रोदी गुरुङको कि मगरको ?

रोदी गुरुङको कि मगरको ?

६७३ दिन अगाडि

|

१५ साउन २०८१

काठमाडौंमा गुरही पर्व मनाइने

काठमाडौंमा गुरही पर्व मनाइने

६७५ दिन अगाडि

|

१३ साउन २०८१

काठमाडौं उपत्यकामा यस वर्ष पनि गुरही पर्व मनाइने भएको छ । अग्रासन महिला समुहको संयोजनमा विभिन्न थारु संघ संस्थाहरुको संयुक्त आयोजनामा नेपाल पर्यटन वोर्डको हलमा आगामी साउन २५ गतेका दिन गुरही(गुर्या) २०८१ मनाइने भएको हो ।  भकृटीमण्डपको प्रांगणमा शनिबार बसेको बैठकले गुरही कार्यक्रमका लागि अग्रासन महिला समुहकी अध्यक्ष चम्पा चौधरीको संयोजकत्वमा मुल आयोजक तयारी समिति तथा विभिन्न उपसमिति गठन गरेको  छ ।  मुल आयोजक समितिका अन्य पदाधिकारीमा नौक्षार समुहकी गंगा चौधरी उपसंयोजक तथा सदस्यहरु थारु कलाकार मञ्चकी कोषाध्यक्ष अञ्जु चौधरी, परिवार गल्र्स होस्टेलकी सञ्चालिका किरण चौधरी, चम्पन सांस्कृतिक समुहका अध्यक्ष नन्दुराज चौधरी, आशा आर्टका बलराम चौधरी, राष्ट्रिय थारु कलाकार मञ्चका महासचिव विजय चौधरी, यूनिक थारु ग्रुपका नेपालु थारु, सुसेली कलेक्सनकी संचालिका सुशीला चौधरी, बर्दियाली विकास मञ्चका अध्यक्ष सीताराम चौधरी, सर्वहित समाज नेपालका अध्यक्ष बनस चौधरी, जेनस इन्टरनेशनल प्रालिका सञ्चालक शिव बहादुर चौधरी रहेका छन् ।  त्यस्तै, मूल आयोजक समितिका अन्य सदस्यमा थारुवान डटकमका मदन चौधरी, प्रदेश न्यूजका श्री चौधरी, हमार पहुरा डटकमका लक्की चौधरी, सफारी ट्रेड लिंकका विनय कुश्मी, ठुम्रार साहित्यिक बखेरीका संयोजक÷ढकिया खबर डटकमका डा कृष्णराज सर्वहारी, चलीगोचाली टिभी कार्यक्रमकी सञ्चालिका सरला चौधरी, ख्याल बगालका अध्यक्ष प्रणव चौधरी, सोना फिल्म प्रालिकी सोनु चौधरी रहेका छन् ।  त्यस्तै, आर्थिक व्यवस्थापन तथा उपसमिति संयोजक अग्रासन महिला समुहकी उपाध्यक्ष किरण चौधरी, प्रचारप्रसार उपसमिति संयोजकमा चलीगोचाली टिभी कार्यक्रमकी सञ्चालिका सरला चौधरी, मञ्च व्यवस्थापन अतिथि सत्कार उपसमितिस ंयोजक अग्रासन समुहलाई चयन गरिएको छ ।  थारु बाहुल्यता रहेको तराईका जिल्लाहरुमा धान रोपिसकेपछि  गुरही पर्व मनाउने चलन रहेको छ । खेतीपातीमा कुनै किसिमको हानी नोक्सानी नहोस्, गाउँमा रोगबिरोग नफैसलयोस् भनेर किसानहरु हरेक बर्षको साउनको अन्तिम वा भाद्रको शुरुवातमा गुरही(गुर्या)  पर्व मनाउने गर्दछन् ।  केही वर्ष यता कैलालीको धनगढीमा गुरही चोक नै नामकरण गरेर गुरही भव्यताका साथ मनाउन थालिएको छ । स्मरण रहोस्, यस वर्ष साउन २५ गते गुरही परेको छ । तर कैलालीको जोशीपुर गाउँपालिकाले साउन १ गते नै गुरहीको विदा दिने निर्णय गरेको थियो, जसको व्यापक विरोध भएको थियो । यद्यपि उसले आफ्नो निर्णय सच्याएन । 

