Above News Title

ए सरकार, गरी खाने वातावरण खै ?

दलका नेताहरूको भ्रष्ट आचरण र मिलिभगतले यो देशको अर्थतन्त्र डामाडोल भएको छ
ए सरकार, गरी खाने वातावरण खै ?

मेवाराम चौधरी

प्रसंग शुरू गरौं मैले लामो समयसम्म गरेको शिक्षण पेशाको संस्मरणबाट । 

कञ्चनपुरको हालको लक्ष्मी मावि, गोकुलपुर (तत्कालीन लक्ष्मी निमावि) जवदियाबाट २०३७ फागुन ११ गते अस्थायी शिक्षकको रूपमा नियुक्ति पाएर मैले शिक्षण पेशामा प्रवेश गरेको थिएँ। मासिक रू १८५ तलब खान पाउने गरी पाएको त्यस बेलाको नियुक्ति पत्र अझै पनि मसंग सुरक्षित छ। त्यसको केही महिनापछि शिक्षण पेशा छाडेर कैलाली बहुमुखी क्याम्पस अध्ययन गर्न धनगढी गएँ। त्यतिबेला कलेजको बिहानी  कि त सन्ध्याकालीन  पढाई हुने गर्थ्यो । त्यसैले, आफ्नो पढाईको साथसाथै मेरो जन्म गाउँ बंगराको सरकारी विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी लिएर पनि काम गरें। 

पछि त्यो विद्यालयको नोकरी पनि छाडेर आफ्नो गाउँ नजिक पर्ने दुर्गा प्राथमिक विद्यालयमा २०४० भाद्र २० गतेदेखि अस्थायी नियुक्ति लिएर पुनः तेश्रो ठाउँमा शिक्षण पेशामा संलग्न भएं। 

यसै क्रममा कञ्चनपुर जिल्लाबाट शिक्षा आयोग पास गरेर २०४१ सालदेखि स्थायी  शिक्षक रहेर एक दशक भन्दा बढी शिक्षण गरें।

दुर्गा प्राथमिक विद्यालयमा शिक्षक रहेकै बेलादेखि मैले पढाउने विद्यालय नजिक पर्ने बेलौरी बजारमा साइनबोर्ड बनाउने पेन्टरको काम गर्न पनि शुरू गरिएको थियो। यसरी शिक्षण पेशासंगै साइड विजनेशतिर पनि हात हालियो। 

यसै क्रममा २०४६ सालमा बेलौरी बजारमा मिठाई पसल पनि सञ्चालन गरेको थिएँ। केही समयपछि मिठाई पसल छाडेर सोही बजारमा स्टेशनरी पसल (कोसेली पुस्तक सदन) खोलेर व्यापार व्यवसायतिर बढी केन्द्रित हुन पुगियो। 

व्यापार बढाउने क्रममा २०५४ सालदेखि जुत्ता चप्पलको ब्यापार शुरू गरेपछि २०५४ माघ २ गते स्थायी शिक्षकबाट स्वेच्छिक रूपले राजीनामा दिएँ । 

पेन्सन हुन केही वर्ष मात्रै बाँकी थियो तर मैले उपदान लिएर नोकरी छोडेको थिएं। यस प्रकार व्यापारलाई नै आफ्नो प्रमुख पेशा बनाउने मनसायले नोकरी छोडेको थिएँ ।

तर, आज आएर यो व्यापार भालुको कन्चट जस्तै भएको छ। छोड्न पनि नमिल्ने, यसैमा टिकीरहन पनि गाह्रो गाह्रो ।  यो मेरो मात्र समस्या होइ, लगभग व्यापार गर्ने अधिक व्यवसायी साथीहरूको साझा समस्या हो। 
आखिर यस्तो किन भैरहेको छ त ?

राज्यको शासन प्रणाली, नीति र राज्य संयन्त्र संचालन गर्ने नेता सही नभएका कारण यो सबै भैरहेको छ। किनकि देशको सबै क्षेत्रलाई  सही राजनीतिले राम्रो र गलत राजनीतिले नराम्रो प्रभाव पारेको हुन्छ। 

आज यहाँ कुनै पनि क्षेत्र राम्रो छैन। देशमा भ्रष्ट र दलालहरूले मात्रै रजगज मोजमस्ती गरिरहेका छन्। देशको राजनीति अत्यन्तै फोहर भयो। नेताहरू अपवाद बाहेकका सबैजसो भ्रष्ट छन्। कार्यकर्ताहरू सबै झोले, गुलाम छन्। हामी जनता एकदमै निरीह बनेर मुकदर्शक भएर बसिरहेका छौं। 

हाम्रो देशको दूरावस्था हुनुमा विशेष गरेर नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र  मधेशवादी लगायतका सबै दलका नेताहरूको भ्रष्ट आचरण र मिलिभगतले यो देशको अर्थतन्त्र डामाडोल भएको छ। 

स्वास्थ्य क्षेत्र, शैक्षिक क्षेत्र, उद्योग धन्दा, कलकारखाना, निर्माण जस्तो क्षेत्रमा सबै ठाउँमा राजनीति गर्ने उच्च तहका नेता, ठूला व्यापारी, माफियाहरूको हालीमुहाली छ।

जिन्दगी फर्केर हेर्दा व्यापार भन्दा त नोकरी निकै ठिक थियो भन्ने लाग्छ । तर नोकरी गर्ने पनि निश्चित समय हुन्छ । गर्ने त उद्यम नै हो, विडम्वना वातावरण भएन । 

आज चारैतिर निराशा छाएको छ। देश र जनताको भविष्य अन्यौलपूर्ण छ। सरकार गरी खाने वातावरण बना ।
 

प्रकाशित:

१०२७ दिन अगाडि

|

२६ साउन २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३३० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७५ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३३० दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६८ दिन अगाडि

|

२७ मंसिर २०७९