बुवा

बुवा

३०५ दिन अगाडि

|

१८ साउन २०८२

भ्यागुताको बिहे 

भ्यागुताको बिहे 

३११ दिन अगाडि

|

११ साउन २०८२

विप्लव ढकाल हतार छ मलाई आज भ्यागुताको बिहेमा जन्त जानु छ ! … सिमसारमा बजिरहेको होला नौमती बाजा ! शिरमा बाबरी फूलको मुकुट लगाएर पाल्कीमा चढिसके होलान् दुलाहा राजा ! जलकुम्भी झारको गुन्द्रीमा बसेर जुहारी खेलिरहेका होलान् आदिवासी चराहरू ! छमछम बजाउँदै भुइँफूलको पाउजु उडिसके होलान् लोकन्ती भँवरा ! हिलोमा ‘ट्यार्र ! … ट्यार्र !!’ मङ्गल गीत गाउँदै सङ्गीतका राजकुमारीहरूले बोकिसके होलान् सगुनको थाली ! हे गाइने किरा ! अँधेरी खोलामा जानु छ मैले, सिमसारतिर जानु छ हतार छ मलाई आज भ्यागुताको बिहेमा जन्त जानु छ ! … म एउटा बूढो शङ्खे किरा अहिलेसम्म बाटोमै घस्रिरहेको छु ! मेरो वरिपरि बसेर रोइरहेका छन् धानचरीहरू ! बाटो छेकेर उनीहरू प्रश्न गर्छन् मलाई— ‘हामीले त रोपेका थियौँ कलकलाउँदो धानको बोट तर आज खेतमा कसरी फल्यो प्लास्टिकको चामल ? गोठमा भैँसी दुहुन गएकी थिइन् राजमती तर आज बाल्टीमा कसरी भरियो कोकाकोलाको झोल ? काउलीको फूलमा बसेको माहुरी पातमाथि झर्छ किन ? निधारबाट पसिना खस्दा दुबोको मुना मर्छ किन ?’ हे दमाईं किरा ! गैरी खेतमा जानु छ मैले, तालतलैया जानु छ हतार छ मलाई आज भ्यागुताको बिहेमा जन्त जानु छ ! … बारीभरि लटरम्म फलेका छन् चाउचाउका प्याकेटहरू जङ्गलमा किन दुश्मनहरू रोइरहेछन् ? चिम्सा आँखाहरू रोइरहेछन् कतै, चुच्चा नाकहरू रोइरहेछन् ! अङ्गोछा खोलेर रोइरहेछन् कोही, टोपी झिकेर रोइरहेछन् ! उनीहरूको आँसुमा भरिएको छ साइनाइड उनीहरूको शरीरबाट झरिरहेको छ अजिनोमोतो ! गोजीमा नागरिकता जस्तो सुसाइड नोट बोकेर सिमाना काटी कहाँ हराए तिनका सन्ततिहरू ? जलकुम्भीको आहालभित्र— को गर्दै छ भातको राजनीति ? साइत नबिगार भन्छु— सुन्दै सुन्दैनन् उनीहरू हे फकिरा ! लेकैको कानेमा जानु छ मैले, औलाको मानेमा जानु छ हतार छ मलाई आज भ्यागुताको बिहेमा जन्त जानु छ !

रोपाइँपछि थारू गाउँमा  ‘हर्ढावा’

रोपाइँपछि थारू गाउँमा  ‘हर्ढावा’