सत्र सालको वेलवा बंजारी किसान विद्रोह र गुमरा थारू

सत्र सालको वेलवा बंजारी किसान विद्रोह र गुमरा थारू

६८१ दिन अगाडि

|

७ साउन २०८१

२००७ साल पछाडि गाउँ गाउँमा सामन्त जमिन्दार वर्गका विरुद्धमा दाङ्गमा किसान विद्रोहहरु भए । वेलुवा बंजारीे किसान विद्रोह दाङ्गको पहिलो संगठित सशस्त्र किसान विद्रोह हो । उपरोक्त क्षेत्रमा जमिन्दार वर्गको शोषण थियो । वेगारी जानु पथ्र्यो । किसानहरु वर्ष दिनमा ९ महिनाभन्दा बढी समय जमिन्दारको काम गरेर विताउन बाध्य हुन्थे । शारीरिक श्रमका साथसाथै किसानका छोरी बुहारीहरुलाई खुलेआम बलात्कार गरिन्थ्यो । यसरी पैदा हुने बच्चालाई भग्वान डिहल (भगवानले दिएको) भन्न लगाईन्थ्यो । किसानहरु काममा ढिलाइ गरे पशुवत व्यवहार  गरिन्थ्यो । यसका साथै ऋण लिदा ५० मा शून्य थपी ५०० बनाइन्थ्यो । यसरी किसानको तीन पुस्ताले सम्म काम गर्दा पनि असुल हुँदैनथ्यो । कुनै किसान मरेपछि हत्तपत्त किर्ते तमसुक लेखी धुवामा रङ्गाई पुरानो वनाइन्थ्यो ।  आन्दोलनको प्रारम्भ  किसानहरुले पुस्तौदेखि कमाई खाई आएको जग्गाजमिन जमिन्दार वर्गले बिभिन्न खालका त्रास धम्की एवं अमानवीय व्यवहार गरी घर खेती र जिरायत निमित्त खोस्न थाल्दा तथा दिनदिनै असहनीय वेठवेगारी चरम सिमामा पुग्दा र खाई आएको शर्त बदल्न थाल्दा किसानहरुमा वर्ग द्वेषको भावना तिखारिदै आयो । कम्युनिष्ट पार्टीको झण्डामुनि यस क्षेत्रका किसानहरु वर्ग सचेत भएर “किसान किसान एक हौ” भन्दै एकजुट भए । उनीहरुले एउटा किसान अर्को किसानलाई र एउटा गाउँको किसानले अर्को गाउँको किसानलाई सहयोग गर्नुपर्छ भन्ने कुरा राम्ररी बुझिसकेका थिए र साथै व्यवहारमा पनि लागु गरिसकेको थिए । जमिन्दारले विभिन्न डर, त्रास, धम्की दिदा पनि किसान वर्गले आफूले कमाई खाई आएको जग्गा छाडनन् । तर वेठबेगारी गरेनन् । जमिन्दारले किसानलाई हतोत्साहित गर्न तोरी काण्ड लगायत हरेक किसिमका पडयन्त्र रचे । तोरीकाण्ड  १७ माघ २०१६ मा राती वेलुवा वंजारीका खलिहानमा दाँइ भएको तोरी जमिन्दारहरु लुट्न आए । तर किसानहरुको वीचवाट तोरी लुट्न सकेनन्, किसानहरुले जमिन्दारहरुलाई नियन्त्रणमा लिई प्रशासनमा बुझाए । तर तिनलाई कुनै कानुनी कार्वाही नगरी तुरुन्तै छाडियो । यसैले किसानहरुले पनि उक्त तोरी एकलौटी खाए ।  