Above News Title

अवसर पाए पुरुष भन्दा दरिलो गरी बरघर चलाउन सक्छन् महिला

अवसर पाए पुरुष भन्दा दरिलो गरी बरघर चलाउन सक्छन् महिला

थारु समुदायको माघ पर्व नजिकिएसंगै थारु गाउँको नेतृत्वका बारेमा बहस हुन थालेको छ । यसै क्रममा देउखुरीदाङ, लमही–३, उत्तर मजगाउँमा पुस १२ गते शुक्रवार विभिन्न गाउँका बरघरहरुले बरघर समयअनुसार समावेशी हुनुपर्ने अभिव्यक्ति दिएका छन् । 

यूएसएड, नागरिक सञ्चार ऋक्ः को आर्थिक सहयोग, द एशिया फाउण्डेशनको सहकार्य तथा थारु साहित्य तथा संस्कृति प्रतिष्ठानको आयोजनामा भएको प्यानल छलफल कार्यक्रममा बरघरहरुले त्यस्तो अभिव्यक्ति दिएका हुन् ।

बरघरमा महिला सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा धनपुरुवा गाउँकी बरघर सीता चौधरीले देश हाँकिरहेका महिलाहरुले अवसर पाए गाउँको नेतृत्व गर्न नसक्नै प्रश्नै नरहेको धारणा राखिन् । उनले गाउँलेले चाहे आगामी वर्ष पनि गाउँको बरघरको नेतृत्व लिन तयार रहेको बताइन् । उनले कारण खुलाइन्, ‘गाउँलेहरुले पुरुषभन्दा पनि राम्रो तरिकाले तिमीले गाउँको अगुवाइ गर्यो, हराउँदै गएको संस्कृति पुनर्जागरण गर्यो, अर्को वर्ष पनि तिमी नै ककनडार (बरघर) बन्नुपर्छ भनेका छन् । त्यसैले पुनः गाउँ हाँक्ने मन बनाएकी छु ।’

सोनपुर गाउँकी टोल बरघर शर्मिला चौधरीले आफू ८ वर्षदेखि टोल बरघर चलाएको अनुभवले आगामी माघमा गाउँको मूल बरघरमा दावी रहने बताइन् । महिलाहरुलाई नेतृत्व दिने सवालमा पुरुष अनिच्छुक देखिएको, यसका लागि महिला आफै अग्रसर हुनुपर्ने उनको जिकिर थियो । 

कमानपुर युवा क्लवकी सचिव सृष्टि चौधरीले आफूहरुले गाउँको विकासकै लागि क्लव खोलेकोमा बरघर बन्न आग्रह आए पछि नपर्ने बताइन् ।  उता ससुरा विरामी परेर निकै वर्ष कार्यबाहक बरघर रहेकी उचानिम्बु गाउँकी देवी चौधरीले गाउँको विकासको लागि महिला, पुरुष दुबैको भूमिका बरोबर रहेको धारणा राखिन् ।  

बरघरमा युवा सहभागिता बढाउन के गर्नुपर्ला भन्ने सेसनमा युवाहरु विभिन्न सभा, बैठकमा पाकाहरु भन्दा बढी सक्रिय रहेको प्रसंग उठ्यो । जोगिया प्रगन्नाअन्तर्गत २२ गाउँका प्रधान तथा उत्तर मजगाउँका बरघर छुनिलाल चौधरीले भने,‘सामूहिक कामको लागि नकुदेको दिनै हुन्न । म ४० भन्दा तल छु । उमेर छिप्पिएको भए कहाँ दौडधुप गर्न सक्दो हुँ ।’ 

भुरीपुर गाउँका बरघर मंगल चौधरी गाउँमा रहेको युवाहरु बरालिएर हिँड्नुभन्दा कुनै पदीय जिम्मेवारीमा बसे अनुशासित रहने तर्क गरे । थारु कल्याणकारिणी सभा (थाकस), लमही इकाइका अध्यक्ष शिवप्रसाद चौधरीले बरघरहरुलाई एकजुट गराउन थाकस दिलोज्यान दिएर लागेको बताए । 

बरघर प्रणालीलाई चलायमान गराउन के छ उपाय भन्ने सेसनमा थाकस क्षेत्रीय समिति तथा लमही नगरपालिकाका कानूनी सल्लाहकार अधिवक्ता हल्लुप्रसाद चौधरीले बरघर विधयेक समयमा नबन्दा बरघरहरुले हीनताबोध महसुस गरेको बताए । उनले बरघर प्रणालीलाई चलायमान गराउन यसको विधेयक अपरिहार्य रहेको बताउँदै यसका लागि अझ दवाव बढाउनुपर्ने जिकिर गरे । 

लमही नगर बरघर समितिका अध्यक्ष पुनाराम चौधरीले गाउँमा मिश्रित समाजको बसोबास बढ्दै गएकाले गैरथारुहरुको पनि विश्वास जितेर काम गर्नुपर्ने अवस्था आएको बताए । ८ वर्षदेखि बरघर हाँकिरहेका लंगडी गाउँका बरघर कान्तुप्रसाद चौधरीले बरघर बन्न तँछाड मछाड हुनुपर्नेमा नयाँ पुस्ताको अरुचि निकै खट्किएको महसुस गरेको बताए । उता, पूर्व गाउँपालिका अध्यक्ष रोहित चौधरी बरघरको बैठक माइन्यूट नेपाली भाषामा लेखिएकोमा भाषा संरक्षणका लागि आफ्नै मातृभाषा थारु प्रयोग गर्न आग्रह गरे । संस्कृतिसंगै भाषा संरक्षणमा पनि बरघरहरु लाग्नु पर्नेमा उनको जोड थियो । 

आयोजक थारु साहित्य तथा संस्कृति प्रतिष्ठानका अध्यक्ष छविलाल कोपिलाले माघमा छनोट हुने बरघरबारे पुसमै छलफल हुनसके सवल नेतृत्व आउने धारणा राखे । प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज चौधरी सर्वहारीले बरघरहरु गाउँको सानो दायरामा सीमित नभई बरघरको अनुभव अन्य क्षेत्रमा पनि लगाउन आग्रह गरे । 


 

प्रकाशित:

५२० दिन अगाडि

|

१४ पुष २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३३० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७५ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३३० दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६८ दिन अगाडि

|

२७ मंसिर २०७९