३१८ दिन अगाडि

|

४ साउन २०८२

कृष्ण चौधरी समर्पण असारमा रोपाइँ सकिएपछि थारू बस्तीमा ‘हर्ढावा’ को चहलपहल सुरु हुन्छ । रोपाइँ सकिएपछि मनाइने यो पर्व थारूको साझा श्रम, कृषि जीवनशैली र विश्रामको पर्व हो । कैलाली, बर्दिया, बाँके, दाङलगायत पश्चिम नेपालका थारू बस्तीमा यो पर्व उत्साहपूर्वक मनाइन्छ । ठाउँ अनुसार हर्ढावाको फरक फरक उच्चारण गरेको पाइन्छ । यसलाई हरढवा, हर्दहुवा, हरडौहा, हर्दह्वा वा हर्ढावा पनि भन्ने गरिन्छ । तथापि जे भने पनि यसको सार एउटै छ । थारू भाषामा ‘हर’ को अर्थ हलो हो । ‘हर धोएर राखिने’ भएकाले यसलाई ‘हर्ढावा’ भनिएको हो । यो पर्वको आरम्भ रोपाइँको अन्त्यपछि दुईरतीन दिनको तयारीबाट हुन्छ । यो पर्व मनाउन गाउँमा सबैको रोपाइँ सकिएको हुनु पर्छ । ‘हर्ढावा’ कहिले मनाउने भनेर ‘बरघर’ अर्थात् गाउँका मुखियाको घरमा ‘कचेहरी’ अर्थात् भेला बस्छ । सोही ‘कचेहरी’ ले हर्ढावा कहिले मनाउने, कस्को जिता  मार्ने  जस्ता निष्कर्ष निकाल्छ । यो पर्वमा बाहिर गएका परिवारका सदस्य, नातागोता विशेषतः चेलीबेटी, ज्वाइँ, फुपूहरूलाई र गाउँलेलाई पाहुनाका रूपमा हर्ढावा खान बोलाइन्छ । हर्ढावा मनाउने दिनको बिहानै हलो, जुवा, हँसिया, फरुवा आदि कृषि औजारको सरसफाइ, शुद्धीकरण गरी सुरक्षित स्थानमा राखिन्छ । कतै कतै यी औजारको पूजा गरिराख्ने चलन पनि छ । उक्त दिन गाउँका किसान सबै जना मिलेर जिता मार्ने गर्छन् । थारू भाषामा जिता मार्ने भनेको सुँगुर काट्ने हो । थारूगाउँमा सामूहिक रूपमा सुँगुर काटिन्छ र सबैलाई मासुको भाग लगाइन्छ । गाउँलेले पैसा तिरी आफ्नो आवश्यकता अनुसारको मासुको भाग लिएर घर घर लाग्छन् । सुँगुरको मासु नखानेलाई लोकल भालेलगायत अन्य मासुको व्यवस्था गरिएको हुन्छ । महिला चाहिँ जाँड, रक्सी र अन्य भान्साको तयारीमा जुट्छन् । जब प्रत्येक घरको भान्साबाट धुवाँ उड्न थाल्छ तब मासुको स्वाद गाउँभरि फिलिन्छ र सबैको घरमा विभिन्न स्वादिलो परिकार तयार हुन्छ ।  साँझपख गाउँघरका छरछिमेकी र चेलीबेटी, ज्वाइँ, फुपूहरू र घरका सदस्य जम्मा भएपछि हर्ढावा भोजको रौनक सुरु हुन्छ । सबै जना बर्खामा गरेको दुःख, हिलो माटो र घामपानीलाई भुलेर हर्ढावामा रमाउन थाल्छन् ।  