Above News Title

तिमीलाई कसरी स्वागत गरुँ दिवाली ? 

तिमीलाई कसरी स्वागत गरुँ दिवाली ? 

तुला चौधरी

दिवाली, वर्ष दिनको पर्खाईपछि बल्ल आयो  
तिमी आएको बेला तिमीसँग धेरै खुशी साट्न मन छ  
घरपरिवारसँगै धित मरुन्जेल रमाउन मन छ  
रमाउन खोज्यो रमाउन सकिदैन, 
खुशी हुन खोज्यो खुशी हुन सकिदैन  
किनकी कामको चाप, दवाव, थकान, टेन्सन उफ् 
जति गरेपनि प्रगति देखिन्न, नतिजा सँधै ऋणात्मक  
दिवाली, तिमी आएपछि केही राहत हुन्छ, 
मन शान्त हुन्छ, मन आनन्दित हुन्छ । 
तिम्रो आगमनले किन किन शरीरको थकान त्यसै मेट्छ, 
दिमागको टेन्सन हट्छ 
घरपरिवार, इष्टमित्रसँग भेट्न, कुरा गर्न, रमाउन, 
खुशी हुन तिमीलाई नै कुर्नुपर्ने, 
यो कस्तो दिन आयो दिवाली ? 
तिमी आउँदा मन आफै आफै फुरुंग हुन्छ 
मन खुशी भएर त्यसै त्यसै नाच्न थाल्छ ।
तिमी कस्तो बेला आयो दिवाली ? 
दिवाली, यस वर्ष देशमा सोच्नै नसक्ने घटनाक्रम भएको छ  
देशभर जेन जी पुस्ताले विद्रोह गरे  
आन्दोलनमा कैंयौ युवाको ज्यान गयो,
 कैंयौं आमाका काख रित्तिए 
संसद भवन जल्यो, सिंहदरबार जल्यो
सर्वोच्च अदालत जल्यो 
राज्यको अरबौंको सम्पत्ति जलेर ध्वस्त भए 
देशभरका जेलबाट हजारौं कैदी भागे 
हाम्रो समाज अशान्त छ दिवाली, अशान्त 
यस्तो समयमा तिमीलाई कसरी स्वागत गरुँ ?
तिमीसँग कसरी रमाउँ ?
यो सब हुनुमा जिम्मेवार हुनुपर्नेले 
जिम्मेवारी लिन मानिरहेका छैनन्, 
समाज शान्त बनाउनुपर्नेमा जुध्ने कुरा गर्दैछन्   
खुशीको कुरा दिवाली, 
आन्दोलनले दुई तिहाईको बलियो सरकार ढलेपनि, 
नयाँ सरकार बनेको छ 
चुनावको मिति पनि तोकिएको छ 
हुन त जति छ, जे छ, जस्तो छ 
त्यसमै रमाउनुपर्छ, रमाउन जान्नुपर्छ भन्छन् 
तर मनले मान्दैन दिवाली 
अझै तिम्रो भरोसा लाग्छ 
किनकी तिमी प्रकृति हौ 
प्रकृतिमा रमाउनुको बेग्लै आनन्द 
न कसैलाई काखा, न कसैलाई पाखा 
न अहंकार, न ईष्र्या 
कसैलाई बढी न घटी 
सबलाई बराबर 
तर हाम्रो समाजमा त बर्गीय भेद छ दिवाली 
मान्छेले प्रकृतिबाट सिक्नुपर्छ भन्छन् 
तर तिमीबाट सिक्न सकिरहेका छैनन्  
तिम्रो बत्तीको झिलीमिली, 
मखमली फूलहरुको मनोरम दृश्य, 
सप्तरंगी टीकाको सौन्दर्यताले मन आनन्दित बनाउँछ 
मन उज्यालो बनाउँछ 
दुई दिनको लागि भएपनि तिमी हाम्रो परिवार, 
इष्टमित्रको लागि खुशी बोकेर आएका छौ 
सबैलाई तिम्रो आशिर्वाद लागोस् 
कसैको मन नटुटाउनु, कसैको मन नदुखाउनु, 
सबैलाई खुशी राख्नु 
ह्रदयदेखि स्वागत छ दिवाली तिमीलाई 
सबैको मनोकांक्षा पुरा होस्, 
तिहारको बत्तीझैं अनुहारमा चमक आओस्, 
घरपरिवारमा खुशी ल्याओस् 
सबैको भलो होस् 
सबैमा शुभकामना 
ह्याप्पी दिवाली 
ह्याप्पी दिपावली 
ह्याप्पी तिहार 
ह्याप्पी डिया डेवारी 
Happy Festival of Light 

 

२०८२ कात्तिक 
धोब्या, बर्दिया हालः बाँके, कोहलपुर
tula2004@gmail.com

प्रकाशित:

२२५ दिन अगाडि

|

५ कात्तिक २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३३० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७५ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३३० दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६८ दिन अगाडि

|

२७ मंसिर २०७९