Above News Title

भ्यागुताको बिहे 

भ्यागुताको बिहे 

विप्लव ढकाल

हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !

सिमसारमा बजिरहेको होला नौमती बाजा !
शिरमा बाबरी फूलको मुकुट लगाएर
पाल्कीमा चढिसके होलान् दुलाहा राजा !
जलकुम्भी झारको गुन्द्रीमा बसेर
जुहारी खेलिरहेका होलान् आदिवासी चराहरू !
छमछम बजाउँदै भुइँफूलको पाउजु
उडिसके होलान् लोकन्ती भँवरा !
हिलोमा ‘ट्यार्र ! … ट्यार्र !!’ मङ्गल गीत गाउँदै
सङ्गीतका राजकुमारीहरूले
बोकिसके होलान् सगुनको थाली !
हे गाइने किरा !
अँधेरी खोलामा जानु छ मैले, सिमसारतिर जानु छ
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !

म एउटा बूढो शङ्खे किरा
अहिलेसम्म बाटोमै घस्रिरहेको छु !
मेरो वरिपरि बसेर रोइरहेका छन् धानचरीहरू !
बाटो छेकेर उनीहरू प्रश्न गर्छन् मलाई—
‘हामीले त रोपेका थियौँ कलकलाउँदो धानको बोट
तर आज खेतमा कसरी फल्यो प्लास्टिकको चामल ?
गोठमा भैँसी दुहुन गएकी थिइन् राजमती
तर आज बाल्टीमा कसरी भरियो कोकाकोलाको झोल ?
काउलीको फूलमा बसेको माहुरी पातमाथि झर्छ किन ?
निधारबाट पसिना खस्दा दुबोको मुना मर्छ किन ?’
हे दमाईं किरा !
गैरी खेतमा जानु छ मैले, तालतलैया जानु छ
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !

बारीभरि लटरम्म फलेका छन् चाउचाउका प्याकेटहरू
जङ्गलमा किन दुश्मनहरू रोइरहेछन् ?
चिम्सा आँखाहरू रोइरहेछन् कतै, चुच्चा नाकहरू रोइरहेछन् !
अङ्गोछा खोलेर रोइरहेछन् कोही, टोपी झिकेर रोइरहेछन् !
उनीहरूको आँसुमा भरिएको छ साइनाइड
उनीहरूको शरीरबाट झरिरहेको छ अजिनोमोतो !
गोजीमा नागरिकता जस्तो सुसाइड नोट बोकेर
सिमाना काटी कहाँ हराए तिनका सन्ततिहरू ?
जलकुम्भीको आहालभित्र— को गर्दै छ भातको राजनीति ?
साइत नबिगार भन्छु— सुन्दै सुन्दैनन् उनीहरू
हे फकिरा !
लेकैको कानेमा जानु छ मैले, औलाको मानेमा जानु छ
हतार छ मलाई आज
भ्यागुताको बिहेमा जन्त जानु छ !

प्रकाशित:

३११ दिन अगाडि

|

११ साउन २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३३० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७५ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३३० दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६८ दिन अगाडि

|

२७ मंसिर २०७९