मिथिला क्षेत्रमा आज जितिया व्रत

मिथिला क्षेत्रमा आज जितिया व्रत

९७१ दिन अगाडि

|

१९ असोज २०८०

अन्य समुदायको तुलनामा खुसी र सुखी छन् थारू ज्येष्ठ नागरिक

अन्य समुदायको तुलनामा खुसी र सुखी छन् थारू ज्येष्ठ नागरिक

९७५ दिन अगाडि

|

१४ असोज २०८०

परिचय  नेपालमा बसोबास गर्ने विभिन्न जनजातिमध्ये थारूहरू एक प्रमुख आदिवासी जनजाति हुन् । थारू शब्दको ब्युत्पत्ति र अर्थका सम्बन्धमा विभिन्न तर्क दिएको पाइन्छ । कसैले संस्कृतको ‘स्थास्नु’ शब्दबाट, कसैले बुद्ध धर्मको एक शाखा स्थबिरको ‘स्थेर’ शब्दबाट, कसैले ‘स्थुर’ शब्दबाट, कसैले थारूहरू ‘थारो’ (तला नपाटेको घर) मा बस्ने हुनाले ‘थारो’ शब्दबाट र कसैले रैथाने अर्थमा ठालु (ग्राम प्रमुख) शब्दबाट यसको उत्पत्ति भएको मान्दछन् (थारू, २०६९ः २७) ।  मातृकाप्रसाद कोइरालाले (उद्. सिंह मौन, २०२५ः १०–११) थारू जाति राजस्थानको थारबाट आएको भनेका छन् । त्यस्तै, ईश्वर बरालका अनुसार (२००४ः ४३) भारतको सिन्ध र राजस्थानको थार म?भूमिबाट आएका हुनाले थारू भनिएको हो । जनकलाल शर्मा र कृष्ण वम मल्लका अनुसार (२०१४ः १९) पनि शाक्य बंशीहरूमा स्थबिरबादी सम्प्रदायका मानिसहरू ‘स्थबिर’ कहलिन्थे र यसैको बिकृत रूप थारू भएको हो । टेकनाथ गौतमका अनुसार (२०४४ः १) थारू शब्द संस्कृतबाट आएको हो । उनका अनुसार संस्कृत ब्याकरणमा ‘थर्व’ धातु पुलिङ्ग, एकबचनमा ‘थर्वाण’ स्त्री लिङ्गमा ‘थर्वणी’ प्रयोग हुन्छ । यसरी थर्वावाट ‘थारू’ र थर्वणीबाट ‘थ?नी’ भएको हो । थर्वाको अर्थ एक ठाउँबाट अर्काे ठाउँमा सर्नु अथवा स्थायी घरवार बनाएर नबस्ने हो ।  डोरबहादुर विष्टका अनुसार (विष्ट, सन् २००२, पुनर्मुद्रित सन् २००६ः ४१) आजसम्म कुनै पनि थारूले न सीमापारिको भारतलाई नजिकको ठान्छ, न पहाड उक्लेर आफ्नो भाग्य नै अजमाउन खोजेको छ । यति ठूलो बथान भईकन पनि आफ्नो माटो, पानी र वरिपरिका जङ्गलसँग नङ र मासुजस्तै गरी गाँसिएको जीवन अ? कुनै पनि जातिको छैन होला । यसरी थारू नेपालको सबैभन्दा पुरानो आदिवासी जनजातिमध्ये एक हो । तराईको जनसंख्याको एक प्रमुख स्थान ओगटेका थारूहरू विभिन्न भौगोलिक क्षेत्रहरूमा फरक फरक किसिमको आ–आफ्नै प्रकारको भाषा, वेशभूषा, रहनसहन, संस्कार, मूल्यमान्यता, सांस्कृतिक रितिरिवाज आदि अंगालेको पाइन्छ । थारूहरूको मूल थलो दाङदेउखुरी जिल्लाई मानिन्छ । नयाँ मुलुक भनेर चिनिने बाँके, बर्दिया, कैलाली, कञ्चनपुर जिल्लामा थारूहरू दाङदेउखुरीबाटै गएका हुन् । थारूहरू नेपालको पूर्बी क्षेत्र झापा, सुनसरी, मोरङमा पनि पश्चिमबाटै बसाइ सराइ गरेर आइ बसेका हुन् भन्ने विभिन्न तथ्य प्रमाणित हुन्छ (थारू, २०६९ः ४४) । बसाई सराईका क्रममा दाङबाट तराईको पूर्वी भूभाग कपिलबस्तु, रूपन्देही, सिरहा आदि विभिन्न ठाउँमा बसोबास गर्दै आए, जसले गर्दा स्थानैपिच्छे थारूहरूको भाषा पनि फरक रहेको छ । नेपालको संविधान २०७२ ले थारू जातिको समस्या पहिचान गरी समस्या समाधानका लागि थारू आयोग समेत बनाई उनीहरूलाई विशेष मान्यता दिएको छ । नेपाललाई हाल ७ वटा प्रदेशमा विभाजन गरिएको छ । ती ७ वटै प्रदेशमा थारू सुमदायको बसोबास रहेको छ । २०६८ को जनगणना अनुसार थारू जातिको जनसंख्या १७ लाख ३७ हजार ४७० रहेको छ ।   कृषि पेशामा संग्लग्न थारू समुदाय धनको गरीब भए पनि मनका धनी छन् । उनीहरूले अझै पनि विभिन्न मौलिक चाडवाड, संस्कृति जोगाएका छन् । यी मौलिक चाडवाड, संस्कृति जोगाउन ज्येष्ठ नागरिकहरूको ठूलो महत्व रहेको छ ।  थारू समुदायको नयाँ वर्ष माघीको अवसरमा गाइने ढमार गीत होस् या कृष्णजन्माष्टमीको अवसरमा गाइने अस्टिम्किक् गीत होस्, यी ज्येष्ठ नागरिकहरूको मुखारबिन्दुबाट मात्रै सुनिन्छ । युवाहरूले मौलिक गीत बिर्सिदै गएका छन् । अहिले पनि संयुक्त परिवारमा बस्न ?चाउने थारू समुदायका ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्ने संस्कार निकै पहिल्यैदेखि चली आएको छ । थारू युवाहरूले विभिन्न पेशा व्यवसाय अपनाउन थाले पनि थारू ज्येष्ठ नागरिकहरू अझै पनि कृषिकर्ममै लागेको देखिन्छ । त्यसैले छोराबुहारी विविध पेशाले सहर पसे पनि ज्येष्ठ नागरिकहरू गाउँ छाड्न मान्दैनन् । किनकी सहरमा खेती गर्ने ठाउँ नै हुँदैन । प्रस्तुत आलेख थारू जातिको धर्म, संस्कार, खानपान, उपचार पद्धति लगायत विविध पक्षमा चर्चा गर्दै समग्रमा ज्येष्ठ नागरिकको अवस्थाबारे केन्द्रित छ ।  थारू धर्म र ज्येष्ठ नागरिक थारूहरूको धर्म कुन हो ? यस बारेमा थारूहरू स्वयम् अन्यौलमा छन् । जनगणननामा प्रायःले हिन्दू धर्म नै लेखाउने गरेका छन् । तर थारूहरूले मान्ने धर्म र पुज्ने देवताहरू, उनीहरूका पूजाविधि तथा गु?वा अथवा भर्रा भन्ने पुरोहितलाई हेर्दा उनीहरूमा हिन्दू धर्मको प्रभाव ज्यादै कम परेको देखिन्छ (विष्ट, सन् २००६ ः४६) । थारू कल्याणकारिणी सभाले २०६८ सालको जनगणनामा सम्पूर्ण थारूहरूलाई बौद्ध धर्म लेखाउन आह्वान गरेको थियो । हाल पूर्वी भेगका केही थारूहरू बौद्ध धर्मसँग नजिकिए पनि पश्चिममा थारूमा बौद्ध धर्मप्रति झुकाव निकै कम छ । पश्चिमका कम संस्कृतकरण (हिन्दूकरण) भएका राना, डंगौरा र अ? थारूहरूका सांस्कृतिक प्रचलनहरू वौद्ध धर्मसँग मेल खाएको देखिदैन । उनीहरूका प्रचलनहरूलाई वौद्ध धर्मभन्दा लोक धर्म मान्न सकिन्छ (विष्ट २०६३ ः५३) । आफूले उब्जाएको खाना खानु अघि प्रकृतिलाई चढाउने भएकोले थारूहरूले प्राकृत धर्म अंगालेको देखिन्छ ।  थारूहरूले पाँच पाण्डव, शिव, पार्वती, कृष्ण भगवानप्रति बढी आस्था राख्छन् । तर समग्रमा उनीहरूले पूजाआजा गरेको तौरतरिका हेर्दा प्रकृतिपूजक लाग्छन् । किनकी उनीहरूले सिचाईको लागि कुलोको मुहानमा जलदेउताको पूजा गर्दछन् । जंगलबाट काठ, दाउरा, पात, जडिबुटी लिन जाँदा अनिवार्य बनस्पति पूजा गर्दछन् । किरा फट्यांग्राले बाली नोक्सान नग?न्, खेती हरियो भरियो भइरहोस् भनेर हरेरी पूजा गर्दछन् । अन्नबाली भित्र्याउँदा आफूले खानु अघि प्रकृतिलाई चढाउँदै लवांगी पूजा गर्दछन् । उनीहरूको देवथानमा देवताको स्व?प काठ अनि माटोको हुन्छ । प्रकृतिको पूजाआजाबाट सम्पूर्ण प्राणी वर्गको हित हुनेमा उनीहरू विश्वास राख्दछन् । यी विभिन्न पूजाआजा गर्नमा घरमूलीका ?पमा रहने घरको ज्येष्ठ नागरिकको विशेष भूमिका रहन्छ ।   थारूका सौँरा, मैया, खेँखरी, चुरिन्याँ, बेँटुक लाठी, गुर्बाबा, घोरवा, ढमराज, सौटन्या, जख्वाजखिन्या, लगुवासु, गंगाधरी, गोहुवा आदि देवताहरू रहेका छन् । त्यस्तै सामूहिक रूपमा पूजा गरिने गाउँको देउथान मरूवामा राखिएका देवताहरूमा पाँच पाण्डव, मुढा, बहिरा रक्सा, मरिवा, बघ्रसी, लोहरा, महटिनिया आदि रहेका छन् । प्रत्येक थारू घरको पूर्व उत्तर कोठामा डेहुरार (देउता कोठा) हुन्छ । तर आधुनिक घर बन्ने क्रमसंगै डेहुरार नै लोप हुने स्थितिमा पुग्दैछ । यसरी ज्येष्ठ नागरिकहरूको मरणसंगै थारू समुदायमा परम्परागत पूजाआजाको चलन पनि हराउन थालेको छ ।  थारू समुदायमा धर्म र ज्येष्ठ नागरिक बीच अटुट सम्वन्ध छ । विभिन्न पूजाआजामा घरका युवा सदस्यहरूले अनदेखा गर्दा कमसेकम आफू बाँच्दासम्म त पूजा नरोक भन्दछन् । स्वदेश तथा विदेशका धार्मिक तीर्थस्थलहरूमा घुमघाम गर्ने, पूजा गर्ने परम्परा भने थारू समुदायमा खासै छैन ।  