बालगजलः मजा लागठ

बालगजलः मजा लागठ

११७ दिन अगाडि

|

२३ माघ २०८२

पपुलिज्मको भूत

पपुलिज्मको भूत

१२७ दिन अगाडि

|

१४ माघ २०८२

भुवन चौधरी  मान्छे गाउँ छाडेर,  जब शहर बस्तीमा घुम्छ, मान्छे ऐनामा होइन,  भीडको आँखामा आफूलाई खोज्न थाल्छ । कहिले जात फेर्छ, पहिचानको छाला फुकालेर कालो षड्यन्त्रको, नयाँ नारा ओढ्छ । कहिले धर्म फेर्छ, आफ्नो डिउरहार जलाएर   आस्थामाथि चोट पुर्याई , ताली बज्ने ठाउँ रोज्छ । कहिले पार्टी फेर्छ, विचार होइन, बैगुनी रंग भरिएको बेलुन जस्तै, हावा बगेको दिशा पछ्याउँदै । कहिले नाम फेर्छ, इतिहास लुकाएर आफ्नो  धरातल बिर्सिएर क्षणिक लोकप्रियताको फ्ल्यासप्रिन्ट वाला साइनबोर्ड टाँस्दै । र कहिले त हुलिया नै फेर्छ, बोली, चाल, आँखा, अनुहार सबै उधारो लिन्छ भीडबाट, आफूचाहिँ हराउँछ । खै किन हो कुन्नी, पपुलिज्मले मान्छेलाई माटोसँग जरा गाँसेको स्वामीको रुख बन्न दिँदैन एकै क्षणमा ओइलाइ जाने गमलाको फूल हुन सिकाउँछ ।  पानी ताली हो,  हुरी जाली   माटो वाहवाही र आयु अर्को ट्रेन्ड आउँदासम्म । ....................  घोराही १६, भगवानपुर, दाङ

फेरि चुनाव आयो

फेरि चुनाव आयो

१३० दिन अगाडि

|

११ माघ २०८२

फेरि चुनाव आयो ! प्रश्न उही नयाँले के गर्‍यो ? पुरानोले के बिगार्‍यो ? यी दुईको चुङगल्मा देश अड्कियो। देश बन्ने सपना सपनामै भट्कियो। नयाँ चिच्याउँछ- “हामी इमानदार!” पुरानो गर्जिन्छ- “हामी बिना सब बेकार!” एउताले भन्छ— “पुराना अब इतिहास हुन्।” -ठन्क्याई दिउ! अर्कोले कराउँछ— “नयाँ सब हावा हुन।” -मिल्क्याईदिउ! दुवैको हठमा- जनताको आश बिलायो। मञ्चमा राष्ट्रवाद, भित्रभित्रै सौदाबाज, गल्लीमा युवा बेरोजगार, संसदमा कुर्सी नै संस्कार। नयाँसँग जोश छ-तर दिशा छैन। पुरानासँग नक्शा छ तर नियत छैन। कुर्सी नयाँ–पुरानोको होइन, कर्तव्य र इमानको हुनुपर्छ। पद उमेरले होइन, कर्तव्यले सुहाउनुपर्छ। नेतृत्व अनुहारले होइन, चरित्रले चिनाउनुपर्छ। अब पनि हामीले युवालाई भिडायौँ भने, भोटको नाममा-घृणा फिंजायो भने, इतिहासले सराप्ने छ । "यिनीहरू आफैं लडे, अरूले राज गरे ।" बरु आऊ, नयाँको साहसलाई पुरानोको विवेकसँग मिसाऔँ, आरोप हैन,देश बनाउने संकल्प बाँडौँ। देश बनाउने जिम्मा नयाँको मात्रै होइन, पुरानोको मात्रै पनि होइन, यो त हामी सबैको साझा कर्तव्य हो।                  बर्दिया, हालः कीर्तिपुर, काठमाडौं स्केचः एआइ  

