सन्हला वनगैंयासँगै हरायो उनको जडिबुटी ज्ञान पनि

 सन्हला वनगैंयासँगै हरायो उनको जडिबुटी ज्ञान पनि

११६३ दिन अगाडि

|

१४ चैत २०७९

परीक्षामा मातृभाषीहरू किन फेल हुन्छन् ?

परीक्षामा मातृभाषीहरू किन फेल हुन्छन् ?

११६५ दिन अगाडि

|

११ चैत २०७९

अमृत योन्जन तामाङ एक दिन जङ्गलका सबै जीवजन्तु भेला भएर गहन छलफल गरेछन् मानिसले गरेको प्रगतिको रहस्य के हो ? निष्कर्ष निक्लेछ- "शिक्षा" । "हो हो" सबैको सहमति । आयोजक सिंहले प्रश्न गरेछन् अब के गर्ने? एउटा आयोग बनाएर पाठ्यक्रम तथा पाठ्यपुस्तक बनाउने र सबैले पढने। वर्ष-वर्ष परीक्षा गर्ने। जो पहिलो हुन्छ, ऊ देशको प्रमूख हुने र उसैले देश चलाउने। सबैले ताली बजाए। सिहको अध्यक्षतामा एउटा आयोग बन्यो र स्वाभाविक नै हो कि आयोजकहरु नै सदस्यमा पनि परे- बाघ, ब्वासो, स्यान र वनढाडे। पुस्तक तयार भयो, पढाइ सुरु भयो, परीक्षा हुन थाल्यो। तर जहिले पनि पहिलो हुने त तिनै मांसहारी जीवहरु नै। पलेंटी कसे्र, घुँडा धसेर जति पढे पनि हात लाग्यो शुन्य। एक दशक जतिपछि शाकाहारी जीवहरु- हरिण, मृग, खरायो, कछुवा आदिले आ-आफ्मो जनसङ्ख्या पनि निकै घटेकोले चिन्तित हुँदै अलग्गै भेला गरेर छलफल गरेछन्- परीक्षामा हामी किन फेल हुन्छौ ? छलफलले निष्कर्ष निकाल्यो- "पाठ्यक्रम फेरिनु पर्छ।" अब "शिकार कसरी गर्ने?" भन्ने पाठको ठाउँमा "शिकारी जीवबाट कसरी बच्ने, शिकारी आएको कसरी थाहा पाउने, कहाँ कसरी लुक्ने जस्ता सीप भएको पाठ राखिनु पर्छ।" सवैले जोडदार ताली बजाएर प्रस्ताव पास गरे। यसपछि उनीहरुलाई चिन्ता पर्यो- पारित प्रस्ताब आयोगलाई कसरी बुझाउने ?  तपाईंको विचारमा शाकाहारी जीवले पारित गरेको प्रस्ताव मांसहारी आयोगलाई मान्य होला ? के आन्दोलन अगाडि बढला? के नेपालको शासकीय भाषा नेपाली र शासक जातिलाई पोष्ने वर्तमान शिक्षा नीति फेरिएला ? के मातृभाषामा शिक्षा कार्यान्वयनको लागि यो सरकार तयार होला ? यसै सन्दर्भमा यो पनि जोडन सकिन्छ के पहिचान सहितको सङ्घीयता शासकहरुलाई मान्य होला ? 

