थारू समुदाय, खोजनी–बोजनी र भलमन्सा 

थारू समुदाय, खोजनी–बोजनी र भलमन्सा 

८०७ दिन अगाडि

|

५ चैत २०८०

थारु आन्दोलनः  जिसकी लाठी–उसकी भैंस

थारु आन्दोलनः जिसकी लाठी–उसकी भैंस

८१९ दिन अगाडि

|

२३ फागुन २०८०

सीएन थारू थारू विद्रोहको करिब एक दशक हामी एकल आयामिक तवरले सोच्यौं । नेपालको सरहदभित्र रहेका राना थारू यही बीच आफ्नो विशिष्ट पहिचान दावी गरे । यी सब राजनीतिक खेलमा थारूले आज पराजित मानसिकता बोक्नुपर्ने हो कि सोच्ने विधि फरक ढंगले विकास गर्ने हो ? विचारणीय सवाल उठेको छ ।  अर्कोतिर थारू स्वपहिचानको आन्दोलनमा पहिलो पटक २०६५ फागुन २२ गते मानव रगतले थरुहट भूति सिञ्चित हुँदा दुई जनाले सहादात पाएका थिए । चितवनको टाँडी केन्द्र रणमैदान बनेको त्यो दिन सार्र्र्र्वभौमिकता उपर प्रश्न उठ्नु स्वभाविक थियो । तर, उत्तरको खोजी फेरि अधिकार प्राप्तिको आन्दोेलनबाटै जहाँ सचेत धक्काको परिकल्पना थिएन, शक्तिव्यूह त्यहाँ वहसको विषय थिएन ।  आज त्यसबाट पाठ सिकेर नयाँ ढंंगले राष्ट्रिय मुक्ति क्रान्ति सम्पन्न गर्न राजनीतिक कार्यभार थपिएको छ । थारू आन्दोलनको पुनर्गठन अपरिहार्य शर्त बनेको छ । प्रहरी मारिएको उक्त थारू विद्र्र्र्रोहलाई अपराधिक गतिविधिको नजरले हेर्न मिडियाले राम्रै मलजल गरेको थियो । राज्य षड्यन्त्र पर्दाफास गर्न आवश्यक थियो तर राज्यविहीन राष्ट्र थारूहरुसँग त्यो सामथ्र्य रहेन ।  अन्ततः छानी छानी मुद्दा लगाउने र जेल चलान गर्ने अवस्था विद्यमान रह्यो । यो परिवेशले नेपालमा नश्लीय शासनसत्ता टिकाउन थप उत्साहित बनायो र यहाँका राज्य सम्भ्रान्तवर्ग जीतकोे मनस्थितिमा आफूलाई उभ्यायो । थारू लगायतका आन्दोलनरत पक्षसंग आफू मालिक रहेको बुझाईसहित व्यवहार प्रदर्शन गर्यो । रेशमलाल चौधरी सहितका बन्दीहरुको सजाय माफी गराएर थारू उपर गुण लगाएको भ्र्र्र्र्र्र्र्र्र्र्र्रम सिर्जना गरेको छ । थारूको परिकल्पनामा राष्ट्रिय मुक्ति क्रान्ति थारूले विभिन्न चरणको आन्दोलनमार्फत् आफ्ना मालिकसंग उनी उपर शासन गर्ने साश्वत अधिकार रहेको मतलाई हदैसम्म अस्वीकार गरे । साथै, राष्ट्रिय उत्पीडनको सवाल हल गर्न थारू अगुवाहरु विभिन्न उपाय खोेजी गर्ने गर्न थाले । त्यस पश्चात नेपालमा वहुलराष्ट्रिय राज्यको अवधारणा उपर वहस सुरु भयो ।  लामो समयसम्म मधेस आन्दोलनले बोकेको दुई राष्ट्रियताको मतलाई स्वायत्त शासनकको जगमा वहुल राष्ट्रियताले प्रतिस्थापन गर्दा प्रथम राष्ट्र आदिवासी जनताको स्वशासित हुने हक सम्बोधन भएकोे र प्रत्येक आदिवासी जनताको आत्मनिर्णयको अधिकार ग्यारेन्टी भएसंगै राष्ट्रिय मुक्ति क्रान्तिको जमिन सिँचाई हुन पुग्यो । नेपाल अधिराज्यको परिकल्पना वर्णाश्रम धर्म विधानअनुरुप हुने क्रमसंगै यहाँका वहुलराष्ट्रियता आफ्ना बडिपोलिटिकल अभ्यास गर्न साँस्कृतिक आधार टेके । राजनीतिक जीवनमा एक भाषा, एक भेष तथा एकल हिन्दू संस्कृतिको वर्चश्वशाली सत्ताले यी वहुलराष्ट्रिय चरित्रलाई मास्न खोजे पनि अन्ततः सकेन ।  अहिले फुटाउ र राज्य गरकोे नीतिमार्फत् राष्ट्रिय उत्पीडनको सवाल ढाकछोप गर्न तल्लिन देखिए । तर, वैश्वीक राजनीतिक मञ्चमा देखिएको पहिचान राजनीतिको लहर राज्य सम्भ्रान्त वर्गको लागि सहज उपाय प्रदान गरेन । यो स्वायत्त शासनको उपाय स्वीकार गर्न बाध्य बनाउँदै छन् । सैद्धान्तिक रुपमा थारूहरुले राष्ट्रिय मुक्ति क्रान्तिलाई औपनिवेशिकताबाट मुक्त हुने आधार बुझे अतिश्योक्ति नहोला । थारू यो राज्यमा सामाजिक–साँस्कृतिक, आर्थिक तथा राजनीतिक तवरले राष्ट्रिय उत्पीडन भोगेको प्राकृतिक मानव समुह हुन् । मासिन्या मतवालीको रुपमा कानुनी तवरले नैै सर्वहारा बनाइएका थारूलाई पुनः मालिक स्थापित गराउने जुक्ति स्वायत्त शासन र जल, जंगल, जमीन उपरको अग्राधिकार तथा थरुहट भूमिको रक्षा नै हो । यसको जगमा नेपाल वहुलराष्ट्रिय राज्य हुने विषय मननयोग्य छ ।  अर्को अर्थमा मधेसी जनताको संघात्मक राज्यव्यवस्था स्थापना गर्ने सोंच तथा थारू लगायतका प्रथम राष्ट्रका जनताको स्वायत्त शासनको लागि गरिएका संघर्षहरु लोकतान्त्रिक अभ्यास हुन्, जसलाई बहुलराष्ट्रिय राज्य नेपालमार्फत् सम्बोधन गर्न सम्भव छ । लोकतन्त्रको मामिलामा हामी प्र्र्र्र्रतिबद्ध रहेको र राष्ट्रिय मुक्ति क्रान्ति वहुलराष्ट्रियताको लोकतान्त्रिक परिपाटी संंस्थागत गर्ने ठोस उपायको रुपमा बुझ्ने चेष्टा गरेका छन् थारूहरुले । जिसकी लाठी–उसकी भैंस राष्ट्रिय मुक्ति क्रान्ति सम्भव छ । यसले नयाँ राजनीतिक परिवेश निर्माण गरेको छ र हाल राजनीतिक तथा सामाजिक हिसाबले देखा परेको निराशा अन्त्य गर्न मार्गनिर्देश गर्छ । पहिचान सहितको आत्मगौरव स्थापित गर्दा साँस्कृतिक सापेक्षतावादलाई बल पुग्ने हुन्छ । यो मार्फत् कुनै पनि साँस्कृतिक पहिचानयुक्त जनता छोटा नागरिक अथवा बडा नागरिकको रुपमा बुझ्ने परम्परालाई अन्त्य गर्छ भन्ने हो ।  