थारू समुदायमा खेतीपातीको समयमा कसैको घरमा केही भवितव्य भएमा खेती, रोपाइँ जस्ता कार्यमा छिमेकीले सहयोग गरिदिने चलन छ । त्यस्ता सहयोगी छिमेकीलाई पनि हर्ढावाको दिन बोलाएर सुँगुरको मासु, जाँडरक्सी र अन्थ मिठोमिठो परिकारसाथ स्वागत गरिन्छ ।  थारूगाउँमा पूजापाठ पनि विशेष तरिकाको खास समयमा गरिन्छ । ढुह्र्या गुरै  भनेर पूजा गरिन्छ । त्यसपछि कुलो खन्ने र खेत जोत्ने गरिन्छ । धानको बिउ छर्नु र धान रोप्नुभन्दा पहिले विशेष पूजा गरिन्छ । जस्तै ‘बर्का कल्वा खाने’, ‘मोर्हा पूजा’ आदि । थारू भाषामा बर्का कल्वा खाने भनेको धान रोपाइँ सुरु गर्ने दिन खाने परिकार हो । यस्तो खाना खेतमा नै खाइन्छ । ‘बर्का कल्वा खाने’ दिन कुलदेउतालाई जल र दारु चढाएर पूजा गरिन्छ । त्यस्तै ‘मोर्हा’ भनेको कुलोबाट पानी लगाउने खेतको मुहान हो । खेतमा राम्ररी पानी लागोस्, बालीनाली सप्रोस् र उत्पादन राम्रो होस् भनेर ‘मोर्हा’ पूजा गरिन्छ । यो पूजा खेतको मुहानमा नै गरिन्छ । पूजामा कुलदेउतालाई जल र दारु चढाउने चलन छ । ‘मोर्हा’ पूजा नगरी धान रोप्नेलगायतका कार्य गर्दा अनिष्ट हुने तथा बाली नसप्रिने विश्वास रहिआएको छ ।  त्यस्तै धान रोपेर सकेको दिन या हर्ढावाको दिन बर्खाभरि मेहनतसाथ हलो जोतेका गोरु तथा राँगालाई पनि नुहाइदिने र हरियो घाँस, पिना, नुन मिसाई खान दिइन्छ । राम्ररी खेती सकेकोमा गोरु तथा राँगालाई पनि त्यो दिन स्नेहपूर्वक स्याहार गरिन्छ ।  हर्ढावाको अर्को दिन बिहान पनि नजिकका ९अघिल्लो दिन आउन नसकेको पाहुना० हरूलाई बासी खान बोलाइन्छ । थारू भाषामा बासी भनेको कुनै चाडको अर्को दिनको बिहान खाने खाना हो ।  हर्ढावापर्व थारू समुदायको परम्परागत कृषि चक्रसँग जोडिएको एक मौलिक उत्सव हो, जहाँ बर्खाभरको कडा मेहनतपछि किसानले परिवार र समुदायसँग रमाइलो गर्दै थकान मेट्छन् । रमाइलो अवसरमा कतिपय स्थानमा अत्यधिक जाँडरक्सीको सेवन हुने गरेको देखिन्छ । थारूगाउँमा बस्ने सबै जसो थारू र गैरथारूले पनि हर्ढावा खाने गरेका छन् । रोपाइँ सम्पन्न भएपछि थारूहरूले श्रमको सम्मानस्वरूप, शरीर विश्रामका लागि र समृद्ध वर्षको कामनासहित यो पर्व धूमधामसाथ मनाउने परम्परा रहेको छ । हर्ढावा शब्द आफैँमा रोचक छ । थारू भाषामा यसको अर्थ ‘श्रमपछि विश्राम र रमाइलोको दिन’ भन्ने बुझिन्छ । रोपाइँको थकाइ मेटाउने र किसानको सामूहिकता झल्काउने दिनका रूपमा यो मनाइन्छ । गाउँभरिका मानिस एकअर्काको घरमा ‘हर्ढावा’ मान्ने चलन छ । यसले एक प्रकारको सामाजिक सम्बन्ध सुदृढ बनाउने अभ्यासलाई पनि जीवन्त राख्छ ।  