थारू जातिको मुख्य पेशा कृषि भएकाले यिनीहरूको धर्मकर्म, पूजापाठ पनि कृषिकेन्द्रित छन् । खेतीपातीमा खटिरहने भएकोले यो जाति शारीरिक रूपमा एकदमै बलिया हुन्छन् । ६÷७ वर्षको उमेरदेखि भेंडाबाख्रा चराउन सु? गरेको एक थारू बुढो भएपछि फेरी त्यही गोठालो पेशा नै अंगालेको देखिन्छ । त्यसैले, थारू समुदायमा हरवाह बन्नु चरवाह नबन्नु भन्ने कहावत नै छ । कृषिमा आधुनिकीकरण बढ्दै गएपछि खेत जोत्न टे«क्टर आउँदा पशुपालन कम भएको छ । यसले गर्दा गोठालो जिन्दगीबाट केही हदसम्म थारू ज्येष्ठ किसानहरू छुटकारा पाएको देखिन्छ । तर नजिकको तरकारी बारीमा गोडमेल गर्ने, पूजापाठ गर्नलाई बाबरी, तुलसी रोप्ने गरिरहेको देख्न सकिन्छ । हातखुट्टाले साथ दिएसम्म कृषिकर्ममै दिलोज्यान दिने भएकाले थारू ज्येष्ठ नागरिकहरूको काम नै पूजा देखिन्छ ।  कोही पढेलेखेका थारू ज्येष्ठ सदस्यहरू भने रिटायर्ड जिन्दगीपछि सामाजिक काममा खटेका देखिन्छन् । एकदमै बृद्ध भएर काम गर्न नसक्ने अवस्थामा घरकै मान्छेले नै रेखदेख गर्ने गर्छन् । थारू समाजमा एउटा सबैभन्दा ठूलो संस्कार भनेको उनीहरूले कहिल्यै आफ्ना बा आमालाई बृद्धाश्रम पठाउदैनन् । दुःख सुख गरेर जतिसक्यो आफै स्याहार सुसार रेखदेख गर्छन् । अझै पनि थारूहरू संयुक्त परिवारमा बस्ने भएकाले बुढ्यौलीमा ज्येष्ठ नागरिकले स्याहारसुसार पाएका हुन्छन् । घर छुट्टाभिन्न भएमा कान्छा छोराले बाआमालाई स्याहार्छन् । घर छुट्टाभिन्न भएमा पूजापाठ गर्ने मूल देउता भने जेठो छोराले लान्छन्  र पूजापाठ गर्ने परम्परा जोगाउँछन् । ज्येष्ठ नागरिकका सांस्कृतिक, सामाजिक पक्ष परापूर्वकालदेखि हाम्रा पूर्खाहरूले आफ्नो ज्ञान सीप र क्षमताबाट सिर्जना, संरक्षण एवं पालना गरी हामीलाई छाडेर गएका र हामीले पनि निरन्तर रूपमा तिनको प्रयोग उपयोग, परिमार्जन, संशोधन, संरक्षण एवं पालना गर्दै आएका जीवनशैली तथा हाम्रो पहिचान नै संस्कृति हो । मानिसले रचना गरेका सिर्जना र पालना गर्दै आएका संस्कारहरूलाई समग्रमा संस्कृतिका रूपमा सम्वोधन गर्ने गरिन्छ (खत्री, २०७०ः ६) ।  थारू जातिका विशेष पर्वहरूलाई रमाइलो, गुञ्जायमान तथा हर्षाेल्लासपूर्ण बनाउनको लागि गरिने विभिन्न नाचलाई जीवन्तता प्रदान गर्ने थरिथरिका गीतहरू रहेका छन् ।    थारूहरूले मनाउने मुख्य चाडपर्वहरूमा माघी, गुरही, हरडहुवा, अटवारी, अस्टिम्की, डस्या, डेवारी, ढुरहेरी आदि रहेका छन् । केही चाडबाहेक सबैमा गीत, नाच हुन्छ ।  माघीको अवसरमा नुहाएर आएपछि घरमा छुट्याएर राखिएको आफ्नो भागको चामल, दाल र नुन छोएर बुबा आमाको साथै आफूभन्दा ठूलासँग ढोग गरी आशिक लिइन्छ । यसरी आशिक लिएमा वर्ष दिनको पाप हटेर जान्छ भन्ने मान्यता रहेको छ । यसरी पुर्खाहरूको सम्मान गर्नुपर्छ भन्ने चलन ज्येष्ठ नागरिकहरूले चलाएका छन् ।  माघीमा गाउँको अगुवा बरघर चुन्ने चलन थारू समुदायमा यथावत छ । बरघर चुन्दा प्रत्येक घरका ज्येष्ठ सदस्यहरू उपस्थित रहन्छन् । बरघरको ख्याल (बैठक)ले गाउँमा नियम, दण्ड सजायको नियम पारित गर्छ । गाउँलेहरूले बनाएको नियम पहिले मौखिकमा सीमित हुने गरेकोमा अब लिखित हुन थालेको छ । माघीमा गाउँ सञ्चालनको बैठक मात्रै हुँदैन, घर सञ्चालनको पनि बैठक हुन्छ । प्रायः घरमुली जेठोबाठो नै हुन्छन् तर परिवारका सदस्यले न?चाए ज्येष्ठ सदस्यले कनिष्ठलाई पनि घरमुली सुम्पिन सक्छन् । यसरी थारू ज्येष्ठ नागरिकहरूले परिवारदेखि गाउँ समाजको परिपाटी बाँध्ने लोकतान्त्रिक विधि अपनाएको देख्न सकिन्छ ।  अस्टिमकी, डस्या, डेवारीमा गाइने नाचको लागि महिला ज्येष्ठ सदस्यहरूले गीत सिकाउँछन्, जसलाई ‘मोह्रिन्या’ भनिन्छ । त्यस्तै मादल बजाउन सिकाउने पु?ष ज्येष्ठ सदस्यहरू हुन्छन्, तिनलाई ‘अगुवा मन्डरिया’ भनिन्छ । यसरी ज्येष्ठ सदस्यहरूले गीत, संगीत पुस्तान्तरण गरेर संस्कृति जोगाउन अथक प्रयास गरेका छन् । थारू लोकजीवनमा सजना, मैना, होरी, अष्टिम्कीक्, सख्या, सुर्खेल, ढमार, मघौटा, बरमासा, रटनचवा, डिननचवा, बिरहैन जस्ता लोकगीत छन् । थारू समुदाय गीत सङ्गीतमा निकै समृद्द छ । यस जातिको बर्र्षैभरि हरेक महिना र पहरमा समेत गाउने गरी विभिन्न खालका गीतहरू रहेका छन् (पञ्जियारः २०५५ः १६) । थारू लोकसाहित्य कथ्य रूपमा अति नै सम्पन्न छ । ‘गुर्बाबक् जन्मौटी’ (थारू लोकब्रम्ह पुराण) ‘फुलवार’ (थारू लोक शिव पार्वती पुराण) ‘राम बिहग्रा’ (थारू लोक रामायण) ‘बर्किमार’ (थारू लोक महाभारत), ‘हिँउटी’, साँची, कहरा, जोगिन्या, माधो–सुन्दरी आदि थारू समुदायको जनजिब्रोमा झुण्डिएको छ (चौधरी २०६७ः ३४) । यी लोककाव्य, लोकगीत ज्येष्ठ नागरिकहरूले भाका हालेर गुन्गुनाउँछन् । ज्येष्ठ नागरिकहरूले नै मौखिक रूपमा जोगाउँदै ल्याएर यसको लिखित रूपमा दस्तावेजीकरण समेत हुँदै गएको छ ।  त्यस्तै, थारू समुदायमा गु?वा÷गुरौहरूको धार्मिक र सामाजिक कार्यहरूमा विशेष भूमिका रहने गर्दछ । घरायसी पूजाआजा बाहेक गु?वा विना धार्मिक क्रियाकलाप सम्भव हुन्न । ढकेहेर थरहका थारूहरू मन्त्रलाई जीवन्त राख्ने एक समुदाय हुन् । आम थारू समुदायमा फूलवारलगायत काव्य लोकगीतको रूपमा गाइने गरिएकोमा  ढकेहेरले विभिन्न पूजापाठमा यसका श्लोक मन्त्रको रूपमा वाचन गर्छन् (सर्वहारी, २०७७) । थारू गु?वाहरूलाई पहिले केन्द्रिय सरकारद्वारा निश्चित अधिकार सुम्पिएको इतिहास पाइन्छ । ‘धामी’ कर संकलन गर्न र त्यसैबाट जीविका चलाउने अधिकार दिइएको थियो (क्राउसकोफ, २०५८ः ५०) । सन् २००१ मा  चितवनमा थारू इथ्नोवोटनी प्रोजेक्टको सिलसिलामा पुरै जिल्ला भरिको गु?वाहरूको एक सर्भे गरिएको थियो । जसमा गु?वाहरूको संख्या १७७ मात्र देखिन्छ । तीमध्ये १५७ जनाले ५० वर्ष पार गरेका छन् । यही तथ्याङ्कलाई मिहिन ढंगले केलाउँदा १०९ जना गु?वाहरू त ६५ वर्ष नाघेको देखिन्छ । यसरी चितवनमा नयाँ पुस्ताले गु?वा (गुराउ) विद्या सिकेको देखिदैँन । थारू इथ्नोवोटनी प्रोजेक्टको रिपोर्टले भन्छ– नेपालीको सरदर आयु ७० वर्ष माने पनि अबको ३५ वर्षपछि चितवनमा एकजना पनि गुराउ हुने छैनन् (डंगोल र डंगोल, २०६६ः ३७) । यसरी ज्येष्ठ गु?वाहरू उमेरका कारण आफूमा निहित भएको ज्ञान हस्तान्तरण गर्न सकिरहेका छैनन् । गु?वा मात्रै होइन, लोकसाहित्य लगायत आआफ्नो क्षेत्रमा विशिष्टिता हासिल गरेका थारू ज्येष्ठ नागरिकहरूमा निहित ज्ञान हराउने क्रममा छ ।  थारू समुदायमा मूर्त र अमूर्त दुवै प्रकारको संस्कृतिको ठूलो महत्व छ । परम्परागत संस्कृति, ज्ञान, सीप युवावर्गमा हस्तान्तरण गर्नमा ज्येष्ठ नागरिकहरूले निकै टेवा दिएका छन् । पूर्व मेचीदेख पश्चिम महाकालीसम्म थारू समुदाय छरिएर बसोबास गरेकाले यिनीहरूको जीवनशैली, संस्कृति, पहिचान केही हदसम्म पृथक छ । तर सामाजिक सम्वन्धलाई संस्कृतिले नै जोडेको छ ।   खानपान    थारूहरू खानपानमा शौखिन छन् । उनीहरूमा परम्परागत ?पमा एक दिनमा ४ पटक खानेकुरा खाने चलन छ । एकाबिहानैको खानालाई  ‘बासी’ भनिन्छ भने १० बजेतिर खाने खानालाई ‘कलवा’ भनिन्छ । त्यसैगरी ३ बजेतिर खाने खानालाई ‘मिझ्नी’ भनिन्छ । दिन लामो भएमा थप अर्को पटक ‘मिझ्नी’ बनाइन्छ, यो खाजालाई ‘सिझ्नी’ भनिन्छ । बेलुकीको खानालाई भने ‘बेरी’ भनिन्छ । ज्येष्ठ नागरिकहरू ‘बासी’को रूपमा पनि एकाबिहानै जाँड रक्सी खाने गर्दछन् । खाजा?पी ‘मिझ्नी’मा त जाँड रक्सी नहुने कुरै भएन । गर्मी महिनामा सित्तल होस् भनेर भातमा पानी हालेर केही दिनपछि अलि अमिलो बनाएर ‘माड’ खाने चलन पनि छ । नदी किनारमा बस्न ?चाउने उनीहरूको माछा, घुंघी, सितुवा प्रिय परिकार हो । ज्येष्ठ नागरिकहरू आफै जाल, हेल्का, टापी लिएर माछा मार्न गएको देखिन्छ । माछा मार्न प्रयोग गर्ने सामग्री पनि ज्येष्ठ नागरिकहरू आफै बनाउने गर्छन् ।  घरमा कुनैपनि खानेकुरा खानुभन्दा अगाडि घरको ज्येष्ठ नागरिकलाई दिईसकेपछि मात्र अ?