कथाः बाँके शम्शेरगञ्जको

कथाः बाँके शम्शेरगञ्जको

११८० दिन अगाडि

|

२७ फागुन २०७९

                                                                                                               शम्शेरगन्जमा लेखक डिल्ली ओली  डिल्ली ओली बाँकेको  शम्शेरगन्जको नामकरण फलाबाङ राज्यका राजा शम्शेर बहादुर शाह (१९१९-२०००) को नामबाट रहेको हो।उनी वीर शम्शेरका ज्वाइँ थिए।उनको राज्य पश्चिममा हाल बाकेको पूर्बी क्षेत्र सुनार ( राजहाट ) सम्म फैलिएको थियो। यो भावर क्षेत्र हो।इतिहासमा यो ठाउमा सल्ल्यानी राजाहरु र लखनउका नवाबहरुले सम्युक्त रूपमा हिउँदमा हरेक साल सिकार खेल्थे , सल्ल्यानीको निम्तोमा।यही सम्बन्धलाई आधार बनाएर भीमसेन थापाले सल्ल्यान उपर बक्र दृस्टी राखिरहे र अन्ततः सल्ल्यानलाई नेपालमा गाभेका थिए। सल्ल्यानी र अवध बीचको सम्बन्धका कारणले सल्ल्यानीले अवधबाट बोली व्यबहार , खानपान आदि धेरैकुरा सिकेका थिए।फलाबाङ छुट्टै बाइसे राज्य हो।सुरुमा यहाँ सिंह बंशको शासन थियो।सल्ल्यानमा समालहरुको राज्य ब्यबस्था थियो।१८६४ मा सल्ल्यान नेपालमा विलय भयो। सिंहहरुलाई  समालहरुले फलाबाङबाट पहिलेनै लखेटि सकेका थिए।पछि पूर्व सल्ल्यानी राजखलकका तेज बहादुर शाहलाई राजा र फलाबाङ राज्य भनेर नेपाल सरकारले नै मान्यता दिएर नयाँ राज्यको हैसियत  दिएको थियो।शम्शेर बहादुर त्यही समाल बंशका सल्ल्यानी कुलका थिए।यिनले धेरै काम गरेका थिए। ती मध्ये १९६० को दशकमा फलाबाङीहरुलाई ल्याएर अहिलेको शम्शेरगन्जमा बस्ती बसाएका थिए। उनैको नामबाट यो ठाउको नाम शम्शेरगन्ज रहेको हो।सुगौली  सन्धि देखि पश्चिम नेपालका महत्त्वपूर्ण तराईका जिल्लाहरू बाके ,बर्दिया ,कैलाली र कंचनपुर कम्पनी सरकार मातहत गएका थिए।सन १८५७ मा भारतमा भएको गदरलाई दबाउन कम्पनी सरकारको अनुरोधमा श्री ३ जङ्गको नेतृत्वमा ठुलो संख्यामा घोडचढी सैनिक जत्था लखनउ गएर गदर दबाउन सफल भएको थियो।त्यही नेपाली सैनिकले गरेको लुट्पाटलाई इतिहासमा लखनउ लूट भनिन्छ । गदर दबाउन नेपालले सहयोग गरेकोले कम्पनी सरकारले सुगौली सन्धिमा गुमेका मद्धे माथि उल्लेखित जिल्लाहरु नेपालले फिर्ता पाएको थियोे १९१६ को जेठ असारमा।ती ठाउलाई नयाँ मुलुक भनिन्छ ।त्यस लगत्तै राणाहरुले पहाडतर्फका आफना नातेदार , छोरी लियो छोरी दियोहरुलाई नयाँ मुलुकका जग्गाजमिन बिर्ताको रूपमा प्रशस्त मात्रामा बितरण गरे। शमशेरगन्ज बिर्ता अन्तरगतको क्षेत्र होइन।   यो ठाउलाई शमशेर  बहादुरले आफ्नै बलबुताले आफ्नो मातहत पारेका थिए।श्री ३ बीरको ज्वाइँ र फलाबाङी राजा भएकोले उनलाई यो सहज भएको थियो।उनको मृत्यु २००० सालमा भएको थियो।उनी पछि उनका छोरा गेहेन्द्र बहादुर ( श्री३ जुद्धका ज्वाइँ) फलाबाङका राजा भए।उनको राज्याभिषेक २००२ मा दाङको तुल्सिपुर दरबारमा भएको थियो। दाङ जाने क्रममा उनी आफ्नो राज्य अन्तरगतको शमशेरगन्जमा पाँच दिन बसेर सिकार खेलेका थिए। उनले यहाँ धेरै जनावरको सिकार गरे।सिकारको क्रममा उनले एउटा जरायो पनि मारेका थिए।त्यति ठुलो र अजङ्गको जरायो नेपालमा कसैले पनि नमारेको मैले कतै पढेको छु।४२ इन्च लामो उक्त सिङ गेहेन्द्र बहादुरका काहिंलो छोरा बीरेन्द्र बहादुर शाह ( लबराजा) ले बागबजार स्थित सल्यान हाउसको बैठक कोठामा मलाई देखाएका  थिए। हालै  शम्शेरगञ्ज भ्रमणको क्रममा यति कुरा फुरे । 