त्यस अर्थमा वर्णाश्रम विधानमा आधारित नेपाल राज्यको जग भत्काएर सेकुलरिज्मको जगमा नयाँ नेपाल राज्य गठन गर्न प्र्रोत्साहित गर्छ । संविधान सभाबाट नब्बे प्रतिशत सभासदले कानुनी मान्यता दिलाएका संविधान वैधताको संकट भोग्नुको पर्दा यसले पुरानै धरातल टेकेको बोध हुन्छ र राजनीतिक क्रान्ति सम्पन्न भइनसेको कारण राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य छ भन्ने मत बलियो हुँदैैछ । आवरणमा नवउदारवाद र नवमाक्र्सवादको रटान लगाए पनि नेपालको राज्य सम्भ्रान्तवर्ग वाहुनवादलाई प्रश्रय दिएको छ । त्यही नै सत्ताको बीऊ ठहर भई वाहुनवाद रक्षार्थ आज संविधानमा आर्य–खस परिभाषित गर्न पुग्यो । शक्तिव्यूह रचना गर्दा पनि यसैलाई आधार बनाएको कारण मौजुदा शक्तिव्यूहभित्र थाप्ने वर्गमा पर्ने भइहाल्यो । दिने त जो शक्तिव्यूहको केन्द्रमा छ, उही नै ठहर्छ । त्यसो हो भने आफ्नै शक्तिव्यूह रचना नभएसम्म परशासित हुने दिन अन्त्य हुँदैन । अहिले जसको लाठी, उसको भैंसी कथन चरितार्थ भएको छ । नेपालको भूराजनीति पनि रणनीतिक तवरले हेर्न पश्चिमा ज्ञान प्रणाली सहयोगी बने । भारत र चीन दुई सम्राज्यवादी मुलुकको बीचमा अवस्थित नेपाल अधिराज्यको शक्तिव्यूहमा पछिल्लो पटक पश्चिमा शक्तिको दवदवा बढेर गएको हो भने भारतले पनि बल पुग्ने गरी आफ्नो नियन्त्रण माक्रोम्यानेजमेन्टको तहसम्म पुर्यायो । त्यो सफ्ट पावरमार्फत् नियन्त्रित हुने गरेको प्रष्टै छ । राम मन्दिरको प्रसंगले नेपालमा ठूलो प्रचारवाजी गर्न सफल भयो । साथै सफ्ट पावरमार्फत् हार्ड पावरमा प्रभाव पार्ने क्षमता विकास गरेर नियन्त्रण कायम राख्दै आए । त्यसले पनि दिल्ली दौडलाई सान्दर्भिक बनाउँदै लगेको छ । यसमा शक्ति सन्तुलन कायम गर्न राष्ट्रिय मुक्ति क्रान्तिको भूमिका अपरिहार्य रहदै आएको छ । अन्त्यमा,  थारू आन्दोलन पुनर्गठन हुने बाटो राष्ट्रिय मुक्ति क्रान्तिले पहिल्याउँछ । कारण थारूको स्वशासित हुने अन्तरमनको चाहना यही राष्ट्रिय मुक्ति क्रान्तिले पुरा गर्छ । साथै, थारू बडि पोलिटिकलले रोपेको सत्ताको बीऊबाट राज्य विहिनताको स्थिति अन्त्य गर्न पहल हुने र थारू राष्ट्रिय मुक्ति मोर्चामार्फत् राजनीतिक रंग दिएको अवस्थामा त्यसको विकास गर्न पनि मद्दत गर्छ । बरु राजनीतिमा विकल्प खोज्ने राष्ट्रिय मुक्ति क्रान्ति सम्पन्न भइ छाड्छ भने विश्वास नेतृत्वमा हुनैपर्छ । अर्थात् त्यसको बहुआयामको ज्ञानले प्रशिक्षित हुनु परे पनि तयार भएर संगठित भए वेश, ता कि भोलि केही कमजोरी देखिए आत्मसात गर्न लगाउँछ ।  पहिलो संविधान सभाले निर्णय गरेको वहुराष्ट्रिय राज्यको मान्यता पुरा नहुँदा संविधान विटुलो बनेको हो । विटुलिएको संविधानले त्यसको समर्थकलाई नै निरास बनाए र दीपावली मनाएको केही समय बित्न नपाउँदै तीसब भ्रममा रुपान्तरण भएको मानिन्छ । आज राजनीति र समाज दुइटै अस्वभाविक संसयको शिकार भएको छ ।  यसको उपचार समयमा नै चाहिएकोले अब राजनीतिको विकल्पमा स्वदेशवादको दार्शनिकी टेकेर संश्लेषण भइ आएको राष्ट्रिय मुक्ति क्रान्तिमा लामबन्द हुनुपरेको छ । नेपाल अधिराज्यलाई सबैको साझा बनाउने परियोजना हो राष्ट्रिय मुक्ति क्रान्ति । स्वायत्त शासन स्थापित गर्न पनि एकल राष्ट्रियता विरुद्ध वहुलराष्ट्रियताको संघर्ष चल्नुपर्छ भने त्यसलाई संगठीत रुप प्रदान गर्न राष्ट्रिय मुक्ति क्रान्ति मार्फत थारू लगायत अन्य आन्दोलन हरु पुनर्गठन गर्न सक्नैपर्छ । यसबाट शक्तिव्युहको खातिर विऊको रुपमा उदारवाद अथवा माक्र्सवाद नभएर स्वदेशवाद आत्मसात गर्नैपर्छ । मुुख्य रुपमा विशिष्ट संस्कृतिको जगमा उठेका पहिचानहरु आफ्नो धरातलमा जरा गाड्ने कामलाई प्राथमिकता दिई अबको कार्यदिशा अभियान, सघर्ष र विद्रोह अपनाउँदै जानुपर्छ । यो भनेको नेतृत्वको रयाङ्क एण्ड फायल तयार गर्ने विषय हो । व्यवहारिक राजनीति बलियो हुन पनि सैद्धान्तिक हिसावले स्पष्ट हुन सक्नुपर्छ । सैद्धान्तिक स्पष्टता हुँदा कार्यदिशा बुझ्न सकिन्छ र त्यस मार्फत रणनीति एवम् कार्यनीति निर्माण गर्ने हो । यसैको आधारमा शक्तिको व्युह निर्माण गर्दा कार्यक्रमहरु मार्फत उत्सर्जन भएको शक्ति संचयको लागि योग्य बन्छ । अन्ततः त्यही शक्तिले हाम्रो लागि सत्य निर्माण गर्छ भने हामी सत्यलाई अंगिकार गर्दा तर्कपूर्ण अभ्यास गर्न सफल हुन्छौ । राष्ट्रिय मुक्ति क्रान्ति त्यस अर्थमा विचारधाराको संवाहक बनेर परिवर्तन गर्न सामथ्र्य बोक्छ र थारू लगायत सम्पूर्ण राष्ट्रिय उत्पीडनको शिकार बनाइएका राष्ट्रहरुको मुक्ति सम्भव बनाउँछ ।   