लाई दिने गरिन्छ । त्यस्तै खाना दिइसकेपछि पनि ज्येष्ठ नागरिकले खान शु? गरेपछि मात्र अ?ले खाने चलन छ । घरको शिर अर्थात् मुली ज्येष्ठ नागरिक नै हुन् । कुखुरा काटे ज्येष्ठ नागरिकको सम्मान स्व?प भालेको टाउको भाग छुट्याएर राखिन्छ ।  मौसम, समय, चाडपर्व, भोज विवाह, पूजापाठ लगायत विभिन्न अवस्थामा खाने थारू परिकारहरू विभिन्न थरिका हुन्छन् । जसमा दैनिक खानेमा, भात, दाल, कपुवा तरकारी आदि रहेका छन् । त्यसैगरी चाडपर्वहरूमा अनिवार्य खानेमा सुँगुरको मासु, ढिक्री, खरिया, पोंइक साग लगायत रहेका छन् । योमरी जस्तो ढिक्री बनाउने चलन छ । जसरी नेवार समुदायमा योमरी संस्कृति जस्तै रहेको छ, त्यसैगरी थारू समुदायमा पनि ढिक्री संस्कृति जस्तै रहेको छ । माघीमा ज्येष्ठ नागरिकहरूसंग ढोगभेट गरी आर्शिवाद लिने चलनसंगै लामो आयुका लागि लामो ढिक्री बनाइन्छ । झिलीमिलीको पर्व (डेवारी) दीपावलीमा दीयो आकारको ढिक्री हुन्छ भने डस्या (दसैं)मा ठोसिया जस्तो गहना आकारको ढिक्री हुन्छ । दाउराको थाकजस्तो देउतालाई चढाउने छुट्टै ढिक्री पनि हुन्छ । यसरी खाने परिकारलाई पनि पूजा गर्ने चलन थारू ज्येष्ठ नागरिकहरूले चलाएका छन् । ज्येष्ठ नागरिकको स्वास्थ्य थारू ज्येष्ठ नागरिकहरू नेपालका अन्य समुदायका तुलनामा खुसी र सुखी छन् । विधवा विवाह पनि हुने भएकाले महिलाहरूले एकल जीवन विताउने अवस्था देखिदैन । अझ लोग्ने मरेमा अर्को लोग्ने भित्र्याउन सक्ने भोंर विवाह गर्ने परम्परा पनि रहेकाले बुढ्यौलीमा पनि महिला ज्येष्ठ नागरिकले जोडीको साथ पाएका हुन्छन् । आम थारू समुदायको जीवनबृत्ति खेतीकिसानी नै हो । हिलोमैलोमा दिनचर्या गुजार्नु पर्ने हुँदा नुहाइधुवाइ, सरसफाइमा ध्यान दिन्छन् । त्यसैले, खासै विरामी पर्दैनन् । टाउको दुख्ने, ज्वरो आउने सानोतिनो रोगको लागि गु?वा (धामी) को भर गर्ने चलन अझै पनि रहेको छ । तर हाल आएर नयाँ नयाँ रोगहरूका कारण जडिबुटी उपचार, गु?वाको झारफुकमा भन्दा पनि पश्चिमा औषधोपचार पद्धतिलाई प्राथमिकता दिएको देखिन्छ ।  थारू समुदायमा जडिबुटी जान्ने बैद्यहरूको थर नै बैडवा रहेको देखिन्छ । यद्यपि बैडवा, गु?वाहरू ज्येष्ठ नागरिक मात्रै रहेका छन् । खेतीकिसानीमा खासै रकम जोगिदैन । त्यसैले, थारू ज्येष्ठ नागरिकहरू ठूलै विरामी परेमा उपचारमा भने समस्या देखिन्छ । उपचारको लागि थोरैतिनो जग्गा नै बेच्नुपर्ने अवस्था आउँछ, जो ज्येष्ठ नागरिकहरूले चाँहदैनन् । हाल आएर छोराका साथै कतिपय छोरीहरूले समेत आफ्नो अभिभावकलाई हेरचाह गर्ने, विरामी पर्दा स्याहार सुसार गर्ने चलन पनि बढेको देखिन्छ । छोरी मात्रै हुने तर छोरी विवाहिता भएर गएमा छोरी ज्वाइले नै आमाबाबु स्याहार्छन् । तराईका वनजंगल फँडानी गरी थारू पुर्खाहरूले नै बस्ती बसाले । औलो पचाए । बाघ, भालु, हात्ती जस्ता जंगली जनावरसंग लडे । अझै पनि हात्तीको माहुते प्रायः सबै थारू समुदायकै रहेका छन् । भनिन्छ, पहिले औलोसंग लड्ने प्रतिरोध क्षमता पहिले थारूहरूसंग मात्रै थियो । यही औलोको प्रकोप हाल आएर देखिन थालेको छ । पहिले औलो पचाए पनि त्यसको असर हाल मात्रै देखिदैछ । कतिपय थारू ज्येष्ठ नागरिकहरू सिकलसेल एनिमियाको सिकार भइरहेका छन् । डरलाग्दो तथ्य के छ भने वंशाणुगत रोगका कारण तिनका सन्तानमा पनि सिकलसेल एनिमिया देखिदैछ ।  थारूहरू बढी मदिरा सेवन गर्ने भएकाले बुढ्यौली क्रमसंगै, लहरे खोकी दम, उच्च रक्तचाप, ग्याष्ट्रिक, अल्सर, क्यान्सर जस्ता रोग ज्येष्ठ नागरिकहरूमा देखिन्छ । तर बेलुकी मात्रै मदिराको मात्रा मिलाएर पिउने ज्येष्ठ नागरिकहरूले यसैलाई औषधी मान्छन् । र, त्यसैको सेवनले आफ्नो लामो आयु भएको सगर्व भन्छन् ।  उपसंहारः  नेपाल सरकारले थारू जातिको समस्या पहिचान गरी समस्या समाधानका लागि थारू आयोग समेत गठन गरेको छ । तर थारू ज्येष्ठ नागरिकहरूको समस्या, तिनको सम्बोधनबारे थारू आयोगले छलफल चलाएको देखिदैन । न त थारूहरूको छाता संगठन थारू कल्याणकारिणी सभाले नै थारू ज्येष्ठ नागरिकहरूबारे चासो दिएको छ । विद्यार्थी, युवा, वकिल, महिलाहरूको भातृसंगठन बनाए पनि थारू ज्येष्ठ नागरिकहरूको संगठन छैन ।  नेपाली युवाहरू विदेश पलायन भएका छन् । अन्य पेशा, व्यवसायको सिलसिलामा घर बाहिर छन् । त्यसबाट थारू समुदायका युवा पनि अछुतो छैनन् । त्यसैले घरबारी, खेतखलियानको जिम्मा ज्येष्ठ नागरिकहरूको जिम्मेवारीमा आइपरेको छ । पहिले थारू समुदायका ज्येष्ठ नागरिकहरू नाति नातिनालाई थरिथरिका लोककथा सुनाउँथे । यसले हजुरबा, नातिनातिना दुबैको दिनचर्या सहजसाथ बित्थ्यो । तर पछिल्लो पुस्ताको मोबाइल प्रविधिमा ?चिका कारण ज्येष्ठ नागरिहक? एक्लिएका छन् । यसले उनीहरूमा नियास्रोपन बढेको देखिन्छ ।  आफ्नै छोराछोरीले बृद्धाश्रममा लगेर राखिदिएका घटना थारूहरूमा छैन, देखिदैन  । छोराछोरी र आमाबाबुबीच पारिवारिक झगडा मात्रै होइन, गाउँको समस्या भए छिनोफानो गरेर मिलाउने बरघर प्रणाली थारू समुदायमा कायमै रहेकाले थारू ज्येष्ठ नागरिकहरूले मुद्धामामिलामा दुःख झेल्नुपर्ने अवस्था छैन । स्वयम्सेवी ढंगबाट गाउँको विकास निर्माणमा टेवा दिने थारू ज्येष्ठ नागरिकहरूले चलाएको परम्परा स्थानीय निकायले सिको गर्नु जरुरी देखिन्छ ।  समाजको बदलिदो परिस्थिति, खानपान, धार्मिक र सांस्कृतिक मूल्य मान्यतामा आएको परिवर्तनको प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव ज्येष्ठ नागरिकहरूमा पर्नु स्वाभाविक हो । जस्तो कि मौलिक खानपानमा आफूलाई अभ्यस्त पारेका थारू ज्येष्ठ नागरिकहरू परिवारमा भित्रिएको फास्टफुड खान बाध्य छन् । त्यसैले, खानपान मात्रै होइन, परिवारका सदस्य, इष्टमित्रहरूबाट समेत समाजको ज्येष्ठ नागरिकहको धर्मसंस्कृतिको रुचिबारे ख्याल गरिनुपर्छ । देशमा संघीय, प्रदेश, स्थानीय तीन तहको सरकार मौजुद रहेकाले राज्यले पनि बेलैमा ज्येष्ठ नागरिकहरूको आरामदायी दिनचर्याका लागि आवश्यक नीति निर्माण गर्नु बान्छनीय देखिन्छ । सन्दर्भ सामग्री  क्राउसकोफ, जिसेल (२०५८), जङ्गलदेखि जमिनसम्मः थारू इतिहासतिर एक दृष्टि, नेपालका राजाहरू तथा  तराईका थारू, टेकबहादुर श्रेष्ठ, सं, काठमाडौः नेपाल  र एशियाली अनुसन्धान केन्द, त्रिवि ।  गौतम, टेकनाथ (२०४४), थारू जातिको इतिहास तथा संस्कृति (थारू पुराण), दाङ ः सुशील कुमार गौतम । चौधरी, कृष्णराज (२०६७), अष्टिम्की (कृष्णजन्माष्टमी) र सखिया नृत्य, समष्टी, ३१)७४, पृ.३४–३८ ।  डङ्गोल, धर्मराज र रूपक डङ्गोल (२०६६) थारू गुराउ, परम्परागत ज्ञान र संरक्षणको बाटो । हाम्रो चिनारी । ४(२), १० । पृ.३५–३८ ।  थारू, फनि श्याम (२०६९), थारू लोक संस्कृति र चाडवाड, काठमाडौः नेपाल प्रज्ञा प्रतिष्ठान । पञ्जियार थारू, तेजनारायण (२०५५), थारू भाषा एक परिचय, सप्तरीः बौली चौधरी थारू । बराल, ईश्वर (२००४), थारू जाति र तिनको संस्कृति, नेपाल सांस्कृतिक परिषद पत्रिका, १(१), बैशाख । काठमाडौंः नेपाल सांस्कृतिक परिषद । विष्ट, डोरबहादुर (२००२, पुनर्मुद्रित २००६ ई.), सबै जातको फूलबारी, ललितपुरः हिमाल किताब । शर्मा जनकलाल, कृष्णबम मल्ल (२०१४), राप्ती उपत्यका, काठमाडौः नेपाल भारत मैत्री संघ । सर्वहारी, कृष्णराज । २०७७ । थारू गु?वाहरूको परम्परागत ज्ञान र सीपको विद्यमान स्थिति तथा पुस्तान्तरण । थारू आयोग, काठमाडौबाट २०७७ मंसिर २८ गते चितवनको सौराहामा आयोजित थारू गु?वा र भलमन्साहरूको अवस्था गोष्ठीमा प्रस्तुत अवधारणापत्र । सिंह मौन, प्रफुल्लकुमार (२०२५), थारू लोकगीत, विराटनगरः पूर्वाञ्चल पुस्तक भण्डार ।  

