरहनेछ । बदलिँदो समयको  क्रमसँगै त्यस्ता महान व्यक्तित्व र नेतृत्वलाई बहुदलपछिका नवराजनीति कर्मीले कता कता बिर्से जस्तो लाग्छ। त्यो व्यक्ति जसको एक आवाजमा सारा गाउँ जाग्थ्यो, त्यो व्यक्ति जसको एक हाँकमा सारा समस्याका पहाडहरु फोड्ने अदम्य सहास सारा गाउँवासीमा सिन्चित हुन्थ्यो ।आज त्यी युग पुरुष चिता अग्नीमा जलेर यस धराधामबाट बिदा भएपछि लाग्छ, सबैले उनलाई बिर्सेकै हुन् वा आजका मान्छे कृतघ्न भए । यस्ता महान साहासिक थारु जोधा स्व.कालीराम चौधरीलाई मेरो सत्सत् नमन्: । लेखक बर्दियाको बारबर्दिया–६, जयनगरस्थित अंशुवर्मा माविका प्रधानाध्यापक हुन् ।

रेशम चौधरीजी चेतना भया 

रेशम चौधरीजी चेतना भया 

७६३ दिन अगाडि

|

१८ वैशाख २०८१

विषय प्रवेश   रेशम चौधरीको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन टीकापुर, कैलालीमा २०८० पुस २६ देखि २८ सम्म सम्पन्न भएर केन्द्रीय समिति बन्यो । उक्त केन्द्रीय समिति हाल निर्वाचन आयोगद्वारा खारेज गरी पूर्व अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र उनको कार्यसमितिलाई नै वैधता दिइयो । यो घटनाले पार्टीको आन्तरिक शक्ति संघर्षमा रञ्जिता श्रेष्ठको हात माथि परेको र दुई गुटले अलग अलग काम गर्न थालेको अवस्थामा पुर्यायो । पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन बनाएपछि अझ नाउपाभित्र खिंचलो झन् सतहमै आएको हो ।  रेशम चौधरी निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुगे । कारण देखाऊ आदेश अदालतबाट जारी भयो । त्यसको जवाफ फर्काउने क्रममा रञ्जिता श्रेष्ठले सर्वोच्च अदालतबाट रेशम चौधरीको विषयमा भएको फैसला फौजदारी अभियोगमा दोषी करार गरेको र यसलाई उनले पाएको आममाफीले कैदमिनाहा सम्मको अर्थ मात्र दिने अभिव्यक्ति दिइन् । त्यसको अर्थ रेशम चौधरी राजनीतिको लागि अयोग्य ठहर्छन् । यही वयानको आधारमा नागरिक उन्मुक्ति पार्टीभित्र रेशमको अस्तित्वलाई चुनौती दिएको प्रष्ट हुन्छ । हुन त यो राजनीतिक पार्टीको बीऊसम्म अस्तित्व धारण गरेको राजनीतिशास्त्रीले स्वीकार गर्न मान्दैनन् ।  राजनीतिक खेल जोखिमयुक्त रहने गर्छ । शक्तिको संघर्षमा श्रीमान् तथा श्रीमतीको सम्बन्धले महत्व बोक्दैन । यहाँ त रेशम चौधरीले विवेक प्रयोग गर्न छाडी कार्यनीतिक चाल चल्न खोजेको मात्र देखिन्छ । कार्यनीतिक चाल परिणाम दिन असमर्थ हुँदा निराशाको अभिव्यक्ति दिने काम हुँदै आएको छ । राजनीतिमा शक्तिले ल्याउने परिणाम कार्यकर्ता तथा शुभचिन्तकको लागि अर्थपूर्ण हुनुले रेशम चौधरी थप कमजोर बन्नु नै नागरिक उन्मुक्ति पार्टीको अधोगति हो । अझ थप विग्रेर जाने अवस्था विद्यमान छ । पृष्ठभूमि  रेशम चौधरी खास गरी रेडियो पत्रकारितामा जमेको वेला रञ्जिता श्रेष्ठसंग प्रेम विवाह गरे । समय अन्तरालमा काठमाडौ, असन निवासी रञ्जिता टीकापुरको गर्मी खेप्दै जीवनको आधा उमेर विताइन् । उनी पनि श्रीमान् रेशमसंगै पत्रकारिता र पछि मिडिया व्यवस्थापनमा आफ्नो जीवन वाँच्ने तरिका रोजिन् । राजनीतिक जीवन दुवैको लागि नौलो भयो । हुन त रेशमले २०५१ सालको स्ववियु सदस्यको प्रमाण देखाउलान् तर त्यसपछि राजनीतिक जीवनभन्दा पनि व्यवसायिकता प्रमुख रह्यो । त्यसले दुइटैको जीवनलाई सहज बनाएको सत्य हो ।  