लडियामा बाँधिएको समय

लडियामा बाँधिएको समय

१३५ दिन अगाडि

|

५ माघ २०८२

-कारी महताे काठका चक्कामा अझै माटोको गन्ध छ, यद्यपि गोरु थाकेर स्मृतिमा सुतिसकेका छन् । चितवनले यसलाई लडिया भन्छ, पश्चिमले लह्रिया, कतै लढिया— नाम फरक होलान् तर पीडा एउटै हो । एक जोडी गोरुले बोक्थे अन्न, बोक्थे सपना, बोक्थे थारू जीवन खेतदेखि घरसम्म । आज सडक चिल्ला छन्, इन्जिन चिच्याउँछन्, तर लडियाको मौनतामा सभ्यताको आवाज छ । विक्रम महतोका हात काठ काट्दैनन्, इतिहास जोर्छन् । फलाम बिना बनेको यो गाडा मान्छेको जिद्दीले प्रकृतिसँग गरेको सम्झौता हो । यसको मूल्य सिक्कामा तोलिँदैन, यसको मोल बुबाको पसिनामा छोराको भविष्य कोरिएको छ । आज लडिया प्रदर्शनीमा उभिएको छ, हिँड्दैन— तर प्रश्न गर्छः “म हराएँ भने तिमीहरू कता जाँदैछौ ?” काठका चक्कामा समय अझै घुमिरहेको छ, सुन्ने कोही छ भने सभ्यता अझै बाँचेको छ ।

आइल थारूनके बर्का टिउहार माघी

आइल थारूनके बर्का टिउहार माघी

१४२ दिन अगाडि

|

२८ पुष २०८२

दिलबहादुर चौधरी  आइल फे थारूनके बर्का टिउहार माघी घर घरम चारूवर, खुशीयाके डिया डागी छोक्रा, मघौटा नाच नच्ठी, सुरिक सिकार खैठी स्नेहके चाड हमार, संस्कृति बचइनाम लागी पहिल कमैया, कम्लहरी बन्क, सोसन म परली आब ट आँखी खुल गिल, जुर्मुराक हम्रे जागी थारूनके    मुद्दा   उठाक,  आन्दोलन  मचैठी थारू   पहिचान,  थारू  हक, संविधान म  मागी टीकापुरके घट्ना म,  झुट्टा मुद्दाम परली रेशम  लगायत  सक्कु जान, जेलमसे भागी तराईक भूमि पुत्र हुइ, नै छोरब इ जन्मभूमि  कोइ नै लगाइ पाइ आब थारून्के घरम आगी थारू भासा साहित्य, आब ह पोस्टा म छापी नै हेराइ पहिचान, जातियताके गुड्री टागी ।   कैलारी गाउँपालिका–५ कैलाली, छुट्की पलिया हालः रानीवन, काठमाडौँ

बाबा

बाबा

१४५ दिन अगाडि

|

२५ पुष २०८२

जिन्गिक हरेक मोरमे टुँ महि सडा कुछ सिखैटि गैलो मै सिख्टि गैलुँ  मोर अंग्रि पकरके महि टाटे टाटे कैके पाइला सारक सिखैलो मै सर्टि गैलुँ जब महि निंड नैआए टे टुँ खिस्सा ओ काठा सुनाके निड्वाओ महि टोहार खिस्सा ओ काठा सुन्टि बर्हटि गैलुँ © बाबा टुँ मोर गल्टिक  कबो पर्वाह नैकैके सच्यइटि गैलो ओ हमेसा मोर सुख डुःखमे  साठ डेलो मोर सपना पुरा करक लग डिनराट नै समझके  भुखे प्यासे कामेम डँट्टि रलो मोर सक्कु इच्छा ओ चाहना बुझके महि जहिया फेन हौस्यइटि रलो  मोर इच्छटप्रटि टोहार यि हौसला  मैया ओ श्रेयले मै आघे बरहे सेक्ले बटुँ बाबा सेक्ले बटुँ डुइ चार अक्षर कुछ लिखे महि अभिन फेन याड बा टोहार सिखाइल ककहरासे जिन्गिमे पहिलो चो आपन नाउँ लेखक सिख्ले रहँु ओ सेक्ले बटुँ यि जिन्गि जिए सायड आझ टु नैरटो टे यि मोर डुन्याँ मै कल्पना फेन करे नैसेकम बिल्कुल कैयाँ कुचिल अन्ढकारमे बिटट ओ बरा मुस्किलले बिटट यि डिन, महिना ओ साल उहेमारे बाबा मै टुहिन कैसिक संग्या डिउँ टुँ परिवारके हो छट्रछायाँ टुँ जाट्टिसे डोसर डाइ  गर्व बा टोहार छाइ हुके टब्बे टे बाबा फुरे मै सडा रिनि रबुँ टोहार प्रटि ।   लमही नपा–४, छुटकी घुम्ना,  देउखर दाङ, हालः काठमाडौं साभारः लावा डग्गर त्रैमासिक (साहित्यकार कृष्णराज सर्वहारी विशेषांक) वर्ष–८, अंक–१, पूर्णाङ्क–२९, २०७३ (माघ, फागुन ओ चैत)