ककौरा थारु गाउँको होलीमा बर्षौँपछि सामेल हुँदा

ककौरा थारु गाउँको होलीमा बर्षौँपछि सामेल हुँदा

११८३ दिन अगाडि

|

२४ फागुन २०७९

सागर गैरे मङगरा थारु मच्घराने घरका हुन  । उनी कैयौं बर्षदेखि ककौराका चौकिदार रहेका छन । हिजो होलीको दिन उनी गाउँले महिलाहरु सँगै डफ बजाउदै गाउँको पश्चिममा  तालछेउमा रहेको जगन्नाथी थानमा आए । महिलाहरुले पहिले  थानमा पुजा गरे ।  थानमा घोडा आकारका मूर्ति थिए । मूर्तिलाई  बह्रनी चढाए,  दुधपानीले छिटा हाले र  चामल छर्किए  ।   त्यसपछि चौकिदारलाई पानीले नुहाईदिए । गाउँभरिकाले अन्दाजी एक किलोको दरले साथमा चामल ल्याएका थिए ।  ककौरामा २६० किसानका घर छन  । हरेक घरबाट कम्तिमा एकजना  पुजामा सामेल थिए ।  हेर्दाहेर्दै चामलको थुप्रो भयो । कार्यक्रम सकिएपछि चौकिदारले संकलित चामल बोरामा हाले ।   पुजा गरेर  सबै महिलाहरु चौकिदारको घर गए ।  उनीहरुले  खानपिन गरे ।  कसैले जाँड रक्सी खाए, कसैले चिया सर्वत खाए । त्यसपछि उनीहरु बरघरकहाँ गए । बरघर रामप्रसाद थारु रहेछन् । उनी कलिला थिए । दुई चार बर्षअघि  आर्मीबाट रिटायर्ड भएका रहेछन् । महिलाहरुले उनको शरिरमा बुकुवा लगाईदिए । सबैले  टीका लगाईदिए । त्यहाँ पनि खानपिन भयो ।   उनीहरु गाउँकै छोटकी बरघरको घर गए । त्यहाँ  पनि त्यस्तै भयो ।  छोटकी बरघर लिला थारु कोठियाने घरका रहेछन् ।  ककौरा छोडेको बर्षौँपछि ककौरा थारु गाउँको होलीमा सामेल हुने संयोग जुरयो यस पटक ।                                                                                                           होलीको  शुभकामना साट्दै लेखक सागर गैरे ।