पहिचानको आन्दोलनले रेशमलाई पनि छोयो । भावनात्मक अवस्था नै सही रेशम चौधरी थरुहट आन्दोलनमा सहभागीता जनाउने काममा लागे । दोश्रो संविधान सभामा सद्भावना पार्टीबाट टीकापुर क्षेत्रबाट उनी उम्मेदवार पनि भएकै हो तर सन्तोषजनक मत आएन । थरुहट थरुवान संयुक्त संघर्ष समिति २०७२ सालमा आन्दोलन शुरु गरेपश्चात टीकापुर क्षेत्रको संयोजक भएर रेशम चौधरीले विशाल आमसभा साउन २६ गते आयोजना गरे । त्यसले उनको नेतृत्वलाई स्वीकार गर्न माहोल तयार गरेको थियो ।  उनै रेशम चौधरीले टीकापुरमा २०७२ भदौ ७ गतेको विरोध कार्यक्रममा सहभागी बन्न अपील गरेका थिए, जहाँ राज्यले षड्यन्त्रमुलक ढंगले घटना घटायो । त्यसबेला थारु आन्दोलनकारी नैतिक हिसाबले कमजोर बनेका थिए भने डेढ वर्षे एक नावालकको हत्या भएको राज्य प्रायोजित घटनाले मानव अधिकारवादी संघसंस्था समेत राज्यको बोली बोल्न थालेका थिए । टीकापुर घटनापछि रेशम चौधरी भारतमा निर्वासन हुन बाध्य भए, यता थारु अगुवालाई छानि छानि मुद्दा लगाउने क्रम निरन्तर चलिरह्यो । २०७४ सालको आमनिर्वाचनमा रेशम राष्ट्रिय जनता पार्टी (राजपा)बाट उम्मेदवार भई भारी मतले विजयी हासिल गरे । रञ्जिता श्रेष्ठलाई आफ्नो वारेस बनाएर त्यो निर्वाचनमा उतारेका रेशम निर्वाचनमा विजयी भएसंगै जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गर्न पुगे । राजपाले रेशमलाई जेलमुक्त गर्न पटक पटक संसद अवरुद्ध गर्यो । सरकारले समेत यस विषयमा सकारात्मक हुँदै जाँदा शपथ ग्रहणसम्म गराए । दुर्भाग्य संसदमा उभिएर एक जनप्रतिनिधिको हैसियतले कहिल्यै बोल्न पाएनन् । रेशम चौधरी जेल सजाय काटिरहेकै समयमा यता छुट्टै राजनीतिक दल खोल्ने भए । अन्ततः रञ्जिता श्रेष्ठको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी गठन गरेर २०७९ को स्थानीय तथा आमनिर्वाचन उपयोग गरे । दुइटै निर्वाचनमा जनसमर्थन प्राप्त गरेसंगै शक्ति सन्तुलनमा आफ्नो हैसियत स्थापित गरे । राष्ट्रिय दलको मान्यता प्राप्त नगरेता पनि पार्टीको संसदमा चार सांसद तथा सुदूरपश्चिम प्रदेशमा ७ जना अर्थात् निर्णायक संख्याको विधायक निर्वाचित गरे । लुम्बिनी प्रदेशमा समेत चार विधायक निर्वाचित गराएसंगै पार्टीको नेता रञ्जिता श्रेष्ठ सर्वस्वीकार्य भएको हो ।  रेशम चौधरीको बिना शर्त रिहाइको माग लिएर सडक तथा संसदमा आवाज उठ्न थालेपश्चात सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठसमेत वाहिर नआउँदै गृहमन्त्रालयको सिफारिशमा मन्त्रीपरिषद्बाट माफी दिने निर्णय भयो । उक्त निर्णय सम्माननीय राष्ट्रपतिबाट स्वीकृत भएसंगै गणतन्त्र दिवसकै दिन उनी जेलमुक्त भए । पार्टीको संरक्षक रहेका रेशम चौधरी जीतको अनुभूत गरे । लगत्तै टीकापुरमा मारिएका इन्सपेक्टरको श्रीमतीले नेपाल सरकारको निर्णय बदर गराई पाऊँ भनि  सर्वोच्चमा मुद्दा दायर गरेको मुद्दा अदालतमा विचाराधिन छ । समस्या कहाँ छ ? पार्टी विधिले चल्नुपर्ने मान्यता त हुन्छ नै । अहिले रेशम चौधरी अथवा रञ्जिता श्रेष्ठ विधि मिचेकोले समस्या आएको बुझाइ पनि देखिन्छ । त्यसैले होला कार्यकर्ताहरु यी श्रीमान्–श्रीमती मिले मात्रै पार्टी सशक्त बन्ने भन्दैछन् । साथै भर्खरै रेशम र रञ्जिताबीच महासचिव