यो के अचम्म, दाहसंस्कार पनि गर्न नपाइने ?

यो के अचम्म, दाहसंस्कार पनि गर्न नपाइने ?

८५९ दिन अगाडि

|

१२ माघ २०८०

जागिरे जिन्दगीको विश्रामपछि गाउँमा बस्न थालेको अहिले मेरो  अढाई वर्ष पुगेको छ । गाउँलेहरुलाई कस्तो महसुस हुन्छ, थाहा भएन । मलाई भने छिमेकी गाउँको ब्यवहारमा ठूलो बद्लाव आएको महसुस भएको छ । अढाई वर्षमा गाउँको धेरै दुःखसुखमा सहभागी भएँ । सुखमा रमाइयो पनि, दुःखमा सहानुभूति समवेदना पनि जाहेर गरियो । आफ्नो मान्छे आफ्नो आफन्त गुमाएको पीडा कस्तो हुन्छ, पर्नेलाई थाहा हुन्छ ।  अढाई वर्षमा छिमेकी गाउँले जुन निर्लज्जता प्रदर्शन गरिरहेको छ, त्यो अचम्मलाग्दो छ । पीडामाथि पीडा थप्ने काम गरिरहेको छ । कसको सोंच, योजनामा त्यो गरिरहेको छ ? बुझ्न बाँकी छ । गाउँमा भलमन्सा छन्, बुद्धिजीवि छन्, जनप्रतिनिधि छन्, तिनले त्यसो गरे होलान् जस्तो मलाई लाग्दैन । यदि गाउँका अन्य केही मानिसहरुले गरेका हुन् भने भलमन्सा, बुद्धिजीवि, जनप्रतिनिधिले सम्झाउन सक्नुपर्ने हो, कचेहरीमा बोलाएर समन्वय गर्नुपर्ने हो ।  यो अढाई वर्षमा ३ ब्यक्तिको दाहसंस्कारमा सहभागी भइयो । पहिलो २ जना मान्छे मर्दा छिमेकी गाउँलेले खोला किनारमा लाश जलाउन नदिने खबर पठाएको कारण पीडित परिवारले लाश आफ्नो जमिनमा गाड्नु परेको जानकारी पनि पाइयो, त्यतिबेला केही भनिएन । सानातिना कुरा कहिलेकाहीं हुन्छ भनेर चुप लागियो । तर तेश्रो ब्यक्ति बित्दा आफूले पनि त्यो ब्यवहार देखें ।  २०८० माघ ११ गते खोला किनारमा लाश जलाउन जाँदा छिमेकी गाउँको चौकीदार आएर यहाँ लाश जलाउन दिइरहेका छैनन् भन्ने खबर लिएर आए । हामीले लाश जलाउन नदिने ब्यक्ति को हुन् पठाउदिनु भनेर फर्कायौ ।  छिमेकी गाउँको ब्यवहारमा आएको यो परिवर्तनले म अचम्मित छु । मान्छे मर्दाको पीडा कस्तो हुन्छ ? थाहा पाउनुपर्ने हो । फेरि नदीवारी त परापूर्वकालदेखि हाम्रो गाउँको सिमाना हो । आफ्नो गाउँको सिमानामा त सम्बन्धित गाउँको हक हुन्छ । फेरि श्मशान घाट सबैको साझा हुन्छ । त्यो काठमाडौंको आर्यघाट होस् या जुनसुकै नदीमा बनाइएको आर्यघाट होस्, मान्छे लाश जलाउँछन् अवरोध हुँदैन । फेरि हाम्रो गाउँले त परापूर्वकालदेखि लाश जलाउन त्यो घाटको उपयोग गर्दै आइरहेको छ । त्यतिबेला त रोकतोक थिएन । अहिले किन भैरहेको छ ?   निरंकुश पंचायती ब्यवस्थाका कारण हामी लाश गाड्ने मरघट (श्मशान घाट) गुमाएका छौं । मरघट गुमाएर लाश आफ्नो खेतबारीमा गाड्न बाध्य छौं । तर अब भने लाश जलाउने ठाउँ गुमाउने पक्षमा छैनौं । छिमेकी गाउँको यो ब्यवहार हाम्रो लागि असह्य छ । यसलाई बेलैमा टुङ्गो लाउनैपर्छ । पीडामा पीडा थप्ने काम नहोस्, सम्बन्धित गाउँको भलमन्सा, बुद्धिजीवि, जनप्रतिनिधिहरुको ध्यान पुगोस् ।

केही कुरा धिमालबाट सिक्ने कि !

केही कुरा धिमालबाट सिक्ने कि !

८८९ दिन अगाडि

|

११ पुष २०८०

आदिवासी जनजातिहरुको मानव अधिकारसम्बन्धि वकिल समुह (लाहुर्निप) को आयोजनामा २०८० मंसिर २४ देखि २७ सम्म काठमाडौंमा एउटा गोष्ठीको आयोजना भएको थियो । गोष्ठीमा आदिवासीहरुको ठूलो समुदाय मगर, थारु र अर्को धिमाल जातिलाई बोलाइएको थियो । बोलाउनुको मूल उद्देश्य ती समुदायमा रहेको परम्परागत शासन प्रणाली भेजा, भल्मन्सा र माझी वाराङको अवस्था, कार्यशैली र प्रथाबारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा रहेको ब्यवस्थाबारे छलफल र अनुभव आदानप्रदान गराउनु रहेको थियो । तीनटै समुदायबाट स्थानिय तहका प्रतिनिधि, परम्परागत शासन प्रणालीका प्रमुख भल्मन्सा, माझी वाराङ, जातिय संस्थाका प्रतिनिधि, नागरिक समाजका अगुवाहरुको उपस्थिति थियो ।  कार्यक्रममा धेरै कुराबारे छलफल गरिएको थियो र धैरै कुराबारे जानकारी प्राप्त भएको थियो । हामीले भल्मन्सा प्रणाली र भल्मन्साले गर्न सक्ने कार्यबारे साथीहरुलाई जानकारी गराएका थियौं भने मगर साथीहरुले भेजा प्रणाली र धिमाल साथीहरुले माझी वाराङ र उसले गर्ने कार्यबारे जानकारी गराएका थिए ।  ४ दिनसम्म भएको गहन छलफलले हामी के निष्कर्षमा पुगेका थियौं भने जनप्रतिनिधिले चाहे भने देशको मौजुदा कानुनको आधारमा जनतालाई धेरै हक अधिकार दिन मिल्ने, दिन सक्ने ब्यवस्था छ । संविधानमा स्वायत्त क्षेत्र, विशिष्ट क्षेत्रको ब्यवस्था त्यसै गरेको छैन । स्थानीय तहलाई प्रदेश र संघसँग नबाझिने गरी ऐन कानुन बनाउने अधिकार पनि त्यसै दिएको हैन, जनताका हकहितको संरक्षण गर्नका लागि नै दिएको छ । तर जनता र जनताका प्रतिनिधिहरु कानुनका बारेमा राम्रोसँग नबुझेकाले समस्या भैरहेको छ । जुन स्थानीय तहमा जनप्रतिनिधिहरु कानुनबारे जानकार र जनताप्रति जवाफदेही छन्, उनीहरु आफ्ना जनतालाई हकअधिकार उपभोग गराउन प्रयास गरिसकेका छन् । सोही प्रयासअनुरुप नै बर्दिया र कैलालीका केही स्थानीय तहमा बरघर÷भल्मन्सा सम्बन्धि ऐन पास गरी ब्यवहारमा लागू गर्ने प्रयास भैरहेको छ । यो थारु बहुल सबै स्थानीय तहमा आवश्यक पनि छ ।  