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

११९८ दिन अगाडि

|

९ फागुन २०७९

बाबुराम भण्डारी हरेक बर्ष फेब्रुअरी २१ लाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रुपमा मनाइदै आएको छ । तत्कालीन पूर्वी पाकिस्तान (हालको बंगलादेश)मा बंगाली भाषा (मातृभाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्दा सन् १९५२ मा त्यहाँका विद्यार्थीहरु मारिएको दिनको संस्मरणमा यो दिवस मनाउन थालिएको हो ।  सन् १९९९ नोभेम्बर १७ मा यूनेस्कोले पनि यस दिनलाई विशेष दिनका रुपमा स्विकार गरेको थियो । पछि सन् २००० मा संयुक्त राष्ट्रसंघले समेत यस दिनलाई मातृभाषा दिवसका रुपमा आह्वान गरेपछि विश्वभर यो दिवस मनाउन थालिएको हो ।  बंगलादेशमा भने अहिले पनि आजको दिन राष्ट्रिय विदा दिने गरिन्छ । यस दिवसका माध्यमबाट विश्वका विभिन्न भाषा तथा संस्कृतिहरुको विविधतालाई स्विकार गरी बहुभाषा र बहुसंस्कृतिलाई संरक्षण प्रदान गरिएको छ । मातृभाषाकै संरक्षणका लागि जागरण स्वरुप संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००८ लाई अन्तराष्ट्रिय भाषा वर्ष रुपमा मनाईएको थियो । २०६८ को जनगणना अनुसार नेपालमा १ सय २३ वटा भाषाहरु बोलिन्छन् । यो संख्या सम्पूर्ण युरोपमा बोलिने भाषाको संख्याभन्दा पनि बढि हो । २०६८ को गणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ मध्ये ४४ दशमलव ६ प्रतिशतले नेपाली भाषालाई आफ्नो मातृभाषा बताएका छन् । नेपाली भाषालाई दोश्रो भाषाका रुपमा ७७ दशमलव ३७ प्रतिशत जनसंख्याले स्विकार गरेका छन् ।  त्यसै गरी ११ दशमलव ७ प्रतिशतले मैथिली बोल्दछन् भने ६ प्रतिशतले भोजपुरी, ५ दशमलव ८ प्रतिशतले थारू, ५ दशमलव १ ले तामाङ भाषा र ३ दशमलव २ ले नेवारी भाषा बोल्ने तथ्यांकले देखाएको छ ।  यस तथ्यांक अनुसार नेपाली भाषापछि नेपालमा सवैभन्दा बढी बोलिने भाषा मैथिली हो भने सवैभन्दा कम बोलिने भाषा संस्कृत हो । संस्कृत भाषा बोल्ने जनसंख्या १ हजार ६ सय ६९ रहेको छ ।नेपालको संविधान २०७२ को प्रस्तावनामै नेपाललाई बहुभाषिक भनिएको छ । धारा ६ मा सवै मातृभाषाहरु राष्ट्रभाषा हुन् भनिएको छ । यसबाट सवै (१२३ वटै) भाषाहरुलाई समान रुपमा संवैधानिक स्तर प्राप्त भएको छ । नेपालको सरकारी कामकाजको भाषा भने नेपाली हो । यो भाषा खस सभ्यतासंगै विकास भएको प्रमुख भाषा हो । बाँकी अधिकांश भाषाहरु भारोपेली तथा चिनियाँरतिब्बती भाषा परिवारका हुन् । ती मध्ये धेरैजसो भाषाहरु लोपोन्मुख भाषाको सूचिमा छन् । मातृभाषाको संरक्षणका लागि गरिएका प्रयासहरु पर्याप्त हुन सकेका छैनन् । अध्ययन अध्यापनमा मातृभाषालाई माध्यमका रुपमा प्रयोग नगरिंदा मातृभाषाको संरक्षण कार्य कठिन बन्दै गएको छ । मातृभाषा दिवसका अवसरमा नेपालमा विविध कार्यक्रमहरु गरिंदैछन् । नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान, युनेस्को लगायतका सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले आज भाषा तथा संस्कृति संरक्षण सम्बन्धि कार्यक्रमहरु गर्दैछन् । मातृभाषा संरक्षणका लागि सचेतना जगाउने उदेश्यले साँस्कृतिक पहिरनहरु सहित र्याली तथा झाँकीहरु प्रदर्शन गरिंदैछ । त्यसैगरी मातृभाषामा विभिन्न साहित्यिक गतिविधी र साँस्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिन्छन् । नेपालमा ६० को दशकयता भाषिक जागरणले गति लिएको छ । नेपालमा विभिन्न जाति तथा समुदायहरु आफ्नो भाषा तथा भेषभूषाको संरक्षण र सम्वर्द्धनका लागि जुट्न थालेका छन् । भाषाहरुको संरक्षणका लागि भाषिक सम्मेलनहरु पनि आयोजना हुन थालेका छन् । नेपालका लोपोन्मुख भाषाहरुको संरक्षण तथा सम्वर्द्धनको मुख्य उदेश्य लिएर यस्ता कार्यक्रमहरु आयोजना गरिन्छन् । कुनै पनि मातृभाषा लोप भएको खण्डमा समग्र भाषा, संस्कृति र संस्कारमै नकारात्मक असर पर्दछ । मातृभाषा भनेको मानिसको सभ्यता र संस्कारको सम्वाहक हो । मातृभाषा विना कुनै पनि देशको सांस्कृतिक एकता कल्पना गर्न सकिंदैन । मातृभाषाले देशको राष्ट्रियतालाई मजबुत बनाउँदछ र देश प्रेमको भावनालाई एकाकार गराउँदछ । मातृभाषा अल्पसंख्यक समुदायहरुको आत्माको आवाज हो ।   