तोरी दाँई गरी आफै एकलौटी खाएको भनी मुख्य मुख्य किसानहरुलाई लुटपाट डकैती मुद्दा दिइयो  । किसानहरु कानुनी, गैरकानुनी सबै खालका संघर्षमा डटेका थिए । यसैले उनीहरुले पनि प्रतिउत्तर लगाए । जमिन्दार वर्गले शान्ति सुरक्षाको निहुँले केही प्रहरी र ४÷५ सय लठैत जम्मा गरी ४ साउन २०१६ मा खनजोत गरिरहेका किसानहरुमाथि एकाएक हमला गरे । तर मौरीको गोलाझैं छिनघडीमै किसानहरु भेला भए । जमिन्दारहरु गाउँ छाड्न बाध्य भए । केही जमिन्दारलाई वरगदवा गाउँवाट पक्रेर ल्याई सबै किसानहरुको गोडामा सेवाढोग लाग्न पठाएर मात्र छाडे । त्यतिखेर किसानहरुले जमिन्दारलाई साँच्चै कागजका वाघ सम्झेका थिए ।  गोली काण्ड जमिन्दार वर्गले हार खाईसरकारसँग गुहार माग्न पुगे । त्यसबेला काँग्रेसको सरकार थियो । एकातिर आफ्ना माग पेश गर भनि मुख्य मुख्य किसानहरुलाई ६ साउन २०१७ मा बोलाइयो । अर्कोतिर  सर्वसाधारण किसानहरु एकशूरे भई काममा लागेको मौका छोपी दक्षिणतिरवाट बंजारीे गाउँमा हमला गरे । उनीहरुको संख्या करिव ५÷६ सय थियो । सबै किसानहरु खनजोतमा लागेका र गाउँ घरमा बुढापाका केटाकेटी र स्वानीमान्छेहरु मात्र थिए । यसले किसानका घर घरमा पस्दै बुढापाका र केटाकेटीलाई कुट्ने र किसानका  छोरी बुहारीहरुको सतित्व लुट्ने  काम गरे । यसका अतिरिक्त सुन, चाँदी, रुपिया, पैसा आदि हडप्ने काम पनि गरे । यसवाट बंजारीेका कुनै घर वचेनन् । यतिकैमा कामकाज गरिरहेका एकजना किसान बहादुर चौधरीले थाहा पाए र बेलुवा गई खबर दिए ।  पटक पटक आक्रमणले गर्दा यस क्षेत्रका किसान परिवारहरु सजग थिए । क्षणघडीमै घरेलु हतियार लिई स्वास्नी मान्छे लगायत सबै किसानहरु भेला भई बंजारी गाउँतर्फ दौडे । लुटपाट गर्नेहरु पनि बंजारीबाट वेलुवातर्फ लागेका थिए । दुबै पक्षको डावरमा (बंजारीे र वेलुवा बीचको) भेट भयो र घमासान लडाई भयो । किसान गुमरा थारूले एसपीलाई पक्री हातको औला छिनाइदिए । उनलाई गोली हानियो । उनले अन्तिम सासमा भनेका थिए– ‘म मरेको छैन, शोषण दोहनको विरुद्धमा लड्ने वर्ग सचेत क्रान्तिकारी किसानहरुलाई सहयोग गर्नमा हमेशा रणक्षेत्रमा नै हुनेछु ।’ यसरी ६ साउन २०१७ मा उनी शहीद भए । घटनामा किसान रत्नु, कालु, मुख्यलाल, बुझौना गम्भीर घाइते भएका थिए ।  प्रशासनको धरपकडले वेलुृवा बंजारीे गाउँमा केवल बुढापाका, केटाकेटी र स्वास्नी मान्छेहरु मात्र थिए । कारण वेलुवा, बंजारीेका किसानहरुले भाला, वर्छीसहित सशस्त्र भई अशान्ति गरे भनी कैयौलाई पक्राउ गरियो । पक्राउ पर्नेहरु मानवहादुर, फूलपाती, कुलमान, उनकी पत्नी लहनी, ठाकुरप्रसाद, भरथरी, बुढीया, पीठु, धनीराम, क्रिमलाल, भुवन, भवानी, लवरा, चुके, एवं वहादुर थिए । पक्राउ परेका किसानहरुमाथि पशुवत व्यवहार गरियो । कोर्राले  असहनीय गरेर कुटियो ।  स्रोतः गोचाली (२०३१)   