ठाकुरसिंह थारुलाई साक्षी राखी बालुवाटारमा भएको भेटले राहत पाएको कार्यकर्तापंक्तिले महसुस गरेको छ । यो भावनात्मक पक्ष भएको बुझ्न जरुरी छ तर मुख्य विषय पार्टीको वैचारिक–सैद्धान्तिक धार स्पष्ट नहुँदा कार्यकर्ताको मनोविज्ञान खण्डित रहेको छ । वैचारिक–सैद्धान्तिक तयारी बिना मनोवैज्ञानिक आधार बन्दैन, न त अनुभूतपूर्ण आधार नै । त्यसैले, नागरिक उन्मुक्ति पार्टीभित्र समस्या मुख्य रुपमा वैचारिकीमै रहेको देखिन्छ । यो तथ्यलाई मनन गर्दा पार्टी एक ढिक्का बनाउन अब वैचारिक–सैद्धान्तिक तयारी नगरी धरै छैन ।  वैचारिक–सैद्धान्तिक तयारीबारे  नेपालको सरहदभित्र बडा नागरिक र छोटा नागरिकको अवस्थिति छ । नागरिकको समान हक संविधानले ग्यारेन्टी गरेको भन्दै गर्दा यहाँ आर्य खसको परिभाषा संविधानमा छ । त्यसैगरी, उच्च पहाडी भूगोलका पहिचानका संकेतहरु नेपाली सम्बोधन गरिए । भर्खरै सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्न पुगेको जागजाहेर छ । यी सबका बावजुद परम्परागत संस्कृतिलाई संरक्षण गर्ने नाममा हिन्दू मठमन्दिरहरुको निर्माणसंगै तिनको आत्मगौरव बढाउने चिनारीको प्रवद्र्धन गर्न तीनै तहको सरकार क्रियाशील छन् ।  राज्य औपनिवेशिकताले पहिचानको आन्दोलनमा लागेका समुहलाई राज्यविहीन बनाएको र उनीहरुको संस्कृतिलाई वस्तुकरण गरी बजारको साधन बनाउने प्रयत्न गरे । पर्यटन प्रवद्र्धनको नाममा देशभरि नै यसको उपभोग गर्ने गरेको सर्वविदितै छ । साथै सामाजिक प्रतिरोधी क्षमता विस्तारै कमजोर बनाउने परिपाटी विकास गर्न दलाल पूँजिवाद भित्र्याएको छ । संस्कृति लुट्ने क्रमसंगै भूमिप्रति गिद्देनजर लगाए । आदिवासी जनताको भूमि र प्राकृति श्रोतसंगको सम्बन्ध पहुँचविहीन बनाएको परिवेशमा शक्तिको श्रोत हाम्रो लागि के हो खुट्याउन सक्नुपर्छ । यी सब वैचारिक–सैद्धान्तिक धाराले स्पष्ट गर्छ । कारण कार्यदिशा, रणनीति र कार्यनीति यही वैचारिकीको जगमा ठोस गर्न सघाउँछ ।  नागरिक उन्मुक्ति पार्टीले आफ्नो कित्ता स्पष्ट गर्नु परेको छ । त्यो भनेको उदारवादी धार, कम्युनिष्ट मार्क्सवादी धार अथवा पहिचानको धार के हो किटानी गर्न सक्नुपर्छ । मलाई लाग्छ, पार्टीको एजेण्डा पहिचानको धार बोकेको बुझाउँछ । त्यसो हो भने पहिचानको धार कुन वैचारिकीको जगमा व्याख्या गर्ने हो ? यो दार्शनिकीय सवालको हल खोज्न नयाँ ज्ञानमिमांशा आवश्यक पर्छ ।  तर, हाल वैकल्पिक तथा नयाँ भनिएका दलहरु समेत कि उदारवादी धार बोकेका छन् कि कम्युनिष्ट मार्क्सवादी धार । यसले अन्यौलपूर्ण भविष्यको यात्रातिर डोर्याउँदै छ । सबै दलहरु संसारभर देखिएका अन्यौलपूर्ण अवस्थाको निकास दिन नसक्ने भइसके । उदारवाद तथा कम्युनिष्ट मार्क्सवाद एक हदसम्म सिमा ‘फेस’ गर्दैछ । थप पृथ्वी माताको अधिकार संयुक्त राष्ट्रसंघले पारित गरेपश्चात शासकीय वल्र्ड अडर बदल्न शुरु गरेको छ ।  