थारू सुमदायमा आज अनत ब्रत मनाइँदै

थारू सुमदायमा आज अनत ब्रत मनाइँदै

९७९ दिन अगाडि

|

११ असोज २०८०

मणिराज महतो चितवन, नवलपुर(पूर्वी नवलपरासी) देखि कैलाली सम्मकाका थारुहरुले मनाउने अनत पाबन भदौ महिनाको शुक्ल पक्षको चतुर्दशी तिथिमा मनाइने ब्रत हो।  यो बर्ष असोज ११ गते  आज अनत पर्व परेको छ। यस दिन बिशेष गरेर थारूहरूले ब्रत बसेर पिङ (हेणौला) खेल्ने, भोदी खेल्ने र अनतको डोरो बाँधेर ब्रत राख्ने चलन रहेको छ। अनतको ब्रत राख्ने पुरुषहरुले १४ गाँठो भएको अनतको डोरो दाहिने पाखुरामा बाध्ने र ब्रतालु महिलाहरुले बायाँ पाखुरामा बाध्ने चलन रहेको छ। यसरी बाँधेको अनतको डोरो अमोसा(पितृऔंसी) मा बिसर्जन गर्ने चलन रहेको छ। अनतको डोरो बाँधेको ब्यक्ती ले डोरो बाँधेपछि अमोसा(पितृ औंसी) सम्म शाकाहारी जीवन बिताउनु पर्ने चलन रहेको छ। कथा:  जब पाण्डवहरुले जुवामा आफ्नो राजकाज हारेर बनवासको कष्टकर जीवन बाँचिरहेका थिए तब भगवान श्रीकृष्ण ले पाण्डवहरुलाई भगवान अनन्तको ब्रत राख्न सल्लाह दिएका थिए र पाण्डवहरु आफ्नो बनवासको समयमा १४ बर्ष सम्म हरेक साल अनत पाबनको दिन भगवान अनन्तको डोरो बाँधेर बिधिवत ब्रत राखेका थिए र यसैको प्रभावले गर्दा पाण्डवहरुले महाभारत को युद्ध मा बिजयी भएका थिए र आफ्नो गुमेको राजकाज फिर्ता पाउन सफल भएका थिए। तत्पश्चात सबैले अनत ब्रत लिन थालिएको पौराणिक कथा र किम्बदन्ती रहेको छ। ब्रत बिधि: अनतको अघिल्लो दिन बिहान स्नान गरी चोखो बस्नुपर्दछ जसलाई लहा खाने भनिन्छ र त्यही राती पिङ बाटेर अनतको दिन को तयारी गरी राती नै भाले बास्नु अगाडी मिठो मिठो परिकारहरुको डटकट खाएर शुरु गरिन्छ। अनतको दिन सफा बस्त्र धारण गरेर पिङ खेल्ने, भोदी खेल्ने र अनतको डोरो बाँधेर बेलुकीपख स्नान गरी फरहर गर्ने चलन रहेको छ। बेलुकीपख ब्रतालुले स्नान गरेर आइ फरहर गर्ने ठाउँमा गाईको गोबरले लिपपोत गरी त्यसै माथी पिर्का मा बसेर केराको पातमा चिउरा, दुधदही, केरा आदि फलफूल हरु भगवान अनन्तको पूजापाठ गरेर फरहर गर्ने गर्दछन। फरहरमा नुन बर्जित गरेको पाइन्छ। ब्रतफल:  यस दिन ब्रत बस्नाले गुमेका धन सम्पत्ति, राजपाट, यश, आराम, आदि प्राप्त हुने, बिष्णुलोक प्राप्त हुने र सधै सत्यको जित हुने गर्दछ भन्ने जनविश्वास रहदै आएको छ।  नवलपुर(पूर्वी नवलपरासी) को कावासोती नगरपालिका, मध्यबिन्दु नगरपालिका र देवचुली नगरपालिका, कैलालीको जोशीपुर गाउँपालिका लगायतले अनत (अनत्तर) पर्वको अवसरमा आज विदा दिएका छन् । कावासोती

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आज अट्वारी पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा आज अट्वारी पर्व मनाइँदै, सरकारले दियो सार्वजनिक बिदा