के हो  गाँजा ?

के हो  गाँजा ?

१२०१ दिन अगाडि

|

६ फागुन २०७९

वीरेन्द्र चौधरी जब जब शिवरात्रि आउँछ, तब तब भगवान् शिवको महिमा झन् झनै बढ्दै जान्छ । भगवान् शिवको महिमा बढेसँगै शिवजीको प्रसादको माग पनि बढ्दै जान्छ । भक्तजनहरूलाई  अनर्थ  नलागोस्-  प्रसादको माग बढ्नु भनेको गाँजा मिसाइएका परिकारहरूको माग बढ्नु हो । शिवरात्रिको भीडमा एकथरी जमात भगवान् शिवजीको आराधनामा व्यस्त रहन्छन् भने अर्को थरी जमात शिववुटी नामक प्रसाद चाख्दै रमाइलो गर्नमा व्यस्त रहन्छन् । यस्तो रमाइलो गर्ने प्राय युवायुवती वर्ग हुन्छन् । गाँजा भरिएको सुल्फा तान्दै “जय शम्भो!” भनेर महादेवलाई सम्झिन्छन् । भगवान् महादेवले समुन्द्र मन्थनका बेला अमृतलाई शुद्धीकरण गर्न आफ्नै शरीरमा गाँजा उमारेको र अमृतको एक थोपा जमिनमा परेपछि गाँजाको विरुवा उम्रेको धार्मिक कथा सुनेका एकथरी युवाहरू गाँजालाई अमृत नै मान्दछन् । अमृत मानेर नियमित गाँजा सेवन गर्ने जमातले स्वर्गीय आनन्दको अनुभूति सुनाउँछन् । मानसिक पीडा अनि शारीरिक थकान कम भएको अनुभव बताउँछन् । कोलाहल भिडभाडमा पनि जिन्दगी बिन्दास भएको सुनाउँछन्। पारिवारिक जिम्मेवारीले थिचिएको जिन्दगीलाई गाँजाको धुवाँसँग साट्दा हलुका भएको अनुभव  गर्छन् । यस्ता अनुभव सँगाल्ने अहिलेका युवा मात्रै किन ? उहिलेका बुढापाकाहरूले पनि भजन कीर्तनको आनन्द लिन गाँजाकै प्रयोग गर्दथे । अनिन्द्रा, एक्लोपन र पट्यारलाग्दो दिन बिताउन गाँजाकै सहारा लिन्थे । घरेलु उपचारमा यसलाई प्रयोग गर्दथे । धार्मिक ग्रन्थ अथर्ववेदअनुसार पाँच पूज्य वनस्पतिमध्ये गाँजा पनि एक पूज्य वनस्पति भनिएको छ । उहिलेका पुर्खाहरू गाँजा औषधीको रूपमा पनि प्रयोग गर्दथे । अहिलेको आधुनिक विज्ञानले गाँजा औषधिजन्य विरुवा हो भनेर प्रमाणित गरिसकेको छ । परापूर्वकालदेखि आधुनिक युगसम्म प्रयोग हुँदै आएको गाँजा आखिर के हो त ? उत्तर सबैलाई थाहा छ– तपाईं हाम्रो बारीमा बिना स्याहार सुसार उम्रिने क्यान्नाविस भनिने जातको वनस्पति नै गाँजा हो । यसलाई ह्यास, हेम्प, म्यारुजुवाना आदि नामले पनि चिनिन्छ । अधिकांश नेपालीहरू यसलाई भाङ पनि भन्ने गर्दछन् । क्यान्नाविसका विभिन्न प्रजातिहरुमध्ये सातिभा र इण्डिका