धिमालहरुले प्राप्त गरेको उपलब्धि    परम्परागत शासन प्रणाली रहेका आदिवासी समुदायले थारुहरुबाट धेरै कुरा सिक्न सक्छन् भने थारु समुदायले पनि अन्य आदिवासी समुदायबाट धेरै कुरा सिक्न सक्दछन् । धिमाल समुदायका अगुवाहरुले धिमाल समुदायका लागि गरेको प्रयास र उनीहरुले प्राप्त गरेको उपलव्धि थारुहरुका लागि सिकाई बन्न सक्दछ ।  जनगणना २०७८ को तथ्यांकअनुसार जम्मा २५,६४३ को संख्यामा रहेको धिमालहरुको जातीय संस्था “धिमाल जातीय विकास केन्द्र” को उर्लाबारी–३ मंगलबारेमा १० बिगहा आफ्नो जमिन रहेको छ । बेलबारी नगरपालिका मोरङ र उर्लाबारी नगरपालिका मोरङले धिमाललाई पहिलो नागरिक घोषणा गरेको छ भने दमक नगरपालिका झापा र पथरी शनिश्चरे नगरपालिका मोरङले धिमाललाई प्रथम जाति भनी घोषणा गरेको छ ।  उर्लाबारी नगरपालिका मोरङले पहिलो नागरिक धिमालहरुको सर्बाङ्गिण विकासको लागि वर्षेनी २० लाख रुपैया छुट्याइरहेको छ । सानो संख्यामा रहेका धिमाल समुदाय कसरी पालिकालाई पहिलो नागरिक घोषणा गराउन सफल भयो ? पालिकाले किन उनीहरुको हक, अधिकार र बृत्ति विकासको लागि वर्षेनी बजेट बिनियोजन गरिरहेको छ ? यो थारु लगायतका आदिवासी समुदायको लागि सिकाई बन्न सक्छ । पूर्वदेखि पश्चिमसम्म फैलिएका तराईका आदिवासीको रुपमा प्रचारित १८ लाख ७ हजार १२४ को संख्यामा रहेका (२०७८ को तथ्यांक अनुसार) आदिवासी थारु जम्माजम्मी एउटा इटहरी उपमहानगरपालिकामा नगरको पहिलो नागरिक घोषणा भएका छन् भने २५६४३ को जनसंख्यामा रहेका आदिवासी धिमाल ४ पालिकामा पहिलो नागरिक घोषणा गराउन सफल भएका छन् । थारु लगायतका आदिवासीहरुका लागि धिमालहरुले प्राप्त गरेको यो उपलब्धि एउटा राम्रो उदाहरण बन्न सक्छ ।    स्थानीय तहले गर्न सक्ने पहल  स्थानीय तहले, जनउत्तरदायी जनप्रतिनिधिले संविधानमा उल्लेख भएका हक अधिकारको बहाली गर्न संविधान, ऐन कानुनको अधिनमा रही धेरै कुरा गर्न सक्ने देखिन्छ । यो उनीहरुको ईच्छाशक्तिमा भर पर्ने देखिएको छ । संविधानमा स्वायत्त क्षेत्र, विशिष्ट क्षेत्र, संरक्षित क्षेत्रको ब्यबस्था गरिएको छ । स्थानीय तहले प्रदेश र संघसँग नबाझिने गरी कानुन बनाउन मिल्ने ब्यव्स्था गरेको छ । यही ब्यवस्थाअनुरुप बर्दिया जिल्लाको बारबर्दियामा पालिका अध्यक्ष दुर्गाबहादुर थारु (कबिर) ले पहिलो पटक  गाउँपालिकामा बरघर÷भल्मन्सा ऐन तर्जुमा गरी पास गराएका थिए ।  अहिले बरघर÷भल्मन्सासम्बन्धि ऐन बर्दिया, कैलालीका अन्य केही पालिकाहरुले पास गरिसकेका छन् । धेरै पालिकाहरुमा यसबारे बहस भैरहेको छ । तर ९५ प्रतिशत भन्दा बढी एउटै जातिको जनसंख्या रहेको पालिकाहरुले समेत स्वायत्त क्षेत्र भनेर घोषणा गर्न, गराउन सकिरहेका छैनन् । यो सुवर्ण अवसर नजानिदो तरिकाले हातबाट फुत्किरहेको उनीहरुलाई थाहा छैन ।  इतिहासले थारुहरुलाई तराई तथा भित्री तराईका आदिवासी भनिरहेको बेलामा पहिलो नागरिक घोषणा गर्न के ले रोकिरहेको छ ? जबकि पूर्वदेखि पश्चिमसम्म तराई तथा भित्री तराईका धेरै पालिकाहरुमा थारु समुदायकै प्रमुख तथा उपप्रमुख रहेका छन् । गैरथारु प्रमुख तथा उपप्रमुखहरु पनि थारुहरुकै मतबाट जितेका छन् । यो सुनौलो घडीमा गर्न सकिने काम नगर्ने हो भने समयले पर्खला ? यो आफैंले आफैलाई प्रश्न गर्दा बढी उत्तम हुन्छ कि !  त्यसैले, निचोडमा के भन्न सकिन्छ भने संविधानमा हामीले सोचेका सबै कुरा छैनन्, हामीले सोचेका चाहेका धेरै कुराबाट हामीलाई हाम्रा ठूला दलका नेताहरुले संविधानमार्फत नै बञ्चित गरेका छन् । फेरि पनि संविधानमा केही त्यस्ता ब्यवस्था छन्, जसबाट जनताका ईच्छा, चाहना केही हदसम्म पुरा गर्न सकिन्छ । संविधानमा ब्यवस्था भएका स्वायत्त क्षेत्र, बिशिष्ट क्षेत्रको धारणा र प्रावधान पनि उत्पीडित जातिहरुको घाउमा मलहम लगाउनकै लागि गरिएको कानुनी ब्यवस्था हो, जुन ब्यवस्थामार्फत् मलहम लगाउन सकिन्छ ।  त्यसैगरी, स्थानीय तहलाई संघ र प्रदेशसँग नबाझिने गरी ऐन बनाउन मिल्ने कानुनी प्रावधान पनि उत्पीडित समुदायको घाउमा मलहम लगाउनकै लागि बनाइएको प्रावधान हो । थारुहरुको परम्परागत भल्मन्सा प्रणाली, मगरहरुको भेजा प्रणाली, धिमालहरुको माझी वाराङ प्रणाली उनीहरुको आफूमाथि आफै शासन गर्ने एक लोकतान्त्रिक प्रणाली हो । यो लोकतान्त्रिक प्रणालीलाई पालिकाले ऐन बनाई शासनमा सहभागी गराउन सक्छ र सम्बन्धित समुदायलाई अपनत्वबोध गराउन सक्छ ।  प्रथम नागरिक, पहिलो नागरिकको घोषणा तत्तत् जातिलाई गरिने ऐतिहासिक सम्मान हो । जुन धेरै पालिकाले गर्न सम्भव छ । धिमाल समुदायलाई त्यहाँका पालिकाहरुले गरेको घोषणा उदाहरणको लागि काफी छ ।   