पहिचानको धारप्रति झुकाव राख्ने दलहरुसमेत एकल आयामिक तवरले व्याख्या गर्ने परम्परागत बाटो लिएपछि उनीहरुसमेत अन्यौलमा छन् । त्यसको परिणाम हो कि वैचारिक–सैद्धान्तिक पक्षलाई वेवास्ता गरेर संगठन तथा संघर्षको बुझाइमार्फत् राजनीतिक दल बनाउन प्रयत्न गर्दै आएको । यथार्थमा थारु पहिचान आन्दोलनले थरुहट तराई पार्टी तथा नागरिक उन्मुक्ति पार्टी जस्ता राजनीतिक दलको गठन गराउने काम पुरा गर्यो तर लक्ष्यविहीन देखिदा सरकारमा हानथाप बढेको स्पष्ट छ । यसले पार्टी बनाउने चाहना योजनामा बदल्न नसकेर स्वार्थ समूह बनेको ठहर भयो । रेशमजी यो विषय गहिराईमा बुझुन् । अन्त्यमा, पार्टी स्थापना गर्ने र यसलाई उद्देश्यमुलक बनाउने जिम्मेवारी नेतृत्वको हो । रञ्जिता श्रेष्ठ पार्टी अध्यक्ष हुन् । उनको सीप र क्षमता राजनीतिक शक्ति निर्माणको लागि आवश्यक ज्ञान तथा अनुभवप्राप्त विज्ञको रुपमा होइन । रेशम चौधरीले आफूलाई सक्षम मान्नु उनको कमजोरी होइन तर आउने दिनमा पार्टीलाई नयाँ दिशा प्रदान गर्न वैचारिक–सैद्धान्तिक तहमा काम गर्न सक्नैपर्छ । पार्टी अध्यक्ष पदको लागि प्रतिस्पर्धा गर्ने कामले निरन्तरता पाए भएको शक्तिसमेत खेर जाने स्थिति बन्छ । त्यसबखत आफू पनि कमजोर भएको र शक्ति संघर्षमा अर्को संकट व्यहोर्न तयार हुने हो भने रेशम चौधरीलाई योजनाविहीन ढंगले काम गर्न छुट छ ।  भावनाले नेतृत्व प्रदान गर्न कठीन छ । अर्थात् नेतृत्व नै भावनात्मक ढंगले अगाडि बढ्न थाले, जुनै बेला पनि समस्या निम्तिन सक्नेछ । त्यसबखत समस्या समाधान गर्न सक्ने ठोस उपाय उनीसंग नहुने र सिंगो संगठन निराशामा फँस्ने छ ।  राजनीतिमा परिणाम सचेत धक्काले प्राप्त गर्ने हो । त्यसैले, स्वस्फूर्ततालाई माथ गरेर सचेतताको जग हाल्न समेत वैचारिक धार स्पष्ट हुनुपर्छ । रेशम चौधरीजीलाई थाहा भएकै हुनुपर्छ कि शक्तिसंघर्ष दुइधारे तरवार हो, जहाँ सिपालु भएर चलाउन जाने विपक्षीलाई परास्त गर्न सकिन्छ, नभए आफैं रेटिन तयार हुनुपर्छ । यी दुईबाहेक अर्को विकल्प हुन्न शक्ति संघर्षमा । त्यसो हो भने रेशमजी टीकापुर थारु विद्रोहको वेला सुटुक्क मोबाइल अफ गरे जस्तो सजिलो छैन है, चेतना भया ।     

शनिश्रा महत्तमः स्वस्थ्यकर्मीसे लेके समाजसेवीसम् 

शनिश्रा महत्तमः स्वस्थ्यकर्मीसे लेके समाजसेवीसम् 

७९९ दिन अगाडि

|

१३ चैत २०८०

मानबहादुर चौधरी ‘पन्ना’ मनैन्के च्वाला एक ताल जरम पैलसे मुख जैना प्राणी हो । ओहमार मानुखके जरम पाख हम्र इ धर्तीम कुछ कर परठ । आपन बाँचल संस्कृति, सभ्यता, मूल्य, मान्यता, रहनसहन, परम्परा आदि विविध पक्षह उजागर कर्ना, संरक्षण कर्ना, पुस्तान्तरण कर्ना बहुट जरुरी रहठ । थारु कला, संस्कृति, सभ्यताके संरक्षणके लाग अहोरात्र खट्ना सकारात्मक सोचके धनी रलह शनिश्रा महत्तम । दुःखके बाट उहाँ आब इ दुनियामसे बिदा हो सेक्ल ।  वि.स. २०१२ साल असार १ गतेक दिन जन्मलक महतम वि.स. २०३७ सालम एसएलसी उत्तीर्ण कर्ल । भागीराम थारु ओ सनिसरा महतम जो सुर्खेतसे सबसे पैल्ह एसएलसी पास करुइया थारु समुदायक शैक्षिक अगुवा हुइट । आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, शैक्षिक अवस्थाम बहुट पाछ परल थारु समुदायम असिख शिक्षा क्षेत्रम पह्र परठ कना मोडेल बन्लक महतम प्राविधिक शिक्षा सिएमए पहर्ख स्वास्थ्यकर्मीके रुपम जागिर ओहर लग्ल ।  पैल्हक समयम थारु समुदाय आपन छाइछावन् पह्रैनासे फेन काम ओहर अग्रसर करैना प्रवृत्ति रलहिन् । ऊ ब्यालाम बहुट कम मनै स्कुल जाइट । असिन ब्याला एकठो नमुनाके रुपमा आघ बर्हलक महत्तम करिब २५ बरससम जागि¥या जिन्गि पाछ निवृत्त होखन एकठो सक्रिय सामाजिक अभियन्ताके रुपम अग्रसर अगुवाई कर्टि सुर्खेती थारु समुदायह आघ बहै्रल । शनिश्रा महतम सुर्खेतके थारु इतिहासके एकठो बल्गर योद्धा रलह ।  