Above News Title

किन धरमरिदै छ संघीयता  ?

किन धरमरिदै छ संघीयता  ?

राम मादेन 

अहिले संघीयताबारे थरिथरिका प्रश्न आउँदैछन् । काँग्रेस महामन्त्री गगन थापाले प्रदेश सभा असफल सविात हुँदै गएको तथा आगामी ५ वर्ष प्रदेश रहने नरहने जिकिर गरेका छन् । यस सानो लेखमा संघीयतामा देखिदै गएको कलो बादलबारे बुँदागत रुपमा चर्चा गरिएको छ ।
१. संघीयताबारे ठूला दलमध्ये काँग्रेस र एमालेकाे अहिलेसम्मकै दस्तावेजमा  संघीयताकाे खाका सम्बन्धमा शून्य प्रतिवद्दता रहेछ । 
फलस्वरुप: एमाले र कांग्रेसकाे आम अवधारणा पार्टीकाे दृष्टिकाेणबाट संघीयताकाे विपक्षमा बाेल्नु, लेख्नु नै धर्म हाे । 
२. नेपालकाे अन्तरिम संविधान २०६३ जारी हुँदा संघीयता उल्लेख नगरि जारी भएपश्चात् तत्कालिन मधेसी जनअधिकार फाेरमले मधेसमा ठुलाे विद्राेह गरेपछि संविधानकाे दाेस्राे संशाेधनपछि संघीयता राखियाे । यस अर्थमा मधेस आन्दाेलन नै संघीयताकाे  निर्णायक जननी हाे । 
३. नेकपा माओवादी र जनता समाजवादी पार्टी संघीयताबारे पार्टीकाे दस्तावेजमा उल्लेख गरेर निरन्तर स्पष्ट छन् । राष्ट्रिय जनमुक्ति पार्टीले २०४८ सालदेखि संघियताकाे मुद्दा उठाएकाे देखिन्छ । 
४. राष्ट्रिय जनमुक्ति पार्टीले २०४८ सालदेखि नै संघीयतालाई पार्टीकाे विधानमा उल्लेख गर्दै आएकाे छ । त्यस्तै, संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्च, थरुहट तराई पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल, खम्बुवान राष्ट्रिय माेर्चा लगायतका पार्टीहरूले संघीयताकाे मुद्दालाई प्रमुख प्राथिकताकासाथ पार्टीकाे विधानमा उल्लेख गरेका छन् ।
५.  संघीयतामा देश लैजानु नहुने भन्दै विराेध गर्ने दलहरूमा लाेकतन्त्रका लागि लडेकाे पार्टीमध्येबाट राष्ट्रिय जनमाेर्चा हाे । 
६.  २५० वर्षदेखि जरा गाडेर सत्ता स्वाद चाखेकाे समूह राजावादी र हिन्दुवादी पार्टी रा. प्र. पा. ले संघीयताकाे खुलेर विराेध गरेका छन् । 
७. युवा र सच्चा देशलाई माया गर्ने पार्टी भनेर खाेलिएकाे साझा विवेकशील पार्टीकाे पनि दस्तावेजमा संघीयताकाे  खाका छैन । विवेकशीलका एक नेता रविन्द्र मिश्र राजावादि भईसकेका छन् । 
८. भर्खरै खाेलिएकाे राष्ट्रिय स्वतन्त्र पार्टीकाे संघीयताबारे खाकामा विचार स्पष्ट छैन । 
निष्कर्ष
उपराेक्त तथ्याङ्कबाट के स्पष्ट हुन्छ भने परम्परागत मान्यता, विचार अवधारणा बाेक्ने पार्टी वा, परिवर्तन नचाहने वा काठमाडाैमै शक्ति केन्द्रित भईरहेमा आफू आफ्नाे पार्टी सुरक्षित हुन्छ भन्ने पार्टीहरू संघीयताकाे विराेध गरिरहेका छन् । सताले लामाे समयदेखि उत्पिडनमा पारेका, परेकाे जनता र  ठाउँ जस्तै मधेस, लिम्बुवान, खम्बुवान, थरुहटहरूले संघीयता जाेडदार रुपमा चाहेकाे देखिन्छ । 
जनताकाे तहबाट हेर्दा संघीयता नचाहनेहरू हिजाेदेखि कुनै न कुनै रूपमा सत्तासंग नजिक रहेकाहरूकाे जमात देखिन्छ । सत्ताबाट बाहिर रहेकाहरू संघीयता चाहिरहेका छन् । 
वर्तमान अवस्थामा संघीयताकाे विरुद्द उभिने पार्टीहरू संसद र सडकमा दर्विलाे देखिएका छन् । त्यसैले संघीयता धरमराउदै गरेकाे जस्ताे देखिएकाे छ ।  तर उनीहरूकाे विचार परिवर्तनकाे विपक्षमा छ ।  प्रतिगमनकारी शक्तिकाे अन्तत: हार भएकाे ईतिहास छ ।

प्रकाशित:

१३८१ दिन अगाडि

|

६ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३३० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७५ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३३० दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६८ दिन अगाडि

|

२७ मंसिर २०७९