थारु गाउँमा ‘कुलाही’ : श्रमदानबाटै हुन्छन् निर्माणका काम

थारु गाउँमा ‘कुलाही’ : श्रमदानबाटै हुन्छन् निर्माणका काम

७४० दिन अगाडि

|

१० जेठ २०८१

कैलालीको कैलारी गाउँपालिका ६, बेनौलीमा सामूहिक जनश्रमदानबाट सार्वजनिक बाटो, सिँचाइ कुलो, पुलपुलेसो निर्माण थालिएको छ । बेनौलीका २६७ घरधुरीले कुलाही भनिने जनश्रमदान सुरु गरेका हुन् । यहाँ गाउँ क्षेत्रभित्र पर्ने सार्वजनिक कुलो, नहर, बाटोघाटो मर्मत सम्भारको लागि श्रमदान स्वरूप कुलाही गर्ने परम्परा चल्दै आएको हो । बेनौलीका भलमन्सा रामऔतार चौधरीले बर्सातभन्दा अगावै तथा बर्खे खेतीको तयारी स्वरूप उहिल्यैदेखि कुलाही गरिँदै आएको बताए । गाउँको क्षेत्रभित्र २६७ घरधुरीले तीन दिन लगाएर श्रमदान गरेका हुन् । गाउँका चिराकी अँगानु चौधरीले कुलाहीकै क्रममा दिनको २ छाकको खाना कुलोकै ढिकैमा खाएको सुनाए । कुलाहीपछि सिँचाइ कुलो भइ खेतसम्म पानी सहज रुपमा बग्ने र अन्न बाली सप्रिने स्थानीयको बुझाइ छ । कैलालीको भजनी नगरपालिका ९ कुडीका हेमन्त सिंह चौधरीले पनि गाउँको बाटो, सिँचाइ कुलो मर्मत सम्भार गर्ने काम चलिरहेको बताए । गाउँका सबै घरधुरीले सामूहिक रुपमा बर्सेनि कुलाही गर्ने काम हुँर्दै आएको हेमन्त चौधरीको पनि भनाइ छ । गाउँघरको विकासमा राज्यका निकायहरूले बेवास्ता गर्दा आफूहरू बर्सेनि बेगारी गर्नुपरेको उनको दुखेसो छ । उनले भने, ‘सहरी क्षेत्रमा हेर्नुस्, बाटो निर्माण गर्न, सिँचाइ कुलो बनाउनलगायत कार्यको लागि राज्यले बजेट छुट्याउँछ । त्यहाँ विकास हुन्छ । तर ग्रामीण क्षेत्रमा हामीले यसरी नै बर्सेनि बेगारी गरिरहनुपर्छ । न बजेट, न सजेट । राज्यले ध्यान नदिँदा उहिल्यैदेखि यसरी नै चल्दैछ ।’ जिल्लाको भजनी नगरपालिका र कैलारी गाउँपालिका मात्रै होइन, यतिबेला पश्चिम नेपालको ग्रामीण थारु बस्तीमा कुलाही गर्ने काम चलिरहेको छ । कैलालीको कैलारी गाउँपालिका ८ दक्षिण टेंढीका भलमन्सा बाँधुराम चौधरीले हरेक वर्षको बर्सात अगावै हुने कुलाही गर्ने काममा दुई दिनसम्म गाउँका ११५ घरधुरीको सहभागिता रहेको बताए । भलमन्साको नेतृत्वमा उनीहरूले गाउँको सबै सिँचाइ कुलो, नहरको सरसफाइ, मर्मत सम्भार, बाटो मर्मतको कार्य गर्ने छन् । जसको राज्यको कुनै भूमिका रहन्न । टेढीका भलमन्सा चौधरीले भने, ‘सार्वजनिक कार्यमा श्रमदान गर्नु भलमन्सा प्रथाको मुख्य पाटो हो । भाइचारा, सहकार्य र सहअस्तित्वको आधारमा थारु समुदाय चलेको छ । जुन हाम्रो पहिचान, संस्कार हो ।’ थारु समुदायमा बरघर तथा भलमन्सा प्रथा कायमै रहेको छ । भलमन्साको नेतृत्वमा गाउँ समाजमा कुलाही मात्रै होइन, हरेक सार्वजनिक कार्यक्रमका साथै जन्मदेखि मृत्यु संस्कारको कार्य हुँदै आएको हो । योजना तर्जुमा नअटाएको ती विकास राज्यका निकायलाई यतिबेला आगामी आर्थिक वर्षको बजेट निर्माणको चटारो छ । योजना तर्जुमाको तयारी चलिरहेको छ । जहाँ टोल टोलका विकास निर्माणको योजनाहरू सङ्कलन गरेर छनोट गरिन्छ । तर बर्सेनि भलमन्साको नेतृत्वमा श्रमदानबाट हुने गाउँघरको विकासे योजनाहरू समावेश हुनबाट छुटिरहेको बताइन्छ । कैलालीका नागरिक समाज अगुवा दिलबहादुर चौधरीले विकास निर्माणमा भलमन्साहरुको भूमिका उहिल्यैदेखि महत्त्वपूर्ण रहेको औल्याउँदै उनीहरूको विकासप्रतिको समर्पणको सम्मान गर्न पनि भलमन्साहरुको निगरानीमा हुने गतिविधिलाई राज्यको योजनासँग जोड्नुपर्ने जोड दिए । जसले समाजमा श्रमदानको संस्कृति कायमै रहनुको साथै राज्यलाई पनि दायित्वबोध हुनुपर्ने उनको भनाइ छ । अर्का नागरिक अगुवा माधव थारुले आफ्नो गाउँघरको विकासको लागि उहिल्यैदेखि थारु समुदायमा जनश्रमको संस्कृति हुँदै आएको तर आजभोलि राज्यको निकायबाट त्यही प्रकृतिका काम बजेट खर्च गरेर ठेक्कापट्टामार्फत भइरहेको बताउँछन् ।  