जागिरके क्रमम थारु बस्ती रहल जिल्ला कञ्चनपुरसे दाङ जिल्लासम स्वास्थ्य क्षेत्रम ढेर समयसम सेवा कर्लक महतम आफन थारु भाषा, साहित्य, संस्कृतिके चिन्तन मनन करट ।  वि.स.२०६१ सालम थारु कल्याणकारिणी सभाके शाखा स्थापना सुर्खेतम हुइल । टब उहाँ जागिरके सिलसिलाम सुर्खेतके छिन्छुम रलह । ओहब्याला सुर्खेतसे थारु कल्याणकारिणी सभाके सबसे पैल्ह आजीवन सदस्यफे बन्ल । थारु कल्याणकारिणी सभाके मेरमेरिक कार्यक्रमम बेला बेलाम सहभागी होखन मैगर सल्लाह ओ सहयोग कर्टि अइल ।  वि.स. २०६५ साल पाछ आफन जागिर्या जीवनम करल स्वास्थ्य क्षेत्रके अनुभव, ज्ञान ओ सिपह सदुपयोग कर्टि थारु बस्ती रहल वीरेन्द्रनगर नगरपालिकाके वडा नं १० स्थित पुरान घुस्राके चोकमा मेडिकल खोल्क कुछ समय ब्यतित कर्ल । आफन समुदायम बहुत सेवामुखी ढङ्गले निस्वार्थी रुपम सेवा कर्ल । वाकर पाछ मेडिकलके जिम्मेवारी आफन छाइ, डमन्डवाह जिम्मा लगाख निरन्तर सामाजिक, सांस्कृतिक अभियानमा आघ बहर्ल । जीवनके उत्तरार्धम थारु समुदायके भासा, कला, साहित्य, मूल्य, मान्यता, रहनसहन, संस्कृतिह कसिक बचैना कना सोचले निरन्तर समाजम घुलमिल हुइ लग्ल ।  जीवन निरन्तर बहटी रना लड्या हो । जिन्गीम उभरखाभर चल्टी रहठ । भविष्य सुग्घर हुइक लाग वर्तमान जिटी हुइ परठ । उहाँ जियटसम थारु लोक कला, संस्कृति, सभ्यता बचाइक लाक समाजम फुट्ख नाहि, जुट्ख जाइ परठ कना भावना रलहिन् । ओहमार उहाँ थारु कल्याणकारिणी सभा सुर्खेतके आयोजित बैठक, भेला कार्यक्रमम सहभागी हुइना, रचनात्मक सुझाव सल्लाह डेना करठ ।  वास्टवम धन रलक किल सम्पन्नता निहो, जुन चिज रैख फेन उपयोग ओ उपलब्धि निहो ऊ धन रैख फे नि रहल बराबर हो कना भावानात्मक उच्च विचार रलक महतम सुर्खेतके ढुरखम्बा रलह । वि.स. २०७६ सालम थारु लोकलयम रलक गीत रस रस साली हमार... कना गीतके बोलम बुदबुदीम सुटिङ हुइटी रह । उ गीतके सुटिङके आतिथ्यताम आमन्त्रित शनिश्रा महतम कार्यक्रमम जो आर्थिक सहयोग कर्ना बचन डेल । उ बाटले कलाकारिनके हौसला बहर्लिन् । उहाँ रस रस साली हमार...गीतके निर्माता बन्ल ।  उहाँ बहुट इमानदार, सहयोगी, सहृदयी, निष्कपट, निस्वार्थी भावनाके व्यक्ति रलह, ओहमार कहल वचन जैह्या पूरा करट । थारु कल्याणकारिणी सभासे आयोजित मेरमेरिक कार्यक्रमके योजना, परिकल्पना कर्ना, नैतिक, भौतिक एवम् समय समयम आर्थिकसमेत सहयोग कैख थारुनके सामाजिक, सांस्कृतिक पक्षह आघ बह्राइ परठ, दस्तावेजीकरण कर परठ कैख सुर्खेतके अगुवा बुद्धिजीवीन हौसैना, कामले काम सिखाइट कहसक कर्टि जाइ सिख्टि जाइ कना उहाँक भावना रलहिन् ।  यह क्रमम वि.स. २०७७ सालके पाँच्वा थारु साहित्य राष्ट्रिय सम्मेलन सुर्खेत, सुनसरी या काठमाडौँ कर्ना कैख व्यापक बहस चलल रह । इ बाट स्वयम् पंक्तिकार महतम जीह सुनैटि कि सुर्खेत कर्ना निर्णय कराउ कल । सुर्खेत जिल्लाह राष्ट्रव्यापी रुपम थारुनके रस्टीबस्टी बा कैख चिन्हाइ पर्ना बा, सुर्खेती पहिचान देखाइ पर्ना बा । यकर लाग जसिन सहयोग फे कर्ना कैख उहाँ वचन डेल रलह । उहाँके साथ समर्थन ओ सहयोगम सुर्खेतम पाँच्वा थारु साहित्य राष्ट्रिय सम्मेलन फे कैगिल । जुन सुर्खेतके लाग ऐतिहासिक काम रह । उ सम्मेलन सफल हुइनाम उहाँक् बहुट बरा योगदान बाटिन् ।  