यस पर्वको अर्को विशेषता सामूहिक मिलन र संवादको अवसर हुनु हो । सहरिया जीवनशैलीमा जहाँ परिवार छुट्टाछुट्टै बस्न थालेका छन्, गाउँमा भने  ‘हर्ढावा’ जस्ता पर्वले आफन्त, नातागोता, छोरीबेटीलाई घरपरिवार र आफन्तजनसँग भेट हुने एउटा राम्रो बहाना दिन्छ । परिवारका सदस्य, टाढा रहेका आफन्त, विवाह गरेर गएका  छोरीबुहारीसमेत घर फर्कन्छन् । रमाइलो गरी सँगै बस्ने, गाउँको समसामयिक विषयमा छलफल गर्ने मौका मिल्छ । अनुभव साटासाट गर्ने वातावरण पनि यही पर्वले सिर्जना गर्छ । यसरी हर्ढावा थारू समुदायमा केवल पर्व नभई सम्बन्ध बलियो बनाउने सांस्कृतिक अभ्यास पनि हो । समयसँगै यस पर्वका स्वरूपमा केही परिवर्तन पनि देखिन थालेको छ । अहिले भने आधुनिक मनोरञ्जनका साधन जस्तै मोबाइल, इन्टरनेट र सामाजिक सञ्जालको प्रभावले ती परम्परागत अभ्यास केही कमजोर भएका छन् । युवापुस्ता पनि गाउँकै भेला र चटारोमा भन्दा इन्टरनेटका भिडियो वा गेममा अल्झिन थालेका छन् । यसले परम्परागत ज्ञान र सांस्कृतिक अभ्यासमा असर पार्ने चिन्ता अभिभावक पुस्तामा बढ्दै गएको छ । यद्यपि कतिपय गाउँले युवाले परम्परालाई पुनर्जीवित गर्ने प्रयास पनि गरेका छन् । लोकसांस्कृतिक समूह गठन गर्ने, समुदायस्तरमा अन्तरपुस्तात्मक कार्यक्रम राख्ने जस्ता कार्य गरेर हर्ढावा जस्ता लोकपर्वलाई आधुनिक सन्दर्भमा पनि जोगाउने प्रयास भइरहेका छन् । स्थानीय सरकार र थारू समाजका अगुवाले यस्तो सांस्कृतिक पर्वलाई संरक्षण र प्रवर्धन गर्ने नीति बनाउने हो भने युवाको आकर्षण पनि बढ्न सक्छ । विद्यालय पाठ्यक्रममा थारू भाषा र संस्कृति समावेश गर्ने तथा सांस्कृतिक शिक्षा दिन सक्ने कार्यक्रम यसमा सहयोगी हुन सक्छन् । हर्ढावा केवल उत्सवको नाम होइन, यो पर्व थारू समुदायको जीवनदर्शन, श्रमप्रतिको आदरभाव, सामूहिकता, सम्बन्धको सुदृढीकरण र संस्कृतिको संरक्षणप्रति गरिएको आत्मप्रशस्ती हो । जहाँ एकातिर थकाइ मेटिन्छ, अर्कोतिर सम्बन्ध बलियो हुन्छ । प्रकृतिप्रति, जमिनप्रति, कृषि औजारप्रति गरिएको श्रद्धा यस पर्वको मौलिक विशेषता हो । यस्तो सांस्कृतिक अभ्यास आधुनिक यान्त्रिक जीवनशैलीमा हराउँदै गएको चेतनालाई पुनः स्मरण गराउने अवसर पनि हो ।   साभारः गोरखापत्र , तस्विरः अख्वारी