प्राविधिक सरकार, आचरणविहीन राजनीति

प्राविधिक सरकार, आचरणविहीन राजनीति

९०७ दिन अगाडि

|

२२ मंसिर २०८०

संजीव सत्गैंया लोकतन्त्र एक प्रक्रिया हो, अभ्यास हो र आचरण पनि हो, तर दलहरूमा यो कुनै पनि विषयमा चेतना नहुनु नै सायद आजको ठूलो विडम्बना हो। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको सत्तारोहणपश्चात् गत वर्ष जसरी निर्देशनको बाढी आएको थियो, सायद पहिले कहिल्यै थिएन। निर्देशन यसरी दिइएका थिए र मिडियामा यसरी रिपोर्टिङ गरिएका थिए, मानौँ अब देशले साँच्चिकै कोल्टे फेर्छ। जसैजसै मन्त्रिमण्डलमा सदस्य थपिँदै गए, निर्देशन पनि बढ्दै गए। गत वर्ष पुस १० मा तेस्रो पटक प्रधानमन्त्री हुँदा दाहाल निकै उत्साहित देखिन्थे। अघिल्ला दुई कार्यकालमा खासै केही गर्न नसकेको र अब सत्ता हातमा आए ‘केही त गर्ने नै गर्ने’ उनले बारम्बार भनी नै रहेका थिए। तेस्रो पटकको सत्तारोहणबाट दाहाल अति नै उत्साहित छन् भन्ने एकपछि अर्को निर्देशनबाटै प्रष्ट हुन्थ्यो। अहिले दाहालले तेस्रो कार्यकालको पहिलो वर्षगाँठ मनाउने तरखर गर्दैगर्दा उनको वर्ष दिनअघिको उत्साहमा चाहिँ चिन्ताका बाछिटा देखिन थालिएका छन्। न सुशासन र सेवा प्रवाहमा उल्लेखनीय सुधार, न जनसरोकारका साधारणभन्दा साधारण विषयकै सम्बोधन। दाहाल सरकार भने ती मुद्दा सम्बोधन गर्नुको साटो उल्टो बाटो हिँडिरहेको छ। यहाँसम्म कि आलोचनाका डरले सामाजिक सञ्जालको नियमन गर्न कस्सिएको सरकार टिकटक बन्द गरेरै सारा राष्ट्रिय र सामाजिक समस्या समाधान गर्न तम्सिएझैँ गरेको छ। निर्देशन दिनु आफैँमा समस्या भने होइन। दाहाल अगाडिका विभिन्न प्रधानमन्त्री, मन्त्रीहरूले पनि निर्देशन दिँदै आएका थिए। तर समस्या कहाँ छ भने यस्ता निर्देशन मात्रले सरकार सञ्चालनलाई केवल प्राविधिक विषयमा सीमित गर्दै लैजान्छ। नेपाली कांग्रेस संसद्को सबैभन्दा ठूलो दल हो। सुशासन र सामाजिक मुद्दाबारे मुख्य सत्ता साझेदार कांग्रेसको आफ्नै सदाबहार नीति छ, अर्थात् कुनै नीति छैन। कांग्रेस अहिले नेतृत्व शून्यताको स्थितिमा मात्र छैन, विचारविहीन पनि छ।  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली निकै गजबको कटाक्षका लागि प्रख्यात छन् भने कैयौँ मुद्दामा सत्ता साझेदारकै भूमिकामा भएको छनक उनको पार्टीले दिइरहेको छ, यदाकदा सरकारलक्षित केही सामान्य आलोचनात्मक टिप्पणीबाहेक। एमालेको जुन रूपान्तरण अहिले नेकपा (ओली)मा भएको छ, त्यसले पनि प्रष्ट हुन्छ कि प्रमुख प्रतिपक्षी दल वैचारिक रूपमा कति भुत्ते छ। नेकपा (माओवादी केन्द्र)मा वैचारिक र सैद्धान्तिक विचलन आयो भनेर त उक्त दलका अध्यक्ष र नेताहरू भनिरहेका नै छन्, भलै त्यो दलगत र सार्वजनिक खपतका लागि किन नहोस्, तर त्यो पनि एक किसिमको स्वीकारोक्ति नै हो। यिनै कांग्रेस, एमाले र माओवादी केन्द्र भने वर्षौंदेखि सत्ताको धुरी वरिपरि घुमिरहेका छन्। भ्रष्टाचार अन्त्य गरी सुशासन दिने र सदाचार ल्याउने कुरा पनि यिनै गरिरहेका छन्, एकपछि अर्को निर्देशन पनि यिनै दिइरहेका छन्। वर्षौंदेखि बस् कुरा नै गरिरहेका छन्। कामचाहिँ कहाँ भइरहेको छ भन्ने न कसैले देख्न पाएको छ, न महसुस गर्न। निर्देशन दिनु आफैँमा समस्या भने होइन। दाहाल अगाडिका विभिन्न प्रधानमन्त्री, मन्त्रीहरूले पनि निर्देशन दिँदै आएका थिए। तर समस्या कहाँ छ भने यस्ता निर्देशन मात्रले सरकार सञ्चालनलाई केवल प्राविधिक विषयमा सीमित गर्दै लैजान्छ। संसदीय पद्धतिमा सरकार गठन प्राविधिक विषय हुन सक्ला– कुन ठूलो दल, कसको नेतृत्वमा सरकार बनाउने, कसले समर्थन गर्ने आदि इत्यादि– तर सरकार सञ्चालन नितान्त राजनीतिक प्रक्रिया हो, त्यसमा भने दल र नेताहरू केन्द्रित भएको कुनै आभास नै हुन सकेको छैन। सरकार सञ्चालक र राजनीतिक दलहरू पछिल्ला केही वर्षमा निकै प्राविधिक हुँदै गएका विभिन्न उदाहरण छन्– प्रधानमन्त्री स्वयं राजमार्ग आसपासका होटल अनुगमन गर्न जानु, मन्त्रीहरू आफैँ बिजुलीको खम्बा चढेर तार काट्नु, विमानस्थलको शौचालय सफा गर्नू, भाषणबाटै चेतावनी दिनु या कुनै मन्त्री ‘मेलम्चीको पानी काठमाडौँ ल्याउन’ मेलम्ची नै गइदिनु आदि।  जनताको संघर्षले देशमा बहुदलीय लोकतान्त्रिक व्यवस्था र त्यसपछि गणतन्त्र त आएको छ, तर राजनीतिक दल र नेताको अगुवाइमा भएका आन्दोलनहरूको प्रतिफल नै हो वर्तमान व्यवस्था, तर यी दल वा तिनका नेता कुनै पनि हिसाबले आजका दिनमा जनतासँग भावनात्मक रूपमा जोडिन सकेका छैनन्। दल र नेताहरूले बोल्ने भाषा र गर्ने भाषणसँग आजका दिनमा जनताले सामञ्जस्य नै बसाउन सकेका छैनन्। अर्को अर्थमा भन्ने हो भने नेता र दलका कुरा जनता बुझ्दैनन्। जनताका कुरा नेता सुन्दैनन्। लोकतन्त्र र सरकार सञ्चालन केबल प्राविधिक विषय मात्र नभएर निरन्तरको प्रक्रिया हुन्। जति जति लोकतान्त्रिक मूल्य–मान्यता प्राविधिक बन्दै जान्छन्, प्रक्रिया गौण हुँदै जान्छ। निरन्तरको प्रक्रिया र असल अभ्यासले लोकतन्त्र मजबुत बनाउँछ, तर प्राविधिक 'लफ्फेवाजी'ले जडता निम्त्याउँछ। लोकतान्त्रिक नै भने पनि जब मुलुकमा जडताले प्रश्रय पाउँछ, त्यसको प्रथम लाभार्थी सत्तामा रहेका दल र नेता हुन्छन्। त्यसै कारणले पनि सत्ताधारीहरू