९९० दिन अगाडि

|

३१ भदौ २०८०

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका जिल्लामा आज अट्वारी पर्व मनाइँदै छ । यो पर्वको अवसरमा आइतबार सरकारले सार्वजनिक बिदा दिइएको छ । आदिवासी थारु समुदायले मनाउन अट्वारी पर्वको अवसरमा ती प्रदेशहरूमा सार्वजनिक बिदा दिइएको हो । अट्वारी पर्व सुदूरपश्चिमका कैलाली र कञ्चनपुर जिल्लाका साथै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया जिल्लामा बसोबास गर्ने थारु जातिले मनाउँदै आएका छन् ।  थारु बस्तीमा यो पर्वको उल्लास बढेको छ ।  अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो । अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पाण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन् । ‘भेंवा’ को नामले थारु जातिले पुकारेर थारु समुदायमा पूजा गरिन्छ ।  ऐतिहासिक पक्ष थारु समुदायमा रहँदै आएको प्रचलित किम्वदन्ती अनुसार कुनै बेला भेवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ)मा पुगेका थिए । सो किंवदन्ती अनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरूमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएका थिए । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारु समुदायमा रही आएको हो ।  अर्को किम्वदन्ती अनुसार एक समयमा द्रोपदीसहित पाँच पाण्डवहरू सुर्खेतको काँक्रेविहार घुम्न पुगेका थिए । थारु राजा दंगीशरण र पाँच पाण्डवबीच निकै घनिष्टता बढेको थियो । एक समय, भीमले रोटी पकाइरहँदा राजा दंगीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे । बलवान र पराक्रमी भीमले टावामा रोटी हालेर सहयोग गर्न जाँदा गाउँभरिका मानिसहरू टावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे तर सकेन । अन्ततः भीमले राजा दंगीशरणलाई सहयोग पश्चात् फर्केपछि मात्रै टावाको रोटी झिकेको भनाई छ । उक्त सहयोग गरेको दिन आइतबार परेकोले पनि अट्वारी पर्व आइतबार मनाउने प्रचलन कायम भएको थारु बुढापाकाहरू बताउँछन् ।  मनाउने विधि र अग्रसनको महत्त्व समान्यतयाः अट्वारी पर्व कृष्ण जन्माष्टमी पर्वपछि अर्थात ओजर्या (पूर्णिमा)मा पर्दछ । त्यो भनेको कृष्ण जन्माष्टमीपछिको दोस्रो आइतबार हुन आउँछ । आइतबार भन्दा अघिल्लो राति  (भिन्सरिया, डँटकट्टन (दर) खाने र आइतबार आधा दिनसम्म व्रत बस्ने गरिन्छ । व्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै उपभोग गरिन्छ । तर सूर्यास्तपछि खानपान पुरै बन्द गर्नुपर्ने हुन्छ । त्यसपछि, सोमबार विहानै पूजापाठ अर्थात् ‘फरहार’ गरिन्छ । बनाइएको विभिन्न परिकारहरुलाई दुई भागमा छुट्टाछुट्टै छुट्यान्छ । छुट्याएको भाग चेलीबेटीहरूलाई अग्रासन (कोसेली) स्वरूप दिनको लागि राखिन्छ भने एक भाग व्रतालुहरूले उपभोग गर्नुपर्छ । जसलाई फरहार भन्ने गरिन्छ । विधिपूर्वक सोमबार बिहानै पनि पूजापाठ गरेपछि फरहार गरेर भोजन ग्रहण पश्चात् अग्रासन दिन जाने प्रचलन रहेको छ । उता विवाहित चेलीबेटीहरू माइती घरको अग्रसनको पर्खाइमा बसेका हुन्छन् । भनिन्छ, विवाहित चेलीहरू माइती घरबाट दाजुभाइले दिन जाने अग्रसनले नै आफ्नो भोक मेट्ने गर्दछन् । विभिन्न परिकारको पोकोसहित अग्रसन दिन जाने दाजुभाइ दिदीबहिनीलाई विवाहित चेलीहरू मानसम्मान गर्ने उत्तिकै चलन थारु समुदायमा रहेको छ । जसले गर्दा थारु समुदायमा अट्वारी पर्वलाई नारी सम्मान र भाइचाराको प्रतीकको रूपमा लिने गरेको थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरी बताउँछन् ।  

मदिराको प्रारम्भ कहाँ र कसरी भयो ? 

मदिराको प्रारम्भ कहाँ र कसरी भयो ? 