छोरा, तिमी नदी जस्तै रुनु 

छोरा, तिमी नदी जस्तै रुनु 

३१८ दिन अगाडि

|

४ साउन २०८२

निभा शाह आमा ! बाले  भन्नू भाको  छोरा  मान्छे  रुनु हुदैन हो  ? धत लाटो ! छोरा मान्छे  काठ हो र नरुनु ? छोरा  मान्छे  लास हो र नरुनु ? छोरा मान्छे रुनु हुन्छ छोरा तिमी रुनु   तिमी छोरी  जस्तै धक फुकाएर रुनु। स्व चोटहरुमा रुनु परचोटहरुमा रुनु  रुनु  आँशुको सुन्दरता हो तिमी आँशुको सुन्दरतामा रुनु ह्र्दय निचोरिएको बेला झरी  जस्तै   रुनु आँशु त   ताल फुटाउने नदी हो तिमी नदी जस्तै रुनु। घनघोर बादल छाए  तिमी   बादलुको विभोरतामा रुनु हिमालमा घाम पोखिए  तिमी   घामको सुन्दरता रुनु  रुनु छोरा रुनु  घाम पोखिएको हिमाल जस्तै रुनु लामो सितलहरुमा घाम नदेखिए तिमी  घामको  सम्झनामा रुनु लामो   औशीहरुमा जून नदेखिए तिमी जूनको सम्झनामा रुनु  रुनु छोरा रुनु रुने भंगालोहरुमा रुनु। रुनु  छोरा रुनु मन  दुखेको  बेला  रुनु रुनु छोरा रुनु मन हाँसेको बेला रुनु । रुनु छोरा रुनु बजुको कोखेलामा रुनु बाजेको काधमा रुनु बजुको ओढनीलाई  रुमाल बनाएर रुनु । रुनु छोरा रुनु मन उगाडो भए रुनु मन अँध्यारो भए रुनु । आमाको  अंगालोमा बेरिएर  रुनु बाको  छातीमा टासिंएर  रुनु साथीको हत्केलालाई  रुमाल  बनाएर रुनु रुनु  छोरा रुनु बादल  लागेको  बेला झरी   भएर   रुनु। रुने  अंगालो  नभेटे  शिरानीलाई  अंगालो  बेरेर रुनु रुखहरुलाई अङ्गालो  बेरेर  रुनु आफ्नै औंलाहरुलाई रुमाल  बनाएर रुनु आफुले आफैलाई अंगालो बेरेर रुनु  रुनु छोरा रुनु  रुने अंगालोहरुमा रुनु रुने  भंगालोहरुमा रुनु। कुनै भंगालाहरु कहिल्यै संगम हुदैनन्  ती भंगालाहरुमा रुनु घट - घटमा रुनु मरघटमा रुनु ।  मुटु जलिरहेको बेला मुटुलाई शितलता दिन रुनु  घाम पोखिएको हिमाल जस्तै रुनु स्व  पिडामा रुनु पर  पिडामा रुनु  आँखामा झुण्डाइएका बगरका पर्दाहरु च्यातेर  तिमी नदी जस्तै रुनु  तिमी नदी जस्तै हुनु ।

थारु भसा साहित्य केन्द्रके अध्यक्षमे फेनसे भुलाइ चौधरी

थारु भसा साहित्य केन्द्रके अध्यक्षमे फेनसे भुलाइ चौधरी

३६७ दिन अगाडि

|

१९ जेठ २०८२