नेपालमा सजिलै पाइने गाँजा हुन् । सजिलैसँग पाइने भएर यसको प्रयोगकर्ता पनि धेरै छन् । धार्मिक आस्थाबाट सुरुवात गरिएको गाँजा विस्तारै अम्मलको रूपमा पनि परिणत हुन सक्छ। फलस्वरुप मानिस लागू औषध दुरव्यसनीको दलदलमा फस्न पुग्छ । एकातिर गाँजासम्म आम मानिसको सजिलै पहुँच छ भने अर्कोतिर गाँजालाई लागू औषध नियन्त्रण ऐन २०३३, ले लागू  औषधको रूपमा परिभाषित गरेको छ । यो ऐन आउनु अघि नेपालमा वैधानिक रूपमै गाँजा खेती गरिन्थ्यो । विदेशतिर निर्यात गरिन्थ्यो। आम नागरिकलाई  आयस्रोतको सजिलो पेसा गाँजाखेती पनि थियो। देशलाई आर्थिक सङ्कलनमा सहयोग पुग्थ्यो। विश्वका गाँजा पारखीहरूलाई नेपाल स्वर्गभूमि जस्तै थियो। हिप्पी युगको सुरुवातसँगै गाँजा सेवनकर्ताको घुइँचो काठमाडौँमा लाग्न थालेको थियो । पर्यटकहरूको सिको गर्दै नेपाली युवाहरू पनि लागूपदार्थ सेवन र कारोबार गर्न पोख्त भइसकेका थिए । यस्तो कारोबार सञ्जाल विश्वभरि फैलिँदै गयो । त्यसैले, यसलाई नियन्त्रण गर्न संयुक्त राष्ट्रसंघीय सम्मेलनले अन्तर्राष्ट्रिय सन्धि “सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग १९६१” पारित गर्दा नेपालको पनि हस्ताक्षर गरेको थियो । यसपछि गाँजाको खेती, भण्डारण, सेवन र बिक्री वितरणलाई अवैधानिक र दण्डनीय अपराध मानियो । एक सर्को गाँजा सेवन वापत एक महिनासम्म कैद र दुई हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने सबैभन्दा न्यूनतम सजाय तोकियो । त्यस्तै, पच्चीस बोटसम्म गाँजाको खेती गरेबापत तीन महिनासम्म कैद र पच्चीस भन्दा बढी बोट खेती गरेमा तीन वर्षसम्म कैद वा पाँच हजारदेखि पच्चीस हजार सम्मको जरिवाना तोकियो । अझ गाँजा वा गाँजाजन्य वस्तुको उत्पादन, खरिद बिक्री गर्नेलाई न्यूनतम ५० ग्राम सम्मलाई ३ महिनासम्म कैद वा ३ हजार जरिवाना तोकियो। अधिकतम १० किलोभन्दा बढीको कारोबारीलाई २ देखि १० वर्ष सम्मको कैद र पन्ध्र हजारदेखि एक लाख सम्मको जरिवाना तिर्नुपर्ने कानुन बन्यो । हल्लाको पछि नलाग्नु होला, गाँजा अझै पनि प्रतिबन्धित छ । शिवरात्रिको अवसरमा रमाइलोको लागि खाइने भाङयुक्त परिकार भविष्यमा लागूपदार्थ दुर्व्यसनको कारण पनि बन्न  सक्छ। कानुन जस्तोसुकै  बने पनि यसका