१०११ दिन अगाडि

|

१० भदौ २०८०

                                                                                                                         तस्विरः लेखकको फेसबुक वालबाट डा भक्त राई सामान्यतया मदिरा भन्नाले मादक पदार्थ (मात लाग्ने पेय पदार्थ) भन्ने बुझिन्छ । संसारमा मदिरा दुई प्रकारको हुन्छ । पहिलो प्रकारको मदिरा प्राकृतिक रूपमा मदिराको गुण भएको वस्तुहरु जस्को सेवनले मात लाग्छ जस्तैः सुर्ती, गाँजा, भाङ, धतुरो, च्याउ, मह, कदमको फल वा तेल, चिउरी, सुपारी, ताडीको रस, बिखुमा, फूलको रस, बास्ना आदि । र, अर्को प्रकारको मदिरा भनेको मानिसद्वारा निर्मित मादक पदार्थ । सन्सारमा मदिराको प्रारम्भ कहाँबाट र कसरी भयो भन्ने विषयमा फरक फरक धारणा पाइन्छन् । कसैले पूर्वीय संस्कृति र सभ्यताबाटै मदिराको प्रारम्भ भयो भन्ने दाबी गर्दै आएका छन् भने कसैले पास्चात्य संस्कृति र सभ्यताबाट सुरु भएको हो भन्ने विचार व्यक्त गर्दै आएका छन् । यसरी नै पूर्वमा पनि सर्वप्रथम आर्यहरुले मदिराको प्रारम्भ गरे कि अनार्यहरुले सुरु गरे भन्ने विषयमा स्पष्ट खोज अनुसन्धान हुन सकेको छैन । विभिन्न धार्मिक, दार्शनिक ग्रन्थहरुमध्ये किरातीहरुको मुन्दुमर मुन्धुम र आर्यहरुको वेदमा प्रशस्त मात्रामा मदिरा र यसको सेवनबारे चर्चा गरिएको पाइन्छ भने त्रिपिटक, कुरान, बाइबल आदि धार्मिक ग्रन्थमा भने मदिरालाई त्याज्य वस्तुका रूपमा अर्थात् यस्को सेवनलाई बहिष्कार गरिएको पाइन्छ । नेपालको सम्पूर्ण आदिवासी जनजातिहरुमा मदिराको प्रचलन पाइन्छ । किराती जातिको लगभग सबै समुदायमा मदिराको प्रयोग पाइन्छ । लाप्चा, मेचे, कोचे, राजवंशी, राना थारु आदि आदिवासी जातिले भने मदिरा र मांसको सेवन गरे पनि धार्मिक, सांस्कृतिक कार्यमा भने मदिरा र पशु हिंसालाई त्याग्दै आएका छन् । हिन्दु संस्कृत वाङमयहरु वेद, पुराण आदि ग्रन्थमा मदिरा र यसको सेवनबारे प्रशस्त मात्रमा चर्चा पाइन्छ । तर आर्यहरुले कहिलेदेखि सांस्कृतिक रूपमा मदिराको प्रचलन त्यागे भन्नेमा स्पष्ट विवरण पाइदैन । यस विषयमा त्यस्तो आधिकारिक खोज अन्वेषण हुन सकेको छैन ।  नेपालका आदिवासीहरुमध्ये किराती जातिमा कसरी मदिराको प्रारम्भ भयो भन्ने विषयमा पनि विभिन्न फरक फरक धारणा पाइन्छन् । एका थरीको मत के छन् भने किरातीहरुको आदिम पुर्खा पारुहाङ जहिले पनि बाहिर डुलिरहने । कहिले घरमा नबस्ने हुनाले उनकी श्रीमती सुम्निमाले मर्चाको आविष्कार गरेर मदिराको निर्माण गरी पारुहाङ्लाई सेवन गराएको र त्यसपछि मात्र उनी मदिराले मस्त भएर घरमा बस्न थाले । त्यसैले, मदिराको प्रारम्भ सुम्निमाले गरेकी हुन् भन्ने विचार राख्दै आएको पाइन्छ । अर्का थरीले भने प्राचीन किराती पुर्खाहरु सिकार गर्न जाँदा आफूले खाई नसकेको कन्दमुल तथा फलफूलहरु पातमा पोको पारेर ओडारमा छोडी राखेको र केही दिन पछि उक्त ओडारमा जाँदा आफूले छाडेको खाना चाख्दा बास्नादार तथा बेग्लै स्वादको भएको र त्यसको सेवन गर्दा हल्का मात लागेको हुँदा उक्त खानालाई मन पराएकोले त्यसरी नै गुम्साएर खान थालेको हुनाले त्यहीबाट मदिराको प्रारम्भ भएको भन्ने अभिमत राख्दै आएका छन् । यसरी नै अर्का थरीको विचार पनि झण्डै यही प्रकारको तर त्यो मत भने अलिक पछि कृषि युग प्रारम्भ भए पछिको पाइन्छ । यो मतअनुसार प्राचीन किराती पुर्खाहरु सिकार गर्न जाँदा आफूले लगेको खाना पातमा पोको पारेर बोक्ने क्रममा केही दिन पछि खाँदा बास्नादार तथा मात लाग्ने भएको र उक्त मात लाग्ने खाना स्वादिलो भएको हुँदा घरमा आएर पनि त्यसरी नै खानालाई पातमा पोको पारेर केही दिन गुम्साएर खाने गरेको र यसरी मदिरा परम्पराको प्रारम्भ भएको हो भन्ने विचार व्यक्त गर्दै आएको पाइन्छ ।  जाँड बन्ने प्रक्रियामा मर्चाको जरुरी पर्ने र मर्चा बनाउँदा विभिन्न प्रकारको झारपात (जडिबुटी) चाहिने भएको हुँदा यी भनाइसंग सहमत हुन सकिन्छ ।  जुनसुकै वस्तुको जाँड बनाउँदा पनि फर्मन्टेसनका लागि केही दिन पोको पारेर गुम्साएर  राख्नै पर्ने हुन्छ । त्यसैले, पछिल्लो यी भनाइमा निकै सत्यता पाइन्छ । नेपालका आदिवासी जनजातिहरुको परम्परागत संस्कृतिमा मदिराको प्रयोग अनिवार्य मानिन्छ । उनीहरुको हरेक सांस्कृतिक, धार्मिक क्रियाकलापमा मदिराको प्रयोग अनिवार्य मानिन्छ । आदिवासी जनजातिहरुले मूलतः खाना, खाजाको रूपमा, कोसेलीको रूपमा, प्रसादको रूपमा, आम्दानीको रूपमा, औषधिको रूपमा, आँट, जोश, तागतको लागि, शिर उभ्याउनीको लागि, क्षमा याचनाको लागि, अन्नको सदुपयोगको लागि, मनोरञ्जनको लागि, धार्मिक सांस्कृतिक कार्यमा प्रसादको रूपमा आदि कार्यमा प्रयोग गर्ने गर्दछन्।  संस्कृत वाङमयहरुमा खास गरेर ऋग्वेदमा मदिराबारे प्रशस्त मात्रमा चर्चा भएको पाइन्छ । हुन त कतिपयले वेदमा वर्णित पदार्थ मदिरा नभई औषधिजन्य पेय पदार्थ हो भन्ने विचार विचार राखेको पाइन्छ । तर त्यो गलत हो । किनभने वेदमा स्पष्टसङ्ग सोम रस (सोम लता, लहरा, जडिबुटी र फलफूलद्वारा बनाइएको मदिरा) सुरा) र अन्नबाट बनाइएको मदिरा) बारेमा बताइएको छ । ऋग्वेदको विशेष गरेर नवौं र दसौं मण्डलमा प्रशस्त मात्रामा मदिरालाई शक्तिको प्रतीक देवताको रूपमा चर्चा गरिएको छ । ऋग्वेदको नवौं मण्डल सूक्त १,६ मा यस्तो उल्लेख गरिएको छः पुनाति ते परिस्रुतं सोमं सूरस्य दुहिता । वारेण शश्वाता तना ।।६।।  अर्थात् हे सोमदेव, सूर्यपुत्रीले तिम्रो रसलाई सनातन र आवरणबाट बनाउँछिन ।  यसरी नै नवौं मण्डल सूक्त १, ८ मा यस्तो उल्लेख छः  तमीं हिनवन्त्यग्रुवो धमन्ति बाकुरं द्रुतिम । त्रिधातु वारणं मदु।।८।। अर्थात् तेजस्वी सोमरसलाई औंलाले निचोरेर रस निकाल्दछन् । यस्तो दुःख निवारक मधुर रसमा तीन शक्तिहरु रहेका हुन्छन् । यसरी नै ऋग्वेद ९, ६२, २२ मा यस्तो उल्लेख पाइन्छः एते सोमा असृक्षत गृणानाः श्रवसे महे। मदिन्तमस्य धारया ।।२२।। अर्थात् परम आनन्दले युक्त सोमरस स्तुति गानपछि हामीलाई असल शक्ति प्रदान गर्नका लागि धारो लागेर कलशमा खस्ने गर्दछ । यसरी हेर्दा के देखिन्छ भने वेदमा मदिरा (सोम रस, सुरा) लाई शक्ति प्रदायक देवताको रूपमा, शक्तिनाशक उर्जाको रूपमा स्तुति गरिएको छ । यसबाट के प्रष्ट हुन्छ भने आर्यहरुले प्राचीन समयमा मदिराको प्रयोग अनिवार्य रूपमा गर्ने गर्दथे । आर्यहरु भारतीय उपमहाद्वीपमा आउनुपूर्व नै यस क्षेत्रमा किरातीहरुको संस्कृति र सभ्यताको प्रारम्भ र विकास भैसकेको हुनाले आर्यहरुले किरातीहरुबाटै मदिरा बनाउन सिके कि आफैले ल्याएको ज्ञान हो ? यस सम्बन्धमा अझैसम्म खोज अनुसन्धान हुन सकेको देखिदैन ।  उता इरान र यता चीनमा दशौ हजार वर्ष पहिले नै माटाको घ्याम्पोमा अङ्गुरको मादक पेय पदार्थ बनाइएको अवशेष पाइएको छ । वस्तुतः रैथाने आदिवासी जातिहरुले नै मदिराको प्रारम्भ गरेको कुरामा भने निकै विश्वस्त हुन सकिन्छ ।  मदिरा कति प्रकारको हुन्छ ? संसारमा मूलतः तीन तरिकाले तीन प्रकारको मदिरा उत्पादन गरिन्छ ।  १ वाइनरीबाट वाइन २ ब्रोअरीबाट बिअर र ३० डिस्टिलरीबाट रम, ह्वीस्की, भोड्का, ब्राण्डी, जिन, स्कच आदि ।  घरेलु परम्परागत मदिरा चाहिँ मूलतः दुई प्रकारको उत्पादन हुन्छ, ती हुन्ः  १ जाँड अर्थात् नरम प्रकारको मदिरा, यसअन्तर्गत भने विभिन्न थरीका जाँडहरु पर्दछन् । जस्तैः छनुवा, निगार, तोङ्बा, सरुवा, हुरेजाँड, भाती जाँड, सुमे जाँड, ओथारे छोक्रा आदि । २ रक्सी अर्थात् कडा प्रकारको मदिरा । यसअन्तर्गत एक पानेदेखि १२, १४ पानेसम्मका रक्सीहरु पर्दछन् । कसरी बन्छ मदिरा ? घरेलु मदिरा मुख्य तीनवटा सामग्री अन्न, फलफूल र कन्दमूलबाट बनाइन्छ । जुनसुकै वस्तुबाट मदिरा निर्माण गरे पनि अनिवार्य रूपमा मर्चा आवश्यकता पर्दछ । दूधबाट दही, सागबाट गुन्द्रुक, मुलाबाट सिन्की, भटमासबाट किनिमा बनेजस्तै फर्मेन्टेट प्रक्रियाबाट जाँड बन्ने गर्दछ । जाँडलाई वाष्पीकरण गरेर रक्सीको निर्माण गरिन्छ ।  वाइन कसरी बन्छ ? संसारभर वाइन पिउने प्रचलन पाइन्छ ।  वाइन अङ्गुरबाट बनाइन्छ । वाइन बनाउँदा पनि घरेलु मदिरा बनाउँदा जस्तै पहिले वाइनलाई राम्ररी पकाइन्छ अनि सेलाएपछि त्यसमा मर्चा हालिन्छ र सामग्री अनुसारको भाँडामा गुम्साएर राखिन्छ । केही दिनपछि उक्त सामग्री फर्मेन्टेट भएर तयार हुन्छ र त्यसलाई छानेर आवश्यक रङ र अल्कोहल थपेर बोट्लिङ  गरिन्छ । बियर कसरी बन्छ ? वाइन अङ्गुरबाट बनेजस्तै बियर जौबाट बन्ने गर्दछ । बियर बनाउदा सर्वप्रथम जौलाई माल्टिङ (टुक्राउने) गरिन्छ । र, त्यसमा पनि मर्चा  हालिन्छ र हावा नछिर्ने गरी सुममा प्याकिङ गरेर राखिन्छ । १०, १५ दिन पछि फर्मेन्टेड भैसक्छ । त्यसपछि किटाणुहरु मार्न र लामो समयसम्म राख्न नबिग्रोस् भन्नका लागि उमाल्ने काम (पास्चरिङ) गरिन्छ । त्यसपछि आवश्यक रङ, अल्कोहल र बास्ना हालेर बोट्लिङ गरिन्छ ।              यसरी हेर्दा के देखिन्छ भने प्राचीन समयदेखि नै संसारभर मदिराको प्रचलन पाइन्छ । संसारको जुनसुकै क्षेत्र, वर्ग र समुदायमा मदिराको प्रचलन भए पनि यसको अधिक सेवन स्वास्थ्यका लागि हानिकारक भएको हुँदा यस्को सेवनमा सजग हुन जरुरी छ । 