प्रक्रिया र अभ्यासभन्दा जडता चाहन्छन्, अनि प्राविधिक विषयमा जनतालाई अलमल्याइरहन्छन्। अहिले भइरहेको पनि त्यही हो। दुई दशकभन्दा केही अघिको सानो संस्मरण। डेरा नजिकैको चिया पसलमा म नियमित जाने गर्थें। केही चिनजानका मभन्दा उमेर खाएका दाइहरूका राजनीतिक गफ सुन्नु मेरो एक किसिमको दिनचर्या थियो। कुराकानीमा मेरो सक्रिय सहभागिता निकै न्यून हुन्थ्यो। प्रजातन्त्र आएको एक दशक पूरा हुने क्रममा थियो, तर मुलुकमा बेथितिले जरो गाड्न शुरू गर्नगर्न लागेको अवस्था थियो। एक दिन मैले कुनै प्रसंगमा भनी त हालेँ- "हाम्रा नेताहरूले खासमा केही गर्नै पर्दैन, अलिकति मात्र आफ्नो आचरणमा सुधार गर्ने हो भने धेरै कुरा आफैँ ठीक हुन्छ देशमा।" "ओहो, तिमी पनि राजनीतिक टिप्पणी गर्ने भइसक्यौ!" एक जना दाइले भन्नु भो। भन्न नहुने कुरा पो भनेँ कि भन्ने भइरह्यो मनमा। तैपनि असल श्रोताको भूमिका केही समय निभाई नै रहेँ। समय क्रममा ती दाइहरूसँगको भेटघाट पनि टुट्दै गयो।  तीमध्ये एक जना दाइसँग हालै अचानक भेट भो। नजिकैको ‘क्याफे’मा चिया खान बस्दाबस्दै दाइले भन्नुभयो, "कांग्रेस, एमाले, माओवादी सबै उस्तै हुन्।" "के भो र दाइ?" सोधेको मात्र थिएँ, अलि उत्तेजनामै पो आउनु भो, "सबै नेता आचरणविहीन भएर गए, न दलमा आचरण छ न नेतामा। समस्या व्यवस्थामा छैन, यिनीहरूको आचरणमा छ। जबसम्म नेताहरूले आचरण सुधार्दैनन्, तबसम्म राजनीति सुध्रिन्न, जबसम्म राजनीति सुध्रिन्न, तबसम्म देश उँभो लाग्न गाह्रो छ।" मैले पनि त्यस्तै केही कुरा भनेको थिएँ भनेर त सम्झना दिलाइनँ तर, एक पटक फेरि त्यही पुरानो कुरा सोच्न म पनि बाध्य भएँ। फरक के थियो भने मैले उति बेला नेताहरूका केही छिटपुट व्यवहारको सन्दर्भ कोट्याएको थिएँ, अहिले के महसुस भयो भने यो त सम्पूर्ण लोकतान्त्रिक आचरणको कुरा रह्यो। लोकतन्त्र एक प्रक्रिया हो, अभ्यास हो र आचरण पनि हो भन्ने नेताहरूको चेतमा नभएजस्तो छ, जुन उनीहरूको बोली र व्यवहारबाट प्रष्ट हुन्छ। लोकतन्त्र एक प्रक्रिया हो, अभ्यास हो र आचरण पनि हो भन्ने नेताहरूको चेतमा नभएजस्तो छ, जुन उनीहरूको बोली र व्यवहारबाट प्रष्ट हुन्छ। गत मंसिरमा जनताले चुनाव सम्पन्न गराए। यहाँ ‘जनता’ले भन्ने कुरामा जोड दिनु किन आवश्यक छ भने ‘चुनाव सरकारले सम्पन्न’ गरेको भन्ने गलत भाष्य बसालिएको छ। चुनाव गराउनु सरकारको न्यूनतम दायित्व हो र यसलाई सुसम्पन्न गर्ने सार्वभौम जनता हुन्। त्यस चुनावको प्रष्ट सन्देश के थियो भने ‘यो नयाँ संविधानअन्तर्गतको दोस्रो चुनाव हो र अब यसैगरी संविधान र लोकतन्त्रलाई क्रमशः संस्थागत गर्दै लैजानुपर्छ।’  विडम्बना, चुनावको नतिजाको एक महिनापछि नै दलहरूले संविधानका धाराहरूको यति प्राविधिक रूपमा अपव्याख्या गरेकी आजको सरकारको जग नै संवैधानिक मर्मको हिसाबले कमजोर छ। कांग्रेससँगको गठबन्धनमा चुनाव लडेको माओवादी सरकार बनाउनेताका एमालेसँग हात मिलाउन पुग्यो। एमालेको समर्थनमा बनेको दाहाल सरकार भने कांग्रेसको विश्वासको मतको आधारमा अहिले चलिरहेको छ। के भइरहेको छ भने दल र नेताहरू यस्ता विकृत अभ्यास गलत हुन् भन्नुको साटो यस्तै अभ्यास प्रदेशहरूमा दोहोर्‍याउन उद्धत छन्।  त्यसमाथि आवधिक निर्वाचन भएको एक वर्ष पुग्दा नपुग्दै मध्यावधिको रहर पनि गरिरहेका छन्। राजनीतिक र संवैधानिक दुवै रूपमा अनुपयुक्त यस्तो विचारको स्रोत कहाँ होला/के होला? संविधान एक जीवन्त दस्ताबेज हो भन्ने रट लगाउँदा लगाउँदै दल र नेताहरू नै यसलाई गिजोलगाजोल गर्न तँछाडमछाड गर्दै छन्। दलहरूले सरकार र लोकतन्त्रलाई अभ्यास र आचरणको रूपमा विकास गर्न नसक्नुका उदाहरण हुन् यी सब। संविधानको दुहाई दिँदै संविधानमाथि नै जुन आक्रमण दलहरूले गरिरहेका छन् र लोकतान्त्रिक गणतन्त्रको हवाला दिँदै जसरी लोकतान्त्रिक गणतन्त्रलाई नै दलहरूले कमजोर बनाइरहेका छन्, त्यसले मलजल गर्ने भनेको नै अतिवादी र प्रतिगामी तत्त्वहरूलाई हो। आम चुनावको एक वर्ष हुँदा नहुँदै, सारा दल ‘मिसन ८४’ भन्ने राग अलापेर बसेका छन्। आवधिक चुनाव लोकतन्त्रको विशिष्टता त पक्कै हो, तर दल र नेताहरूले लोकतन्त्र भनेकै चुनावपछि अर्को चुनाव हो र सरकारपछि अर्को सरकार गठन हो भन्ने बुझ्नु र बुझाउन खोज्नुले लोकतन्त्रबारे उनीहरूको चेत र यसप्रतिको प्रतिबद्धता कति कमजोर रहेछ भन्ने देखाउँछ। संविधानको दुहाई दिँदै संविधानमाथि नै जुन आक्रमण दलहरूले गरिरहेका छन् र लोकतान्त्रिक गणतन्त्रको हवाला दिँदै जसरी लोकतान्त्रिक गणतन्त्रलाई नै दलहरूले कमजोर बनाइरहेका छन्, त्यसले मलजल गर्ने भनेको नै अतिवादी र प्रतिगामी तत्त्वहरूलाई हो। हालैका दिनमा यसको छनक सडक र सामाजिक सञ्जालहरूमा नदेखिएका पनि होइनन्। संविधान नै उल्ट्याउने, धर्मनिरपेक्षता र संघीय लोकतान्त्रिक प्रणालीलाई नै चुनौती दिने जुन क्रियाकलापहरू भइरहेका छन्, प्रधानमन्त्रीलगायत दलका नेताहरू त्यसमा पनि प्राविधिक जवाफ मात्र दिइरहेका छन्। प्रधानमन्त्रीको जवाफी कारबाही सुशासनको सुनिश्चितता, मजबुत सेवा प्रवाह, जनसरोकारका मुद्दा सम्बोधन गरेर हुन्छ वा फेरि कुनै नयाँ निर्देशन जारी गरेर ?     उकालोबाट लेखक द काठमान्डू पोस्टका पूर्वसम्पादक हुन्।  