थारु भसा साहित्य केन्द्र नेपाल जेठ १७ गते अपन डुस्रा अधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानके पारिजात हलमे निम्जैले बा । अधिवेसनसे थारु भसा साहित्य केन्द्रके अध्यक्षमे फेनसे भुलाइ चौधरी चयन हुइल बटाँ । ओस्टक उपाध्यक्ष बुद्धसेन चौधरी, महासचिव सियाराम चौधरी, सचिव सहदेव चौधरी, कोषाध्यक्ष राकेश सिंह लगायत सब पुरान पदाधिकारीे हुइल बटाँ । ओस्टक सदस्यमे राम स्वागत चौधरी, कल्पना चौधरी, इन्दु चौधरी, आशिष चौधरी, सुमन चौधरी उदयनारायण चौधरी रहल महासचिव चौधरी जनैलाँ । केन्द्रके अध्यक्ष भुलाइ चौधरीके घरगोस्याइमे हुइल उद्घाटन कार्यक्रममे बर्का पहुना युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी डा कृष्णराज सर्वहारीलगायत ३ जनहन सम्मान कर्ल । सम्मानित हुइनामे समाजसेवी शत्रुघनप्रसाद चौधरी ओ साहित्यकार सन्तोषी चौधरी बटाँ । कार्यक्रममे मन्त्री चौधरी अइना बरससे थारु भसा साहित्य केन्द्रमार्फत् २५ हजारके साहित्यिक पुरस्कार स्थापना कर्ना घोसना फे कर्ल । उहाँ थारुन् खानपानमे सुधार करे पर्ना, जागिरसे फेन लावा लावा व्यावसायमे हाँठ डारे पर्ना बटैलाँ ।  थारु लेखक संघ नेपालके केन्द्रीय अध्यक्ष डा कृष्णराज सर्वहारी केन्द्रहे अपन स्थापना दिवसके अवसरमे साहित्यिक पुरस्कार स्थापनाके लग अर्जि करलमे मन्त्री चौधरी सहकार्य करना वाचा कर्ले रहिट ।  उद्घाटन सत्रमे विनय वैद्य, डा रामबहादुर चौधरी, विजय चौधरी, सुशीला बेटी, विमल चौधरी, शान्ति चौधरी, आशिष चौधरी, थाकस केन्द्रीय अध्यक्ष प्रेमीलाल चौधरी, थारु आयोगके माननीय भोलाराम चौधरीलगायत बोलुइयन शुभकामना डेले रहिट । कार्यक्रममे रचना वाचन फेन हुइल रहे । कार्यक्रममे शान्ति चौधरीके ६९औं पोस्टा सलहेस फुलवारी डा अम्वेडकर पार्क ? के विमोचन बर्का पहुना मन्त्री चौधरी ओ अन्य पहुनालोग कर्ले रहिट ।  केन्द्रके उपाध्यक्ष बुद्धसेन चौधरी स्वागत ओ कार्यक्रमके सहजीकरन महासचिव सियाराम चौधरी कर्ले रहिट । थारु भसा साहित्य केन्द्र प्रत्येक महिनक् पहिला सनिच्चरके थारु साहित्यिक रचना वाचन बसघराके ८३औं भाग निम्जा सेक्ले बा । ओस्टक वाचित रचनाके ६ अंक बसघरा पत्रिका प्रकासन फे कर्ले बा ।   