थारू समुदायको ‘गुरही’ पर्वमा विविध आयाम

थारू समुदायको ‘गुरही’ पर्वमा विविध आयाम

१०१७ दिन अगाडि

|

४ भदौ २०८०

थारू समुदायमा विभिन्न चाडपर्व छन् । अहिले माघ (माघी) लाई नयाँ वर्षको रुपमा मान्न थालिएको छ । नभए पहिले पुर्खाहरुले गुरहीलाई वर्षको पहिलो चाड मान्थे । यसबारे एउटा भनाई छ, ‘जट् बर्कि जट् बोक्सिन, जट् छोटकि जट् छिनार ।’बर्कि अर्थात् ठूली, यस मानेमा सबैभन्दा जेठो चाड गुरही । यसमा भूतप्रेत मन्साउने कार्य हुने भएकाले भूत, बोक्सीको प्रसंग आउँछ । अनि छोटकि अर्थात् कान्छी, सबैभन्दा पुछारको चाड ढुरहेरि अर्थात् होली । होलीमा रंग, अविर दल्दै  हा हू गर्ने परम्परा भएकाले यसलाई उरन्ठेउलो, लाज नभएको चाडको रुपमा लिइन्छ ।  यसरी आआफ्नै किसिमको तर्क यस पर्वबारे भेटिन्छ । यहाँ थारू समुदायको प्रमुख चाडमध्ये एक ‘गुरही’को चर्चा गरिन्छ । गुरहीको मौलिकता थारू समुदायको गुरही पर्वको दिन नै आम नेपालीको नागपञ्चमी पर्व पर्छ । त्यसैले ‘गुरही’ र ‘नागपञ्चमी’ एउटै हो कि भन्ने आम बुझाई छ । थारू समुदायकै कतिपयले गुरही अर्थात् नागपञ्चमी भनेर सामाजिक सञ्जालमा शुभकामनासमेत दिएको देखिन्छ । गुरही र नागपञ्चमी एक अर्काको पर्याय पर्व होइन ।  नागपञ्चमीमा सर्पको पूजा गरिन्छ । यो अलग कुरा हो कि अरुको देखासिकीमा थारू समुदायमा पनि नागको तस्विर टाँसेर नागपञ्चमी पनि स्वीकारिन्छ । तर गुरहीमा सर्पको पूजा हुन्न, गाइने किराको पूजा हुन्छ । थारू समुदायको ‘गुरही’ पर्वको आफ्नै मौलिकता छ भने सर्प भगाउने मन्त्र पढिने नागपञ्चमीको आफ्नै । त्यसैले, गुरही र नागपञ्चमी एउटै हो भन्ने बुझाइ हटाउन, यी दुबै बीचको फरक मनन गर्न थारू समुदायले ढिलाइ गर्नुहुन्न ।  बरु अवधी समुदायको गुडिया पर्वसँग थारू समुदायको गुरही केही मिल्दोजुल्दो छ । तिनले पनि थारू समुदायले झैं कपडाको गुरही बनाएर पूजा गर्छन् ।  साहित्यकार छविलाल कोपिला ‘गुरही’लाई थारू समुदायको बाल पर्वको रुपमा चिनारी दिन उपर्युक्त ठान्दछन्  । हुन पनि हो, थारू बालिकाहरु सोह्र श्रृंगार गरेर थालमा गुरही र चना लिएर गल्लीको गौह्रि (चौराहा) मा गुरही अस्राउन जान्छन् । उता थारू बालकहरु सोंटा लिएर गुरही ठटाउन तम्तयार हुन्छन् । तर, मनोवैज्ञानिक रुपमा बुझ्दा यसले बालिकाको थालमा गुरही र चना थमाएर महिलालाई गहना गुडियामै, भातभान्सामै सीमित रहन तथा बालकको हातमा सोंटा थमाएर तिनलाई बलशाली हुनुपर्ने देखाउँछ । गुरही किराबाट ‘गुरही’ पर्व नामकरण भएको हो । भालेलाई गुरहा तथा पोथीलाई गुरही भनिन्छ । गुरही अस्राउन कपडाको गुरहन्या बनाउँदा पनि गुरही र गुरहाको अलग अलग आकार बनाइन्छ ।  लामो पुच्छर भएको उड्ने किरा गुरहीलाई नेपालीमा गाइने किरा भनिन्छ । यसले लामखुट्टेलगायत बालीनालीका लागि अन्य हानीकारक किराहरु खाएर किसानहरुलाई सहयोग गर्छ । हानीकारक किरा खाएर अन्य रोगव्याधी लाग्न नदिन भूमिका खेल्ने भएकाले गुरही किराको पूजास्वरुप गुरही पर्व मनाउन थालिएको जनविश्वास थारू समुदायमा छ । यस्तो छ ‘गुरही’को मिथक छविलाल कोपिलाको संकलनमा गुरही पर्वबारे एक मिथक रहेको छ । जसअनुसार धेरै वर्ष पहिले नरकमा विभिन्न किसिमका किराहरुको संख्या बढ्यो र अनेक रोग फैलियो, जसका कारण मान्छेहरुको अकालमै ज्यान जान थाल्यो । यसबारे स्वर्गलोकका देउताहरु पनि आश्चार्यचकित भए । देउताहरुले यसबारे यथार्थ बुझ्न एक बालिकालाई दूतको रूपमा पृथ्वीलोकमा पठाए । र, उनी एक साधारण परिवार जन्म लिइन् । उनको बाल्यकाल निकै रमाइलोसंग बित्यो । परिवारमा सबैले राम्रो मान्थे । तर, उनकी भाउजू भने उनलाई देखी सहन्नथिन्, निकै दुःख दिन्थिन् । त्यसो त अपवादबाहेक नन्द भाउजूको सम्बन्ध अहिले पनि राम्रो मानिन्न । ती बालिका ससाना बालबालिकाहरुसंग खुब खेल्न मन पराउँथिन् । अरुलाई निकै माया गर्थिन् । उनी कपडाको गुडिया अर्थात् ‘गुरही’ खुब मन पराउँथिन् । तर, उनलाई देखि नसहने उनको भाउजूले सधैँजसो गुरही लुकाइदिने, कहिले त फाल्दिने समेत गर्थिन् । यसो गर्दा उनी निकै दुःखी हुन्थिन् तर केही भन्न सक्दिनथिन् ।  भाउजूको डरले ती बालिकाले कहिले डेहरी (भकारी) मुनि गुरही लुकाउँथिन्, कहिले घरको कुनामा । यसरी लुकाउँदा लुकाउँदै पनि भाउजूले पत्तो लगाएर फालिदिन थालेपछि आजित भएर एकदिन आफ्नो खेलौनारुपी गुरही जस्तै किरा भए कति जाति हुन्थ्यो भन्ने कल्पना गरिन् । नभन्दै उनले सोचेको जस्तो किरा उत्पन्न भए ।  गुरहीजस्तै सुन्दर सुन्दर किराहरु हावामा उड्न थालेपछि उनी निकै खुशी भइन् । छिमेकी बालबच्चाहरु पनि रमाउन थाले । यता त्यही गुरही किराहरुले लामखुट्टेलगायत सुक्ष्म किराहरुलाई आहार गर्ने र मार्ने गर्न थाले । यसरी मानिस तथा बालीनालीको लागि हानीकारक किरा मारिन थालेपछि प्रकोप पनि कम भयो र रोगव्याधी पनि कम भयो । निरोगी हुन पाउँदा, बालीनाली सप्रिदा जनता खुशी भए ।  यसरी अकाल मृत्यु रोकियो । र, ती बालिका पुनः स्वर्गलोक जानुपर्ने भयो । उनी जाने भएपछि उनका सहेलीहरु निकै दुःखी भए । जान नदिने जिद्दी गरे । तर, उनको यात्रा रोकिएन । अन्तमा, विदाइको बेला गाउँका सबै बालबालिकाले उपहारस्वरुप गुरहीको प्रतीक गुडिया र बाटोमा भोक लागे चनालगायतका गेडागेडी खानेकुरा दिएर बाजागाजासहित विदाई गरे ।  माइतीको संझना घर छाडेर जाने महिलाहरुलाई माइतीको जे कुरा पनि प्यारो हुन्छ । उनीहरु घर छोडेर जाँदा बाल्यकालमा खेलेका गुडिया (गुरही) सम्झिन्छन् ।  आफूले डेहरीमुनि गुरही राखेको छु, त्यो राम्रोसंग स्याहारिदिन भनेर आमासंग आग्रह गर्छन्, जुन तलको गीतमा गुन्जिन्छ ः ‘दाङ बोले टिम्की, महदेवा बोले ढोल  डेहरिक गोरटिर मोर गुरही ।  बालिकाहरु रुखमुनि खेल्नु सामान्य हो । इमलीको रुखमुनि बसेर गुरहीसँग खेलेको सम्झिन्छन् । दाङ बोले टिम्की, महदेवा बोले ढोल  अमलिक रुखवा टिर मोर गुरही । भनिन्छ, यो बालगीत, त्यही बालिकाले संझना गरेर गाएको हो, जसलाई स्वर्गलोकका देउताहरुले पृथ्वीलोकमा दूत बनाई मृत्युको कारण बुझ्न पठाएका थिए । तिनले नै गुरही किरा उत्पन्न गरिन् र गुरही मनाउने परम्परा बस्यो । ‘दाङ बोले टिम्की, महदेवा बोले ढोल’ यस गीतको विश्लेषण पनि गर्न सकिन्छ । देउखुरी उपत्यकाको महदेवा नै यस्तो गाउँ हो, जहाँ थारू सुमदायको बर्का नाचको सुरुवात भयो । देउताहरुले नै महदेवाका एक थारू अगुवालाई वनमा नाच सिकाएका थिए । कालान्तरमा तिनले गाउँमा आएर नाच सिकाए । कतै गुरही किरा उत्पन्न गर्ने ती पौराणिक बालिका स्वर्गलोकबाट महदेवा गाउँमा आएकी त थिइनन् ? यो अर्को शोधखोजको विषय हो ।  गुरही मनाउने तरिका गुरही मनाउने तरिका गाउँअनुसार फरक फरक हुन्छ । यहाँ वर्णन गरिएको गुरही मनाउने तरिका खास गरी देउखुरी उपत्यकाको हो ।  ‘घुघरी भिजाउ रे, घुघरी । हे गाउँक् मनै, काल्ह गुरहिक लग गुरही भिजाऊ...’ । नागपञ्चमीको अघिल्लो बेलुकी गाउँको चौकीदारले यही भनेर ठूलो स्वरमा हाँक पार्छ । चौकीदारले हाँक पारे पनि, नपारे पनि गाउँलेले बेलुका कोंहरी (चना) भिजाउँछन् । चना खेती गर्नेले कुनै वर्ष राम्रो चना नफले ‘असौं टे गुरहि अस्राइ भरिक फेन चाना नैहुइल’ भनेर तिक्तता पोख्छन् ।  पञ्चमीको दिन बिहान घरको बाहिरी ढोकामाथि नाग टाँस्छन् । दिउँसो गाउँका सबैजसो घरका आमा दिदीहरुले बालिकाहरुका लागि गुरही बनाइदिन्छन् । उनीहरु गुरही बनाएको हेरेरै रमाउँछन् । बालिकाहरु आफै पनि गुरही बनाउने प्रयास गर्छन् । उता, बालकहरुका लागि बुवाहरुले रारा (काँस) को सोंटा (कोर्रा) बनाइदिन्छन् । सोंटा पनि रंगीन हुन्छ । सोंटा बनाउन फुर्सद नहुनेहरुले केराको पातको डाँठको सोंटा बनाउँछन् । यस्तो सोंटामा काजल भने लगाइ दिनुपर्छ ।  साँझ प्रत्येक घरमा सुख्खा चना पाक्छ । चना नहुनेले केराउ, बोडीलगायत गेडागुडी बनाउँछन् । यस्तो पकाइएको गेडागुडीलाई कोंहरी, घुघरी पनि भनिन्छ । साथसाथै, माछा, मासुलगायत अन्य परिकार पनि पाक्छ ।  यस अवसरमा बालबालिकाहरु नयाँ लुगा पाउँदा खुशी भएर रमाउँछन् । बालिकाहरु आफै गुरहीझैं सजिएका हुन्छन् । बेलुका दिन डुब्नेबेला गाउँको चौकीदारले पुनः हाँक पार्छ, ‘अरे, गाउँ भरिक मनै गुरही अस्राइ चोलो रे...।’ बालिकाहरु नुइयाँ (सानो ढकिया), टठिया (थाल)मा गुरही र कोंहरी लिएर तथा बालकहरु सोंटा लिएर गुरही अस्राउन (सेलाउन) निस्कन्छन् ।  भान्सेहरु ‘खाँज खुजली लैजा, रोग बिरोख लैजा, मिठ मिठ डैजा’ भन्दै घर भित्रबाट निस्किएर थाल र नाङ्लो ठटाउँदै बाटोसम्म गुरहीसंगै रोगव्याधी धपाउन जान्छन् ।  यता, गाउँको चौराहा, गौह्री (गाउँ भरिका गोरु राखिने स्थान) मा गाउँलेहरु जुट्छन् । गाउँको अगुवाले रटनजोटलगायत कुनै वनस्पतिको निशाना गाड्छ । गुरही विसर्जन गर्ने बालबालिकाहरुलाई अग्रपंक्तिमा उभ्याइन्छ । अगुवाले ‘लेउ, आब गुरही अस्रैना सुरु’ भनेपछि बालिकाहरुले थालमा ल्याएको गुरही, दुबो गाडिएको निशानामाथि फाल्छन् । बालकहरुले विसर्जन गरिएको गुरही सोंटाले ठटाउँदै ‘डे घुघरी सोंटा, खाइ मोर टोंटा’ फलाक्छन् । गुरही विसर्जनपछि प्रायः गाउँमा जहाँ बिसर्जन गरिएको हो, त्यहाँ त्यत्तिकै छाडिन्छ । तर, कुनै गाउँमा नदीमा लगेर पुनः विसर्जन गरिन्छ ।  गुरही विसर्जनपछि बालिकाहरु आमा, दिदीहरुको सहयोगमा माग्ने जति सबैलाई थोरै थोरै कोंहरी बाँड्छन् । कोंहरी लगायतको सामग्री प्रसादस्वरुप अलिकति घर लिएर आउँछन् । अनि, आफ्नो घरको छानामाथि, डेहरी (भकारी) माथि प्रसाद चढाउँछन् । यसो गर्दा भूतप्रेत नआउने, घर सुरक्षित रहने, धनचोरले अन्न नलाने विश्वास गरिन्छ ।  उता, बालकहरुले ठटाउन लगिएको सोंटा त्यो दिन लुकाएर राख्छन् । अर्को दिन बिहानै सोंटा ल्याएर बारीको थाँक्रोमा बाँध्छन् । यसो गरे किरा फट्याङ्ग्रा न लाग्ने, तरकारी राम्रो फल्ने विश्वास गरिन्छ ।  कुनै कुनै गाउँमा गुरही सेलाएकै राती किशोरहरुको समूहले प्रत्येक घरमा छिरेर घण्टा बजाउँदै अर्को गाउँको सिमानासम्म पुग्छन् । सिमानामा कुनै चिजको डाँठको टुक्राले चुरोट पिएको अभिनय गर्छन् । अनि, हाम्रो गाउँको रोग, खाँज खुजली (लुतो) अरु गाउँ सरेर जा भन्ने कामना गर्छन् । घर फर्किदा घण्टा बजाउन पाइन्न । नभए रोग आफ्नै गाउँ फर्किने भनाइ छ ।  त्यसो गरेको थाहा पाए अरु गाउँका किशोरहरु हाम्रो गाउँमा रोग सार्न आए भनेर लखेट्ने गर्छन् । यसले कहिलेकाहिँ दुर्घटना पनि निम्त्याउँछ । त्यसैले, यो चलन भने हराउँदै गएको छ ।   अन्तमा, थारू सुमदायलाई प्रकृतिपूजक मानिन्छ । यसरी गुरही पर्व पनि प्रकृतिलाई प्रेम गरेको अर्थको रुपमा लिन सकिन्छ । कृषि विज्ञहरुका अनुसार गाइने किराले एक दिनमा एक सय भन्दा बढी लामखुट्टे खान सक्छ । यसरी इकोसिस्टम बचाउने किसानको साथी गुरही किराको पूजा गर्नु प्रकृतिपूजाको ठूलो उदाहरणको रुपमा लिन सकिन्छ । अर्को कुरा बालबालिकालाई केन्द्रमा राखेर, सानैदेखि स्वास्थ्यमा सचेत रहन, संस्कृति जोगाउन सन्देश प्रवाह गर्ने गुरही पर्वको अहम् भूमिका छ भन्दा अत्यु्क्ति नहोला । त्यसैले त गुरही मनाउने परम्परा गाउँबाट सहरमा छिर्दैछ । धनगढी सहरमा चोकको नाम गुरही चोक नामकरण भएको छ । सबैलाई गुरही पर्वको शुभकामना ।