के नशा मदिराबाट मात्रै प्राप्त हुन्छ ?

के नशा मदिराबाट मात्रै प्राप्त हुन्छ ?

९१५ दिन अगाडि

|

१४ मंसिर २०८०

गणेशप्रसाद गुरागाईं संसारका धेरैजसो मानिस मदिरापान गर्छन् । कसैले पीडा भुल्ने बहानामा, कसैले प्रेम वियोगको बहानामा, कसैले ठण्डी भगाउने बहानामा, कसैले खुसी साटासाटको बहानामा, कसैले पुरानो मित्र भेटको बहानामा, कसैले मौसम परिवर्तनको बहानामा, कसैले चाडपर्वको बहानामा, कसैले आफ्नो कुनै पनि सफलता र असफलताको बहानामा मदिरा सेवन गर्छन् । यी बहाना प्रतिनिधिमूलक मात्र हुन् । खोज्दै बुझ्दै जाने हो भने विश्वमा रहेका लगभग आठ अर्ब मानवमध्ये चार अर्ब जतिले त यस्ता बहानाको फेहरिस्त नै पेस गर्छन् । तसर्थ सबै बहाना यहाँ उल्लेख गर्न सम्भव छैन । बहाना जेसुकै भए पनि मानिसले नशाका लागि वा लागेको बानीलाई त्याग्न नसकेर नै मदिरापान गर्छन् । तामसी गुण अन्तर्गतको पेय पदार्थ हो मदिरा, यो साकाहारी समूहमा पर्छ । श्रीमद्भगवद्गीता अध्याय १७ श्लोक १० मा मानिसले आफ्नो खानपानमा प्रयोग गर्ने मदिरा लगायत तामसी खानाका विषयमा उल्लेख छ ।  ‘यातयामं गतरसं पूति पर्युषितं च यत् ।  उच्छिष्टमपि चामेध्यं भोजनं तामसप्रियम् ।।’ अर्थात् ग्रहण गर्नुभन्दा तीन घण्टा पहिले पकाइएको, आधा पाकेको, रसहीन, दुर्गन्धित, बिग्रिएको, सडेको, बासी, जुठो र एकदमै अपवित्र खानेकुरा तमोगुणी मानिसलाई मनपर्छ वा प्रिय लाग्छ ।  उपरोक्त अर्थबाट के बुझिन्छ भने मदिरा, मदिराजन्य पदार्थ र मदिरा समान गुण भएका जति पनि दुर्गन्धित, सडेगलेका, बासी, जुठो र एकदमै अपवित्र पेय पदार्थ र खानेकुरा छन्, ती सबै तामसी समूहमा पर्छन् । यस्ता पेयपदार्थ र खानेकुराले संक्रामक रोग बढाउँछन् । यी पदार्थ सत्त्वगुणी मानिसहरू खाँदैनन् र खान पनि मन पराउँदैनन् । त्यसैगरी मदिरापानको लत बसेको मानिस (जसलाई तमोगुणी स्वभावमा स्थित मानिस भनिन्छ)को आनीबानी, चालचलन, स्वभाव, कार्य सम्पादनको तौर–तरिका र कार्य परिणामका विषयलाई प्रस्ट्याउनका लागि श्रीमद्भगवद्गीता अध्याय २ श्लोक ६२ र ६३ को अर्थ र भावलाई उल्लेख गर्नु उपयुक्त हुन्छ ।  ‘ध्यायतो विषयान्पुंसः, संगस्तेषुपजायते ।  सङ्गात्सञ्जायते कामः, कामात्क्रोधोक्भिजायते ।।  क्रोधाद्भवति सम्मोहः सम्मोहात्स्मृतिविभ्रमः ।  स्मृतिभ्रंसाद् बुद्धिनाशो बुद्धिनाशात्प्रणश्यति ।।’ अर्थात् विषयहरूको चिन्तन गर्ने पुरुषको तिनै विषयमा आशक्ति पैदा हुन्छ, आशक्तिबाट ती विषयप्रति कामना पैदा हुन्छ र कामनामा विघ्न हुँदा क्रोध उत्पन्न हुन्छ । क्रोधका कारण अत्यन्त मूर्खताभाव उत्पन्न हुन्छ, मूर्खताभावका कारण स्मृतिमा भ्रम हुन जान्छ, स्मृतिमा भ्रम उत्पन्न हुँदा बुद्धि अर्थात् ज्ञानशक्तिको नाश हुन्छ र बुद्धिको नाश भएपछि त्यो पुरुष आफ्नो स्थितिबाट गिर्दछ । यस्तै, मदिराको स्वाद, गन्ध, बनाउने प्रक्रिया, यसको सेवनबाट प्राप्त उपलब्धि, उपभोग गर्न मिल्ने समय आदि विचार गर्दा यो पेय पदार्थ तामसी स्वभाव र गुण भएको पेय पदार्थ हो र यसको प्रयोगले मानिसलाई तमोगुणी स्वभावमा पुर्‍याउँछ । यस स्वभावमा पुग्नुलाई आध्यात्मिक नजरले विश्लेषण गर्ने हो भने मानिस कहिल्यै पनि मोक्ष हुन वा मुक्तावस्थामा पुग्न सक्दैन । मानिसले सेवन गर्ने जुनसुकै खाना समूह र प्रकारमा मदिरा परे पनि अन्ततोगत्वा यसबाट प्राप्त हुने मूलभूत तत्त्व भनेको नशा हो ।  तसर्थ मदिराबाट प्राप्त हुने अल्पकालीन नशालाई त्याग गरेर जुन नशा एक पटक मात्र लागेपछि जीवनपर्यन्त लागिरहन्छ त्यो नशाको विषयमा चिन्तनमनन गरौँ । योग, ध्यान र अध्यात्मको विषयमा चिन्तन गरौँ । मदिराले कति समयसम्म नशा दिन्छ भन्ने त्यसको मात्रामा निर्भर गर्छ भनेको पनि सुनिन्छ । मदिरा भनेर मात्रै हुँदैन, यसका पनि विभिन्न प्रकार छन् । गुणस्तर अनुसार मूल्य तोकिएको पाइन्छ । मदिराको मूल्य जति परे पनि यसको मूलभूत गुण नशा दिने नै हो । कतिपयले मात्रा मिलाएर गुणस्तरीय मदिरा पिउँदा स्वास्थ्यलाई हानि नगर्ने तर्क पनि गर्छन् । उनीहरूको तर्कको आफ्नै विज्ञान होला । तर मदिराले राम्रो गरेको भन्दा नराम्रै गरेको समाजमा देखिँदै र सुनिँदै आइएको छ । मदिराकै कारण झै–झगडा भएको, मानिसले होस गुमाएर गल्ती गरेको, लामो समय मदिरा सेवन गरेका कारण रोगको सिकार भएको हाम्रा लागि नौला होइनन् । मदिरापानको बानी लागेकाहरूको तर्क हुन्छ, मदिराको नशा भनेकै आनन्द महसुस गर्नु हो । मदिराको नशाबाट प्राप्त हुने आनन्द अन्य पेय पदार्थबाट प्राप्त हुने आनन्दभन्दा सर्वोच्च छ र यो सर्वसुलभ रूपमा उपलब्ध छ ।  के नशा मदिराबाट मात्रै प्राप्त हुन्छ ? होइन । मानव जीवनका लागि आवश्यक र सबैभन्दा महत्त्वपूर्ण नशा हो– आध्यात्मिक चिन्तन र ध्यान । यसको नशा एक पटक मात्र लाग्यो भने जीवनपर्यन्त छुट्दैन । मानिसले मदिराको नशाभन्दा अभूतपूर्व गहिरो र दीर्घकालीन नशाको विषयमा थाहा पायो भने उसले यो नशालाई चटक्कै छाड्न सक्छ । यस्तो अभूतपूर्व नशाको लतलाई छाडेर मानिस जब मदिरापानको नशामा भुल्न थाल्छ, ऊ मानव भएर जन्मनुको उद्देश्य, कर्तव्य र लक्ष्यबाट च्युत हुन थाल्छ । मदिरापान गर्ने बानी भएको मानिसले एकातिर मानिस भएर जन्मनुको महत्त्वपूर्ण उपलब्धिबाट चुक्नुपर्छ भने अर्कोतर्फ पुनः चौरासी लाखको चक्करमा पनि पर्नुपर्छ । मदिरापान गर्ने मानिसबाट प्राप्त हुन सक्ने जवाफको अनुमान गर्दा पाण्डव गीताको श्लोक ५८ र ५९ लाई यहाँ दृष्टान्तको रूपमा प्रस्तुत गर्न सकिन्छ । जस अनुसार – ‘जानामि धर्मं न च मे प्रवृत्ति– र्जानामि पापं न च मे निवृत्तिः । केनापि देवेन हृदिस्थितेन यथा नियुक्तोक्स्मि तथा करोमि ।। यन्त्रस्य मम दोषेण शम्यतां मधुसूदन ।  अहं यन्त्रं भवान् यन्त्री मम दोषो न दीयताम ।।’ अर्थात् ‘म धर्मलाई जान्दछु तर यसमा मेरो प्रवृत्ति हँदैन, यसतर्फ मेरो मनै जाँदैन । यसरी नै म पापलाई पनि जान्दछु तर उसबाट मेरो निवृत्ति हँदैन, मनले त्यो बाटो छोड्नै मान्दैन । हृदयमा बसेको कुनै देव जस्ताले जे प्रेरणा दिन्छ, म त्यही गर्दछु । हे मधुसुदन ! म यन्त्र हुँ र तपाईं यन्त्री (यन्त्रको प्रेरक) हो । यसकारण यन्त्ररूप मेरो दोषबाट तपाईं शान्त हुनुहोस् । मलाई दोष नदिनु, किनकि यन्त्रका सबै क्रियाहरू त्यसको प्रेरकको अधिनमा हुन्छन् ।’ यो श्लोकको अर्थको विश्लेषण गर्दा यस्तो अर्थ लाचार र व्यभिचारी मानिसबाट मात्र अपेक्षा गर्न सकिन्छ । साथै उनीहरूले आफ्नो कार्यदोषको परिणामको जिम्मा ईश्वरलाई लगाउने प्रयास गरेको देखिन्छ । ईश्वर भनेको यस्तो तत्त्व हो, जो सारा जीवको भावमा मात्र उपलब्ध हुन्छ । चाहे सात्त्विकी, राजसी र तामसी गुण र स्वभाव भएको जीव किन नहोस् । उसले कहिल्यै पक्षपात गर्दैन र सबैमा समभावमा रहन्छ, साक्षीको रूपमा मात्र रहन्छ । जो व्यक्तिकृत संकल्पित छ, ऊ आफ्नो कर्तव्य पथबाट डगमगाउँदैन, यस्तो अर्थको पछाडि दौडिँदैन, कसले यो अर्थ लगायो त्यसको खोजी गर्दैन, आफू पनि त्यस्तो अर्थ लगाउँदैन र अरुलाई पनि यस्तो अर्थ लगाउन प्रोत्साहन गर्दैन । तसर्थ मदिराबाट प्राप्त हुने अल्पकालीन नशालाई त्याग गरेर जुन नशा एक पटक मात्र लागेपछि जीवनपर्यन्त लागिरहन्छ त्यो नशाको विषयमा चिन्तनमनन गरौँ । योग, ध्यान र अध्यात्मको विषयमा चिन्तन गरौँ । त्यही नशालाई आफ्नो जीवनको मूलप्रवाहको रूपमा अँगाल्दै जीवन सफल बनाऊँ । आनन्दका नाममा अल्पकालीन आनन्दको कुलतमा नफसौँ र यसका पछि नलागौँ । दीर्घकालीन आनन्दका बारेमा चिन्तन गरौँ । रातोपाटीबाट