डियर अविरलके पाँच गजल

डियर अविरलके पाँच गजल

३७९ दिन अगाडि

|

६ जेठ २०८२

डियर अविरल  जोह्न्याँ टोरैया जो अन्ढार रहट डिन नि रहट कलसे । घाम पछिउ बसेरा लेने निरह दख्खिन नि रहट कलसे ।। टुँहार मैयक् कुर्ह्ट्या लागल बा, ढक्ढिउरक खेन्ह्वम, लागट संसार चल्ने निरह मैयक बिहिन नि रहट कलसे । मही खेलौना बनासेक्लो टुँ, म्वार ढक्ढिउरा कब्जा कैक, हिरडाम राहा लग्ने निरह मैयक चिट्किन नि रहट कलसे । आज टुँहार ओ म्वार ढक्ढिउरा चाल एक्क हुइने निरह, टुँ महिन मै टुँहिन कर्ना मैगर मैयाँ गझिन नि रहट कलसे । सोच्ठु सब्से पहिल सुरु के करल हुइ मैयक टेल्वा लगाए, डुनियाँ जो बिलिट जाइट मैयक सहचिन नि रहट कलसे । 2 रुप्यक म्वाल रकट पस्ना चुवाक कमुइयन पुछहो । भुख, पियास संग निनह् मुवाक कमुइयन पुछहो ।। डु:खक् बलरुट्यम सुखक छाँही खोजुइयन हेरो, राटडिन हाठ ग्वारा आंख सुवाक कमुइयन पुछहो । केउ कठ रुप्या पैसा बरा ट केउ कठ मैगर मैयाँ बरा,  काहो बरा परड्यासम मन मुटु रुवाक कमुइयन पुछहो । घरपर्यारक मुहारम मुस्कानक बिहिन छिट्काइक लाग,  घाम्से जुझ्टी चुट्टिक पस्ना घुठ्ठी छुवाक कमुइयन पुछहो। रस्डार जवानीह् बैगुनी कग्डसे साट पर्ठा परड्यासम,  साट घट्वक पानीले आङ ढुवाक कमुइयन पुछहो । 3 बुवालाई हेर्ने नजर फेरियो रे म अरब छिरे देखी । उता गाउँघर शहर फेरियो रे म अरब छिरे देखी ।। आमा भन्दै हुनुहुन्थ्यो हाम्रो प्रगतिका पाइला देखेर, छिमेकीलाई पर्ने असर फेरियो रे म अरब छिरे देखी । आफन्त जोड्ने नि पैसा घटाउने नि पैसा आजभोलि, दुश्मनहरु हिड्ने डगर फेरियो रे म अरब छिरे देखी।  जाबो पिउनको लागि सोर्स चाहिने रिठ्ठेले भन्दै थियो, त्यो दिन देखि सफर फेरियो रे म अरब छिरे देखी। संघीयता लागुसंगै सङ्घ, प्रदेश र स्थानीय सरकारले, हाम्रो त बडा नम्बर फेरियो रे म अरब छिरे देखी।  4 हिरा, मोती, सुन भन्दा महँगो अँगार भए के होला ? मन मुटु जोख्ने तुलोको अविस्कार भए के होला ?? देशको खामो बुढो हुदा नि टुलुटुलु हेर्ने तिमी हामी, कल्पना गर्नुस् त तिम्रो मुटु नै गद्दार भए के होला ? दिनहु लाखौं युवाहरू विदेशिनुमा दोष कस्लाई दिनु, सोच्छु, आउन निषेध साउदी कतार भए के होला ? पल्ला घरे काइलीको भट्टीलाई फार्मेसी ठान्नेहरु, बिचार गर्नुस् मधुशालाहरु मधुसार भए के होला ? 5 सुटुक्क आइ बस्यो दिलमा धड्कन झै बनेर । जसरी लैलाको मज्नु, मुनाको मदन झै बनेर ।। म प्रेमिल प्यालासंग मड्होसिमा रमाइ रहदा, एकाएक तिम्रो आगमन भो सितन झै बनेर । प्रेम नगरीमा, प्रेमकै अनिकाल भइरहदा यहाँ,   तिमी आयो प्रीया अमृत रुपि रासन झै बनेर । आजभोलि औधी रमाउछु, तिम्रो आयामले जिन्दगी जिउन सुबिस्ता बनायो परठन झै बनेर । अस्ति भर्खर तिमिले नै पुर्णबिरामको घोषण गर्यो, र, त फेरि किन आउछौ सपनीमा लेपन झै बनेर ।                                         गुलरिया, बर्दिया                                         हालः दोहा, कतार 

