Above News Title

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

राष्ट्रिय मानवअधिकार आयोगकी पूर्व आयुक्त मोहना अन्सारीले टीकापुर घटनाको एकोहरो योजनाकार रेशम चौधरी हुन् भन्ने भाष्य निर्माण गरिएको आरोप लगाएकी छन् । घटनाको दिन चौधरी टीकापुरमा नरहेको बताउँदै सो घटना  राज्यसत्तामा भएकाहरूको चलाखीपूर्ण रूपमा घटाइएको दाबी समेत गरेकी छन् ।

लाल आयोगले छानबिन गरेर तयार पारेको प्रतिवेदन सार्वजनिक नगरेर राज्यसत्ताले जनतालाई अँध्यारोमा राखेको उनको भनाइ छ ।  थारु र पहाडीबीच खडा गरिएको सदाको खाडल पुर्न राज्य हच्किरहेको उनले बताएकी छन् ।

सामाजिक सञ्जालमा उनले लेखेकी छन्, टीकापुर कापुर घटना राज्यसत्तामा भएकाहरूको चलाखीपूर्ण रूपमा घटाइएको घटना थियो। त्यो घटना राज्यसत्ताबाट घटाइएको थिएन भने लाल आयोगले मेहनत साथ छानबिन गरेर तयार पारेको प्रतिवेदन सार्वजनिक गरेर जनतालाई अँध्यारोमा राख्ने र थारु र पहाडीबीच खडा गरिएको सदाको खाडल पुर्न राज्य किन हच्की रहेको छ ?

आम जनताको बुझाइमा रेशम चौधरी टीकापुर  घट्नाको एकोहोरो योजनाकार हो भन्ने भाष्य निर्माण गरिएको छ। थारुहरू आन्दोलित थिए, घट्नाको दिन रेशम चौधरी टीकापुरमा छैनन्, तिनी घट्नाको केही दिन अघि नेपालगन्जबाट काठमाडौँ उडिसकेका थिए। तिनलाई एपीएफको गाडीले नेपालगन्ज एयरपोर्टसम्म पुर्‍याएको थियो।

रेशमको पत्नी काखको छोरा र बुवा रातभरि मकै बारी लुकेर ज्यान जोगाई देऊ भनेर गुहार माग्दै थिए र मकै बारीबाट फूलबारी एफएम रिसोर्ट जलेको हेरिरहेका थिए । आफ्नै सन्तानलाई जोगाउन नसक्ने अवस्थामा रहेको रेशम चौधरीले घटना घटायो भन्ने समाचार यत्रतत्र फैलिसकेको थियो ।

मारिनु भएका उच्च प्रहरी अधिकारी एवं प्रहरी जवानहरू किन एक्लिए ? त्यहाँ नजिकै सुरक्षाकर्मीहरूको ठुलै दस्ता थियो तर प्रहरी कमान्डमा निहत्था टोली किन खटाइयो ? सुरक्षा बैठकमा सिडिओ, सेना, एपीएफ, नेपाल प्रहरी र गुप्तचरका अधिकारीहरू बस्छन् । के का लागि हुन्छ यस्ता सुरक्षा बैठक ?

के सुरक्षाको कारणले संवेदनशील मानिएको ठाउँमा हतियारविहीन निहत्था टोलीको नेतृत्व गर्न उच्च प्रहरी खटाउन कसको निर्देशन थियो ? जनतालाई जवाफ कसले दिन्छ ?

सानो बालक मारिएको बुलेटका गोली र वरिपरि रहेका गोलीका खोका कसका थिए ? ब्यालेष्टिक टेस्टका आधारमा आरोपित बनाउने हो न कि भनेको सुनेको आधारमा ।

थारुहरूको स्वर मध्यम छ भनेर सधैँ उच्च वर्गले आजीवन आरोपित बनाएर अपराधी करार गर्न पाउने जन्मजात प्रमाणपत्र लिएर बसेको राज्यसत्ता र तिनका प्रोत्साहनकर्ताहरुले एकोहरो बोलिरहने र पत्याइरहने किन र के का लागि ?

अध्यादेश राजनीतिक ईच्छा पूरा गर्न पटक पटक ल्याइयो र आउने दिनमा पनि सरकारको नेतृत्व गर्ने दलले ल्याउने नै छ। तर के टीकापुरको घाउ पुर्नु पर्दैन ? के जसले सद्भावका लागि उच्च स्वरमा बोल्छ, त्यसले टीकापुरको प्रतिवेदन सार्वजनिक गर किन भन्न सक्दैन । हामी किन यो पाटोलाई लम्ब्याउँदै छौँ ?

थारुहरूलाई किन सदा झैँ अपराधी को पगरी गुथ्दै छौ ? किन र कसरी कुनै एक समुदायको शिर निहुरिदा राज्यको शिर कसरी उठ्छ ? 

अध्यादेशको राजनीतिले कसैको भलो गर्दैन, सदाको समाधानतर्फ सोच्न पर्छ ।

प्रकाशित:

१२६८ दिन अगाडि

|

२७ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३३० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७५ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३३० दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६८ दिन अगाडि

|

२७ मंसिर २०७९