कठरिया थारु भाषाको पठन पाठन सुरु

कठरिया थारु भाषाको पठन पाठन सुरु

७४४ दिन अगाडि

|

७ जेठ २०८१

                                                                                                                                                                      तस्बिरः टिआर कठरिया कठरिया थारु समुदायको भाषा लोप हुन नदिन कठरिया समुदायका युवा युवतीका लागि कैलालीमा कक्षा सञ्चालन गरिएको छ ।  हिमाली आदिवासी समाज काठमाडौँ र कठरिया समाज नेपालको सहकार्यमा कैलालीका विभिन्न ठाउँमा १५ वटा कक्षा सञ्चालन भएको हो । एक महिनाका लागि सञ्चालन भएको उक्त कक्षामा कठरिया समुदायका देवनागरीमा लेख्न र पढ्नसक्ने २५ देखि ३० जना सहभागी रहेको जनाइएको छ ।  वैशाख पहिलो सातादेखि कक्षा सुरु भएको जनाउँदै हिमाली आदिवासी समाज नेपालका फिल्ड सुपरभाइजर टीआर कठरियाले कठरिया समुदायका नेपाली सरासर पढ्न, लेख्न सक्ने, अन्य भाषा मिसाएर बोल्नेलाई एक महिना कक्षा सञ्चालनको व्यवस्था गरिएको जनाए । कैलालीको धनगढी उपमहानगरपालिका, टीकापुर, लम्कीचुहा, घोडाघोडी, भजनी, गौरीगङ्गा नगरपालिका तथा जोशीपुर, कैलारी, बर्दगोरिया गाउँपालिकामा कठरिया समुदायको स्थायी बसोबास छ । कक्षा सञ्चालन उल्लेखित पालिका अन्तर्गत कठरिया समुदाय रहेको मुनवा, लक्कड, घुसरी, सिमरी, तुल्सीपुर, भुरवा, मुडा, सुवरखाल, बगुलइहिया, सिसैया, तपा, कोंटा, चर्रा, पवेरा र लौसामा भैरहेको छ । तीमध्ये शनिबार चर्रामा कक्षा समापन भएको र अन्य ठाउँमा समेत अन्तिम चरणमा पुगेको फिल्ड सुपरभाइजर कठरियाले बताए । कक्षा सञ्चालन गर्नुपूर्व सरोकारवालाहरुको बैठक, स्थलगत सर्वेक्षण, पाठ्यपुस्तक निर्माणलगायत दुईदिने शिक्षक तालिम आयोजना गरिएको थियो । 

