नवलपुर अर्थात् पूर्वी नवलपरासीका थारुहरुले मनाउने अनत पावन भदौ महिनाको शुक्ल पक्षको चतुर्दशी तिथिमा मनाइने ब्रत हो । त्यस अनुसार आज भदौ २४ गते यस वर्षको अनत पावन हो ।
यस दिन बिशेष गरेर थारूहरूले ब्रत बसेर पिङ (हेणौला) खेल्ने, भोदी खेल्ने र अनतको डोरो बाँधेर ब्रत राख्ने चलन रहेको छ ।
अनतको ब्रत राख्ने पुरुषहरुले १४ गाँठो भएको अनतको डोरो दाहिने पाखुरामा बाँध्ने र ब्रतालु महिलाहरुले बायाँ पाखुरामा बाध्ने चलन छ । यसरी बाँधेको अनतको डोरो अमोसा (पितृ औंसी) मा बिसर्जन गर्ने चलन छ। अनतको डोरो बाँधेको ब्यक्तिले डोरो बाँधेपछि अमोसासम्म शाकाहारी भोजन गर्नुपर्ने हुन्छ ।
अनत ब्रत कथा
जब पाण्डवहरुले जुवामा आफ्नो राजकाज हारेर बनवासको कष्टकर जीवन बाँचिरहेका थिए, तब भगवान श्रीकृष्णले पाण्डवहरुलाई भगवान अनतको ब्रत राख्न सल्लाह दिएका थिए । र, पाण्डवहरु आफ्नो बनवासको समयमा १४ बर्षसम्म हरेक साल अनतको दिन अनतको डोरो बाँधेर बिधिवत ब्रत राखेका थिए । यसैको प्रभावले गर्दा पाण्डवहरुले महाभारतको युद्धमा बिजयी भएका थिए । तत्पश्चात सबैले अनत ब्रत लिन थालिएको पौराणिक कथा र किम्बदन्ती रहेको छ।

ब्रत बिधि
अनतको अघिल्लो दिन बिहान स्नान गरी चोखो बस्नुपर्दछ, जसलाई लहा खाने भनिन्छ । त्यही राती पिङ बाटेर अनतको दिनको तयारी गरी राती नै भाले बास्नु अगाडि मीठो मीठो परिकारहरुको डटकट खाएर सुरु गरिन्छ । अनतको दिन सफा बस्त्र धारण गरेर पिङ खेल्ने, भोदी खेल्ने र अनतको डोरो बाँधेर बेलुकीपख स्नान गरी फरहर गर्ने चलन छ।
बेलुकीपख ब्रतालुले स्नान गरेर आइ फरहर गर्ने ठाउँमा गाईको गोबरले लिपपोत गरी त्यसै माथी पिर्कामा बसेर केराको पातमा चिउरा, दुधदही, केरा आदि फलफूल भगवान अनतको पूजापाठ गरेर फरहर गर्ने गर्दछन् । फरहरमा नुन बर्जित हुन्छ।
ब्रतफल
यस दिन ब्रत बस्नाले गुमेका धन सम्पत्ति, यश आराम आदि प्राप्त हुने, बिष्णु लोक प्राप्त हुने र सधैँ सत्यको जित हुने गर्दछ भन्ने जनविश्वास रहदै आएको छ ।
लेखक पेशाले शिक्षक हुन् ।
प्रकाशित:
१३६२ दिन अगाडि
|
२४ भदौ २०७९
१६ घण्टा अगाडि
|
१९ जेठ २०८३
४ दिन अगाडि
|
१६ जेठ २०८३
६ दिन अगाडि
|
१४ जेठ २०८३
७ दिन अगाडि
|
१३ जेठ २०८३
८ दिन अगाडि
|
१२ जेठ २०८३
९ दिन अगाडि
|
११ जेठ २०८३
१० दिन अगाडि
|
१० जेठ २०८३
१३३० दिन अगाडि
|
२५ असोज २०७९
१३६५ दिन अगाडि
|
२१ भदौ २०७९
१३७५ दिन अगाडि
|
१२ भदौ २०७९
१३३० दिन अगाडि
|
२६ असोज २०७९
१२७९ दिन अगाडि
|
१५ मंसिर २०७९
१३३५ दिन अगाडि
|
२० असोज २०७९
१२६८ दिन अगाडि
|
२७ मंसिर २०७९