थारु लेखक संघके पचवाँ बार्षिक साधारण सभा सम्पन्न

थारु लेखक संघके पचवाँ बार्षिक साधारण सभा सम्पन्न

३८६ दिन अगाडि

|

३० वैशाख २०८२

थारु लेखक संघ, नेपालके पचवाँ बार्षिक साधारण सभा सोम्मारके रोज धनगढीमे एक कार्यक्रम बिच वैशाख २९ गते सोम्मरके निम्लज बावै । थारु लेखक नेपालके अध्यक्ष जीत बहादुर चौधरी ‘ट्रासन’के घरगोसियाइमे हुइल कार्यक्रमके बर्का पहुना वरिष्ठ साहित्यकार यज्ञराज यात्री रहल रहिट । कार्यक्रमहे सम्बोधन कैटी बर्का पहुना यात्री आपन भाषा, कला रीति संस्कृति चालचलन, रहन सहन बचैना आवश्यक रहल बटाइल रहिट । उहाँ कहलै, ‘आपन पन सबकुछ होवई, आपन‐आपन हो । ओहेमारे हम्रे आपन भाषा, कला रीति संस्कृति चालचलन, रहन सहन सक्कु चीज बचैना आवश्यक रहल बावै ।’ ओकर लाग उहाँ थारु लेखक संघ, थारु साहित्यकार, पत्रकार कलाकारहुक्रनके मुख्य जिम्मेवारी रहल फेन बटाइल रहिट । उहे बिच उहाँहे साहित्यिक क्षेत्रमे योगदान पुगाइल कहटी सम्मान करल रहे । उहाँहे थारु लेखक संघके पूर्व अध्यक्ष सीताराम चौधरी दोसल्ला प्रमाणपत्रसे सम्मान करल रहिट । कार्यक्रममे बोलुइया सक्कुजाने फेन थारु भाषा, कला, साहित्यहे बचैना जरुरी रहल बटाइल रहिट । उहाँहुक्रे थारुहुक्रनके पहिचान, इतिहास बचाइक लाग सक्कु जाने लागे पर्ना औंल्याइल रहिट । कार्यक्रमके खास पहुना तथा थारु लेखक संघके संस्थापक सदस्य माधव चौधरी, दिलबहादुर चौधरी, थारु लेखक संघके कानुनी सल्लाहकार जोहारी लाल चौधरी, प्रतिभा महिला पुरस्कारके संस्थापक चन्द्रसिंह चौधरी, कर्मशिल बचत तथा ऋण सहकारी संस्थाके अध्यक्ष रामप्रसाद चौधरी, थारु गाउँ भादा होमस्टेके अध्यक्ष लक्ष्मीनारायण चौधरी, फोनिज सुदूरपश्चिम प्रदेश इन्चार्ज लखन चौधरी, फोनिज सुदूरपश्चिमके महासचिव भानुप्रताप राना, थारु लेखक संघके पूर्व उपाध्यक्ष सानु चौधरी, गायिक मनमति बखरिया, थारु चलचित्रके निर्देशक चन्द्र चौधरी चाँद लगायत शुभकामना मनतब्य राखल रहिट । उहे बिच थारु लेखक संघ नेपालके सचिव अनिल कुश्मी आव २०८१/०८२ के बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत करल रहिट । उहाँ बार्षिक क्रियाकलाप अन्र्तगत कैलारी गाउँपालिकाके स्थानीय विषयक पुस्तक ‘हमार कैलारी’ कक्षा २ के लेखन, प्रकाशन ओ वितरण करल, धनगढीके गुरही चौकमे असराजैना गुहरी टिहवार कार्यक्रमके समन्वय सहकार्य ओ आयोजना, २०८१ साल फागुन १५ से १७ गतेसम बर्दियाके राजपुर‐२ जोतपुरमे ९औं थारु साहित्य राष्टिय सम्मेलन आयोजनाके साथे उहे कार्यक्रममे बर्दियाके सुशील चौधरीहे नगद ५० हजार शाशीके थारु साहित्य सम्मानसे पुरस्कृत ओ बेलारी नगरपालिका ७ कञ्चनपुरके सुनिता चौधरी सानुहे नगद २५ हजार राशीके प्रतिभा सशक्तिकरण पुरस्कारसे सम्मान करल जनाइल रहिट । ओस्टके उहाँ आगामी कार्य योजना अन्र्तगत थारु लेखक संघके केन्द्रीय कार्यालय धनगढीमे स्थापना कैना, मासिक साहित्यिक कार्यक्रम कैना, आजीवन सदस्य संख्या वृद्धि कैना, अइना १०औं थारु साहित्य राष्टिय सम्मेल २०८२ माघ १५ से १७ गते पर्सा जिल्लाके सुगौली पटेर्वा गाउँपालिकाके बेलवा गाउँमे कैना, विद्यार्थी साहित्य महोत्सव आयोजना कैना, थारु मौलिक बाजागाजा बजैना तालिम ओ सामाजिक कार्य ओर रक्तदान कैना कार्ययोजना रहल सुनाइल रहिट । ओस्टके थारु लेखक संघसे अब्बेसम पाँच जनहनहे थारु साहित्य सम्मानसे पुरस्कृत करल बटैलै । उहाँ कैलालीके लक्ष्मी राना, बर्दियाके शेखर दहित ओ सुशील चौधरी, दाङ देउखरके दोषहरण चौधरी ओ सुनसरीके रामसागर चौधरीहे उ पुरस्कारसे पुरस्कृत करल हो । ओस्टके प्रतिभा महिला सशक्तिकरण पुरस्कारसे दाङदेउरखके मन्जिता चौधरी, बाराके शान्ति चौधरी ओ कञ्चनपुरके सुनिता चौधरी सानु सहित ३ जनहनहे पुरस्कृत करल जनाइल बावै । ओस्टके कार्यक्रममे कोषाध्यक्ष दुर्जन कुमार चौधरी आव २०८१/०८२ के आयव्यय विवरण प्रस्तुत करल रहिट । उहाँ आठ लाख ८७ हजार १०८ रुप्या बराबरके आयव्यय प्रस्तुत करल रहिट । कार्यक्रममे थारु लेखक संघके जिल्ला कार्यसमिति सदस्य राजुराज चौधरी स्वागत करले रहिट कलेसे सञ्चालन सहसचिव दिनेश संगम करले रहिट । कैलारी अनलाइनसे