कपिलबस्तुका बरघरहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि तालिम 

कपिलबस्तुका बरघरहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि तालिम 

७४९ दिन अगाडि

|

१ जेठ २०८१

राम अवतार चौधरी पर्यटन डिभिजन कार्यालय रुपन्देहीले कपिलबस्तुका थारु जातिका बरघरहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि तालिम वैशाख ३१ बाट सुरु गरेको छ । कपिलबस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा सुरु भएको ५ दिने तालिम जेठ ४ गतेसम्म चल्नेछ ।  सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य जन्जिर प्रसाद थारुले बरघर प्रथा लोपोन्मुख अवस्थामा रहेकाले राज्य यसको संरक्षणमा चुकेको बताउनुभयो । पछिल्लो समुदाय बरघर प्रथा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै संरक्षण गर्न आवश्यक रहेको उहाँले जिकिर गर्नुभयो । थारु समुदायको हक हितका लागि बरघर प्रथा आवश्यक रहेको समेत थारुले उल्लेख गर्नुभयो।  थारु समुदायको संस्कृति, सभ्यता र पहिचानलाई बचाएर राख्नका निम्ति बरघरहरुको सशक्त नेतृत्व विकास हुन आवश्यक रहेको केन्द्रिय सदस्य थारुले जनाउनुभयो । बरघरले गाउँघरमा हुने गरेका स–साना घटना न्यूनीकरण गर्न सकारात्मक भूमिका निर्वाह गरेको उहाँले जनाउनुभयो । समुन्नत समाजमा सकारात्मक भूमिका खेल्ने बरघर प्रथालाई टोल विकास संस्थाले विस्थापित होइन, सशक्त बनाउनुका साथै पूर्णरुपमा कानुनी दायरामा ल्याउनुपर्ने उहाँको भनाई छ । यस्तै उद्घाठन सत्रमा थाकसकी केन्द्रिय सदस्य सुमित्रा थारुले खासगरी थारु समुदायको अस्तित्व जोगाउने युवा पुस्ता गैरजिम्मेवार देखिएको बताउनुभयो । उहाँले पुर्खौली रीतिरिवाज बचाउन सबै थारु समुदायका अगुवा एक हुन जरुरी रहेको धारणा राख्नु भयो । थाकस कपिलवस्तु जिल्ला सभापति पवन कुमार चौधरीले थारु बाहुल्यता रहेको पालिकामा पालिकास्तरीय बरघर समिति गठन गर्ने र स्थानीय सरकारसँग समन्वय गर्दै क्षमता विकास तथा संस्कृति संरक्षणका कार्यक्रमहरू गर्ने योजना रहेको बताउनुभयो ।  पहिलो चरणमा बरघरहरुलाई नेतृत्व क्षमता विकास तालिम सकिएको तथा यो दोस्रो चरणमा सीपमूलक तालिम सञ्चालन भइरहेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीका अधिकृत जनक राज खनालले जानकारी दिनुभयो । तालिममा कपिलवस्तुको विजयनगर, शिवराज, र बुद्धभूमि लगायत पालिकाका विभिन्न गाउँका ३ दर्जन बरघर तथा थारु समुदायका अगुवाहरूको सहभागिता रहेको पर्यटन डिभिजन कार्यालयले जनाएको छ । पर्यटन डिभिजन कार्यालय रुपन्देहीकी प्रमुख गीता आचार्यले थारु बरघरको काम गर्ने शैलीबाट अरु समुदायले पनि सिक्नुपर्ने धारणा राखिन् । कार्यालयका लेखा अधिकृत बिनोद पौडेलले सबैलाई स्वागत गरेका थिए । तालिमका प्रशिक्षक डा कृष्णराज सर्वहारीले तालिमाको पहिलो र दोस्रो दिनमा थारु जातिको इतिहास, थारु बरघरले गर्नुपर्ने काम कर्तव्य र अधिकार, असल बरघरको गुण र भूमिका, थारु भाषा, कला, संस्कृतिको संरक्षण, थारुका परम्परागत प्रथा चलन र क्षमता विकास लगायतबारे विषयमा प्रशिक्षण दिए ।