कभुकाल नि स्वाचल शब्दले केक्रो मन जिटट् ट कभु ओह मन फे टुक्रा टुक्रा हुइट कहसक पाँच्वा थारु साहित्य राष्ट्रिय सम्मेलन पाछ थाकस सुर्खेतसे कुछ खटपट फे हुइल । सम्मेलन पाछ कुछ आर्थिक रकम बचाख थारु जर्नल प्रकाशन कर्ना योजना स्वयम् इ पंक्तिकार ओ समाजसेवी शनिश्रा महतमके रह । तर, थाकसके कुछ पदाधिकारीन उ योजना मन नि पर्लक कारन खटनपटनले उहाँक संरक्षकत्वम लौव संस्था लखागिन थारु उत्थान मञ्च जन्मल ओ वि.स. २०७८ सालम खोजमूलक थारु जर्नल लखागिन प्रकाशन हुइल ।  लखागिन जर्नल प्रकाशन कर्नाम फे महतमके बरा भारी योगदान बाटिन् । उहाँ जर्नल प्रकाशन करक लाग गाउँ गाउँम लेख रचना संकलनठेसे लौव युवा पुस्ताके लर्कन आफन थारु भासा, कला, साहित्य, संस्कृतिके ज्ञान गरिमाके व्याख्या विमर्श करठ । लखागिन जर्नल प्रकाशन कर्नाम फे महतमके बरा भारी योगदान बाटिन् । उहाँ जर्नल प्रकाशन करक लाग गाउँ गाउँम लेख रचना संकलनठेसे लौव युवा पुस्ताके लर्कन आफन थारु भासा, कला, साहित्य, संस्कृतिके ज्ञान गरिमाके व्याख्या विमर्श करठ । उहाँ जुन जुन गाउँम जाइठ, उ गाउँम घन्टौसम बहस करट । बुह्रापाका, युवा, महिला, सबजन भावनात्मक रुपम लग्लसे केल सामाजिक, सांस्कृतिक एकता हुइना ओ हमार कला संस्कृति बच्ना उहाँक् विचार रलहिन् ।  थारु समुदायके ऐतिहासिक सख्या नाच आब गाउँ गाउँसे लोप हुइटि बा । थारुनके मौलिक पहिचान ब्वाकल संस्कृति कसिक बचैना हो कना बहुट चिन्ता ओ चासो करट । विभिन्न बैठक, सभा सम्मेलनम सख्या नाचके गीत, नाच ओ पैयाके संरक्षण झट्टहे कर परल कैख थारु बुद्धिजीवी, कलाकार हुकहन दबाब डेहट । सख्या हमार पहिचान हो, इतिहास हो, हमार पुर्खनके सहिदान हो, ओहमार यकर लाग सक्कु लगानी कर्ना कार्यपत्रसहित थारु कल्याणकारिणी सभाके बैठकम एक लाख रुप्या फे डेल रलह ।  उहाँ एकदमै खरो स्वभावके रलह । उहाँक उ रुप्या प्राप्त पाछ सख्या नाच डकुमेन्ट्री निर्मानके व्यापक छलफल हुइल । उहाँक पेश करल कार्यपत्र सख्या नाच निर्माणके निर्देशन, सम्पादन, लेखन सम्पूर्ण कार्य सुर्खेतके विश्वासिलो संस्कृतिविद मानबहादुर पन्नाह अप्नेहे टोक्ल रलह । ओहअनुसार करिब दुई महिनासम व्यापक छलफल हुुइल, विचार विमर्श हुइल । अन्ततः सख्या नाच निर्मानम लग्ली । ऊ ब्याला उहाँ रातदिन घामपानी नाकैख बहुत खट्ल । मै पंक्तिकार स्वयम् ओ उहाँ जोडी गोचाली बनल रलही । हरेक गाउँबस्तीम उहाँसे डगुर्लि । करिब ८० जहनसे ज्यादा कलाकार, बुद्धिजीवी, सरोकारवालाबिच पटक पटक छलफल प्रशिक्षण पाछ करिब दुई अठजार गीत गैना दिदीबाबुन अभ्यास करैली, वाकरपाछ रेकर्ड कर्ली ।  उह क्रमम सख्या नाचसम्बन्धी एक अठवार जटि वीनपा–२ खोलिगाउँम कलाकार ओ मन्डरेन प्रशिक्षण ओ तालिम डेलि । काम दु्रतगतिम आघ बह्रैना कामम डट्ख लग्लि । २०७८ कुँवार २५ मा खोलिगाउँम सुटिङके उद्घाटन कैख छायाङ्कन कर्ना योजनामुताविक काम आघ बह्रल । इ विषयम थाकस सुर्खेत सख्या नाच निर्मानके टिमह जुन सहयोगी भूमिका निर्वाह कर पर्ना रह उ नि करल । ओह फे अन्य सुर्खेती बुद्धिजीवी कलाकार हुकहनके सहयोगले करिब ६ महिना पाछ सख्या डकुमेन्ट्री निर्मान हुइल । उहाँ निर्माणम लग्लक अपुग थप रकमके व्यवस्था कैख पूरा कर्ल । असिख सख्या नाच डकुमेन्ट्री निर्माण २०७८ म पूरा हुइल तर यकर सार्वजनिक कर्ना काम २०८० कार्तिक २५ गते एक कार्यक्रमबिच कैगिल जुन कार्यक्रमम सुर्खेतके प्राज्ञिक, दिग्गज व्यक्तित्व डा.