Above News Title

फेरि चुनाव आयो

फेरि चुनाव आयो

फेरि चुनाव आयो !
प्रश्न उही
नयाँले के गर्‍यो ?

पुरानोले के बिगार्‍यो ?
यी दुईको चुङगल्मा देश अड्कियो।
देश बन्ने सपना सपनामै भट्कियो।
नयाँ चिच्याउँछ-
“हामी इमानदार!”
पुरानो गर्जिन्छ-
“हामी बिना सब बेकार!”
एउताले भन्छ—
“पुराना अब इतिहास हुन्।”
-ठन्क्याई दिउ!
अर्कोले कराउँछ—
“नयाँ सब हावा हुन।”
-मिल्क्याईदिउ!
दुवैको हठमा-
जनताको आश बिलायो।
मञ्चमा राष्ट्रवाद,
भित्रभित्रै सौदाबाज,
गल्लीमा युवा बेरोजगार,
संसदमा कुर्सी नै संस्कार।
नयाँसँग जोश छ-तर दिशा छैन।
पुरानासँग नक्शा छ
तर नियत छैन।
कुर्सी नयाँ–पुरानोको होइन,
कर्तव्य र इमानको हुनुपर्छ।
पद उमेरले होइन,
कर्तव्यले सुहाउनुपर्छ।
नेतृत्व अनुहारले होइन,
चरित्रले चिनाउनुपर्छ।
अब पनि
हामीले युवालाई भिडायौँ भने,
भोटको नाममा-घृणा फिंजायो भने,
इतिहासले सराप्ने छ ।
"यिनीहरू आफैं लडे,
अरूले राज गरे ।"
बरु आऊ,
नयाँको साहसलाई
पुरानोको विवेकसँग मिसाऔँ,
आरोप हैन,देश बनाउने संकल्प बाँडौँ।
देश बनाउने जिम्मा
नयाँको मात्रै होइन,
पुरानोको मात्रै पनि होइन,
यो त
हामी सबैको साझा कर्तव्य हो।

                 बर्दिया, हालः कीर्तिपुर, काठमाडौं

स्केचः एआइ
 
प्रकाशित:

१३० दिन अगाडि

|

११ माघ २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३३० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७५ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३३० दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६८ दिन अगाडि

|

२७ मंसिर २०७९