भाषा संरक्षणमा गुरुङ समुदाय

भाषा संरक्षणमा गुरुङ समुदाय

१०१८ दिन अगाडि

|

२ भदौ २०८०

चितवन । विभिन्न जिल्लाबाट बसाइ सराइँ गरी यहाँ आएका गुरुङ समुदाय यतिबेला भाषा संरक्षणमा जुटेका छन् । स्याङ्जा, पर्वत, कास्की, गोरखा, लम्जुङ, तनहुँलगायतका जिल्लाबाट यहाँ आएका गुरुङ समुदायको यतिबेला सिङ्गो गाउँ नै बनेको छ । बसाइ सराइँसँगै भाषा लोप हुने अवस्था आएपछि उनीहरु यसको संरक्षणमा जुटेका हुन् ।  भाषा संरक्षणका लागि तमू ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् चितवनले दुई हप्ते गुरुङ भाषा प्रशिक्षणको सुरूआत गरेको छ । पहिलो प्रयासमै ५० जनाले भाषा कक्षामा सहभागीता जनाएका छन् । सोह्र वर्षदेखि ७४ वर्षसम्मका तमू, तमूस्यो भाषा प्रशिक्षण कक्षामा प्रशिक्षार्थीका रूपमा सहभागी भएका छन् ।  जिल्लामा करिब एक दशकअघि विद्यार्थी लक्षित भाषा कक्षा सञ्चालन भएको थियो तर, आम तमू समुदायको लागि यस्तो कार्यक्रम भएको थिएन । केही महिना अघि पूर्वी चितवनको राप्ती नगरपालिकामा चार दिने प्रशिक्षण सञ्चालनभएको थियो । ह्युल छोँज धीँले भने समग्र जिल्ला लक्षित गरेर कार्यक्रम चलाएको हो । हाललाई आन्तरिक स्रोतसाधन जुटाएर भाषा कक्षा सञ्चालन गरिएको तमू ह्युल छोँज धीँ, चितवनकी अध्यक्ष विमलादेवी गुरुङले बताइन् । “भाषा संरक्षणमा तमूहरू कति उत्साहित हुनुहुन्छ भन्ने बुझ्नका लागि पनि भाषा कक्षाले ठूलो सहयोग दिलाएको छ”, उनले भनिन्, “माग बढी नै भएको हुँदा आगामी दिनमा यसैलाई वार्षिक कार्ययोजना बनाएर काम गर्न सकिन्छ ।” गत साउन २१ गतेदेखि सञ्चालित भाषा कक्षामा टाढा टाढाबाट पनि मानिसहरु आउने गरेको उनले सुनाइन् । लोकदोहोरी गायक कृष्ण गुरुङले भने, “ह्युल छोँज धीँले कार्यक्रम आयोजना गरेर टाढै भए पनि धाइरहेको छु ।” उनी भाषा सिक्नकै लागि इच्छाकामनाको कुरिनटारबाट भरतपुर आउजाउ गरिरहेका छन् । भरतपुर महानगरपालिका–१०, शिखरचोककी ७४ वर्षीय शारदा गुरुङ पनि जीवनको उत्तराद्र्धमा भाषा सिक्न दैनिक महाबौद्ध गुम्बा परिसर आउने गरेका छन् । सिक्ने कुरा कहिल्यै नसकिने भन्दै ढिलै भए पनि भाषा सिक्न पाएको भन्दै यसलाई ह्युल छोँज धीँले निरन्तरता दिँदै जानुपर्नेमा उनले जोड दिए । धादिङमा जन्मिएर चितवनमा हुर्किइएकी उनले लामो समयदेखि ह्युल छोँज धीँको विभिन्न पदमा बसेर नेतृत्व सम्हालिसकेका छन् । इच्छाकामनाको कुरिनटारमा जन्मिएर हाल सिमलढाप बस्दै आएकी १६ वर्षीया अस्मिता गुरुङ पनि भाषा सिक्नकै लागि भरतपुर बसेर कक्षा लिइरहेकी छन् । आफ्नो घरमा पुस्तौँदेखि भाषा नबोल्दा भाषाबारे ज्ञान शून्य भएको हुँदा भाषा सिक्ने रहर जागेको उनले बताइन् । पन्ध्र दिनमा धेरै कुरा सिक्न नसके पनि भाषाबारे धेरथोर ज्ञान पाइने उनको भनाइ छ । उनले भनिन्, “यस्तो कार्यक्रम हरेक गुरुङ बस्तीमा लैजान सके सबैले अवसरको सदुपयोग गर्न सक्थे ।” भाषा प्रशिक्षण कक्षामा नयाँदेखि पुराना पुस्तासम्मको उपस्थितिले थप हौसला मिलेको ह्युल छोँज धीँ चितवनका सचिव किशोर गुरुङ बताउँछन् । तमूस्यो ह्युल छोँज धीँ चितवनकी पूर्वअध्यक्ष उमिता गुरुङ, वर्तमान कार्यसमितिकी सचिव सीतादेवी गुरुङ तथा तमू सञ्चारकर्मी सङ्घ चितवनका अध्यक्ष तुलमान गुरुङले भाषा कक्षामा प्रशिक्षण दिइरहेका छन् । तमूस्यो ह्युल छोँज धीँ, तमू ह्युल छोँज धीँ, भरतपुर महानगर समिति, तमूस्यो ह्युल छोँज धीँ भरतपुर महानगर समितिको सहआयोजनामा तमू ह्युल छोँज धीँ जिल्ला कार्यसमिति चितवनले आयोजना गरेको गुरुङ भाषा कक्षा प्रशिक्षण यही भदौ ३ गते सकिँदै छ । रासस