छठपर्वको इतिहास

छठपर्वको इतिहास

९२८ दिन अगाडि

|

२ मंसिर २०८०

सूर्यकुमार पण्डित छठ पर्व हरेक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि चार दिनसम्म मनाइन्छ ।  यस वर्ष (२०८०) यो पर्व मङ्सिर २ र ३ गते परेको छ । षष्ठीका दिन अस्ताउँदो सूर्यलाई सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिनुपर्ने परम्परा हो तर तिथिको घटबढले गर्दा ३ गते बिहान ७ः५२ मा नै षष्ठी सकिएर सप्तमी लाग्छ । त्यो सप्तमी पनि ५ः ३९ बजे नै सकिन्छ । पवित्र मनले सूर्यलाई अर्घ दिँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।  यो पर्व नेपालको तराई र भारतको उत्तरी क्षेत्रका हिन्दुहरूले मनाउने पवित्र र महत्त्वपूर्ण सांस्कृति पर्व हो । यो पर्वलाई भाषागत रूपले हेर्दा भोजपुरी र मैथली संस्कृतिमा मौलाएको पाइन्छ । पहिला पहिला नेपालको तराई क्षेत्रमा मात्र छठ मनाएको देखिन्थ्यो । तर हाल नेपालको पहाडी भूभाग र विश्वको विभिन्न भागमा जहाँ जहाँ हिन्दु धर्मावलम्बीहरू बसेका छन् त्यहाँ त्यहाँ यो पर्व श्रद्धा एवं भक्तिपूर्वक मनाउन थालेको पाइन्छ । यसमा सूर्यको उपासना र षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ ।  कार्तिक शुक्ल चतुर्थीका दिन व्रतारम्भ वा पूवाङ्ग गरिन्छ । पहिलो दिन विधिवत् रूपमा सुरु भएको दिनलाई खर्ना भनिन्छ । पहिलो दिन व्रतालुहरूले निष्ठापूर्वक पवित्र नदी वा जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सक्खरको खीर पकाई एक छाक मात्र प्रसादका रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ ।  छठको दोेस्रो वा पञ्चमीका दिनमा व्रतालुहरू पानीसमेत नपिई निराहार बस्छन् । साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई पानीमा डुबेर स्नान गर्दछन् । तेस्रो वा षष्ठीका दिन व्रतालुहरूले त्रिवेणी वा ठूला नदी दोभान वा नदी सागर पोखरीको किनारमा सूर्यलाई र छठीमैयालाई चढाउने सामग्रीहरू नदी वा पोखरीको किनारमा लगेर सजाइन्छ । यस पर्वमा धेरै किसिमका फलफूल नैवद्य तयार गरिन्छ । यसका साथै चामलको पिठोको खीर तयार गरिन्छ । व्रतालुहरू पानीभित्र पसेर बअस्ताउँदो सूर्यलाई अर्घ दिएर पूजा आराधना गर्दछन् । सूर्यार्घमा निम्न चिजहरू राखिन्छ । पानी, दूध, कुश, दही, तिल, अक्षता, दूबो र सस्र्युं गरी आठवटा वस्तु राखिन्छ । एउटा सिङ्गो फल पनि राखिन्छ । यी चिज राख्दै गर्दा निम्न मन्त्र उच्चारण गरिन्छ । अर्घसँगै शङ्खअर्घ पनि तयार गरिन्छ । शङ्खअर्घ भनेको पूजा गर्ने सानु शङ्ख उत्तानो पारी राख्ने र माथिका सबै वस्तु यसमा पनि राख्नु हो । आपः क्षीर कुशाग्राण्री दध्याश्च तिलतण्डुलान् ।  दूर्वा सिद्धार्थकं चै व अष्टाङ्ग अर्घउच्चते                   अर्घको पूजा गर्ने मन्त्र : ब्राह्मणो दर तीर्थानी करैः पृष्ठाति ते रवे ।  तेन सत्वेन देवेश तीर्थदेहि दिवाकरम् ।   शङ्ख अर्घ : शङ्खादौ चन्द्र दैवत्यं कुशावारुण देवताम् ।  पृष्टे प्रजापतिश्चैव तस्मात शङ्ख प्रपुजयते ।। अर्घलाई चन्दन अक्षताले ४ पटक पूजा गरिन्छ :  ॐ गङ्गादि सर्वतीर्थेभ्यो नम  ॐ धर्मपद दशकलात्मने बन्हिमण्डलाय नमः ॐ अर्थपद द्वादशकलात्मने सूर्यमण्डलाय नमः  ॐ कर्मपद षोडसकलात्मने चन्द्रमण्डलाय नमः ।    धेनुमुद्रा, अंकुश मुद्रा र मत्स्य मुद्रा देखाइन्छ । सूर्यार्घस्तुति, सूर्यलाई अर्घः  अर्घ दिँदै गर्दा अर्घको आधा चिज मात्र सूर्यलाई चढाएर आधा जति बाँकी त्यही राखिन्छ । बाँकी भोलिपल्ट सूर्योदय हुँदा दिने अर्ध यसैले दिइन्छ । सूर्यार्घ दिँदा भन्ने मन्त्र ।   सुन्दर वर्णाय सुमङ्गलाय, सुवर्ण वर्णा भरणाय तुभ्यम् । पद्माभ नेत्राय सुपङ्कजाय, ब्रह्मेन्द्र नारायण कारणाय ।। सु–रत्त पूर्ण स–सुवर्ण तोयं, सु–कुङ्कुमाद्य सु–कुशं सु–पुष्पम् । प्रदत्त मादाय सहेम पात्रं, प्रशस्त अघ्र्यं भगवान नमस्ते ।। नमः शिवाय शान्ताय सगणय दि हे तवे ।  रुद्राय विष्णवे तुभ्यं ब्राह्मणे सूर्यमूर्तये ।। एहि सूर्य सहस्रांशो तेजोरासी जगत्पते ।  अनुकम्प मयां भक्त्या गृहाणार्थ दिवाकरम् ।। रातभर सूर्यको आराधनामा मग्न भएका भक्तहरूले भोलिपल्ट वा सप्तमीका दिन बिहान उदाउँदो सूर्यको पुनः पूजाआजा गर्दै व्रतालुहरूले हिजो अर्घ दिँदा बाँकी रहेको अर्घ र शङ्खअर्घ दिन्छन् । साथै पुुनः अञ्जुलीमा जल भरेर सूर्यार्घ चढाइन्छ । पालैपालो पक्वान्न, ऋतुफल र सुक्खाफल  पठकुवा, भुसुवा, फलफूल र मिठाई जस्ता प्रसाद अर्पण गरिन्छ । प्रसादमा उखु, केराउ, केरा, नरिवल, मिठाई, चना, ठेकुवा, कसार, कागती र अदुवा राखिन्छ । शुद्ध घिउमा गहुँको पिठोबाट निर्मित ठेकुवा र चामलबाट निर्मित कसारको विशेष प्रसाद चढाइन्छ ।  उदाउँदो सूर्यलाई अर्घ दिँदा निम्न श्लोक पाठ गरिन्छ ।  तापत्रय हर दिव्यं परमा नन्दलक्षणाम् ।  तापत्रय विनासाय तावार्घ मर्पयामह्यम् ।।  अर्घ गृहाण ब्रह्मज्ञ गन्धपुष्पाक्ष तैर्युक्तम् ।  करुणाकर विप्रेषेण प्रशन्नो भव सर्वदा ।। सूर्यार्घको काम सकेपछि षष्ठीदेवीको पूजा आराधना गरिन्छ । षष्ठीदेवीको मुर्ती सिँगारेर झकिझकाउ बनाइन्छ । षष्ठीका देवीलाई पूजा गर्दा भने निम्न श्लोक पाठ गरिन्छ । जगन्मातार्जगदात्री जगदा नन्दकारिणी ।  प्रशिद मम कल्याणी नमस्तु षष्ठी देवते ।। यसरी उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठी माताको पूजाआजा गरिन्छ । भाकल गर्नेहरूको सबै मनोकामना पूरा हुने धार्मिक विश्वास छ । यो व्रत गर्नाले चर्मरोग छिटो निको हुने पनि विश्वास गरिन्छ  छठीमैयाको पूजा सकेपछि त्यो वर्षको छठ पर्व विसर्जन भएको मानिन्छ । व्रत विसर्जन गरेपछि सूर्य र छठीमैयालाई चढाएका प्रसाद आफन्त तथा छिमेकीलाई वितरण गरिन्छ । नदी तथा तलाउमा सिँगारिएका वस्तुहरूलाई पनि विसर्जन गरिन्छ । पाउना आएका आफन्तहरूलाई पनि यथोचित भोजन गराई बिदाइ गरिन्छ ।  छठ पर्वको इतिहास सृष्टिको सुरुदेखि नै मानिसले सूर्यको उपासना गरिँदै आएको पाइन्छ । अग्नि पुराणमा पनि षष्ठीदेवीको व्रतको प्रसङ्ग उल्लेख छ । चौध वर्षको वनवास र एक वर्षको अज्ञातवास बसेको बेला द्रौपदीसहित पाण्डवले पनि यो व्रत गरेको वर्णन महाभारतमा पाइन्छ । त्रेता युगमा राजा दशरथकी रानी कौशल्याले पनि यो व्रत गरेको बताइन्छ । कात्तिक महिनामा मनाइने छठलाई शारदीय वा ठूलो छठ भनिन्छ । चैत्र शुक्ल षष्ठी तिथिमा पनि केही ठाउँमा यो पर्व वसन्तीय षष्ठी मनाइन्छ ।