सेवनकर्ता र कारोबारीहरू दिनदिनै बढ्दै गए। लागूऔषध नियन्त्रण व्यूरो (एन सी बी) को अनुसन्धानअनुसार नेपालमा करिब एक लाख पचास हजार भन्दा बढी  लागूऔषध सेवनकर्ता रहेको अनुमान छ। राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, धनगढी कैलालीको मात्रै तथ्याङ्क हेर्ने हो भने मासिक ७० भन्दा बढी लागू औषध मुद्दासम्बन्धी केसहरू परीक्षणका लागि दर्ता भएको देखिन्छ। चालु आर्थिक वर्षको माघ महिनासम्म ४५० भन्दा बढी लागू औषधसम्बन्धी केसहरूमध्ये १५ प्रतिशत मुद्दा गाँजा र चरेशसम्बन्धी छन् । अनुसन्धानको क्रममा भेटिएका भौतिक सबुतहरुको वैज्ञानिक तरिकाले परीक्षण र विश्लेषण गर्ने विधि विज्ञान प्रयोगशालाको मुख्य उद्देश्य हो । विधि विज्ञानको दृष्टिकोणबाट गाँजा र गाँजाजन्य पदार्थलाई परीक्षण गर्दा साइकोएक्टिक तत्व टेट्राहाईड्रोक्यानाविनोल (THC), एन्टिसाइकोटिक तत्व क्यान्नाविडाईओल(CBD) र सिडेटिभ तत्व क्यान्नाविनोल (CBN) छ,छैन भनी हेरिन्छ । यसका अलावा क्यान्नाविजेरोल (CBG), क्यान्नाविभ्यारिन (CBV), क्यानाविक्रोमिन (CBC) र टेट्राहाइड्रोक्यान्नाविनोलिक एसिड (THCA) पनि विधि विज्ञानको दृष्टिकोणले महत्वपूर्ण मानिन्छ। गाँजामा पाइने सयौं तत्वहरुमध्ये टेट्राहाइड्रोक्यान्नाविनोल (THC) सबैभन्दा साइकोएक्टिभ तत्व हो । गाँजा धेरै खाँदा कोही हाँसेको हाँस्यै हुने, कोही रोएको रोयै हुने जस्ता ‘साइकी’ क्रियाकलाप देखाउने तत्व नै टिएचसी हो । तनाव र मानसिक पिडालाई शान्त पार्ने तत्व क्यान्नाविनोल  हो । त्यसै गरी मनमा भएको डर भगाउने, शारीरिक पीडा कम गर्ने तत्व भने क्यान्नाविडाईओल हो । गाँजाको अनेकौं औषधिजन्य गुण भएरै होला, बेला–बेलामा यसलाई वैधानिक बनाउनुपर्‍यो भनेर चर्चा चल्छ । सडकदेखि सदनसम्मै यसको उपयोगिताको बारेमा बहस चल्छ । नेपालले गाँजालाई प्रतिबन्धित लागू औषधबाट फुकुवा गरिसक्यो भनेर हल्लासमेत फिँजाइन्छ । हल्लाको पछि नलाग्नु होला, गाँजा अझै पनि प्रतिबन्धित छ । शिवरात्रिको अवसरमा रमाइलोको लागि खाइने भाङयुक्त परिकार भविष्यमा लागूपदार्थ दुर्व्यसनको कारण पनि बन्न  सक्छ।  लेखक राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, धनगढी शाखाका कार्यालय प्रमुख हुन्  