महेन्द्रकुमार मल्ल, वरिष्ठ अधिवक्ता धु्रव कुमार श्रेष्ठ हुकहनसे रिलिज करली । अन्य जिल्लासे निर्मान हुइल सख्या नाच डकुमेन्ट्री अनौपचारिक किल डेख्जाइठ । हाल सुर्खेतसे बनल सख्या नाच गीत निर्माण विधि विधानअनुसार मौलिक पहिचान झल्कना निर्मान कर्लक ओहर्से यकर गरिमा महत्व बहुट ढेर बा ।  हरेक मनैन्के चासो ओ ज्ञानके क्षेत्र फरक रहठ । संसारम मनैन्के ड्याखल ओ भ्वागल अनुभूति फे फरक रहठ । शनिश्रा महतम आफन जन्मल, हुर्कल ठाउँ, बाँचल संस्कृति, संस्कार गीतबास मजासे अनुभूत कर्ल रलह । ओहमार उहाँ लौव युवा पुस्तन इ बाट बुझाइ पर्ना महसुस करठ । हरेक दिन औपचारिक एवम् अनौपचारिक भेटघाट छलफलम थारु कला संस्कृतिके संरक्षण, सामाजिक जागरण कसिक लन्ना कना चिन्ता ओ चासो किल नाहि कामम अग्रसर होखन सँग सँग नेङ्ना, हौसला डेना, चाहे जौन ठाउँके कार्यक्रमम पुग्ना करठ ।  उहाँ राष्ट्रिय थारु कलाकारके टिमह, थारु कल्याणकारिणी सभाके अगुवा हुकहन पद किल ओगर्ख बेठ्ठो काम फे करो कैख अर्जि करठ । उहाँ राष्ट्रिय थारु कलाकारके टिमह, थारु कल्याणकारिणी सभाके अगुवा हुकहन पद किल ओगर्ख बेठ्ठो काम फे करो कैख अर्जि करठ । हम्र थारु पछुगर्लक कारन एकापसम ग्वारा कट्ना प्रवृत्तिले हो, आब पह्रल लिखल समाज बन्टी बा, ओहमार एकजुट हुइना सन्देश डिहट । प्रतिभाशाली व्यक्ति कुछ कर्ना सोचले प्रेरित हुइठ न कि और जहनसे हट्ना या जिट्ना । वास्तवम मनैन्के सोच, व्यवहार, विचार ओ कामले महान हुइना हो । महतम ज्या बोल्ना उ काम पूरा कर्ना इमानदार योद्धा रलह । उहाँक न कुहिनसे जिट्ना लक्ष्य रलहिन् ना ट कुहिनसे हट्ना लक्ष्य रलहिन्, रलहिन् ट केबल सामाजिक, सांस्कृतिक उत्थान कर्ना, आफन लोक कला संस्कृति बचैना ।  थारु समुदायम मौलिक मन्द्रा बजैना युवा पुस्ताके कमि हर जिल्लाम बा । ओसहख सुर्खेत जिल्लाम फेन लौव पुस्ताके युवा हुक्र मन्द्रा बजैना सिप नि हुइन् । हमार पुर्खा ओरैटि जैना कला संस्कृति हेरटि जैना प्रवृत्ति बहर्टी बा । यकरलाग कुछ ट कर परल कैख उहाँ सरसल्लाहम मन्द्रा बजैना तालिम २०८० वैशाख २१ ठेसे  जेठ १ गतेसम १० डिन्या तालिमके व्यवस्था प्रदेश सरकारके सहयोगम आयोजना कैगिल । गाउँ गाउँसे मन्द्रा बजैना युवा खोज्ली, मुस्किलसे १५ जहन मन्दर्या १५ जहन नचन्या बाबुन सिखैली । इ कामम फे उहाँके अग्रसरताम सम्पन्न कर्लि । थारु वर्गभिट्टर फे मेरमेरिक थर उपथर बा । आफन आफन गोत्र थरके बारेम चासो ओ सरोकार ढैना स्वभाविक बात हो । उहाँ दहित थर भिट्टरके थारु हुइलक कारन सुर्खेती दहित थारु गोट्यार भेला, सभा सम्मेलन, तथ्याङ्क संकलनम फेन बहुट काम कर्ल बाट उहाँ । सुर्खेतम दहितोन जगैना कामम फेन उहाँ अहोरात्र खट्ल । एकठो घर बनाइ ब्याला कैयोठो सर्ज ईंट्टा फ्वार परठ । फ्वारल ईट्टाले फेन घर निर्मान हुइट, ओसहख फुटल थारुन जोर्ख सिङ्गो समाज बनैना बा कना उहाँ विचार सोचह लौव पुस्ता सिख पर्ना बा ।   