तत्कालको लक्ष्य टीकापुर राजवन्दीहरुको रिहाई

तत्कालको लक्ष्य टीकापुर राजवन्दीहरुको रिहाई

१२०२ दिन अगाडि

|

५ फागुन २०७९

सुरेन्द्र चौधरी टीकापुर राजवन्दीहरुको न्यायसँग संबन्धित मुद्दा बिगतमा हामी सबैले गरेको आन्दोलनसँग सम्बन्धित भएकोले हामी सबैलाई यो कुराको बोझ र दायित्वले थिचेको छ । उहाँहरुको न्यायको लागि लड्नुको पछाडि दायित्वबोध र नैतिकताको आत्मबोधले हो, कसैलाई भगवान र मसिहा मानेर होइन ।  टीकापुरका सबै राजवन्दी निर्दोष छन् र सबै हाम्रा लागि बरोबर सम्मानजनक छन् ।  थरुहट आन्दोलनमा राजनीतिक हिंसाबले सबैभन्दा बढी त्याग लक्ष्मण थारुले गरेका छन् । यदि उनी पद लोलुप भईदिएको भए आज माओवादीबाट धेरै पटक मन्त्री भइसक्थे । तर निरन्तर उनी आन्दोलनमा रहिरहे, लडिरहे । मेरो नजरमा उनी राजनीतिक प्राणी हुन् ।  त्यसो भनिरहदा लक्ष्मण थारुबाट कमी कमजोरी केही भएको छैन भन्ने होइन । सबैभन्दा बढी मौका पाएको पनि उहाँले नै हो र सबैभन्दा बेशी गल्ती गरेको पनि उहाँले नै हो । सबैभन्दा राम्रो पक्ष भनेको उहाँले आफ्नो गल्ती स्वीकार्नु हुन्छ । त्यसैले त उहाँ राजनीतिक प्राणी हो ।  लक्ष्मण थारुलगायत रेशम चौधरी र टीकापुर राजवन्दीका अन्य दर्जनौको मुद्दा छिनोफानो हुन बाँकी छ ।  म नागरिक उन्मुक्ति पार्टीमा लाग्नुको एउटै कारण भनेको राजनीतिक शक्ति निर्माणमार्फत् टीकापुर राजवन्दीहरुलाई न्याय दिलाउनु हो । वैशाख भन्दा पहिले नै यो मुद्दा टुङ्याउन सबै जना आआफ्नो तर्फबाट प्रयास गरौं । यो मुद्दा किनारा लागि सकेपछि जसलाई जहाँ जान ईच्छा हुन्छ जाऔं तर त्यो भन्दा पहिले आफ्नो जिम्मेवारी पुरा गरौं । म यो कुरामा पूर्ण प्रतिवद्ध छु ।  राजवन्दीहरुको रिहाईपछि  तपाईंहरुले जस्तै म पनि एउटा निर्णय लिन्छु । मेरो राजनीतिक धार भनेको बैकल्पिक राजनीति हो । यो कुरा कसैमा भ्रम नहोस् ।  वैकल्पिक पार्टी खोल्नु भनेको वैकल्पिक राजनीति होइन । वैकल्पिक राजनीति भनेको परम्परागत राजनीतिक पार्टीहरुले जस्तै गरी पार्टी चलाउने कुरा बैकल्पिक राजनीति होइन । पुराना पार्टीहरुले भन्दा फरक नयाँ विकल्प दिनु वैकल्पिक राजनीति हो । ती कुरा पार्टीहरुको संचालन विधि, पद्धति, विचार, दर्शन, संस्कार सबैमा नयाँ विकल्प दिनु बैकल्पिक राजनीति हो ।  तसर्थ, कोही डराउनु पर्दैन । मेरो राजनीति बैकल्पिक राजनीति हो । पहिले तत्कालको लक्ष्य भनेको टीकापुर राजवन्दीहरुको रिहाइ गर्नु हो । यो अभियानमा सबै एकतावद्ध भएर लागौं । तपाईं हामी सबैको अन्तिम प्रयासले सार्थकता पाउँछ भन्ने विश्वाश छ ।  देउवा सरकारको बेला तात्कालीन गृहमन्त्री बालकृष्ण खाँडले ल्याउनु भएको अध्यादेशमा मेरो प्रयास के थियो भन्ने कुराको लेखाजोखा भोलिका दिनमा समाजले गर्नेछ ।