सुर्खेतम माघ महोत्सव मनैना सुरुवात सबसे पैल्ह २०६१ सालम इ पंक्तिकारके अग्रसरताम कैगिल रह । हरेक बरस गाउँम किल मनैना माघ महोत्सव कार्यक्रम इ २०८० सालम माघ महोत्सव वीरेन्द्रनगरके खुला मञ्चके प्राङ्गणम कैगिल । करिब २५ गाउँक मनैनके हजारौँ हजार सङ्ख्याके उपस्थितिले इ कार्यक्रम ऐतिहासिक बन पुगल । यकर श्रेय शनिश्रा महतम जो हुइट । कार्यक्रमके लाग उहाँक खटाइ डेख्ख मै चित पर्नु । बिमार मनै फे हरदिन युवा लर्कन खरखेटन गाउँ गाउँम प्रचारप्रसार कर्ल । मै विश्रामके लाग अनुरोध कर्नु तर उहाँ मै टुहिन अन्तिम सास रहठसम साथ डिहम कैख घर बैठ नि चहल । हरेक काम सफल बनैनाम उहाँ बोली ओ व्यवहार डेखाइट । जुन हम्र अगुवाई कर्ना मनै सिख पर्ना बाट हो ।  उहाँक सपना अन्सार सुर्खेतम थारु सङ्ग्रहालयके भवन कालिमाटी गाउँम निर्मान हुइल बा । इहिह सबजन मिल्ख सजाइक लाग छलफल कैख एकजुट होखन जैना धारना कैयो बेर सार्वजनिक रुपम कचहरी बैठक उठान कर्ल बाट । उहाँक डुसर सपना थारु भासा मु जाइटा यकर दस्तावेजीकरन कर्ना नियमित थारु जर्नल पोष्टा निकर्ना ओ थारु पुस्तकालय निर्माण कर्ना जोड रलहिन् । ओहमार थारु पुस्तकालयके लाग २०७७ साल सुर्खेतम आयोजना हुइलक पाँचौ थारु साहित्य राष्ट्रिय सम्मेलनके पुस्तक प्रदर्शनीम विभिन्न जिल्लासे प्रकाशित थारु पुस्तक करिब १० हजारके पुस्तक खरिद कैख थारु कल्याणकरिणी सभाह पुस्तकालयके लाग डेल बाट ।  उहाँक् टिसर सपना रलहिन् गाउँघरम लोप हुइटि रलक कला संस्कृति जगेर्ना कैख दस्तावेजीकरण कर्ना । आफन गाउँ ठाउँम पुरान पुर्खनके बेल्सल भासाम थारु गाउँके चोकके नामाकरन कर्ना । इ कामम फे सुरुवात आफन गाउँके सुरु कैसेक्ल बाट । उहाँ यह माघक बखेरीम गाउँम जैना डग्रिम मटाँवा चोक नामाकरन कैख साइनबोर्ड गार लगा सेक्ल । ओसहख आफन ख्यालल हुर्कल खोल्ह्वा, लड्या, बन्वाके नाउँ फे थारुनके ढरल अनुसर बेल्सना ओ घर परिवार एकापसम थारु भासाम ब्वाल पर्ना आग्रह रलहिन् ।                                                                                                                                                                लेखक मानबहादुर चौधरी ‘पन्ना’ थारु पन, थारु मन थारु धनके एकीकृत कैख एकजुट हुइना कना उहाँक विचार रलहिन् ओहमार थारु समुदायम स्थापित सहकारीके एकीकरनके लाग फेन रातदिन डौर्ल । एकठो बल्गर सहकारी बनाख थारुन्के आर्थिक स्तरोन्नति कर्ना उहाँक सपना पूरा कर्ना बाँकी बा ।  अन्ततः उहाँ यी भौतिक संसार छोर्क हमहनसे बिदा हो सेक्ल । बट्ठाके तौल नप्ना पलरा फे नि रहठ । हरेक मनैन् आफन पीडा गम्हीर लागठ । आब उहाँक निधनले घरपरिवार लगायत सारा सुर्खेती थारु समुदाय एवम् शुभचिन्तक बट्ठाम बा । आब हमारठे उहाँक डेखाइल विचार, सोच ओ सपना पूरा कर्ना जिम्मेवारी आइल बा । उहाँक डेखाइल डगर ओ सपना पूरा कर सेक्लसे केल उहाँप्रति सच्चा श्रद्धाञ्जली हुइ । हम्र हमार भासा, कला, साहित्य, संस्कृति, सभ्यताके संरक्षण करक लाग मनमुटाव हटाख एक्क ठाउँम ठह्रैना जरुरी बा । हम्र आफन आफन ठाउँसे आफन समाज संस्कृतिके लाग कुछ न कुछ काम कर्बि, योगदान कर्बि कलसे किल उहाँप्रति सच्चा सम्मान हुइ सेकि ।